बिहीबार, असोज २०, २०७९

चुनावमा पार्टीपंक्ति एकजुट राख्ने सूत्रको खोजीमा कांग्रेस

तीर्थराज बस्नेत  |  काठमाडौं, मंगलबार, फागुन २४, २०७८

तीर्थराज बस्नेत

तीर्थराज बस्नेत

मंगलबार, फागुन २४, २०७८, काठमाडौं

नेपाल समय
कांग्रेस केन्द्रीय समिति बैठक।

काठमाडौं- प्रायः विवादमा अल्झिरहने नेपाली कांग्रेस पछिल्लो एक महिनायता धेरै निर्णय र कार्यान्वयनमा एकजुट छ। पार्टीको आन्तरिक जीवनमा असर पार्न सक्ने र सत्ताको नेतृत्वमा समेत रहेकाले राष्ट्रिय/अन्तर्राष्ट्रिय विषयमा पनि गरेका निर्णय सफल देखिकाले कांग्रेसलाई एकजुट बनाएको विश्लेषण भइरहेको छ। 

केन्द्रीय कार्यसम्पादन समिति गठन र एमसीसीका विषयमा गरिएको निर्णयमा एकमत कांग्रेसमा यतिबेला सम्भावित विवादका दुई वटा विषयमा अगाडि आएका छन्। तीमध्ये पहिलो हो, लामो समय महाधिवेशन नभएका पार्टीका भातृसंस्थाको तदर्थ समिति गठन। २०७९ वैशाख ३० गते हुने निर्वाचन तयारी र उम्मेदवार चयनमा पनि सबै शक्तिसमूहलाई चित्त बुझ्नेगरी निर्णय गर्न नसके पार्टीमा विवादको वीजारोपण हुनसक्ने नेताहरूकै आकलन छ। यसमा दोस्रो विषयलाई पहिलो विषयले प्रभाव पार्नेछ। 

कांग्रेसले वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचन केन्द्रित अभियान सुरु गर्ने तयारीमा छ। ‘घर-घर जाउँ, कांग्रेस जिताऔं’ अभियान फागुन २९ देखि एक महिनासम्म सञ्चालन गरिने कांग्रेसले जनाएको छ। चुनावी तयारीका लागि जनताका घरसम्म जाने योजनामा रहेको कांग्रेसभित्रको यो एकता कायमै रहन्छ वा पार्टीमा फेरि विवादको शृंखला सुरु हुनेछ? कांग्रेसवृत्तमा एउटा चासोको विषय छ। सभापति देउवाले फागुन मसान्तभित्रै गर्ने एउटा निर्णयमा निर्भर रहनेछ।

फागुन ३ गतेको केन्द्रीय कार्यसम्पादन समितिले गरेको निर्णय अनुसार देउवाले अबको एक साताभित्र भातृसंस्थाहरुको तदर्थ समिति गठन गरिसक्नुपर्ने छ।

नेपाल समय
प्रधानमन्त्री एवम् सभापति देउवा। पार्टीमा विवाद नहुने गरी निर्णय गर्नुपर्ने दबाब उनीमाथि छ।

कार्यसम्पादन समितिकै निर्णय अनुसार भातृसंस्था र शुभेच्छुक संस्थाको विधान टुंगो लागिसकेका छन्। फागुन ३ गते नै कांग्रेसले लामो समयदेखि महाधिवेशन हुन नसकेका १० वटा भातृसंस्थाको केन्द्रीय समिति भंग गरेर फागुन मसान्तसम्म तदर्थ समिति गठन गर्ने निर्णय गरेको थियो। 

नेपाल विद्यार्थी संघ, नेपाल तरुण दल, महिला संघ, किसान संघ लगायतका भातृसंस्थामा तदर्थ समिति बनाउने र गठित समितिले स्थानीय तहको निर्वाचनको अन्तिम मत परिणाम आएको ३ महिना भित्र महाधिवेशन सम्पन्न गर्ने गरी कार्यादेश दिने निर्णय कांग्रेसले गरेको थियो। 

अहिले कांग्रेस केन्द्रीय समिति भंग गरिएका भातृसंस्थाका तदर्थ समिति गठन गर्ने कसरतमा छ। अब सभापति देउवाले पार्टीभित्र सक्रिय समूह-उपसमूहलाई भातृसंस्थाको तदर्थ समिति गठन गर्दा कसरी समेट्छन्? त्यसले कांग्रेसभित्र कायम एकताका सन्दर्भमा ठूलो अर्थ राख्नेछ। 

प्रधानमन्त्रीसमेत रहेका देउवा सबैलाई समेटेर जान तयार भए पार्टीभित्रको एकता थप मजबुद हुने र त्यसको सकारात्मक प्रभाव निर्वाचनमा पनि देखिने नेताहरु बताउँछन्। देउवाले पेलेर जाने नीति अख्तियार गरे पार्टीमा विग्रह पैदा हुने विश्लेषण एक केन्द्रीय सदस्यको छ। 

‘विगत एक डेढ महिनायता आजका दिनसम्म पार्टी एकमत छ। त्यो कायम रहनुपर्छ। यसले कार्यकर्ता पंक्तिमा पनि ठूलो उत्साह पैदा गरेको छ,’ ती नेता भन्छन्, ‘तर, भातृसंस्थाका तदर्थ समिति गठन गर्दा सभापतिजी कसरी अघि बढ्नुहन्छ, त्यसले यो एकताका सन्दर्भमा गहिरो अर्थ राख्छ।’ 

तदर्थ समिति गठन गर्दा पार्टीभित्रका सबै शक्तिकेन्द्रलाई समेट्ने गरी हिस्सा दिएर अघि बढ्नुको विकल्प नभएको देउवा समूहका नेताहरुको टिप्पणी छ। ‘अहिले भागबन्डाको राजनीति गर्दैनौं भनेर जतिसुकै भनेपनि तदर्थ समिति गठन हुँदा भाग सबैले खोजिहाल्छन्। यसमा हामी चनाखौं छौं,’ देउवा निकट मानिने ती नेता भन्छन्, ‘त्यसकारण पार्टीभित्रका सबै शक्तिकेन्द्रलाई समेटेर लैजानुको विकल्प छैन।’ 

नेपाल समय
सभापति देउवा र गत महाधिवेशनमा उनका निकटतम प्रतिस्पर्धी डा शेखर कोइराला (दायाँ)। कोइराला समूहले पार्टीमा भाग नखोज्ने तर विधि र पद्धति अपनाउनुपर्ने बताउँदै आएको छ।

तदर्थ समिति गठन गर्दा सबैलाई न्यायसंगत रूपमा समेटेर जाँदा देउवा मिलेर अघि बढ्न चाहेको सन्देश जाने छ। जसको फाइदा देउवाले उठाउने नै छन्। सँगै पार्टीले पनि त्यसको फाइदा उठाउनेछ। ‘आफूसँग प्रतिस्पर्धा गरेका नेताहरूप्रति पनि उहाँ नकारात्मक देखिनुभएको छैन। एकतावद्ध भएर अघि बढ्दा सभापतिजीलाई पनि फाइदा पुग्छ, पार्टीलाई त पुग्ने भइहाल्यो नै,’ देउवा निकट ती नेता सुनाउँछन्, ‘सभापतिले भातृसंस्थामा नेतृत्व आफू अनुकुल खोज्नु स्वभाविक नै हो। भातृसंस्थामा आफू अनुकुलको नेतृत्व हुँदा आफ्ना कार्यक्रम लागू गराउन सहज हुन्छ। तर, सिंगो समितिमा भने सबैलाई समेट्नुपर्छ।’

नेता डा. शेखर कोइराला समूहका नेताहरु भने यति नै चाहियो भनेर भाग खोज्ने पक्षमा नरहेको दाबी गर्छन्। ‘छलफल भइरहेको छ। एकखाले मापदण्ड बनाएर तदर्थ समिति गठन होस् भन्दै आएका छौं। नेविसंघमा ३२ वर्षे र तरुण दलमा ४५ वर्षको उमेर हदको कुरा पनि छ। मापदण्डअनुसार अघि बढौं भनेका छौं। हामीलाई यति नै चाहियो, यो पद चाहियो भनेका छैनौं। तर, न्यायसंगत उपस्थिति होस् भन्ने हामी चाहन्छौं,’ ती नेता भन्छन्। 

तदर्थ समिति कत्रो र कस्तो बनाउने? 

महाधिवेशन गराउने कार्यदेशसहित बनाइने भातृसंस्थाका तदर्थ समितिको आकार तुलनात्मक रुपमा ठूलो हुन सक्नेछन्। सबै समूह-उपसमूह र योग्यलाई समेट्ने गरी आकार बढाएर समिति गर्न सकिने गरी छलफल अघि बढेको छ। ‘समितिको आकार बढाउने र सबैलाई समेट्ने गरी छलफल अघि बढेको छ। यो मोडलमा अघि बढ्ने कि सानो आकारको समिति बनाएर आफ्ना मान्छे मात्रै सेटल गर्ने? त्यसको निर्णय सभापतिजीले लिनुहुनेछ,’ ती नेता भन्छन्। 

समितिको आकार मात्रै होइन, कस्तो बनाउने भन्ने विषय पनि टुंगो लागिसकेको छैन। तदर्थ समिति बनाउँदा नेतृत्व मात्रै तोक्ने र सबैलाई सदस्य बनाउने वा पदाधिकारीसहितको समिति गठन गर्ने भन्नेमा सहमति जुटिसकेको छैन। केही महिनाका लागि बन्ने समितिमा नेतृत्व मात्रै तोकेर प्लेन समिति बनाएर जाँदा उपयुक्त हुने केही नेताहरुको धारणा छ। तर, पदाधिकारीसहितको समिति बनाउँदा सबैलाई सम्मानजनक रूपमा समेट्न सकिने धारणा पनि सँगै व्यक्त भइरहेका छन्। ‘तदर्थ समिति कत्रो र कस्तो बनाउने भन्ने विषयमा छलफल भइरहेको छ। अहिले नै टुंगो लागेको छैन,’ एक पदाधिकारी भन्छन्। यद्यपि पार्टीका औपचारिक/अनौपचारिक फोरममा भातृसंस्थाका विषयमा छलफल भइरहेको छ। 

नेपाल समय
कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक। समिति गठनमा विवाद हुने आकलन गरिएको भएपनि विवादरहित बनेको थियो। सभापति देउवाबाट पुनः यस्तै निर्णय होस् भन्ने नेताहरुको चाहना छ।

शेखर समूहले भने समिति कसरी गठन हुन्छ, त्यसैका आधारमा भातृसंस्थामा न्यायसंगत उपस्थितिको खोजी गर्ने संकेत गरेको छ। ‘प्लेन समिति बनाइए सदस्यमा र, पदाधिकारीसहितको बनाए पदाधिकारीमा न्यायसंगत उपस्थितिको खोजी गर्ने हो,’ ती नेता भन्छन्, ‘नेतृत्व दाबी गरेर अहिले पाउने सम्भावना न्यून छ। तर पनि सभापतिजी सबैलाई मिलाएरै जानुहुन्छ भन्नेमा हामी विश्वस्त छौं।’  

एकता नै निर्वाचनको आत्मबल 

त्यसो त सभापति देउवा आफैं पनि पार्टीभित्रको एकता नखलबलियोस् भन्ने चाहन्छन्। पार्टीभित्रको एकता नै निर्वाचनमा प्रतिस्पर्धा गर्ने नैतिक बल हुने कुरामा देउवा जानकार नहुने विषय होइन। 

तदर्थ समिति गठनमा असन्तुष्टि चुलिए त्यसले उम्मेदवार चयनमा समेत समस्या पर्न सक्छ। उम्मेदवार चयनमा विवाद आए निर्वाचनमा त्यसको असर पर्न सक्छ। त्यसकारण पनि देउवा कसैलाई नचिढ्याइ अघि बढने तयारीमा रहेको उनी निकट नेताहरु दाबी गर्छन्। 

‘तदर्थ समिति गठन गर्दा सबैलाई समेट्न सकिएन भने पहिलो प्रतिक्रिया यसमै आउँछ। यसले आन्तरिक एकता खलबल्याउँछ। निर्वाचनका लागि उम्मेदवार चयन समेत विवादित बनाइन सक्छ,’ देउवा निकट अर्का नेता भन्छन्, ‘यो कुरा सभापतिले नबुझ्ने कुरै भएन। त्यसैले सबैलाई समावेश गरेर अघि बढ्दा निर्वाचनमा पनि फाइदा हुन्छ। र पार्टी सञ्चालनमा पनि समस्या आउँदैन। त्यसैले सभापतिजी कसैलाई चिढ्याउने पक्षमा हुनुहुन्न।’

त्यसो त शेखर समूहका नेता पनि देउवा एकलौटी रुपमा अघि नबढ्ने विश्वास व्यक्त गर्छन्। चुनावको मुखमा पार्टीमा विवाद निम्त्याउने कुरा जायज नभएकाले देउवा सहमतिमै अघि बढ्ने विश्वास शेखर समूहको छ। ‘चुनावको मुखमा विवाद निम्त्याउने कुरा ठिक होइन। उहाँले विवाद हुने गरी निर्णय गर्नुहुन्छ भन्ने हामीलाई लाग्दैन,’ शेखर समूहका ती नेता भन्छन्, ‘उहाँ सबैलाई सबैलाई मिलाएर लैजान उहाँ तयार देखिनुभएको छ।’ 


प्रकाशित: March 8, 2022 | 21:10:52 काठमाडौं, मंगलबार, फागुन २४, २०७८

तपाईं को प्रतिक्रिया

ट्रेंडिंग

युक्रेनका ४ क्षेत्र गाभेको औपचारिक घोषणा गर्दै रुस

युक्रेनका लुहान्स्क, दोनत्स्क, जापोरिज्जिया र केरसन क्षेत्रलाई रुसमा गाभ्ने घोषणा गर्न लागिएको छ। 'क्रेमलिन दरबारमा स्थानीय समयअनुसार दिउँसो ३ बजे ती ४ क्षेत्र रुसमा गाभिएको घोषणा हुनेछ,' क्रेमलिन प्रवक्ता दिमित्री पेस्कोभले भनेका छन्।

पाँच दलको सिट भागबण्डा अन्तिम चरणमा [सूचीसहित]

लामो समयको गृहकार्यपछि धेरैजसो निर्वाचन क्षेत्रको भागबण्डा मिलेको छ तर केहीमा भने किचलो कायमै छ।

सोलुको सकस: कांग्रेस नछाड्ने, माओवादी नमान्ने

२०७४ को चुनावमा जितेकाले आफैंले पाउनुपर्ने माओवादीको अडान छ। यस पटक गठबन्धनले चुनाव लड्ने हुँदा सोलुखुम्बु आफूले पाउनुपर्ने दाबी कांग्रेसले गरिरहेको छ।

समानुपातिक सूची परिवर्तन नभए आफैँ संघर्षमा उत्रने शेखर-गगनको चेतावनी

समान अवसर र न्यायका लागि विरोध र संघर्षका कार्यक्रम गर्दै आएका आफूनिकट नेताहरूसँग छलफल नेता कोइराला र महामन्त्री थापाले यस्तो बताएका हुन्। बत्तिसपुतलीस्थित अनुपम फुडल्यान्डमा असन्तुष्ट नेताहरुसँग उनीहरूले छलफल गरेका हुन्।

भीम रावल पार्टी सम्पर्कमा नआएपछि ओलीको सोधीखोजी

४ मंसिरमा हुने निर्वाचनका लागि एमाले जिल्ला कमिटीले अछाम क्षेत्र–१ बाट रावललाई मात्र सिफारिस गरे पनि पछिल्लो समय पार्टी सम्पर्कमा नआएपछि के भएको हो भनेर बुझ्न सुदूरपश्चिम एमाले नेताहरु पुगे ओली निवास।

सिभिल र हिमालयन मर्ज भएपछि ६ महिनामा 'सिनर्जी' आउँछ : सुनील पोखरेल [अन्तर्वार्ता]

हिमालय बैंक लिगेसी बोकेको पुरानो बैंक हो। हामीसँग साना तथा मझौला प्रकृतिको बिजनेस छ। हिमालयनको ठूला र कर्पोरेट बिजनेस छ। हाम्रा स-साना ग्राहक छन् तर उसका ठूला ग्राहक छन्।

आजदेखि निर्वाचन आचारसंहिता लागु : के गर्न पाइन्छ, के पाइँदैन?

आगामी मंसिर ४ गते हुने प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनका लागि आचारसंहिता बुधारदेखि लागु गरिएको छ।

अलमुताइरीप्रति कप्तान किरणको अझै गुनासो, भने - व्यक्तिका लागि भन्दा पनि देशका लागि खेल्छौं

नेपाल राष्ट्रिय फुटबल टोलीका कप्तान किरण चेम्जोङले प्रशिक्षक अबदुल्ला अलमुताइरीले आफूलाई टिमबाट निकालेकोमा दुखेसो पोखेका छन्। व्यवसायिक फुटबलका क्रममा भारतमा रहेका किरण बंगलादेशसँगको मैत्रीपूर्ण खेलका लागि नेपाल आएका हुन्।

मोरङ-३ : चुनावमा प्रभाव पार्ने यस्तो छ मेडिकल कलेज कनेक्सन

सुनिल शर्माले आफ्नो नोबेल मेडिकल कलेजमार्फत राजनीतिक प्रभाव बढाएका छन्। निर्वाचन क्षेत्रमा नागरिकको निःशुल्क र कम शुल्कमा उपचारको व्यवस्था मिलाएर उनले मतदाताको प्रभाव बढाएका हुन्। उता राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बाट उम्मेदवार बन्ने तयारीमा रहेकी रेखा थापाले पनि अभियान तीव्र बनाएकी छिन्।

मधेसवादी दलको कमजोरीमा 'जाल' थाप्दै एमाले!

मधेसवादी दलका एजेन्डाहरू पहिलेभन्दा कमजोर बन्दै गएपछि सत्ताको लोभ गर्नेहरू राजनीतिक सुरक्षाका निम्ति एमाले प्रवेश गरिरहेका छन् भने एमालेले पनि मधेसवादी दलको कमजोरीको फाइदा उठाएको राजनीतिक विश्लेषण गरिँदै छ।

थप समाचार

नेपाल समय
राजनीति

जनतान्त्रिक तराई मुक्ति मोर्चा राप्रपामा समाहित

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) र जनतान्त्रिक तराई मुक्ति मोर्चा पार्टीबीच एकता भएको छ। ९ बुँदे सहमति गरि जनतान्त्रिक तराई मुक्ति मोर्चा राष्ट्रिय प्रजातन्त्र पार्टीमा समाहित भएको राप्रपा प्रचार विभागले जानकारी दिएको छ।
नेपाल समय
राजनीति

प्रचण्डलाई चितवनबाटै निर्वाचन लड्न गठबन्धन दलको आग्रह

नेकपा माओावदी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई चितवनबाटै निर्वाचन लड्न सत्ता साझेदार गठबन्धनभित्रका दलहरुले अनुरोध गरेका छन्।
नेपाल समय
राजनीति

कांग्रेसको समानुपातिक उम्मेदवारको कुन कलस्टरमा को-को परे? (सूचीसहित)

सत्तारुढ नेपाली कांग्रेसले निर्वाचन आयोगमा बुझाएको ११० समानुपातिक उम्मेदवारहरुको सूची अनुसार खस-आर्यतर्फको एक नम्बरमा पार्टी प्रवक्ता डा. प्रकाशशरण महतको नाम रहेको छ।
नेपाल समय
राजनीति

प्रचण्डलाई चितवनबाटै निर्वाचन लड्न गठबन्धन दलको आग्रह

चितवनका सत्ता साझेदार दलहरूको संयुक्त बैठकले अध्यक्ष दाहाललाई सो आग्रह गरेका हुन्।
नेपाल समय
राजनीति

निर्वाचन आयोगले तोक्यो प्रत्यक्षतर्फको उम्मेदवारी दर्ता समयसीमा

मनोनयन पत्र दर्ता गर्न २३ असोज आइतबार बिहान १० देखि साँझ ५ बजेसम्म समय तोकिएको छ।

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६

सम्पर्क

House -138, Suruchi Marg, New Baneshwor, Kathmandu, Nepal
फोन : +977-1-4790242 / +977-1-4790040
इमेल : nepalsamayanews@gmail.com
  • प्रबन्ध निर्देशक
    तरुणप्रताप शाह
  • प्रधान सम्पादक
    नारायण अमृत
  • महाप्रबन्धक
    जीवन तिम्सिना