काठमाडौं– नेकपा माओवादी केन्द्रको जारी केन्द्रीय कमिटी बैठकमा एमसीसी अनुमोदन गर्ने पार्टीको निर्णय स्वीकार गर्ने एजेन्डा पेस भएको छ।
अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले एमसीसी अनुमोदन गर्ने पूर्व स्थायी कमिटी बैठकको निर्णय स्वीकार गर्न एजेन्डा केन्द्रीय कमिटीमा प्रस्ताव राखेका हुन्।
बैठकमा अहिले खाजाका लागि रोकिएको छ। ब्रेकपछि नारायणकाजी श्रेष्ठले फरक मत राख्ने बताइएको छ। श्रेष्ठसहित कृष्णबहादुर महरा, लिलामणि पोखरेल, देव गुरुङले एमसीसीको विरोध गरिरहेका छन्।