शुक्रबार, भदौ ३, २०७९

आफ्नो पक्षमा जित हात पार्न राजनीतिक दलका नेताको दौडधुप

नेपाल समय  |  काठमाडौं, शुक्रबार, फागुन २०, २०७८

नेपाल समय

नेपाल समय

शुक्रबार, फागुन २०, २०७८, काठमाडौं

नेपाल समय
nirwachan_election

काभ्रेपलाञ्चोक- सरकारले आगामी वैशाख ३० गते देशभर एकैसाथ स्थानीय तहको निर्वाचन गर्ने गरी मिति तोकेको छ। सरकारले निर्वाचन मिति तोकेसँगै जिल्ला निर्वाचन कार्यालयले पनि तयारी तीव्र बनाएको छ।

स्थानीय तहको निर्वाचन मिति नजिकिएसँगै जिल्लास्थित राजनीतिक दलले पनि आफ्नो पक्षमा जित हात पार्न चुनावी गतिविधि बढाएका छन्। दश स्थानीय तह रहेको जिल्लामा नेकपा (एमाले), नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी) र जनता समाजवादी पार्टी अस्तित्वमा छन्।

प्रमुख प्रतिपक्षी दल एमालेले फागुन १७ गते सचिवालय बैठक बसेर चुनावी रणनीति तय गरेको छ। एमालेको चुनावी रणनीतिअनुसार जिल्लाका १० वटै स्थानीय तहमा इन्चार्ज तथा सहइन्चार्जका साथै विभिन्न विभाग गठन गरेको छ। एमालेले विसं २०७४ मा भएको निर्वाचनमा पाँच स्थानीय तहमा जित हात पारेको थियो। गृहजिल्लामा भएका एमाले संसदीय दलका प्रमुख सचेतक विशाल भट्टराईले खोटाङमा पहिलेको तुलनामा यो स्थानीय चुनावमा दुईवटा स्थानीय तहमा थप जित हात पार्ने दाबी गरे।

सरकारको नेतृत्व गरेको नेपाली कांग्रेसले गत शनिबार एकैचोटि जिल्लाका १०वटै स्थानीय तहमा चुनाव लक्षित अभिमुखीकरण कार्यक्रम गरेको थियो। अभिमुखीकरण कार्यक्रमको अनुगमनमा जिल्ला तथा प्रदेशस्तरका नेता खटिएका थिए। जिल्ला सभापति विष्णुकुमार राई, पूर्वपर्यटनमन्त्री सर्वधन राई, पूर्वजिल्ला सभापति नरेशकुमार श्रेष्ठलगायत नेता निर्वाचनलाई लक्षित गरेर भूगोलमा खटिएका छन्। चुनावलक्षित पालिकास्तरीय कार्यक्रममा पालिकास्तरकै नेताहरू जुटेका छन्।

 सबै स्थानीय तहको तल्लो तहसम्म पार्टी केन्द्रले नै सर्कुलर जारी गरेर पार्टी सङ्गठन निर्माण तथा चुनावी अभियानमा लागिएको केन्द्रीय सदस्य तथा जिल्ला इन्चार्ज कार्कीले बताइन्। माओवादी केन्द्रले जिल्लाका हरेक स्थानीय तहमा सङ्गठन विस्तारसँगै जनवर्गीय सङ्गठन पुनःगठन गरेको छ।

अघिल्लो निर्वाचनमा जिल्लाका १० स्थानीय तहमध्ये चारवटामा कांग्रेसले जितेको थियो। अबको निर्वाचनमा थप पालिकामा जित हात पार्न कांग्रेस लागिपरेको जिल्ला सचिव ज्ञानेन्द्र जोशीले बताए। सत्ता साझेदार नेकपा ९माओवादी केन्द्र०ले पनि चुनावी तयारी थालेको छ। अघिल्लो निर्वाचनमा एउटा स्थानीय तहमा मात्र जित हात पारेको माओवादी केन्द्रका केन्द्रीय नेता गाउँ पसेका छन्।

माओवादी केन्द्रीय अनुशासन आयोगका अध्यक्ष टङ्क राई, केन्द्रीय सदस्य तथा जिल्ला इन्चार्ज समिता कार्की, दुर्गाजयन्ती राईलगायत नेता दौडधुपमा छन्। सबै स्थानीय तहको तल्लो तहसम्म पार्टी केन्द्रले नै सर्कुलर जारी गरेर पार्टी सङ्गठन निर्माण तथा चुनावी अभियानमा लागिएको केन्द्रीय सदस्य तथा जिल्ला इन्चार्ज कार्कीले बताइन्। माओवादी केन्द्रले जिल्लाका हरेक स्थानीय तहमा सङ्गठन विस्तारसँगै जनवर्गीय सङ्गठन पुनःगठन गरेको छ। आसन्न स्थानीय तहको चुनावलाई लक्षित गरेर हरेक स्थानीय तहमा १५० सदस्यीय वाइसीएल नेपालको पालिकास्तरीय समिति बनाइएको माओवादी केन्द्रका अध्यक्ष दीपक पाण्डेले जानकारी दिए।

एमालेबाट भर्खरै विभाजन भएर बनेको नेकपा (एकीकृत समाजवादी) पनि निर्वाचनलाई लक्षित गरेर सङ्गठन विस्तारमा जुटेको केन्द्रीय सदस्य कुलप्रसाद फुँयालले बताए। आगामी चुनावमा आफ्नो पार्टी एक्लैले जित्न नसक्ने भएपछि अरू दलसँग मिलेर चुनाव लड्ने योजना रहेको पूर्व सांसदसमेत रहेका केन्द्रीय सदस्य फुँयालले बताए।

एकीकृत समाजवादीले जिल्लाका १० मध्ये नौ स्थानीय तहमा पालिकास्तरीय सङ्गठन तथा कार्यालय स्थापना गरिरहेको छ। रावाबेँसी गाउँपालिकामा पालिकास्तरीय सङ्गठन तथा कार्यालय स्थापना गर्न बाँकी रहेको र उक्त स्थानीय तहमा चाँडै स्थापना गर्ने तयारी भइरहेको जिल्ला अध्यक्ष जलशेर राईले बताए।

जनता समाजवादी पार्टी पनि सङ्गठन विस्तारमा जुटेको छ। देशमा चौथो दलको अस्तित्वमा रहेको जनता समाजवादी पार्टी जिल्लामा चुनावी तालमेल गरेर अगाडि बढ्ने तयारीमा रहेको छ। आगामी निर्वाचनलाई मध्यनजर गर्दै सुरक्षा व्यवस्थासमेत कडा बनाउने तयारी भइरहेको जिल्ला सुरक्षा समितिका संयोजक एवं प्रमुख जिल्ला अधिकारी फणिन्द्र दाहालले जानकारी दिए।    रासस


प्रकाशित: March 4, 2022 | 08:55:00 काठमाडौं, शुक्रबार, फागुन २०, २०७८

तपाईं को प्रतिक्रिया

तपाईं को प्रतिक्रिया

ट्रेंडिंग

रक्षात्मक अर्थमन्त्री, 'कम्फर्टेबल' सचिव!

दोस्रो इनिङ सम्हालेयता अर्थमन्त्री जनार्दन शर्मा पहिलो कार्यकालमा जस्तो क्रान्तिकारी र उत्तेजक रूपमा प्रस्तुत भएका छैनन्। बजेट पारित भइसकेको र चुनाव सँघारमा रहेकाले महत्त्वपूर्ण निर्णय गर्नुपर्ने झमेला नहुँदा पहिलो कार्यकालमा जस्तो सक्रिय छैनन् उनी।

बञ्चरेमा फोहोर फाल्न तीन बुँदे सहमति

काठमाडौंको फोहोर बञ्चरेडाँडा ल्यान्डफिल साइटमा फाल्न तीन बुँदे सहमति भएको छ।

कांग्रेस नेता लेखकले भने - अब ५ वर्षभित्र दोधारामा सुक्खा बन्दरगाह बन्छ, तटबन्धनको काम सुरु भइसक्यो

नेता लेखकले दोधारा चाँदनी नगरपालिकामा भएको एक कार्यक्रममा नेता लेखकले भने, 'नेपाली कांग्रेसको सरकारले सुक्खा बन्दरगाह निर्माणको प्रक्रिया अगाडि बढाएकोमा ०७४ सालको निर्वाचनमा कञ्‍चनपुर -३ मा कांग्रेस पराजित भएपछि प्रक्रिया अगाडि नबढेको हुँदा आगामी निर्वाचनमा नेपाली कांग्रेसलाई विजयी गराएमा आगामी ५ वर्षभित्र सुक्खा बन्दरगाह निर्माण सम्पन्‍न हुनेछ।'

रेशम रिहाइको 'बार्गेनिङ' : आरजु जहाँ लड्छिन् त्यहीँ रञ्‍जिताको उम्मेदवारी

‘टीकापुरमा हामी ढुंगा उठाए पनि जित्छौँ। प्रधानमन्त्रीपत्‍नी आरजु लड्ने चुनाव क्षेत्र पर्खिएर बसेको छौं। आरजु जहाँबाट उठ्नुहुन्छ त्यहीँ रञ्‍जितालाई उठाउने तयारी हो, अन्यायमा पारेर निर्दोषलाई जेलमा थुन्दा पनि बेवास्ता गरेर विभेद गर्नेलाई हराउने हो।'

कांग्रेसका स्थानीय जनप्रतिनिधि भन्छन् – गठबन्धनले कतै आश, कतै निराश

कांग्रेसका मतदातालाई अहिले पनि रुख चुनाव चिह्न प्यारो छ। गठबन्धन गर्दा पनि रुख चुनाव चिह्न भयो भने अन्य पार्टीका उम्मेदवारलाई भोट हालेजस्तो अनुभूति हुँदैन। अर्को पार्टीको चुनाव चिह्नमा कसरी भोट हाल्ने भन्ने पार्टी समर्थक मतदातामा अन्योल छ।

कांग्रेसले लत्यायो आफ्नै निर्णय

केन्द्रीय समितिले गरेको निर्णय नम्बर ४ मा भनिएको छ, 'अवधि समाप्त भएर गठन हुन बाँकी रहेका र पूर्णता प्राप्त नगरेका पार्टी आवद्ध भ्रातृ संघलाई यही २०७९ श्रावण मसान्तभित्र गठन र पूर्णता दिने।'

सिन्धुलीबाट लड्दा प्रचण्डलाई कति सहज?

२०६४ सालयता भएका तीनवटा निर्वाचनमा प्रचण्डले चार क्षेत्रबाट निर्वाचन लडिसकेका छन्। ०६४ सालको पहिलो संविधानसभा निर्वाचनमा रोल्पा–२ र काठमाडौं–१० गरी दुई ठाउँबाट निर्वाचित प्रचण्डले २०७० सालको निर्वाचनमा भने काठमाडौं–१० र सिरहा–५ बाट लडेका थिए।

एकीकृत समाजवादीसँग पनि एकताको तयारी छ, नाम नेकपा रहन्छ : प्रचण्ड

पार्टी एकता पछि हुने पार्टीको नाम नेकपा हुनेमा आफूहरूबीच सहमति भइसकेको र त्यसमा समाजवादी वा यस्तै केही थपिन सक्ने उनको भनाइ छ। तर एकता भने चुनाव पछि हुने उनको भनाइ छ।

एमालेभित्र '१० भाइ'का दुःख- कसै-कसैले त टिकट पाउनै मुस्किल!

एमाले नचोइटिँदासम्म नेता माधव नेपालको पक्षमा रहेका १० भाइ पार्टी विभाजनपछि एमालेमै अडिए। १० भाइ एमालेमै बसे पनि अध्यक्ष ओली अझै दाहिना भएका छैनन्।

तेस्रो पार्टी संलग्न रहेको भन्दै भारतमाथि फिफाको प्रतिबन्ध

फिफो अल इन्डियन फुटबल फेडेरेसन(एआईएफएफ) मा तेस्रो पार्टी संलग्न रहेको भन्दै अनिश्चितकालका लागि प्रतिबन्ध लगाएको हो।

थप समाचार

नेपाल समय
राजनीति

एमालेले बहुमत ल्याउने गरी चुनावको तयारी गरिरहेको छ : योगेश भट्टराई

त्यसका लागि पार्टीका सबै विभागहरुले विज्ञहरुसँग छलफल गरेर सो घोषणा पत्रको मस्यौदा तयार पार्ने योजना अनुसार काम भइरहेको पनि सचिव भट्टराईले जानकारी दिए।
नेपाल समय
राजनीति

प्रतिनिधिसभाका ६४ वर्ष : यसरी मौलाए कम्युनिस्ट

पहिलो प्रतिनिधिसभा निर्वाचनमा ३.६६ प्रतिशत (१०९ मध्ये ४ जना) जितेका कम्युनिष्ट सांसदको संख्या बढेर पछिल्लो प्रतिनिधिसभा निर्वाचनमा ६४ प्रतिशतभन्दा बढी (२७५ मध्ये १७७ जना) पुगेको छ।
नेपाल समय
राजनीति

कांग्रेस नेता प्रदीप गिरिको स्वास्थ्य अवस्था गम्भीर

गिरि अवस्था गम्भीर रहेको अस्पतालले जानकारी दिएको छ। उनी लामो समयदेखि क्यान्सरबाट पीडित थिए।
नेपाल समय
राजनीति

जसपाको उम्मेदवार हुन तोकियो मापदण्ड

शुक्रबार बसेको जसपाको राजनीतिक समिति बैठकमा अध्यक्ष उपेन्द्र यादवले उम्मेदवारको मापदण्ड र योग्यताबारे प्रस्ताव गरेका हुन्।
नेपाल समय
राजनीति

माओवादी केन्द्रलाई पदाधिकारी चयनमा सकस

पार्टी कार्यालय कोटेश्वरमा बसेको स्थायी कमिटी बैठकले पदाधिकारीसहित अन्य सांगठनिक संरचनालाई पूर्णता दिन नसकेको हो।

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६

सम्पर्क

House -138, Suruchi Marg, New Baneshwor, Kathmandu, Nepal
फोन : +977-1-4790242 / +977-1-4790040
इमेल : nepalsamayanews@gmail.com
  • प्रबन्ध निर्देशक
    तरुणप्रताप शाह
  • प्रधान सम्पादक
    नारायण अमृत
  • महाप्रबन्धक
    जीवन तिम्सिना