कैलाली- नेपाली कांग्रेस कैलालीको सभापतिमा नारायणदत्त भट्ट विजयी भएका छन्। बिहीबार भएको दोस्रो चरणको मतदानमा भट्ट विजयी भएका हुन्।
विजयी भट्टले १ हजार ३५९ मत पाए भने उनका प्रतिस्पर्धी प्रकाश बमले १ हजार ५६ मत ल्याएका थिए। भट्ट दोस्रो चरणको मतदानबाट जिल्ला सभापतिमा विजयी भएका हुन्। पहिलो चरणमा बमले भट्टभन्दा बढी मत पाएका थिए।
कैलाली कांग्रेसका पूर्वउपसभापति रहेका भट्ट सभापति शेरबहादुर देउवा समूहका हुन्।