बिहीबार, असोज २०, २०७९

युवासँग उभिएपछि दलभित्र देउवालाई सहज

तीर्थराज बस्नेत  |  काठमाडौं, बिहीबार, फागुन १९, २०७८

तीर्थराज बस्नेत

तीर्थराज बस्नेत

बिहीबार, फागुन १९, २०७८, काठमाडौं

नेपाल समय
उभिएर दुवै हात हल्लाउँदै प्रधानमन्त्री एवम् नेपाली कांग्रेस सभापति शेरबहादुर देउवा।

काठमाडौं- मंसिर अन्तिम साता सम्पन्न नेपाली कांग्रेसको १४औं महाधिवेशनबाट निर्वाचित टिम हेरेपछि राजनीतिमा चासो राख्नेहरूमध्ये धेरैको मनमा एउटा प्रश्न उब्जिएको थियो। त्यो थियो- अब कांग्रेस कसरी चल्ला? प्रश्न स्वभाविक पनि थियो। त्यही प्रश्नसँग सम्बन्धित अर्को प्रश्न पनि थियो- नयाँ पदाधिकारीसँग देउवाको सहकार्य कस्तो रहला? 

सभापतिमा शेरबहादुर देउवा दोहोरिएका थिए तर, पदाधिकारीमा अधिकांश नयाँ अनुहार। देउवाका आलोचकको छवि बनाएका गगन थापा एक जना महामन्त्रीमा चुनिएका थिए भने प्रकाशमान सिंहको समूहबाट विश्वप्रकाश शर्मा। दुवै जना महामन्त्री फरक समूहबाट चुनिएपछि देउवासँग उनको सहकार्य सहज नहुने आकलन गर्न थालिएको थियो कांग्रेसभित्रै। तर महाधिवेशन सम्पन्न भएको करिब तीन महिनामै यी प्रश्नको उत्तर देखिन, सुनिन थालेको छ।  

कांग्रेसमा अहिले एकता देखिएको छ, जुन विरलै मात्र हुने गर्छ। एमसीसी परियोजना अनुमोदन गर्ने सन्दर्भमा होस् वा पार्टी सञ्चालन नै किन नहोस्, पदाधिकारीमा पहिलो पटक आएका युवासँग काम गर्न देउवाको रुचीले कांग्रेसलाई एकजुट बनाउन सहयोग गरेको देखिएको छ। 

पुस १० गते निर्वाचित भएको प्रमाणपत्र वितरण कार्यक्रममा सभापति देउवाले भनेका थिए– म अब मतदान गर्नेको पनि र नगर्नेको पनि सभापति हुँ। सबैलाई मिलाएर पार्टी सञ्चालन गर्छु। उनको त्यो अभिव्यक्ति सम्झँदा बीचका केही गतिविधिले आशंका पैदा गरेको पनि थियो। तर, पछिल्लो समय उनले देखाएको कार्यशैलीले देउवा प्रतिबद्धताप्रति इमान्दार देखिएको कांग्रेसमा उनी इतर पक्षकै नेताले पनि बताउने गरेका छन्। 

‘सभापति देउवा पहिलो कार्यकालबाट शिक्षा लिएर दोस्रो कार्यकालमा सफल हुन पार्टीलाई थप एकताबद्ध बनाउने दिशातर्फ उन्मुख भएको देखिन्छ,’ राजनीतिक विश्लेषक गेजा शर्मा वाग्ले भन्छन्। 

विरलै मात्र विवादरहीत हुने कांग्रेसमा यो एकमतपन कसरी सम्भव भयो त? यसको उत्तर तीन महिनायताका घटनाक्रमले थोरबहुत दिएका छन्। 

विधान अनुसार पार्टी सञ्चालन गर्ने संकेत 

कांग्रेस सभापतिका रूपमा पहिलो कार्यकालमा देउवाले खेपेको सबैभन्दा ठूलो आरोप हो– उनी विधान अनुसार चल्दैनन्। पार्टीभित्रकै नेताले उनको कार्यशैलीको विरोध गर्दै आएका थिए। पार्टी विधि र पद्धतिअनुसार नचलाएको भनेर देउवाले थुप्रै बैठकमा आलोचना खेपेका थिए। 

दोस्रो कार्यकालका लागि पनि देउवा दोहोरिएपछि पार्टी विधान अनुसार सञ्चालन हुनेमा धेरै कांग्रेसीहरू विश्वस्त थिएनन्। हुन त, पार्टी पदाधिकारीमा युवाको बाहुल्यता भएकाले सुधारको अपेक्षा राख्ने पनि थिए तर देउवाको स्वभाव र कार्यशैलीलाई लिएर प्रश्न उठाउने जति भेटिन्थे, त्यो भन्दा धेरै कम मात्र सुधारको अपेक्षा राख्नेहरू थिए।  दोस्रो कार्यकालको सुरुवातमा वरीयता निर्धारण, राष्ट्रियसभामा उम्मेदवार चयन, स्थानीय तहको निर्वाचन घोषणालगायतका एजेन्डामा देउवाको आलोचना भएको थियो। तर, पछिल्ला दिनमा देउवाले आफूलाई सुधार गर्ने संकेत देखाएका छन्। 

नेपाल समय
कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक। फाइल तस्बिर

देउवाको पहिलो कार्यकालमा केन्द्रीय कार्यसम्पादन समिति गठन गर्ने प्रयास असफल बनेको थियो। देउवाले कार्यसम्पादन समिति त बनाएका थिए। तर, एकलौटी कार्यसम्पादन समिति गठन गरिएको भन्दै संस्थापन इतर समूहले विरोध गरेपछि पछि भंग गरिएको थियो। त्यसपछि देउवाले कार्यसम्पादन समिति नै बनाएनन्। बरु विधानले नचिन्ने पदाधिकारी र पूर्वपदाधिकारीको बैठक बोलाएर उनले महत्त्वपूर्ण निर्णय लिने गरेका थिए। यसपटक भने सभापतिमा निर्वाचित भएको २ महिना नबित्दै कार्यसम्पादन समिति गठन गरेका छन्। र, केन्द्रीय कार्यसम्पादन समितिले एमसीसी, भातृसंस्थालगायतका महत्वपूर्ण एजेन्डामा एकमतले निर्णय लिइसकेको छ।  

त्यसो त अघिल्लो कार्यकालका करिब तीन वर्ष कांग्रेस प्रवक्ताविहीन थियो। २०७२ मा सभापति निर्वाचित भएका देउवाले २०७५ सालमा मात्रै हालका महामन्त्री विश्वप्रकाश शर्मालाई प्रवक्तामा नियुक्त गरेका थिए। यसपटक भने देउवाले पूर्व सहमहामन्त्री डा प्रकाशशरण महतलाई प्रवक्ताको जिम्मेवारी दिएका छन्।

कांग्रेसका भातृ संगठन लामो समयदेखि भद्रगोल थिए। भद्रगोल भातृसंस्था क्रियाशील बनाउनका लागि फागुन ३ गतेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले भंग गरेको छ। र, फागुन मसान्तसम्म तदर्थ समिति गठन गरेर स्थानीय निर्वाचनको अन्तिम मतपरिणाम आएको तीन महिनाभित्र महाधिवेशन गर्ने जिम्मेवारी दिने निर्णय कांग्रेसले गरिसकेको छ। 

‘सभापति देउवा पहिलो कार्यकालबाट शिक्षा लिएर दोस्रो कार्यकालमा सफल हुन पार्टीलाई थप एकताबद्ध बनाउने दिशातर्फ उन्मुख भएको देखिन्छ,’ राजनीतिक विश्लेषक गेजा शर्मा वाग्ले भन्छन्। 

‘महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माका साथै शेखर कोइराला समूहले विधिसम्मत रुपमा पार्टी सञ्चालन गर्नुपर्ने आवाज उठाउँदै आउनुभएको थियो,’ विश्लेषक वाग्ले भन्छन्, ‘अहिले देउवाले पार्टीलाई विधानसम्मत रुपमा सञ्चालन गर्ने, सहभागितामूलक प्रक्रियाबाट निर्णय गर्ने र पार्टीभित्रका सबै पक्ष समेटेर अघि बढ्न चाहेको देखिन्छ।’ 

जिम्मेवारी बाँडफाँट

पार्टीका नेताहरुलाई जिम्मेवारी दिने सन्दर्भमा पनि देउवाले भेदभाव गरेको देखिँदैन। देउवाको दोस्रो कार्यकालको सुरुवाती चरण भएकाले भेदभाव कम गर्न खोजेको हुन सक्ने शंकाको सुविधा पनि छ। खासगरी एमसीसी अनुमोदन गर्ने सन्दर्भमा भएका राजनीतिक छलफल र भेटघाटमा देउवाले फरक समूहका नेताको साथ लिएका थिए। नेता रामचन्द्र पौडेलदेखि मिनेन्द्र रिजाल र गगन थापासम्मको सक्रियताले त्यही कुराको संकेत गर्छ। 

एमसीसी विवाद चर्किएका बेला सत्तारुढ गठबन्धन र प्रमुख प्रतिपक्षी दल नेकपा एमालेसँग कांग्रेसले गरेका छलफल र बैठकमा देउवाले पौडेल, उपसभापति पूर्णबहादुर खड्का, महामन्त्री गगन थापा, सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्की, गृहमन्त्री बालकृष्ण खाँड र नेता डा मिनेन्द्र रिजाललाई देउवाले सक्रिय बनाएका थिए।

नेपाल समय
एमाले नेताहरूसँग प्रधानमन्त्री देउवासहित कांग्रेस नेताको बैठक। फाइल तस्बिर

गठबन्धनको बैठक, फरक दलका शीर्ष नेतासँगको छलफल होस् वा प्रतिपक्षी एमालेसँगको संवाद नै किन नहोस् देउवाले फरक समूहका भनिने नेतालाई क्रियाशील बनाएका थिए। पौडेलले १४औं महाधिवेशन पछि देउवालाई सहयोग गर्दै आएका छन्। गठबन्धनभित्र र बाहिरका राजनीतिक भेटघाट र छलफलमा पौडेलले देउवालाई सघाउँदै आएका छन्। यस्तै नेता कृष्णप्रसाद सिटौलालाई समेत देउवाले महत्वपूर्ण राजनीतिक भेटघाटमा सहभागी गराउने गरेका छन्। 

उपसभापति खड्का, सञ्चारमन्त्री कार्की र गृहमन्त्री खाँण देउवालाई लामो सय देखि साथ दिँदै आएका नेताहरु हुन्। महामन्त्री थापा र नेता रिजाल भने डा. शेखर कोइराला समूहमा क्रियाशील छन्। थापा शेखर समूहबाटै महामन्त्री जितेका हुन् भने रिजाल पराजित भएका थिए। फरक समूहका नेतालाई समेत विश्वासमा लिएर अघि बढ्ने देउवाको प्रयासले राष्ट्रिय राजनीति र पार्टीको आन्तरिक राजनीतिमा फाइदा पुगेको छ। पार्टीभित्र एकताको बलमा एमसीसी अनुमोदन गराउने एजेन्डामा सफल भएका देउवाले अन्तर्राष्ट्रिय विश्वाससमेत आर्जन गर्न सफल बनेका छन्। 

‘महाधिवेशन समापन भएलगत्तै कार्यसम्पादन समिति गठन गर्ने, पार्टीभित्र फरक मत राख्ने र प्रतिस्पर्धी समूहलाई समेत विश्वासमा लिएर, अघि बढ्न चाहेको स्पष्ट सन्देश देउवाले दिनुभएको छ,’ विश्लेषक वाग्ले भन्छन्, ‘विशेषगरी, शेखर कोइराला समूहबाट महामन्त्रीमा निर्वाचित गगन थापा र प्रकाशमान सिंह समूहबाट विश्वप्रकाश शर्मालाई गरेको विश्वास र दिएको भूमिका उल्लेखनीय र सकारात्मक छ। रामचन्द्र पौडेल, कृष्णप्रसाद सिटौला, शेखर कोइराला प्रकाशमान सिंह, विमलेन्द्र निधि, शशांक कोइराला र युवापुस्ताका प्रतिनिधि थापा र शर्मालाई विश्वासमा लिएर देउवा अगाडि बढ्न खोजेको देखिन्छ।’ 

राष्ट्रिय एजेन्डाले लिड गर्दा फरक मत मथ्थर

कांग्रेसभित्र अभूतपूर्व एकताको जग हो– एमसीसी अनुमोदनको एजेन्डा। यसअघि देउवा नै प्रधानमन्त्री रहँदा भएको सम्झौता अनुमोदन गर्ने जिम्मेवारी घुमिफिरी देउवा नेतृत्वको सरकारलाई नै आएको थियो। जसलाई देउवा र कांग्रेसले प्रतिष्ठाको विषय बनाएका थिए। एमसीसीका सन्दर्भमा कांग्रेसले सत्ता र प्रतिपक्षमा रहँदा बोली र अडान फेरेको थिएन। सोही कारण कांग्रेस र देउवा एमसीसी अनुमोदन गराइ छाड्ने रणनीतिमा थिए। सके सत्ता गठबन्धनको सहयोगमै, नसके एमालेसँग मिलेर भएपनि एमसीसी अनुमोदन गर्ने निर्णयमा कांग्रेस पुग्यो। एमसीसी अनुमोदनका लागि गठबन्धन र प्रतिपक्षीसँग समानन्तर रुपमा कांग्रेसले संवाद जारी गरिरह्यो। कांग्रेसले एकढिक्का भएर एमसीसी अनुमोदनमा गरेको कसरत अन्ततः सफल पनि बन्यो। सत्ता गठबन्धनकै सहयोगमा व्याख्यात्मक घोषणासहित एमसीसी आइतबार प्रतिनिधिसभाबाट अनुमोदन भयो। 

नेपाल समय
एमसीसी अनुमोदनका पक्षमा मत व्यक्त गर्दै प्रधानमन्त्री देउवालगायत सांसदहरू। तस्बिर : रासस

जब पार्टीमा राष्ट्रिय एजेन्डा प्रधान हुन्छ, तब पार्टी भित्रका समूह, फरक मत गौण बन्छन्, कांग्रेसमा पनि त्यही भएको टिप्पणी गर्छन्, राजनीतिक अध्येता शंकर तिवारी। ‘जुन दिन राष्ट्रिय एजेन्डाले लिड गर्छ। गुटहरुको फरक मत मथ्थर हुन्छ। गिरिजाप्रसादको देहावसनपछि राष्ट्रिय एजेन्डामा कांग्रेस एक्लैले लिड गरेको यो पहिलो पटक हो,’ तिवारी भन्छन्, ‘अहिले कांग्रेसले एजेन्डा लिड मात्रै गरेन, पार पनि लगायो। यसले कांग्रेसको केन्द्रीयता र देशको अन्तर्राष्ट्रिय छविलाई उचाइमा पुर्‍यायो। अहिले सुन्तुलित कुटनीति, कांग्रेसको केन्द्रीयता र सर्वपरिता स्थापित भएको छ।’

फरक समूहका नेतालाई समेत विश्वासमा लिएर अघि बढ्ने देउवाको प्रयासले राष्ट्रिय राजनीति र पार्टीको आन्तरिक राजनीतिमा फाइदा पुगेको छ। पार्टीभित्र एकताको बलमा एमसीसी अनुमोदन गराउने एजेन्डामा सफल भएका देउवाले अन्तर्राष्ट्रिय विश्वाससमेत आर्जन गर्न सफल बनेका छन्। 

विश्लेषक वाग्ले एमसीसी परियोजना, गठबन्धन र निर्वाचनबारेमा देखिएको कांग्रेसभित्रको एकता सुखद् भएको बताउँछन्। ‘त्यसपछि एमसीसी परियोजनादेखि गठबन्धन र आगामी निर्वाचनबारेमा समेत कांग्रेभित्र अहिले अभूतपूर्व एकता देखिएको छ,’ वाग्ले भन्छन्, ‘देउवाको समन्वयकारी भूमिकाका कारणले गर्दा एमसीसी र गठबन्धन र आगामी निर्वाचनका सन्दर्भमा। यो कायम रहे, निर्वाचनलगायतका विषयमा कांग्रेस अझै एकताबद्ध भएर बलियो पार्टीका रुपमा स्थापित हुने सम्भावना उच्च देखिन्छ।’  

युवा पुस्ताको दबाब 

कांग्रेस राजनीतिमा अहिले जुन परिदृश्य देखिएको छ, त्यसमा युवा पुस्ताको दबाबले समेत काम गरेको विश्लेषण गरिन्छ। पार्टीलाई विधिसम्मत रुपमा सञ्चालन गर्नेदेखि राष्ट्रिय राजनीतिका महत्वपूर्ण एजेन्डामा समेत सभापति देउवामाथि युवा पुस्ताको दबाब थियो। 

स्थानीय तहको निर्वाचनको मिति घोषणा गर्ने विषय होस् वा लिपुलेक, लिम्पियाधुरा र कालापानी क्षेत्रमा भारतले सडक विस्तार गर्दा पार्टीको अभिव्यक्ति मुखरित गर्ने सन्दर्भमा नै किन नहोस्, देउवामाथि युवा पुस्ताको दबाब प्रस्टै देखियो। नेपाली भूमिमा भारतले सडक विस्तार गरेको विरुद्ध पार्टीको धारणा सार्वजनिक गर्ने सन्दर्भमा महामन्त्री थापा र शर्माले सभापति देउवालाई 'कन्भिन्स' गराएका थिए। त्यसपछि पार्टीका तर्फबाट धारणा सार्वजनिक गराउन उनीहरू सफल भएका थिए।

स्थानीय निर्वाचन धकेल्न सत्ता गठबन्धनले भगमग्दुर प्रयास गरेकै थियो। तर, कांग्रेसको शेखर कोइराला समूह र महामन्त्री थापा संविधानले तोकिएकै मितिमा स्थानीय तहको निर्वाचन गर्नुपर्छ भन्ने अडानमा थिए। अर्का महामन्त्री विश्वप्रकाश शर्मा लगायतका नेताहरुले समेत वैशाखमै स्थानीय तहको निर्वाचन घोषणा गर्न देउवामाथि दबाब सिर्जना गरेका थिए। उनीहरुले देउवालाई वैशाखमा निर्वाचन घोषणा गर्न कन्भिन्स गराए। र, देउवाले गठबन्धनलाई कन्भिन्स गराए अनि वैशाख ३० गते स्थानीय निर्वाचनको मिति घोषणा गरे।  

नेपाल समय
कांग्रेस महामन्त्रीमा विजयी भएपछि प्रतिक्रिया दिँदै विश्वप्रकाश शर्मा र गगन थापा।

‘अहिले जे परिणाम देखिएको छ। त्यसमा युवा पुस्ताको दबाबले पनि काम गरेको छ। दुवै महामन्त्रीको एजेन्डा विधानको पालना गर्ने पार्टी बनाउने थियो। र अहिले पनि उहाँहरू विधानको पालना गर्ने कुरामा कटिबद्ध हुनुहुन्छ,’ तिवारी भन्छन्, ‘पार्टीको निर्वाचन भएको मितिदेखि सबै काम विधानअनुसार गराउनेमा एकताबद्ध देखिनुहुन्छ। कार्यसम्पादन समिति गराउने समय गठन गर्ने, भातृसंस्थालाई सुदृढ बनाउन आवश्यक कदम चाल्ने लगायतका काममा महामन्त्रीद्वयले महत्वपूर्ण भूमिका खेलेको र सभापति पनि त्यसमा तयार भएको देखिन्छ। यसरी नै अघि बढ्ने हो भने कांग्रेस रुपान्तरणमा सहयोग पुग्छ।’

अहिले कांग्रेसमा बहुमत र अल्पमतको भन्दा पनि एजेन्डाप्रधान राजनीति गर्ने प्रयास भएको संकेतका रूपमा लिन सकिने तिवारीको भनाइ छ। ‘अहिले पार्टीलाई एजेन्डाले लिड गरिरहेको छ। जब बहुमतलाई पनि एजेन्डाले लिड गर्छ, त्यसले पार्टीको शान र मान बढाउने रहेछ,’ तिवारी भन्छन्, ‘देउवाले गगनसँग कसरी समन्वय गर्लान् वा गगनले देउवासँग मिलेर कसरी काम गर्लान्? भन्ने प्रश्न उठेका थिए। तर, विगत २ महिनामा कांग्रेस जुन सन्तुलनसँग अघि बढेको छ। त्यसले राष्ट्रिय राजनीति र पार्टीको आन्तरिक जीवनमा सकारात्मक सन्देश दिएको छ।’ 


प्रकाशित: March 3, 2022 | 12:01:49 काठमाडौं, बिहीबार, फागुन १९, २०७८

तपाईं को प्रतिक्रिया

ट्रेंडिंग

युक्रेनका ४ क्षेत्र गाभेको औपचारिक घोषणा गर्दै रुस

युक्रेनका लुहान्स्क, दोनत्स्क, जापोरिज्जिया र केरसन क्षेत्रलाई रुसमा गाभ्ने घोषणा गर्न लागिएको छ। 'क्रेमलिन दरबारमा स्थानीय समयअनुसार दिउँसो ३ बजे ती ४ क्षेत्र रुसमा गाभिएको घोषणा हुनेछ,' क्रेमलिन प्रवक्ता दिमित्री पेस्कोभले भनेका छन्।

पाँच दलको सिट भागबण्डा अन्तिम चरणमा [सूचीसहित]

लामो समयको गृहकार्यपछि धेरैजसो निर्वाचन क्षेत्रको भागबण्डा मिलेको छ तर केहीमा भने किचलो कायमै छ।

सोलुको सकस: कांग्रेस नछाड्ने, माओवादी नमान्ने

२०७४ को चुनावमा जितेकाले आफैंले पाउनुपर्ने माओवादीको अडान छ। यस पटक गठबन्धनले चुनाव लड्ने हुँदा सोलुखुम्बु आफूले पाउनुपर्ने दाबी कांग्रेसले गरिरहेको छ।

समानुपातिक सूची परिवर्तन नभए आफैँ संघर्षमा उत्रने शेखर-गगनको चेतावनी

समान अवसर र न्यायका लागि विरोध र संघर्षका कार्यक्रम गर्दै आएका आफूनिकट नेताहरूसँग छलफल नेता कोइराला र महामन्त्री थापाले यस्तो बताएका हुन्। बत्तिसपुतलीस्थित अनुपम फुडल्यान्डमा असन्तुष्ट नेताहरुसँग उनीहरूले छलफल गरेका हुन्।

भीम रावल पार्टी सम्पर्कमा नआएपछि ओलीको सोधीखोजी

४ मंसिरमा हुने निर्वाचनका लागि एमाले जिल्ला कमिटीले अछाम क्षेत्र–१ बाट रावललाई मात्र सिफारिस गरे पनि पछिल्लो समय पार्टी सम्पर्कमा नआएपछि के भएको हो भनेर बुझ्न सुदूरपश्चिम एमाले नेताहरु पुगे ओली निवास।

सिभिल र हिमालयन मर्ज भएपछि ६ महिनामा 'सिनर्जी' आउँछ : सुनील पोखरेल [अन्तर्वार्ता]

हिमालय बैंक लिगेसी बोकेको पुरानो बैंक हो। हामीसँग साना तथा मझौला प्रकृतिको बिजनेस छ। हिमालयनको ठूला र कर्पोरेट बिजनेस छ। हाम्रा स-साना ग्राहक छन् तर उसका ठूला ग्राहक छन्।

आजदेखि निर्वाचन आचारसंहिता लागु : के गर्न पाइन्छ, के पाइँदैन?

आगामी मंसिर ४ गते हुने प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनका लागि आचारसंहिता बुधारदेखि लागु गरिएको छ।

अलमुताइरीप्रति कप्तान किरणको अझै गुनासो, भने - व्यक्तिका लागि भन्दा पनि देशका लागि खेल्छौं

नेपाल राष्ट्रिय फुटबल टोलीका कप्तान किरण चेम्जोङले प्रशिक्षक अबदुल्ला अलमुताइरीले आफूलाई टिमबाट निकालेकोमा दुखेसो पोखेका छन्। व्यवसायिक फुटबलका क्रममा भारतमा रहेका किरण बंगलादेशसँगको मैत्रीपूर्ण खेलका लागि नेपाल आएका हुन्।

मोरङ-३ : चुनावमा प्रभाव पार्ने यस्तो छ मेडिकल कलेज कनेक्सन

सुनिल शर्माले आफ्नो नोबेल मेडिकल कलेजमार्फत राजनीतिक प्रभाव बढाएका छन्। निर्वाचन क्षेत्रमा नागरिकको निःशुल्क र कम शुल्कमा उपचारको व्यवस्था मिलाएर उनले मतदाताको प्रभाव बढाएका हुन्। उता राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बाट उम्मेदवार बन्ने तयारीमा रहेकी रेखा थापाले पनि अभियान तीव्र बनाएकी छिन्।

मधेसवादी दलको कमजोरीमा 'जाल' थाप्दै एमाले!

मधेसवादी दलका एजेन्डाहरू पहिलेभन्दा कमजोर बन्दै गएपछि सत्ताको लोभ गर्नेहरू राजनीतिक सुरक्षाका निम्ति एमाले प्रवेश गरिरहेका छन् भने एमालेले पनि मधेसवादी दलको कमजोरीको फाइदा उठाएको राजनीतिक विश्लेषण गरिँदै छ।

थप समाचार

नेपाल समय
राजनीति

जनतान्त्रिक तराई मुक्ति मोर्चा राप्रपामा समाहित

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) र जनतान्त्रिक तराई मुक्ति मोर्चा पार्टीबीच एकता भएको छ। ९ बुँदे सहमति गरि जनतान्त्रिक तराई मुक्ति मोर्चा राष्ट्रिय प्रजातन्त्र पार्टीमा समाहित भएको राप्रपा प्रचार विभागले जानकारी दिएको छ।
नेपाल समय
राजनीति

प्रचण्डलाई चितवनबाटै निर्वाचन लड्न गठबन्धन दलको आग्रह

नेकपा माओावदी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई चितवनबाटै निर्वाचन लड्न सत्ता साझेदार गठबन्धनभित्रका दलहरुले अनुरोध गरेका छन्।
नेपाल समय
राजनीति

कांग्रेसको समानुपातिक उम्मेदवारको कुन कलस्टरमा को-को परे? (सूचीसहित)

सत्तारुढ नेपाली कांग्रेसले निर्वाचन आयोगमा बुझाएको ११० समानुपातिक उम्मेदवारहरुको सूची अनुसार खस-आर्यतर्फको एक नम्बरमा पार्टी प्रवक्ता डा. प्रकाशशरण महतको नाम रहेको छ।
नेपाल समय
राजनीति

प्रचण्डलाई चितवनबाटै निर्वाचन लड्न गठबन्धन दलको आग्रह

चितवनका सत्ता साझेदार दलहरूको संयुक्त बैठकले अध्यक्ष दाहाललाई सो आग्रह गरेका हुन्।
नेपाल समय
राजनीति

निर्वाचन आयोगले तोक्यो प्रत्यक्षतर्फको उम्मेदवारी दर्ता समयसीमा

मनोनयन पत्र दर्ता गर्न २३ असोज आइतबार बिहान १० देखि साँझ ५ बजेसम्म समय तोकिएको छ।

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६

सम्पर्क

House -138, Suruchi Marg, New Baneshwor, Kathmandu, Nepal
फोन : +977-1-4790242 / +977-1-4790040
इमेल : nepalsamayanews@gmail.com
  • प्रबन्ध निर्देशक
    तरुणप्रताप शाह
  • प्रधान सम्पादक
    नारायण अमृत
  • महाप्रबन्धक
    जीवन तिम्सिना