मंगलबार, मंसिर १३, २०७९
दिनभरको टाइमलाइन

एमसीसी : स्मरणीय रहनेछ फागुन १५

निर्भीकजंग रायमाझी  |  काठमाडौं, आइतबार, फागुन १५, २०७८

निर्भीकजंग रायमाझी

निर्भीकजंग रायमाझी

आइतबार, फागुन १५, २०७८, काठमाडौं

नेपाल समय
फाइल तस्बिर

काठमाडौं-  ५ सय मिलियन डलरको अमेरिकी अनुदान सहायता (एमसीसी) सम्बन्धी सम्झौतामा नेपालले हस्ताक्षर गरेको ५३ महिनाको बहुमतसहित प्रतिनिधि सभाबाट अनुमोदन भएको छ। लामो समय विवादित भएको एमसीसी 'अनुमोदन दिन’को रुपमा २०७८ फाल्गुण १५ गते नेपालको इतिहासमा दर्जा हुने छ।    

त्यसो त एमसीसी अनुमोदन गर्ने अन्तिम महिना राजनीतिक वृत्त तरंगित भइरह्यो। शेरबहादुर देउवा नेतृत्वको गठबन्धनका दलहरू र विपक्षी नेकपा एमालेबीच श्रृंखलाबद्ध छलफल भइरहे। यी सबै छलफललाई सञ्चारमाध्यमदेखि आम नागरिकसम्मले चासोपूर्वक लिएका थिए। 

आइतबार (फागुन १५) राति ९ बजे एमसीसी अनुमोदन भएको छ। आइतबार बिहानको गठबन्धन बैठकले १२ बुँदे व्याख्यात्मक टिप्पणीसहित एमसीसी पारित गर्ने सहमति जुटाएको थियो। यद्यपि गठबन्धनकै केही सांसदहरूले भने एमसीसीको विरोध गरेका थिए। 

आइतबार दुईपटक बसेको प्रतिनिधि सभा बैठकले एमसीसी अनुमोदन गर्न सफल भयो। यसमा प्रधानमन्त्री देउवालाई सफलता मिलेको छ। प्रमुख प्रतिपक्षी दल हुँदादेखि सरकारको नेतृत्व गर्दासम्म एमसीसी पारित गर्नुपर्ने धारणा राख्दै आएका देउवाले गठबन्धनका दललाई मनाएर एमसीसीलाई टुंगोमा पुर्‍याएका हुन्।  

नेपाल समय
एमसीसी टाइमलाइन

नेमकिपा, जनमोर्चा तथा माओवादी केन्द्रका आधा दर्जन सांसदको विरोधकै बीच एमसीसी अनुमोदन भएकाले एमसीसीमाथिका सन्देह अझै बाँकी छ। एमसीसीलाई निर्णयार्थ पेस गर्दा एमालेका सांसदहरू मौन बसेका थिए। संसदबाहिरका वाम घटकहरूले एमसीसी अनुमोदन भएको दिन आइतबारलाई कालो दिनको संज्ञा दिँदै सोमबारबाट संघर्षको घोषणा गरिसकेका छन्।

संविधानविद् विपिन अधिकारीका अनुसार सरकारले सदनमा सन्देह उत्पन्न भएका मुद्दामा व्याख्यात्मक घोषणा ल्याएर संकल्प गर्न पाउँछ। त्यसैलाई आधार बनाएर देउवा–प्रचण्ड–माधव नेपाल गठबन्धनले एमसीसी अनुमोदन गराउँदा आश्चर्य मान्नु नपर्ने उनको भनाइ छ। 

‘संसदमा सरकारले कुनै विषयमा संकल्प प्रस्ताव ल्याउन सक्छ,’ संविधानविद् अधिकारीले भने,  ‘संसदीय मान्यताअनुसार एमसीसीमा सरकार व्याख्यात्मक घोषणासहित अघि बढेको हो। जसले गर्दा एमसीसी अघि बढ्न सक्यो।’

फागनु १५ गते संसदमा एमसीसी अनुमोदन हुँदै गर्दा सडकमा भने 'सशस्त्र संघर्ष' चलिरहेको थियो। आइतबार दिउँसो एमसीसीको विरोधमा सत्तारुढ नेकपा माओवादी केन्द्र, एकीकृत समाजवादी र विपक्षी एमालेका कार्यकर्तासमेत सडकमा थिए। उनीहरूमध्ये एक आन्दोलनकारीले घरेलु हतियार प्रयोग गरी निषेधित क्षेत्र तोड्ने प्रयाससमेत गरेका थिए। केही दिनअघिको आन्दोलन दबाउन प्रहरीले रबरको गोली प्रहारसमेत गरेको थियो। माओवादी केन्द्र र एकीकृत समाजवादी यथास्थितिमा एमसीसी अनुमोदन गराउन नसकिने बताएपनि व्याख्यात्मक टिप्पणीले सबै प्रश्नको जवाफ दिएको भन्दै एमसीसीका पक्षमा उभिन तयार गरका भएका हुन्। यसपछि एमसीसी टुंगो लगाउन सरकार सफल भएको छ। 

दिनभरको टाइमलाइन

बिहान ८ बजे : सरकाबाट बानेश्वर, माइतीघर क्षेत्रमा तीन हजारको संख्यामा प्रहरी परिचालन 

९ बजे : माओवादी केन्द्रको पूर्व स्थायी कमिटीको बैठक, प्रचण्ड निवास खुमलटारमा सुरु। एमसीसीमा व्याख्यात्मक टिप्पणी प्रस्तुत गर्ने निर्णय। पाँच माओवादी नेताद्वारा विरोध।

१० बजे : बालुवाटारमा गठबन्धनको बैठक सुरु। प्रधानमन्त्री देउवा, माधव नेपाल, प्रचण्डलगायत दलका शीर्ष नेपाल सहभागी।

११–१२ बजे : गठबन्धनको बैठकपछि नेकपा एकीकृत समाजवादीको स्थायी कमिटीको बैठक बानेश्वरमा सुरु। 

१ बजे : संसद कार्यव्वस्था समितिको बैठक सुरु। यता बानेश्वर क्षेत्रमा एमसीसी विरोधीहरू घरेलु हतियारसहित प्रदर्शनमा। 

२ बजे : संसद बैठक सुरु। सरकाले प्रस्ताव गरेको एमसीसीको ‘व्याख्यात्मक टिप्पणी पेस’। छलफल सुरु। सदनमा एमालेको विरोध कायमै। एमसीसीबारे एमाले सांसदको धारणा आएपनि पार्टी मौन।   

३ बजे : प्रतिनिधि सभा बैठक सुरु। एमसीसीबारे छलफल।

६ बजे : संसद भवनमै मन्त्रिपरिषदको बैठक, पाँच मिनेटमा सकियो। 

६ : ३० बजे पुनः संसद बैठक सुरु गर्ने घोषणा। निर्धारित समयमा सुरु भएन बैठक। 

७–८ बजे : संसद बैठक दोस्रोपटक। सत्ता गठबन्धनका सांसद र विपक्षका भीम रावलद्वारा सम्बोधन। सरकारको ‘व्याख्यात्मक टिप्पणी’ पारित।

९ बजे : सभामुखद्वारा ध्वनि मतदान प्रयोग गर्दै एमसीसी अनुमोदन। 


प्रकाशित: February 27, 2022 | 22:19:31 काठमाडौं, आइतबार, फागुन १५, २०७८

तपाईं को प्रतिक्रिया

ट्रेंडिंग

चितवनका तीन क्षेत्रमा कसको अवस्था कस्तो?

प्रतिनिधिसभामा तीनवटा निर्वाचन क्षेत्र रहेको चितवनमा तीनवटै क्षेत्रको मतगणना भइरहेको छ।

काठमाडौं-९ मा एमालेका कृष्णगोपाल श्रेष्ठ विजयी

यो एमालेको दोस्रो जित हो। यसअघि एमालेले ललितपुर २ मा जित निकालेको थियो।

गुल्मी-२ मा ठूलो मतान्तरले पछि परिन् झाँक्री

गुल्मी क्षेत्र नम्बर २ मा सत्ता गठबन्धनकी उम्मेदवार रामकुमारी झाँक्रीलाई भारी मतले पछि पार्दै नेकपा एमालेका गोकर्ण विष्टले अग्रता कायम राखेका छन्।

समानुपातिक मतमा स्वतन्त्र पार्टी तेस्रो, एमालेलाई पछ्याउँदै कांग्रेस

प्रत्यक्षतर्फ चार वटा निर्वाचन क्षेत्रको अन्तिम मतपरिणाम सार्वजनिक भएको छ भने समानुपातिकतर्फ पनि मतगणना भइरहेको छ।

गुल्मी-२ मा झाँक्रीलाई पछि पार्दै विष्टको अग्रता

आइतबार भएको निर्वाचन जारी मतगणनामा विष्ट ६७२ मतसहित अगाडि छन्।

युथ युनेस्को क्लब युएसएको इन्टरनेशनल मिडिया एडभाइजरमा बस्नेत

अमेरिकाको क्यालिफोर्नियामा युवा केन्द्रित रचनात्मक कार्यहरू सञ्चालन गर्दै आएको युथ युनेस्को क्लब युएसएले सञ्चारकर्मी मनोज बस्नेतलाई अन्तर्राष्ट्रिय सञ्चार सल्लाहकारमा मनोनयन गरेको छ।

दुई क्षेत्रमा स्वतन्त्र पार्टी अगाडि, दुई-दुईमा कांग्रेस र एमाले

काठमाडौं हिजो आइतबार सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन अन्तर्गत आज बिहानदेखि केही क्षेत्रमा मतगणना सुरु भएको छ।

बाजुरामा गोली लागेका एक जनाको मृत्यु

कांग्रेस र एमालेका कार्यकर्ताबीच विवाद भएपछि मतदान सकिनै लाग्दा झडप भएको हो।

जेलबाट मतदान गरेपछि रेशम चौधरीले भने– बडा मज्जा आयो

कैदीबन्दीले पनि निर्वाचनमा सहभागी हुन पाउने भएपछि उनीहरु उत्साहित भएका थिए। काठमाडौं उपत्यकामा १८२ जना कैदीबन्दी मतदान गर्न योग्य भएको निर्वाचन अयोगको तथ्यांक छ।

थप समाचार

नेपाल समय
राजनीति

अघिल्लो पटक मधेससँगको प्रचण्ड 'लभ' यसपटक 'ब्रेक-अप'

अन्य कम्युनिस्ट पार्टीले वर्गीय मुद्दा उठाएर राजनीति गर्न खोज्दा माओवादीले मधेसमा जातीय मुक्ति र क्षेत्रीय उत्पीडनको सवाल चर्काएर नेतृत्व गर्न खोजेको थियो, कुनै बेला। ४ मंसिरमा सम्पन्न प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनको मत परिणामपछि मधेसले माओवादीलाई पत्याउन छाडेको पुष्टि गर्छ।
नेपाल समय
राजनीति

जुनसुकै भूमिका निर्वाह गर्न हामी तयार छौं : सुवास नेम्वाङ

'जनताले सुनाएको निष्कर्षबाट निषेधको राजनीति पराजित भएको छ; जनताका अगाडि धेरै विषय र प्रश्न थिए,' संविधानसभा अध्यक्षसमेत रहेका नेम्वाङले भने, 'निर्वाचनले दिएको निष्कर्षले जनताको विजय भएको छ।'
नेपाल समय
राजनीति

यी हुन् चुनाव हारेका निवर्तमान सांसद

नेकपा (माओवादी केन्द्र)का महासचिव देवप्रसाद गुरूङ, उपमहासचिवद्वय गिरिराजमणि पोखरेल र पम्फा भुसाल पनि पराजित भए। यस्तै प्रदेश १ का पूर्व-मुख्यमन्त्री शेरधन राईलाई प्रतिनिधिसभाको यस निर्वाचन अफापसिद्ध रह्यो।
नेपाल समय
राजनीति

के हो रामकुमारीको सन्देश?

खुलेको मुस्कानसहित उक्त तस्बिर सार्वजनिक भएपछि बाम एकताको आकलन धेरैले गरे। हुन पनि चुनावी मतपरिणाम आउँदै गर्दा बाम एकता गरेर नयाँ सरकार बनाउनुपर्ने धारणा एमाले र नेकपा एसका धेरै नेताको देखिन्छ।
नेपाल समय
राजनीति

बालुवाटारमा पाक्दै छ प्रधानमन्त्रीको खिचडी, देउवाले भेटे प्रचण्ड र माधव नेपाल

नेता नेपाल र र प्रचण्डले प्रधानमन्त्री निवास बालुवाटार पुगेर आगामी सहयात्रा, सरकार गठनलगायत विषयमा देउवासँग छुट्टाछुट्टै भेटवार्ता गरेका हुन्।

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६

सम्पर्क

House -138, Suruchi Marg, New Baneshwor, Kathmandu, Nepal
फोन : +977-1-4790242 / +977-1-4790040
इमेल : nepalsamayanews@gmail.com
  • प्रबन्ध निर्देशक
    तरुणप्रताप शाह
  • प्रधान सम्पादक
    नारायण अमृत
  • महाप्रबन्धक
    जीवन तिम्सिना