सोमबार, असोज १०, २०७९

प्रचण्डको 'ट्विस्ट'ले पार्टीमा असन्तुष्टि

दिलीप कुँवर  |  काठमाडौं, शुक्रबार, फागुन १३, २०७८

दिलीप कुँवर

दिलीप कुँवर

शुक्रबार, फागुन १३, २०७८, काठमाडौं

नेपाल समय

काठमाडौं– केही सातायता संसद्भित्रको राजनीति तातेको छ। संसद्भित्र दलहरुको दाउपेच जति बढ्दो छ, सडक पनि उसै गरी तातेको छ। र, यो परिदृश्यको कारण हो– एमसीसी सम्झौता अनुमोदनको विवाद। 

एमसीसीको सन्दर्भमा सत्तापक्ष नै विभाजित बनेको छ। प्रधानमन्त्री शेरबहादुर देउवा र उनी नेतृत्वको दल नेपाली कांग्रेसको एमसीसी अनुमोदन गरिछाड्ने पक्षमा छन्। तर सत्ता साझेदार नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी एमसीसी पास नगर्ने अडानका कारण विवाद सिर्जना भएको हो। 

एमसीसीको सन्दर्भमा दलहरूबीचको विवाद सडकसम्मै छताछुल्ल भएको छ। संसद् बाहिरका राजनीतिक शक्ति सडकमा आएकै थिए, सत्ता साझेदार दलकै कार्यकर्ता सडकमा आन्दोलित बनेका थिए। जसका कारण सत्ता गठबन्धनकै मत विभाजित बनेको हो। 

माओवादी अध्यक्ष प्रचण्डले गठबन्धन जोगाउन एमसीसीको मतदानमा सहभागी नजनाउने तर एमसीसीलाई पारित गर्न सहयोग गर्ने संकेत देखाएका छन्। यसका लागि उनले नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र प्रधानमन्त्रीसँग पनि छलफल गरिरहेका छन्। माधवकुमार नेपालसँग छलफल पछि बालुवाटार पुगेका प्रचण्डले सत्ता गठबन्धन पनि नभत्कने र एमसीसी पारित पनि हुने गरी विकल्प अघि सारेपछि गठबन्धनको विवाद मत्थ हुने संकेत देखिएको छ। 

माओवादीमा असन्तुष्टि

एमसीसी पारित हुन सक्ने गरी प्रचण्डले प्रयास गरिरहँदा उनको दल नेकपा माओवादी केन्द्रकै केही नेताहरू भने रुष्ट देखिएका छन्। नेकपा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले एमसीसी पास गराउने सन्दर्भमा पार्टीले कुनै निर्णय नगरेको दाबी गरेका छन्। माओवादी र नेकपा एकीकृत समाजवादीले एमसीसी सम्झौता निर्णयार्थ प्रस्तुत गर्ने बेला संसद् बैठक बहिष्कार गरेर सहयोग गर्ने भनेर गलत प्रचार भइरहेको उनको दाबी छ। 

पार्टीको आठौं महाधिवेशनले एमसीसीमा स्वाधीनता राष्ट्रहित प्रतिकूलका प्रावधान रहेकाले यथास्थितीमा स्वीकार गर्ने र संसद्बाट पारित नगर्ने निर्णय लिएकाले त्यो निर्णय कायमै रहेको उनको दाबी छ। संसद्मा पेस भएको एमसीसी सम्झौतालाई माओवादीले विफल पार्न विपक्षमा मतदान गर्ने उनको जिकिर छ। 

‘हाम्रो पार्टीले आठौं महाधिवेशनबाट र त्यसपछिका सबै छलफलहरुबाट एमसीसी सम्झौताका बारेमा निकालेको निष्कर्ष र लिएको निर्णय स्पष्ट छ, एमसीसी सम्झौता यसका राष्ट्रिय सार्वभौमिकता, स्वाधीनता र हित प्रतिकूलका प्रावधानहरुलाई संशोधन नगरी यथास्थितिमा स्विकार नगर्ने र संसदबाट पारित नगर्ने। हामी त्यसैमा कायम छौं। संसदमा यो पेश गरिसकिएको सन्दर्भमा हाम्रो पार्टी यसलाई विफल पार्न विपक्षमा मतदान गर्छ,’ उनले भनेका छन्, ‘यसबारे मतदान हुँदा हाम्रो पार्टीले संसद् बैठक बहिष्कार गर्नेछ र यथास्थितिमा यो प्रस्ताव अनुमोदन गर्न सहयोग पुर्याउनेछ भन्ने प्रचार गलत हो। कसले यो भ्रमात्मक प्रचार अभियान सञ्चार माध्यम मार्फत चलाउँदैछ? सावधान!’ 

बिहीबार बिहान बसेको माओवादी केन्द्रको पूर्व स्थायी कमिटीको बैठकले गठबन्धन जोगाउन अन्तिम प्रयास गर्ने निर्णय गरेको थियो। गठबन्धन पनि नतोडिने र एमसीसी पनि अनुमोदन गर्ने विकल्पमा छलफल गर्न माओवादी तयार भएपनि श्रेष्ठले भने माओवादी आफ्नो निर्णयमा अडिग रहेको दाबी गरेका हुन्।

त्यस्तै अर्का माओवादी नेता सांसद जीवन बुढा बरु सरकार नै छाड्ने तर एमसीसीको पक्ष लिन नसकिने बताउँछन्। गत महाधिवेशनदेखि नै एमसीसीको विषयमा माओवादीले स्पष्ट धारणा बनाएको भन्दै उनले अहिले आएर अडानबाट पछि हट्न नहुने बताए। 

‘एमालेले नारा लगाइरहोस्। कांग्रेसले पक्षमा भोट हालिरहोस्। समाजवादीले जेसुकै गरोस्। तर हामीले विपक्षमा मतदान गनुपर्छ,' उनले भने। 

त्यस्तै, सांसद रामनारायण बिडारी पनि देशको हित नै चाहने हो भने एमसीसीलाई संशोधन र सहमतिबाट मात्रै पास गर्नुपर्ने तर्क गर्छन्। जनताको प्रतिनिधित्व गरेर आएका संसदमा आएका नेताहरु नै अझै स्पष्ट नभइसकेको अवस्थामा हतार गरेर विरोधाभासका बीच एमसीसी सम्झौता पास गरे दीर्घकालिन समयमा ठूलो मुल्य चुकाउनुपर्ने उनले बताए। 

‘वास्तवमा एमसीसी एउटा विकास परियोजना मात्र हो, तर यसलाई भूराजनीतिसँग जोडेर अर्को खेल सुरु गरिएको छ,' उनले भने, ‘एमसीसीलाई सदनसम्म पुर्‍याउनुपूर्वका सबै प्रक्रियामै स्पष्ट छ कि एमसीसी अर्थतन्त्र र विकास परियोजनाको एजेन्डा हो, तर अहिले यसको गति नै परिवर्तन भएको छ,' उनले थपे। जनताको भावनाविपरित जान नहुने उनको तर्क छ। 

‘नेपालले एमसीसीलाई चित्तबुझ्दो आयोजना छनोट गरेर दिनुपर्नेछ। त्यस्तो आयोजना अन्तरदेशीय रहेछ भने सम्बन्धित देशको समर्थन चाहिनेछ मात्र भनेको भए त सकिहाल्थ्यो नि,' उनले प्रश्न गरे, ‘भारत सरकारको समर्थन चाहिन्छ भनेको छ, यो के भन्न खोजेको?’ 

अध्यक्ष प्रचण्डले एमसीसीको विपक्षमा मतदान गर्ने भन्दा गठबन्धनलाई प्राथमिकता दिनुपर्ने मनस्थितिमा पुगेको विषयमा सांसद विडारीले भने, ‘कतिपय कुराहरु समय सापेक्षा अनुसार निर्णय लिनुपर्छ। अहिले यस्तै भएको हो। तर हामीले बुझ्नुपर्छ कि अमेरिकाले नेपालजस्तो कानुन बनाउँदैन। एउटा योजना, एउटा कानुन बनाउँछ। एमसीसी परियोजना एक दिन सुरु भएर अर्को दिन सकिने परियोजना होइन। भूराजनीतिक स्थापित गर्ने उद्येश्यले यो सन्धिकै रुप हो।’ गठबन्धनसँग कुरा मिलाए पार्टीमा समस्या हुने अवस्था भएपछि प्रचण्डलाई विषय टुंगो लगाउन सकस भएको छ। 


प्रकाशित: February 25, 2022 | 19:28:09 काठमाडौं, शुक्रबार, फागुन १३, २०७८

तपाईं को प्रतिक्रिया

ट्रेंडिंग

चीनमा सैन्य 'कू' को हल्ला, राष्ट्रपति सी नजरबन्दमा छन् त?

सोसल मिडियामा भने सीबारे अनेकन 'हल्ला' भइरहेका छन्। चीनियाँ राष्ट्रपति सीलाई वास्तवमा के भएको भन्‍ने कुरालाई सहजै भन्‍न सकिँदैन।

समान अवसरको मागसहित शेखर समूहले खवरदारी सभा गर्ने

नेपाली कांग्रेसको डा. शेखर कोइराला समूहले पार्टीभित्र समान अवसर र न्यायका लागि खवरदारी सभा आयोजना गर्ने भएको छ।

लेखक केशव दाहालको 'माधवी ओ माधवी' सार्वजनिक

'मोक्षभूमि' उपन्यासका लेखक केशव दाहालको गैरआख्यान निर्बन्ध लेखन संगालो 'माधवी ओ माधवी' शुक्रबार विमोचन गरिएको छ।

काठमाडौंका १० निर्वाचन क्षेत्र : पुराना दललाई स्वतन्त्र र नयाँ दल चुनौती

स्वतन्त्रदेखि झिनामसिनाका पार्टीबाट उम्मेदवारी घोषणा गरिएपछि संघीय राजधानीसमेत रहेको काठमाडौंका १० निर्वाचन क्षेत्रमा ठूला दलहरूलाई चुनाव जित्न गठबन्धनको भर। गठबन्धन गर्दा कांग्रेसको सुरक्षित किल्ला अन्य दललाई सुम्पिनुपर्ने बाध्यता।

वित्तीय संघीयता मजबुत बनाउन राजनीतिक र प्रशासनिक इच्छाशक्ति आवश्यक

राजस्व बाँडफाँटका कतिपय मुद्दामा केन्द्र, प्रदेश र स्थानीयबीच समन्वय अभाव देखिन्छ। यसका लागि वित्तीय हस्तान्तरण ऐनमा केही संशोधन गरेर अगाडि बढ्न आवश्यक छ।

कार्यकालपछि राष्ट्रपति भण्डारीले राजनीतिक नेतृत्व गरे अति राम्रो : गोकुल बाँस्कोटा

बिहीबार ट्विट गर्दै बाँस्कोटाले पूर्वराष्ट्रपतिले राजनीति गर्नु हुँदैन भन्ने कानुनी व्यवस्था नरहेको उल्लेख गर्दै राष्ट्रपतिलाई राजनीतिक नेतृत्व लिन सुझाव दिएका हुन्।

ब्याजदर बढेपछि व्यापारी र बैंकर्सबीच द्वन्द्व, हस्तक्षेप नगर्ने पक्षमा राष्ट्र बैंक

बैंक तथा वित्तीय संस्थाले ब्याजदर बढाएको विषयमा निजी क्षेत्रका उद्योगी र व्यापारी असन्तुष्ट छन्। निक्षेपको ब्याज बढाउँदा कर्जाको पनि ब्याज बढ्ने भएकाले त्यसले उद्योग र व्यापार सञ्चालनमा नकारात्मक असर पार्ने भन्दै उनीहरू असन्तुष्ट बनेका हुन्।

निधिले छोडे पनि धनुषा-३ मा गठबन्धनको हानाथाप, को बन्ला जुलीको प्रतिस्पर्धी?

उता २०७४ सालमा धनुषा ३ बाट निर्वाचित सांसद एंव लोसपाका वरिष्ठ नेता राजेन्द्र महतोले यही क्षेत्रबाट चुनावी मैदानमा उत्रने तयारीमा छन् भने लालकिशोर साह, जितेन्द्रकुमार यादव, विजयकुमार भगत र सर्वजित ठाकुरको नाम सिफारिस गरेको छ।

प्रेमगीत–३ लाई लिएर किन आयो चलचित्र क्षेत्रमा हलचल?

‘प्रेमगीत–३’लाई लिएर नेपाली फिल्मकर्मीहरू विभाजित भएका छन्। कोही हिन्दी भर्सनलाई नेपाली फिल्मसरह कर छुट दिनुपर्ने र कोही दिन नहुने पक्षमा उभिएका छन्।

सरकारको आग्रह लत्याउँदै सीपीसीको सुरक्षा रणनीति बैठकमा राष्ट्रपति भण्डारी सहभागी

चिनियाँ कम्युनिस्ट पार्टीले बुधबार आयोजना गरेको भर्चुअल सम्मेलनमा राष्ट्रपति भण्डारीले रेकर्डेड भिडियो सन्देश पठाएको राष्ट्रपति कार्यालयले पुष्टि गरेको छ।

थप समाचार

नेपाल समय
राजनीति

सिट बाँडफाँट कार्यदलमा गगनको अनुपस्थितिले बढायो आशंका, यी हुन् नमिलेका १२ निर्वाचन क्षेत्र

शीर्ष नेतादेखि कार्यदलका सदस्यहरुलाई समेत प्रतिनिधिसभाको सिट टुंगो लगाउन सकस परेपछि प्रदेशसभाको सिट भागबण्डा थालेका छन्। प्रतिनिधिसभातर्फ १२ सिट बाँडफाँटमा नेताहरु अत्यन्तै सकसमा परेका छन्।
नेपाल समय
राजनीति

चितवन शिवनगरको पुर्ख्यौली जग्गामा घर बनाएर सरे प्रचण्ड

प्रचण्डले शिवनगरमा बनाएको ६ कठ्ठाको एकतले घर पैतृक सम्पत्ति हो।
नेपाल समय
राजनीति

देउवामाथि दबाब बढाउन शेखर समूहले पार्टी कार्यालयमा धर्ना दिने

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई दबाब बढाउनका लागि डा. शेखर कोइराला समूहले आन्दोलनका थप कार्यक्रम तय गरेको छ।
नेपाल समय
राजनीति

प्रचण्ड भन्छन्- म प्रधानमन्त्रीको रेसमा छैन

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफू प्रधानमन्त्रीको रेसमा नरहेको बताएका छन्।
नेपाल समय
राजनीति

भक्तपुर-१ मा ढुक्क नेमकिपा, २ मा एमाले र कांग्रेसको 'भाले भिडन्त'

२०७४ को प्रतिनिधिसभा चुनावमा पहिलो पटक एमाले नेता महेश बस्नेतले कांग्रेस उम्मेदवारलाई हराएको क्षेत्र हो भक्तपुर–२। नत्र भक्तपुर १ नेमकिपाको र भक्तपुर २ कांग्रेसको पेवा जस्तै थियो। एमालेका महेश बस्नेतले ३६ हजार ४ सय १२ मत ल्याएर जित्दै गर्दा निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका दमननाथ ढुंगाना १८ हजार ६ सय ८७ मत ल्याएर पराजित भएका थिए।

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६

सम्पर्क

House -138, Suruchi Marg, New Baneshwor, Kathmandu, Nepal
फोन : +977-1-4790242 / +977-1-4790040
इमेल : nepalsamayanews@gmail.com
  • प्रबन्ध निर्देशक
    तरुणप्रताप शाह
  • प्रधान सम्पादक
    नारायण अमृत
  • महाप्रबन्धक
    जीवन तिम्सिना