मंगलबार, मंसिर १३, २०७९

कस्तो बन्ला नयाँ राजनीतिक समीकरण?

निर्भीकजंग रायमाझी  |  काठमाडौं, शुक्रबार, फागुन १३, २०७८

निर्भीकजंग रायमाझी

निर्भीकजंग रायमाझी

शुक्रबार, फागुन १३, २०७८, काठमाडौं

नेपाल समय
बिहीबार बेलुका नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली दुवै दलका नेताहरुसहित प्रधानमन्त्री निवास बालुवाटारमा भेटवार्ता गर्दै। तस्बिर : रासस

काठमाडौं- प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)का माग सम्बोधन गर्न सत्तारुढ नेपाली कांग्रेस लचिलो बनेसँगै नयाँ राजनीतिक समीकरण बन्ने पक्कापक्की भएको छ। संसद् अवरोध अन्त्य गर्दै एमसीसी अनुमोदन गर्न एमालेले सुरुमा आफ्ना माग सम्बोधनका लागि प्रधानमन्त्रीलाई दबाब दिइरहेको छ।

सत्तारुढ कांग्रेस विपक्षी एमालेसँग निकट देखिएसँगै माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी भने जुनसुकै बेला सरकारबाट बाहिरिने मनस्थितिमा छन्। बिहीबार संसद्‍ भवनमा शीर्ष दलका अध्यक्षसहित नेताहरूको श्रृंखलाबद्ध संवादपछि कांग्रेसले एमालेसँग नयाँ गठबन्धन बनाउने रणनीति तय गरेको देखिन्छ। देउवा र ओलीबीचको निरन्तरको संवादले पनि सोही संकेत गरेको राजनीतिक वृतमा चर्चा हुन थालेको छ।

एमाले संसदीय दलका प्रमुख सचेतक विशाल भट्टराईले एमालेका शर्त मान्न कांग्रेस तयार भए नयाँ सहकार्य हुन सक्ने अभिव्यक्ति दिइसकेका छन्। 'वर्तमान पाँच दलीय गठबन्धन टुटेमा कांग्रेससँग एमाले सहकार्य गर्ने विषयमा सकारात्मक छ। तर, कांग्रेसले आफ्ना सर्तहरूमाथि विचार गर्नुपर्छ,' उनले भने।

देउवा र ओलीबीच बिहीबारमात्र होइन; पुस २४, फागुन ५, १० र ११ गते पनि  वान–टु–वान वार्ता भइसकेको छ। सबै वार्तामा ओलीले एमालेका माग सम्बोधन भए कांग्रेसलाई समर्थन गर्न सकिने बताएका छन्।

यदि एमसीसीमा समर्थन जुटाउनकै लागि एमालेसँग सहकार्य गरे नेपाली कांग्रेसले सभामुख अग्नि सापकोटालाई हटाउनेदेखि एमालेले कारबाही गरेका माधवकुमार नेपालसहित १४ जना सांसदलाई हटाउन पहल गर्नुपर्ने छ।  

अहिले ९४ सांसद भएर पनि प्रतिपक्षमा रहेको एमालेसँग सत्ता समीकरणका लागि दुई विकल्प छन्। एक, मन्त्रिपरिषद्‍मा नगई कांग्रेसलाई विश्वासको मत दिने। दोस्रो, मन्त्रिपरिषद्‍मा गएर स्थानीय निर्वाचनमा जनताको बीच जाने।

एमालेले भनेका १४ सांसदलाई कारबाही गरिए संसद्‍मा एकीकृत समाजवादी चौथोबाट पाँचौं दल बन्न पुग्नेछ। त्यतिमात्र होइन, अहिले मन्त्री भएका प्रेम आले, रामकुमारी झाँक्रीलगायतको सांसद पदसमेत रहने छैन।

नयाँ समीकरणमा देउवाले जनता समाजवादी पार्टीका बाबुराम पक्षलाई पनि मिलाएर लान सक्नेछन्। एमसीसीको पक्षमा समर्थन गरिरहेका भट्टराईले आफूसँग १२ सांसद रहेको दाबी गरिरहेका छन्।  

यता अहिले ९४ सांसद भएर पनि प्रतिपक्षमा रहेको एमालेसँग सत्ता समीकरणका लागि दुई विकल्प छन्। एक, मन्त्रिपरिषद्‍मा नगई कांग्रेसलाई विश्वासको मत दिने। दोस्रो, मन्त्रिपरिषद्‍मा गएर स्थानीय निर्वाचनमा जनताको बीच जाने।

यद्यपि नयाँ समीकरणमा कसरी सामेल हुने भन्नेबारे एमाले शीर्ष नेतृत्व छलफलकै चरणमा छ। पहिला एमसीसी अनुमोदन गर्ने र त्यसपछि मात्र सत्ता समीकरणमा केन्द्रित हुने एमालेको दाउ रहेको छ। 

माओवादीले पुनः सडक तताउने

२०६६ वैशाखमा ‘प्रधान सेनापति प्रकरण’पछि माओवादी सरकारबाट बाहिरिँदै सडक प्रदर्शनमा उत्रिएको थियो। प्रचण्डपछि बनेको माधव नेपाल नेतृत्वको सरकार (२०६६ जेठ– २०६७ माघ) लाई भारतपरस्त आरोप लगाउँदै नेपाल बन्दसहित सडक आन्दोलन गरेको थियो। 

आफू सत्ताबाहिर रहने स्थिति आएपछि आक्रामक रुपमा प्रस्तुत हुने माओवादीले यसपटक पनि एमसीसीलाई नै प्रमुख मुद्दा बनाएर सडक तताउने देखिन्छ। उसले कांग्रेसलाई ‘साम्राज्यवाद परस्त’ आरोप लगाउँदै स्थानीय निर्वाचनसम्म सडकबाटै संघर्ष गर्नेछ। निर्वाचनका क्रममा पनि एमसीसीलाई एजेन्डा बनाउने माओवादीको अर्को रणनीति हो।

माओवादीसँगै एमसीसीको चर्को विरोध गर्दै आएका झलनाथ खनालको समूह पनि सडकमा हुनेछ। खनालको पार्टी एकीकृत समाजवादीमा एमसीसीको विषयमा दुई धारमा देखिए पनि झलनाथ भने पार्टी एक भएर एमसीसीको विपक्षमा जाने बताउँदै आएका छन्।

सडकमा रहँदा माओवादीले अन्य बाम घटकसँग सहकार्य अघि बढाउने छ। स्थानीय निर्वाचनमा पनि अन्य पार्टीसँग सहकार्य गर्नुपर्ने बाध्यतामा रहेको माओवादीले सडक संघर्ष चर्काउन विप्लव माओवादी, वैद्य माओवादी, जनमोर्चालगायतसँग सहकार्य गर्ने सम्भावना देखिन्छ। यसमा एकीकृत समाजवादी पनि मिसियो भने सडक संघर्षको नेतृत्व प्रमुख प्रतिपक्षीको हैसियतमा माओवादी केन्द्रले नै गर्ने निश्चित छ।


प्रकाशित: February 25, 2022 | 10:02:32 काठमाडौं, शुक्रबार, फागुन १३, २०७८

तपाईं को प्रतिक्रिया

ट्रेंडिंग

चितवनका तीन क्षेत्रमा कसको अवस्था कस्तो?

प्रतिनिधिसभामा तीनवटा निर्वाचन क्षेत्र रहेको चितवनमा तीनवटै क्षेत्रको मतगणना भइरहेको छ।

काठमाडौं-९ मा एमालेका कृष्णगोपाल श्रेष्ठ विजयी

यो एमालेको दोस्रो जित हो। यसअघि एमालेले ललितपुर २ मा जित निकालेको थियो।

गुल्मी-२ मा ठूलो मतान्तरले पछि परिन् झाँक्री

गुल्मी क्षेत्र नम्बर २ मा सत्ता गठबन्धनकी उम्मेदवार रामकुमारी झाँक्रीलाई भारी मतले पछि पार्दै नेकपा एमालेका गोकर्ण विष्टले अग्रता कायम राखेका छन्।

समानुपातिक मतमा स्वतन्त्र पार्टी तेस्रो, एमालेलाई पछ्याउँदै कांग्रेस

प्रत्यक्षतर्फ चार वटा निर्वाचन क्षेत्रको अन्तिम मतपरिणाम सार्वजनिक भएको छ भने समानुपातिकतर्फ पनि मतगणना भइरहेको छ।

गुल्मी-२ मा झाँक्रीलाई पछि पार्दै विष्टको अग्रता

आइतबार भएको निर्वाचन जारी मतगणनामा विष्ट ६७२ मतसहित अगाडि छन्।

युथ युनेस्को क्लब युएसएको इन्टरनेशनल मिडिया एडभाइजरमा बस्नेत

अमेरिकाको क्यालिफोर्नियामा युवा केन्द्रित रचनात्मक कार्यहरू सञ्चालन गर्दै आएको युथ युनेस्को क्लब युएसएले सञ्चारकर्मी मनोज बस्नेतलाई अन्तर्राष्ट्रिय सञ्चार सल्लाहकारमा मनोनयन गरेको छ।

दुई क्षेत्रमा स्वतन्त्र पार्टी अगाडि, दुई-दुईमा कांग्रेस र एमाले

काठमाडौं हिजो आइतबार सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन अन्तर्गत आज बिहानदेखि केही क्षेत्रमा मतगणना सुरु भएको छ।

बाजुरामा गोली लागेका एक जनाको मृत्यु

कांग्रेस र एमालेका कार्यकर्ताबीच विवाद भएपछि मतदान सकिनै लाग्दा झडप भएको हो।

जेलबाट मतदान गरेपछि रेशम चौधरीले भने– बडा मज्जा आयो

कैदीबन्दीले पनि निर्वाचनमा सहभागी हुन पाउने भएपछि उनीहरु उत्साहित भएका थिए। काठमाडौं उपत्यकामा १८२ जना कैदीबन्दी मतदान गर्न योग्य भएको निर्वाचन अयोगको तथ्यांक छ।

थप समाचार

नेपाल समय
राजनीति

अघिल्लो पटक मधेससँगको प्रचण्ड 'लभ' यसपटक 'ब्रेक-अप'

अन्य कम्युनिस्ट पार्टीले वर्गीय मुद्दा उठाएर राजनीति गर्न खोज्दा माओवादीले मधेसमा जातीय मुक्ति र क्षेत्रीय उत्पीडनको सवाल चर्काएर नेतृत्व गर्न खोजेको थियो, कुनै बेला। ४ मंसिरमा सम्पन्न प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनको मत परिणामपछि मधेसले माओवादीलाई पत्याउन छाडेको पुष्टि गर्छ।
नेपाल समय
राजनीति

जुनसुकै भूमिका निर्वाह गर्न हामी तयार छौं : सुवास नेम्वाङ

'जनताले सुनाएको निष्कर्षबाट निषेधको राजनीति पराजित भएको छ; जनताका अगाडि धेरै विषय र प्रश्न थिए,' संविधानसभा अध्यक्षसमेत रहेका नेम्वाङले भने, 'निर्वाचनले दिएको निष्कर्षले जनताको विजय भएको छ।'
नेपाल समय
राजनीति

यी हुन् चुनाव हारेका निवर्तमान सांसद

नेकपा (माओवादी केन्द्र)का महासचिव देवप्रसाद गुरूङ, उपमहासचिवद्वय गिरिराजमणि पोखरेल र पम्फा भुसाल पनि पराजित भए। यस्तै प्रदेश १ का पूर्व-मुख्यमन्त्री शेरधन राईलाई प्रतिनिधिसभाको यस निर्वाचन अफापसिद्ध रह्यो।
नेपाल समय
राजनीति

के हो रामकुमारीको सन्देश?

खुलेको मुस्कानसहित उक्त तस्बिर सार्वजनिक भएपछि बाम एकताको आकलन धेरैले गरे। हुन पनि चुनावी मतपरिणाम आउँदै गर्दा बाम एकता गरेर नयाँ सरकार बनाउनुपर्ने धारणा एमाले र नेकपा एसका धेरै नेताको देखिन्छ।
नेपाल समय
राजनीति

बालुवाटारमा पाक्दै छ प्रधानमन्त्रीको खिचडी, देउवाले भेटे प्रचण्ड र माधव नेपाल

नेता नेपाल र र प्रचण्डले प्रधानमन्त्री निवास बालुवाटार पुगेर आगामी सहयात्रा, सरकार गठनलगायत विषयमा देउवासँग छुट्टाछुट्टै भेटवार्ता गरेका हुन्।

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६

सम्पर्क

House -138, Suruchi Marg, New Baneshwor, Kathmandu, Nepal
फोन : +977-1-4790242 / +977-1-4790040
इमेल : nepalsamayanews@gmail.com
  • प्रबन्ध निर्देशक
    तरुणप्रताप शाह
  • प्रधान सम्पादक
    नारायण अमृत
  • महाप्रबन्धक
    जीवन तिम्सिना