मंगलबार, मंसिर १३, २०७९

किन बोली फेरिरहन्छ माओवादी?

निर्भीकजंग रायमाझी  |  काठमाडौं, सोमबार, फागुन ९, २०७८

निर्भीकजंग रायमाझी

निर्भीकजंग रायमाझी

सोमबार, फागुन ९, २०७८, काठमाडौं

नेपाल समय

एमसीसीविरुद्धको प्रदर्शनको क्रममा आइतबार माओवादीसम्बद्ध एक दर्जन नेता–कार्यकर्ता घाइते भए। प्रदर्शनकारीमाथि प्रहरीले दमन गरेको भन्दै माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले आइतबार नै सामाजिक सञ्जालमा स्टाटस लेख्दै भर्त्सना गरे।

प्रवक्ता कृष्णबहादुर महराले पनि एमसीसीको विषयमा पहिलेदेखि नै माओवादी विरोधमा रहेको भन्दै विज्ञप्ति प्रकाशन गरे। अन्य माओवादी नेताहरूले पनि सामाजिक सञ्जालमा ‘यथास्थितिमा एमसीसी’ पास गर्ने सवालमा माओवादी केन्द्र निरन्तर विपक्षमा रहेको दाबी गरेकागर्‍यै छन्। तर माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' भने सत्ता गठबन्धनको बैठकमा एमसीसी संसदमा टेबल गर्न सहमत भएका थिए। यसले उसको राजनीतिक चरित्र बुझ्न सहयोग गरेको छ। 

एमसीसीबारे माओवादीले दोहोरो नीति अख्तियार गरेको यो नै पहिलो पटक भने होइन।  सेप्टेम्बर २९ मा प्रधानमन्त्री शेरबहादुर देउवासहितको हस्ताक्षरमा एमसीसीलाई पठाएको पत्रमा पनि एमसीसी संशोधनको विषय कतै उल्लेख छैन, बरु ५ महिना समय दिए एमसीसी संसदबाट अनुमोदन गराउने  प्रतिबद्धता व्यक्त गरिएको छ। लामै समय उक्त पत्र गोप्य राखिएको थियो। त्यो बेला प्रचण्ड बालुवाटारमा एक विषय बोलिदिन्थे त, खुमलटार पुगेपछि ठिक विपरीत अभिव्यक्ति दिन्थे। 

पत्र गोप्य भएकाले यथास्थितिमा एमसीसी पारित गर्न नसकिने अभिव्यक्ति दिन प्रचण्डलाई सजिलो थियो। तर प्रधानमन्त्रीसँग संयुक्त हस्ताक्षरमा एमसीसीलाई एक व्यहोराको पत्र पठाउने र आम जनतालाई चाहिँ छक्याउने क्रम नरोकेपछि बालुवाटारले गोप्य पत्र सार्वजनिक गरिदियो। प्रचण्डको दोहोरो चरित्र उदांगियो। 

000

एमसीसी पास गर्न प्रचण्डले दिएको भाका फेब्रुअरी २९ मा सकिँदैछ। त्यो मिति नजिकिएसँगै एमसीसी पारित गराउनुपर्ने दबाब प्रधानमन्त्री देउवालाई छ।  दबाबमा परेका देउवाले आइतबार प्रचण्डलाई बालुवाटार बोलाएर कम्तीमा एमसीसी टेबल गर्न मनाएका पनि थिए। यही अनुसार सभामुख अग्नि सापकोटा पनि एमसीसी संसदमा टेबल गराउन सहमत भए। तर प्रतिनिधि सभाको बैठकमा पुग्दा प्रचण्डको बोलीले 'यू-टर्न'लियो।  माओवादीको दोहोरो चरित्र सदनमा पनि देखियो। 

वैज्ञानिक समाजवादीका अध्यक्ष आहुति  माओवादीले बोली फेरिरहनुको मुख्य कारण प्रचण्डको एमसीसी पास गर्ने स्वार्थ रहेको बताउँछन् ।  ‘सबै गतिविधि हेर्दा प्रचण्ड टोलीको लाइन सुरुदेखि नै एमसीसी पास गर्ने छ’ आहुति भन्छन् ।

सञ्चार तथा सूचना प्रविधिमन्त्रीसमेत रहेका सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले एमसीसीलाई टेबल गरिरहँदा प्रचण्ड चुपचाप थिए भने उनकी बुहारी सांसद विना मगर भने नाराबाजी चर्काउन व्यस्त थिइन्। बाहिर सडकमा माओवादी कार्यकर्ताहरूले एमसीसीविरुद्ध नाराबाजी गरिरहेका थिए। माओवादी कार्यकर्ता र प्रहरीबीच मुठभेड पनि भयो। माओवादी तर्फका करिब एक दर्जन कार्यकर्ता घाइते बने। 

एमसीसीका सवालमा मात्र होइन, सरकारमा रहने वा नहरने विषयमा समेत माओवादी नेताहरूले दुईखाले अभिव्यक्ति दिँदै आएका छन्। माओवादी संसदीय दलका सचेत देव गुरुङले जुनसुकै बेला सरकार छाड्न सक्ने बताउँदै आएका छन्। उता प्रचण्डले भने गठबन्धन नभत्कने भन्दै कांग्रेस नेताहरूलाई आश्वास्त पारिरहेका छन्।  

‘एमसीसी पारित भए सरकारबाट हट्नुपर्छ भन्ने पार्टीले नीतिगत रुपमा निर्णय गरिसकेको विषय हो,’ उनले भने, ‘कुन दिन हट्ने भन्ने मात्र हो। यस विषयमा छिट्टै निर्णय गर्छौं।’

नेपाल समय

सोमबार नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेलसँगको भेटवार्ताका क्रममा अध्यक्ष प्रचण्डले गठबन्धन नटुट्ने वचन दिए। माओवादी शीर्ष नेताहरू नै कोही सरकारबाट बाहिरिने बताउँछन् भने कोही चाहिँ गठबन्धन नटुट्ने भन्दै आश्वास्त पारिरहेका छन्। हुन त माओवादीमा प्रचण्डबाहेक अरु नेताहरूको अभिव्यक्तिको खासै अर्थ नहुने विश्लेषण पनि नयाँ होइन। 

पूर्व माओवादी नेता एवं वैज्ञानिक समाजवादीका अध्यक्ष आहुति  माओवादीले बोली फेरिरहनुको मुख्य कारण प्रचण्डको स्वार्थ रहेको दाबी गर्छन्। 

‘सबै गतिविधि हेर्दा प्रचण्ड टोलीको लाइन सुरुदेखि नै एमसीसी पास गर्ने छ,’ आहुति भन्छन्, ‘तर माओवादीभित्र राष्ट्रियता पक्षधरको संघर्षको कारण उनलाई गाह्रो परेको हो। नत्र उहिले नै पास गरिसक्थे।’  

अर्का एक पूर्व माओवादी नेता भने चीनसँगको सम्बन्धका कारण प्रचण्डले सार्वजनिक ठाउँमा एमसीसीको विरोध गरेको बताउँछन्। उनका अनुसार चीन र चिनियाँ कम्युनिस्ट पार्टीसँग सम्बन्ध राम्रै भएकाले माओवादी नेताहरूले एमसीसीमा सार्वजनिक समर्थन गर्न नसकेका हुन्।

निवर्तमान सभामुखसमेत रहेका माओवादी प्रवक्ता कृष्णबहादुर महराको पनि चीनसँग निकट सम्बन्ध भएको मानिन्छ। अर्का प्रभावशाली नेता वर्षमान पुन चीनमा लामै समय उपचार गराएर भर्खरै नेपाल फर्किएका छन्। चीन र अमेरिकाबीच नेपालले लिने एमसीसी अनुदानका विषयमा वाक्युद्ध सुरु भइसकेको छ।

चुनावी मुद्दा पनि 

माओवादी एमसीसीको आलोचक देखिनुको अर्को कारण नजिकिएको स्थानीय निर्वाचन पनि हो। स्थानीय निर्वाचनमा तुलनात्मक रूपमा बलियो मानिने नेकपा एमालेसँग भिड्न माओवादी एमसीसीलाई राजनीतिक मुद्दा बनाउन चाहन्छ। सरकारका मन्त्रीहरूको काम पनि लोकप्रिय नभएको दबाबमा छ माओवादी। एमसीसीलाई राजनीतिक मुद्दा बनाएर चुनावमा जानुपर्ने मत पनि नेताहरूमा भएको माओवादीकै एक नेता बताउँछन्। 

‘सबै गतिविधि हेर्दा प्रचण्ड टोलीको लाइन सुरुदेखि नै एमसीसी पास गर्ने छ,’ आहुति भन्छन्, ‘तर माओवादीभित्र राष्ट्रियता पक्षधरको संघर्षको कारण उनलाई गाह्रो परेको हो। नत्र उहिले नै पास गरिसक्थे।’  

यसबाहेक राष्ट्रिय स्वाधीनताको विषयमा जोड दिएर एमसीसीलाई अझै उत्कर्षमा पुर्‍याउने माओवादी लाइन देखिन्छ।एमसीसीलाई लम्ब्याएर निर्वाचन पछि पुर्‍याउने माओवादीको रणनीति छ। एमसीसीविरोधीको मत लिनका लागि निर्वाचनपछि एमसीसीलाई टुंग्याउने पर्ने माओवादी रणनीति छ। 

सरकार छाडेरै भएपनि एमसीसीविरुद्ध लाग्नुपर्ने मत माओवादीमा कमजोर छैन। अर्थ मन्त्रालयसहित ५ मन्त्रालय सम्हाल्दै आएका माओवादी मन्त्रीहरूले भने विगत केही महिनादेखि एमसीसीको सवालमा सार्वजनिक अभिव्यक्ति दिएका छैनन्। उनीहरूलाई फिर्ता बोलाउने मनशाय प्रचण्डमा देखिएको छैन।

सरकारमा सहभागी नभएका नेताहरू नारायणकाजी श्रेष्ठ, लिलामणि पोखरेल, देव गुरुङलगायतको भने एकैबोली छ। आइतबार नारायणकाजीले पटक–पटक आफू एमसीसीको विपक्षमा रहेको प्रष्ट पार्दै फेसबुक स्टाटस लेखे। 

माओवादी महाधिवेशन (पुष ११–१५) सकिएको दुई महिना भइसक्दा पनि केन्द्रीय कमिटीको पूर्ण बैठक बस्न सकेको छैन। एमसीसी टेबल हुने अवस्था आएकाले माघ अन्तिम साता बस्ने भनिएको केन्द्रीय कमिटीको बैठक पनि निरन्तर सर्दै आएको छ। पूर्ण बैठक नबसेकाले पनि माओवादीका नेताहरूको अभिव्यक्ति बाझिँदै आएको एक नेता बताउँछन्। केन्द्रीय सदस्यले अध्यक्ष प्रचण्डकै ‘बोलीमा लोली मिलाउने’ गरेका छन्। प्रचण्ड आफैले दोहोरो व्यवहार प्रस्तुत गरेकाले नेताहरूको अभिव्यक्तिमा एकरूपता नदेखिएको हो। 

यता संसदीय दलको बैठकले भने माओवादी एक भएर एमसीसीको विपक्षमा रहने निर्णय गरेको छ। त्यही निर्णयअनुसार प्रमुख सचेतक देव गुरुङले सभामुखसँग माओवादीका तर्फबाट असहमति राख्दै आएका छन्। 

गुरुङले एमसीसी टेबल गर्न नहुने भन्दै कार्यव्यवस्था परामर्श समितिको बैठकमा ‘नोट अफ डिसेन्ट’ लेख्ने जनाएका थिए। तर उनी पनि आफ्नो निर्णयमा अडिन सकेनन्। यसपछि सर्वदलीय सहमतिको नाममा एमसीसी संसदमा टेबल गर्न दिइने भएको थियो।


प्रकाशित: February 21, 2022 | 20:31:12 काठमाडौं, सोमबार, फागुन ९, २०७८

तपाईं को प्रतिक्रिया

ट्रेंडिंग

चितवनका तीन क्षेत्रमा कसको अवस्था कस्तो?

प्रतिनिधिसभामा तीनवटा निर्वाचन क्षेत्र रहेको चितवनमा तीनवटै क्षेत्रको मतगणना भइरहेको छ।

काठमाडौं-९ मा एमालेका कृष्णगोपाल श्रेष्ठ विजयी

यो एमालेको दोस्रो जित हो। यसअघि एमालेले ललितपुर २ मा जित निकालेको थियो।

गुल्मी-२ मा ठूलो मतान्तरले पछि परिन् झाँक्री

गुल्मी क्षेत्र नम्बर २ मा सत्ता गठबन्धनकी उम्मेदवार रामकुमारी झाँक्रीलाई भारी मतले पछि पार्दै नेकपा एमालेका गोकर्ण विष्टले अग्रता कायम राखेका छन्।

समानुपातिक मतमा स्वतन्त्र पार्टी तेस्रो, एमालेलाई पछ्याउँदै कांग्रेस

प्रत्यक्षतर्फ चार वटा निर्वाचन क्षेत्रको अन्तिम मतपरिणाम सार्वजनिक भएको छ भने समानुपातिकतर्फ पनि मतगणना भइरहेको छ।

गुल्मी-२ मा झाँक्रीलाई पछि पार्दै विष्टको अग्रता

आइतबार भएको निर्वाचन जारी मतगणनामा विष्ट ६७२ मतसहित अगाडि छन्।

युथ युनेस्को क्लब युएसएको इन्टरनेशनल मिडिया एडभाइजरमा बस्नेत

अमेरिकाको क्यालिफोर्नियामा युवा केन्द्रित रचनात्मक कार्यहरू सञ्चालन गर्दै आएको युथ युनेस्को क्लब युएसएले सञ्चारकर्मी मनोज बस्नेतलाई अन्तर्राष्ट्रिय सञ्चार सल्लाहकारमा मनोनयन गरेको छ।

दुई क्षेत्रमा स्वतन्त्र पार्टी अगाडि, दुई-दुईमा कांग्रेस र एमाले

काठमाडौं हिजो आइतबार सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन अन्तर्गत आज बिहानदेखि केही क्षेत्रमा मतगणना सुरु भएको छ।

बाजुरामा गोली लागेका एक जनाको मृत्यु

कांग्रेस र एमालेका कार्यकर्ताबीच विवाद भएपछि मतदान सकिनै लाग्दा झडप भएको हो।

जेलबाट मतदान गरेपछि रेशम चौधरीले भने– बडा मज्जा आयो

कैदीबन्दीले पनि निर्वाचनमा सहभागी हुन पाउने भएपछि उनीहरु उत्साहित भएका थिए। काठमाडौं उपत्यकामा १८२ जना कैदीबन्दी मतदान गर्न योग्य भएको निर्वाचन अयोगको तथ्यांक छ।

थप समाचार

नेपाल समय
राजनीति

अघिल्लो पटक मधेससँगको प्रचण्ड 'लभ' यसपटक 'ब्रेक-अप'

अन्य कम्युनिस्ट पार्टीले वर्गीय मुद्दा उठाएर राजनीति गर्न खोज्दा माओवादीले मधेसमा जातीय मुक्ति र क्षेत्रीय उत्पीडनको सवाल चर्काएर नेतृत्व गर्न खोजेको थियो, कुनै बेला। ४ मंसिरमा सम्पन्न प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनको मत परिणामपछि मधेसले माओवादीलाई पत्याउन छाडेको पुष्टि गर्छ।
नेपाल समय
राजनीति

जुनसुकै भूमिका निर्वाह गर्न हामी तयार छौं : सुवास नेम्वाङ

'जनताले सुनाएको निष्कर्षबाट निषेधको राजनीति पराजित भएको छ; जनताका अगाडि धेरै विषय र प्रश्न थिए,' संविधानसभा अध्यक्षसमेत रहेका नेम्वाङले भने, 'निर्वाचनले दिएको निष्कर्षले जनताको विजय भएको छ।'
नेपाल समय
राजनीति

यी हुन् चुनाव हारेका निवर्तमान सांसद

नेकपा (माओवादी केन्द्र)का महासचिव देवप्रसाद गुरूङ, उपमहासचिवद्वय गिरिराजमणि पोखरेल र पम्फा भुसाल पनि पराजित भए। यस्तै प्रदेश १ का पूर्व-मुख्यमन्त्री शेरधन राईलाई प्रतिनिधिसभाको यस निर्वाचन अफापसिद्ध रह्यो।
नेपाल समय
राजनीति

के हो रामकुमारीको सन्देश?

खुलेको मुस्कानसहित उक्त तस्बिर सार्वजनिक भएपछि बाम एकताको आकलन धेरैले गरे। हुन पनि चुनावी मतपरिणाम आउँदै गर्दा बाम एकता गरेर नयाँ सरकार बनाउनुपर्ने धारणा एमाले र नेकपा एसका धेरै नेताको देखिन्छ।
नेपाल समय
राजनीति

बालुवाटारमा पाक्दै छ प्रधानमन्त्रीको खिचडी, देउवाले भेटे प्रचण्ड र माधव नेपाल

नेता नेपाल र र प्रचण्डले प्रधानमन्त्री निवास बालुवाटार पुगेर आगामी सहयात्रा, सरकार गठनलगायत विषयमा देउवासँग छुट्टाछुट्टै भेटवार्ता गरेका हुन्।

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६

सम्पर्क

House -138, Suruchi Marg, New Baneshwor, Kathmandu, Nepal
फोन : +977-1-4790242 / +977-1-4790040
इमेल : nepalsamayanews@gmail.com
  • प्रबन्ध निर्देशक
    तरुणप्रताप शाह
  • प्रधान सम्पादक
    नारायण अमृत
  • महाप्रबन्धक
    जीवन तिम्सिना