सोमबार, असोज १७, २०७९

निधिको उम्मेदवारीले ल्याएको तरंग : कांग्रेसको नेतृत्व पाउला मधेशले?

जयन्त ठाकुर  |  काठमाडौं, आइतबार, मंसिर २६, २०७८

जयन्त ठाकुर

जयन्त ठाकुर

आइतबार, मंसिर २६, २०७८, काठमाडौं

नेपाल समय

जनकपुरधाम– नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधिले यसपटक सभापतिमा आफ्नो उम्मेदवारी दर्ता गराएका छन्। सभापतिका लागि निधिले उम्मेदवारी दर्ता गरेसँगै उपसभापति निधिको चर्चा मधेसमा सबैभन्दा बढी भइरहेको छ। देशकै सबैभन्दा पुरानो पार्टी नेपाली कांग्रेसको नेतृत्व कुनै मधेशीले समेत पाउन सक्छ भन्ने विश्वास आम मधेशीमा निधिको उम्मेदवारीले पलाएको छ।

२०७४ को प्रतिनिधिसभा चुनावमा धनुषा–३ बाट पराजित निधि यसपटक पार्टीकै सभापतिमा उम्मेदवारी घोषणा गर्नुले मधेसमा कांग्रेसको राजनीतिलाई बल दिएको छ। शेरबहादुर देउवाले पुनः सभापतिमा दोहोरिन चाहेपछि उपभापति निधिले विद्रोह गर्दै सभापतिमा उम्मेदवारी दिने हिम्मत देखाएका हुन्। यो सँगै संस्थापन पक्षका मधेसका नेता कार्यकर्ता दुई गुटमा बाँडिएका छन्। यद्यपि मधेशमा निधिको पल्ला भारी रहने निश्चित छ।

राजनीति निधिले पारिवारिक विरासतमा पाए पनि कांग्रेसभित्र विमलेन्द्र निधि त्यस्ता नेता हुन्, जो पिताको विरासतको छायाँ बाहिर आफ्नै संघर्षबाट स्थापित भए। विमलेन्द्रले स्थापित गरेको अर्को मान्यता के हो भने बाबु चुनाव लड्दासम्म उनले टिकट खोजेनन्।

२०५१ को मध्यावधि निर्वाचनमा बाबुले छाडेको तत्कालिन धनुषा–४ बाट उनी पहिलोपटक सांसद भए। २०५६ को निर्वाचनमा सोही क्षेत्रबाट पराजित भएका उनी २०६४ र २०७० को संविधानसभा निर्वाचनमा धनुषा–३ बाट विजयी भए। उनले जनकपुर नगर समेटिएको धनुषा–४ छोड्नुको प्रमुख कारण थियो– त्यो निर्वाचन क्षेत्रमा जातिवादी, अतिवादी र आपराधिक सोच भएकाहरू निर्णायक बन्नु।

 देशकै सबैभन्दा पुरानो पार्टी नेपाली कांग्रेसको नेतृत्व कुनै मधेशीले समेत पाउन सक्छ भन्ने विश्वास आम मधेशीमा निधिको उम्मेदवारीले पलाएको छ।

त्यसो त मधेशी समुदायका भए पनि कांग्रेसको सिंगो पार्टी संगठनमा छाएका नेता विमलेन्द्र सभापतिको उम्मेदवारी दर्ता गरेसँगै उनको चर्चा झन् बढेको हो। संविधान जारी हुनुअघि उनले पार्टीको संसदीय दलमा पेश गरेको जनसंख्याका आधारमा निर्वाचन क्षेत्र निर्धारण, नागरिकता वितरण लगायतका मागले कांग्रेसभित्र हल्लीखल्ली भएको थियो।

विमलेन्द्र कार्यकर्तामाझ ’विमल दाइ’ का रूपमा चिनिन्छन्। मधेशका मुद्दामा आक्रामक रूपमा पेश हुन थालेका उनी मधेशी समाजमा निर्णायक मानिने जातीय समीकरण मिलाएर कांग्रेसको प्रभाव फर्काउन सफल हुन्छन् भन्ने प्रश्न खडा भएको छ।

दुई दशकअघि नेपाली कांग्रेसको बहुमतले प्रधानमन्त्री बनाउने निर्णय गर्दागर्दै महेन्द्रनारायण निधि जनकपुर फर्किनुपरेको थियो। आज त्यही हैसियतमा पुग्न थालेका उनका छोरा विमलेन्द्रमाथि मधेशी भएकै कारण भोग्नुपर्ने चुनौती पनि छन्। यी सबै चुनौतीलाई पार गर्दै निधि सफलताको झण्डा लहराउनेमा कांग्रेसी कार्यकर्ताहरुको विश्वास छ।

कांग्रेसमा कसरी भए स्थापित?

२०१७ सालमा जनकपुरधाममा कांग्रेसको दुई धार थियो। एउटाको धारको नेतृत्व विमलेन्द्रका बुवा महेन्द्रनारायण निधिले गर्थे। अर्को धारको नेता बोधप्रसाद उपाध्याय र सरोज कोइराला थिए। बीपीको सशस्त्र संघर्षको लाइनमा विमति राख्ने अहिंसात्मक राजनीतिका पक्षपाती महेन्द्रनारायणसँग सीमित मान्छे मात्रै थिए। जबकि विमलेन्द्र समेत उपाध्याय र कोइरालाकै दृष्टिकोणबाट नेविसंघको राजनीतिमा प्रवेश गरे। त्यसले नै उनीमाथि बीपीको नजर परेको थियो।

२०३६ को जनमत संग्रहपछि आएको केही खुलापनमा कांग्रेसभित्र ध्रुवीकरण शुरू भयो। बीपीले कृष्णप्रसाद भट्टराईलाई कार्यवाहक सभापति बनाएकाले पार्टीमा महेन्द्रनारायणको भूमिका बढेको थियो। जनकपुरमा एउटा धारको नेता उनी नै थिए।

अर्को समूहको नेतृत्वमा भने लीला कोइरालाहरू आएका थिए। त्यसबेलासम्म राजनीतिमा आफ्नो परिचय बनाइसकेका विमलेन्द्रका निम्ति त्यो अर्को अनुकूलता थियो। जनकपुरमा सँगसँगै नेविसंघ र कांग्रेसको राजनीति गरेका वृषेशचन्द्र लाल त्यो अनुकूलताका बीच विमलेन्द्रले ‘काबिलियत’ देखाएको बताउँछन्। उनका अनुसार विमलेन्द्रले राजनीतिमा संघर्ष पनि डटेरै गरे। वृषेश भन्छन्, ‘अर्को सत्य कुरा के हो भने, निधिजीको छोरा भएकाले उनले पाए जति राजनीतिमा क्षमता बढाउने अवसर हामीले पाएनौं।’ 

जनकपुरमा सँगसँगै नेविसंघ र कांग्रेसको राजनीति गरेका वृषेशचन्द्र लाल अनुकूलताका बीच विमलेन्द्रले ‘काबिलियत’ देखाएको बताउँछन्। 

पारिवारिक पृष्ठभूमि, जेलनेल भोगेको अवधि र आफ्नो गुटका नेताप्रतिको वफादारी कांग्रेसमा राजनीतिक योग्यताको आधार बन्ने गरेको छ। विमलेन्द्र निधिसँग यी सबै कुरा छन्। समावेशी लोकतन्त्रको नारा र त्यसमा पनि मधेशी समुदायको नेता हुनुको लाभ उनले उठाए। डा. रामवरण यादव राष्ट्रपति बनेपछि र महन्थ ठाकुर र विजय गच्छदारले पार्टी छाडेपछि त अवस्था यस्तो आयो, कांग्रेसमा उनी बराबर राजनीतिक हैसियत र उचाइ भएका मधेशी नेता कोही भएनन्। मधेशको नाममा कांग्रेसभित्र विमलेन्द्रको विकल्प र चुनौती उनी आफैं बन्न पुगे।

यहाँसम्म कि कांग्रेस पार्टी विभाजन हुँदा नेपाली कांग्रेस प्रजातान्त्रिक पार्टीको नेतृत्व शेरबहादुर देउवाले गरे। यद्यपि त्यति बेला कांग्रेस प्रजातान्त्रिकको नेतृत्व देउवा होइन, विमलेन्द्र निधि गर्दैछन्् भन्थे कतिपयले। त्यसकै फलस्वरुप देउवा पार्टीको सभापति हुँदा निधिलाई उपसभापतिमा मनोनित गरे। देउवालाई संकट पर्दा समय समयमा निधि नै संकटमोचकको रुपमा आए। तर १४औँ महाधिवेशनमा देउवाले नै पार्टीको नेतृत्व गर्ने भनेपछि निधिले उनै देउवा विरुद्ध विद्रोह गर्दै सभापतिमा उम्मेदवारी दर्ता गराएका छन्।

देउवासँग विद्रोह गरेर उम्मेदवारी दर्ता गरेर साहसको परिचय दिएको मधेशका कतिपय व्यक्तिको बुझाइ छ। हारजित आफ्नो ठाउँमा छ, विमलेन्द्र निधिको उम्मेदवारी दर्ताले पूरै मधेशलाई तरंगित बनाएको छ।


प्रकाशित: December 12, 2021 | 11:35:00 काठमाडौं, आइतबार, मंसिर २६, २०७८

तपाईं को प्रतिक्रिया

ट्रेंडिंग

युक्रेनका ४ क्षेत्र गाभेको औपचारिक घोषणा गर्दै रुस

युक्रेनका लुहान्स्क, दोनत्स्क, जापोरिज्जिया र केरसन क्षेत्रलाई रुसमा गाभ्ने घोषणा गर्न लागिएको छ। 'क्रेमलिन दरबारमा स्थानीय समयअनुसार दिउँसो ३ बजे ती ४ क्षेत्र रुसमा गाभिएको घोषणा हुनेछ,' क्रेमलिन प्रवक्ता दिमित्री पेस्कोभले भनेका छन्।

पाँच दलको सिट भागबण्डा अन्तिम चरणमा [सूचीसहित]

लामो समयको गृहकार्यपछि धेरैजसो निर्वाचन क्षेत्रको भागबण्डा मिलेको छ तर केहीमा भने किचलो कायमै छ।

सोलुको सकस: कांग्रेस नछाड्ने, माओवादी नमान्ने

२०७४ को चुनावमा जितेकाले आफैंले पाउनुपर्ने माओवादीको अडान छ। यस पटक गठबन्धनले चुनाव लड्ने हुँदा सोलुखुम्बु आफूले पाउनुपर्ने दाबी कांग्रेसले गरिरहेको छ।

समानुपातिक सूची परिवर्तन नभए आफैँ संघर्षमा उत्रने शेखर-गगनको चेतावनी

समान अवसर र न्यायका लागि विरोध र संघर्षका कार्यक्रम गर्दै आएका आफूनिकट नेताहरूसँग छलफल नेता कोइराला र महामन्त्री थापाले यस्तो बताएका हुन्। बत्तिसपुतलीस्थित अनुपम फुडल्यान्डमा असन्तुष्ट नेताहरुसँग उनीहरूले छलफल गरेका हुन्।

भीम रावल पार्टी सम्पर्कमा नआएपछि ओलीको सोधीखोजी

४ मंसिरमा हुने निर्वाचनका लागि एमाले जिल्ला कमिटीले अछाम क्षेत्र–१ बाट रावललाई मात्र सिफारिस गरे पनि पछिल्लो समय पार्टी सम्पर्कमा नआएपछि के भएको हो भनेर बुझ्न सुदूरपश्चिम एमाले नेताहरु पुगे ओली निवास।

सिभिल र हिमालयन मर्ज भएपछि ६ महिनामा 'सिनर्जी' आउँछ : सुनील पोखरेल [अन्तर्वार्ता]

हिमालय बैंक लिगेसी बोकेको पुरानो बैंक हो। हामीसँग साना तथा मझौला प्रकृतिको बिजनेस छ। हिमालयनको ठूला र कर्पोरेट बिजनेस छ। हाम्रा स-साना ग्राहक छन् तर उसका ठूला ग्राहक छन्।

आजदेखि निर्वाचन आचारसंहिता लागु : के गर्न पाइन्छ, के पाइँदैन?

आगामी मंसिर ४ गते हुने प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनका लागि आचारसंहिता बुधारदेखि लागु गरिएको छ।

अलमुताइरीप्रति कप्तान किरणको अझै गुनासो, भने - व्यक्तिका लागि भन्दा पनि देशका लागि खेल्छौं

नेपाल राष्ट्रिय फुटबल टोलीका कप्तान किरण चेम्जोङले प्रशिक्षक अबदुल्ला अलमुताइरीले आफूलाई टिमबाट निकालेकोमा दुखेसो पोखेका छन्। व्यवसायिक फुटबलका क्रममा भारतमा रहेका किरण बंगलादेशसँगको मैत्रीपूर्ण खेलका लागि नेपाल आएका हुन्।

मोरङ-३ : चुनावमा प्रभाव पार्ने यस्तो छ मेडिकल कलेज कनेक्सन

सुनिल शर्माले आफ्नो नोबेल मेडिकल कलेजमार्फत राजनीतिक प्रभाव बढाएका छन्। निर्वाचन क्षेत्रमा नागरिकको निःशुल्क र कम शुल्कमा उपचारको व्यवस्था मिलाएर उनले मतदाताको प्रभाव बढाएका हुन्। उता राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बाट उम्मेदवार बन्ने तयारीमा रहेकी रेखा थापाले पनि अभियान तीव्र बनाएकी छिन्।

मधेसवादी दलको कमजोरीमा 'जाल' थाप्दै एमाले!

मधेसवादी दलका एजेन्डाहरू पहिलेभन्दा कमजोर बन्दै गएपछि सत्ताको लोभ गर्नेहरू राजनीतिक सुरक्षाका निम्ति एमाले प्रवेश गरिरहेका छन् भने एमालेले पनि मधेसवादी दलको कमजोरीको फाइदा उठाएको राजनीतिक विश्लेषण गरिँदै छ।

थप समाचार

नेपाल समय
राजनीति

दलहरुले समानुपाति उम्मेदवारको बन्दसूची सच्याउने समय सकियो

निर्वाचन आयोगले आगामी प्रदेश र प्रतिनिधिसभाको निर्वाचनका लागि सहभागी हुने दलहरूलाई समानुपातिक नामावलीमा त्रुटि भए सच्याएर पेस गर्न आज (आइतबार) अपराह्न ५ बजेसम्मको समय दिएकोमा समय सकिएको हो।
नेपाल समय
राजनीति

प्रतिनिधिसभामा कुन क्षेत्रका उमेदवारले कति खर्च गर्न पाउँछन्? (सूचीसहित)

निर्वाचन आयोगले प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्यको निर्वाचनमा उमेदवारले गर्न पाउने खर्चको अधिकतम हद तोक्ने निर्णय गरेको छ।
नेपाल समय
राजनीति

प्रतिनिधि सभा सदस्यको टिकट पाउने निश्‍चित भएका कांग्रेस ३६ नेताहरु

कांग्रेस नेताहरुले भने समानुपातिक तर्फ को-को लाई उमेदवार बनाउने भ‍न्‍ने समेत टुंगो लगाउन सकेको छैन। समानुपातिकतर्फको सूचीमा सभापति शेरबहादुर देउवा र नेता डा शेखर कोइरालाको समूहका बीचमा सहमति पनि जुटेको छैन्। समानुपातिक तर्फको नामलाई आइतबार अन्तिम टुंगो लगाउनुपर्ने छ।
नेपाल समय
राजनीति

कांग्रेसमा समानुपातिक सिट बाँडफाँट: शेखर कोइरालालाई २५ प्रतिशत, देउवालाई ठूलो भाग

समानुपातिकमा करिब २५ प्रतिशत हिस्सा शेखर समूहलाई दिइएपछि पार्टी सभापति देउवाले रामचन्द्र पौडेल, प्रकाशमान सिंह, कृष्णप्रसाद सिटौला, विमलेन्द्र निधिलाई आफूले राखेको ७५ प्रतिशतभित्रै समेट्नेछन्।
नेपाल समय
राजनीति

देउवाले भने- राजनीतिमा सधैं एकैनास हुँदैन र गठबन्धनमा पनि दायाँबायाँ हुँदैन

प्रधानमन्त्रीसमेत रहेका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले राजनीतिमा सधैं एकनास नहुने बताएका छन्। उनले गठबन्धनलाई आगामी चुनावसम्म लगेर जाने र यसमा कुनै दायाँबायाँ नहुने पनि बताएका हुन्।

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६

सम्पर्क

House -138, Suruchi Marg, New Baneshwor, Kathmandu, Nepal
फोन : +977-1-4790242 / +977-1-4790040
इमेल : nepalsamayanews@gmail.com
  • प्रबन्ध निर्देशक
    तरुणप्रताप शाह
  • प्रधान सम्पादक
    नारायण अमृत
  • महाप्रबन्धक
    जीवन तिम्सिना