काठमाडौं- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आज पत्रकारसँग अन्तरक्रिया गर्ने भएका छन्। ओलीले बिहीबार दिउँसो साढे १२ बजे पत्रकारहरूसँग अन्तरक्रिया गर्ने भएका हुन्।
प्रेस चौतारी नेपालले दिउँसो साढे १२ बजे ओलीसँग पत्रकार साक्षात्कार कार्यक्रमको आयोजना गरेको छ। प्रेस चौतारी नेपालका अध्यक्ष गणेश बस्नेतले पत्रकार सम्मेलन काठमाडौंको तीनकुनेस्थित एक बैंक्वेटमा बताएका छन्।
चितवन महाधिवेशनबाट अध्यक्षमा निर्वाचित भइसकेपछि ओलीले पहिलो पटक पत्रकारहरूसँग अन्तरक्रिया गर्न लागेका हुन्।