काठमाडौं- गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले कांग्रेस केन्द्रीय सदस्यमा उम्मेदवारी दिने घोषणा गरेका छन्।
मुख्यमन्त्री पोखरेलले बुधबार साँझ केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा गरेका हुन्।
बिपी कोइरालाको परिकल्पनाबाट स्थापित पार्टीलाई अझ सशक्त र मजबुत बनाउन भूमिका खेल्ने उदेश्यसहित आफ्नो केन्द्रीय सदस्यमा उम्मेदवारी रहने उनले बताएका छन्।