सोमबार, माघ ३, २०७८

इलामका ९ पालिकामा माओवादी केन्द्रको सम्मेलन सम्पन्न

नेपाल समय  |  काठमाडौं, शनिबार, मंसिर १८, २०७८

नेपाल समय

नेपाल समय

शनिबार, मंसिर १८, २०७८, काठमाडौं

नेपाल समय

इलाम- नेकपा माओवादी केन्द्रले इलाम जिल्लाको नौवटा पालिकाको सम्मेलन सम्पन्न गरेको छ। दश स्थानीय तह रहेको इलाममा नौवटा पालिकाको सम्मेलन सम्पन्न भएको माओवादी केन्द्रका कार्यालय सचिव प्रकाश परियारले जानकारी दिए।

सन्दकपुर गाउँपालिका बाहेक अन्य पालिकामा सम्मेलन सकिएको छ। सन्दकपुर गाउँपालिकामा पनि शनिबार सम्मेलनको आयोजना गरिएको छ। हाल सम्मेलन भएका धेरै ठाउँमा सर्वसम्मत रूपमा नेतृत्व चयन भएको हो भने केही पालिकामा निर्वाचनबाट नेतृत्व चयन भएको छ। 

माइजोगमाई गाउँपालिकामा कुविरमान राईको अध्यक्षतामा ५१ सदस्यीय कमिटी चयन भएको छ। कमिटीको उपाध्यक्षमा झुलेन्द्र पौडेल र भविन खत्री र प्रेम तामाङ निर्वाचित भएका छन्। उपाध्यक्ष भने मतदान प्रक्रियाबाट टुङ्गो लगाइएको हो। यस्तै सचिवमा देवीभक्त सिवाकोटी, सहसचिवमा विपिन भट्टराई र कोषाध्यक्षमा देवीमाया राई चयन भएका छन्। 

चुलाचुली  गाउँपालिकामा पृथ्वीराज राईको अध्यक्षतामा ५१ सदस्यीय समिति गठन गरिएको छ। त्यसको उपाध्यक्षमा धनदेवी पोख्रेल, दीपक श्रेष्ठ र गजेन्द्र सुनुवार रहेका छन्। सचिवमा भगीरथ भट्टराई, सहसचिवमा नारायण निरौला र कोषाध्यक्षमा इन्द्रकुमार नेम्वाङ चयन भएका छन्। 

यता माई नगरपालिकामा भने धनकुमार लिम्बुको अध्यक्षतामा ६५ सदस्यीय कमिटी गठन भएको छ। माई नगर कमिटीको उपाध्यक्षहरूमा रञ्जना थापा, विनोद नेम्वाङ र सन्तोष लोक्ताम चयन भएका छन्। नगर समितिको सचिवमा चक्र कटुवाल, सहसचिवमा समीर राई र कोषाध्यक्षमा युवराज ढकाल चयन भएका छन्। 

इलाम नगरपालिकामा प्रवास शर्माको अध्यक्षतामा ५५ सदस्यीय कमिटी बनाइएको छ। त्यसको उपाध्यक्षमा विक्रम लिम्बु, अर्जुन राई (दिपेन) र विक्रमजित राई चयन भएका छन्। सचिवमा तारानिधि घिमिरे, सहसचिवमा नवीन फागो र कोषाध्यक्षमा विविमाया लिङदम चुनिएका छन्।

देउमाई नगर समितिको अध्यक्षमा भने शान्ता बस्नेत चयन भएकी छिन्। त्यस्तै उपाध्यक्षमा अशोक प्रधान, तारा सुवेदी र टिकाराम बराइली निर्वाचित भएका छन्। नगर सचिवमा तुलसी लिम्बु, सहसचिवमा प्रेम कुमार राई र कोषाध्यक्षमा शारदा राई चयन भएका छन्। 

सूर्योदय नगरकमिटीको अध्यक्षमामा भने संदिप तामाङ चयन भएका छन्। ५५ सदस्यीय कमिटीको उपाध्यक्षमा देवीप्रसाद उप्रेती र घनश्याम पौडेल र सोनीका राई, सचिवमा मेहेरराज आचार्य, सहसचिवमा विपिन पोख्रेल र कोषाध्यक्षमा पुष्पराज आचार्य चयन भएका छन्। 

फाकफोकथुम गाउँपालिकामा केवी वान्तवाको अध्यक्षतामा ४५ सदस्यीय पालिका समिति गठन गरिएको छ। समितिको उपाध्यक्षमा लक्ष्मण घतानि, केदारनाथ खनाल र अरुण दर्लामी छन्। सचिवमा प्रकाश राई, सहसचिवमा हेमकर्ण निरौला र कोषाध्यक्षमा विष्णुमाया थापा चुनिएका छन्। 

माङसेबुङ गाउँपालिकामा जनम खम्बुको अध्यक्षतामा ४५ सदस्यीय कमिटी गठन गरिएको छ। प्रथम गाउँपालिका सम्मेलनबाट उपाध्यक्षमा नरबहादुर लिम्बु, पृथ्वीमान जवेगू र देवीकुमार लिम्बु चयन भएका छन्। त्यस्तै सचिवमा डकिन्द्र लिम्बु, सहसचिवमा सुरेश राई र कोषाध्यक्षमा मिना कुमारी मगर चुनिएका छन्। 

माओवादी केन्द्रले रोङ गाउँपालिकाको अध्यक्षमा देउकुमार राई चयन भएका छन्। त्यस्तै उपाध्यक्षहरूमा भक्त खवास, सरस्वती विक र चन्द्रप्रकाश कुवर निर्वाचित भएका छन्। समितिको सचिवमा इन्द्रबहादुर राई, सहसचिवमा राम राई र कोषाध्यक्षमा इच्छाराम राई चुनिएका छन्।


प्रकाशित: December 4, 2021 | 06:05:00 काठमाडौं, शनिबार, मंसिर १८, २०७८
नेपाल समय

नेपाल समय

नेपाल समय
काठमाडौं, शनिबार, मंसिर १८, २०७८

थप समाचार

प्रधानन्यायाधीशलाई कारबाही माग गरिएको रिट दरपीठ

प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरामाथि छानबिन गरी कारबाही गर्न परमादेश माग गरिएको रिटलाई सर्वोच्च अदालतले दरपीठ (दर्ता गर्न अस्वीकार) गरेको छ।

ओमिक्रोन तेस्रो लहर रोकथाम तथा नियन्त्रणसम्बन्धी आदेश, २०७८ जारी

सरकारले नेपाल सरकार, प्रदेश र स्थानीय तहबीच प्राकृतिक स्रोतको रोयल्टी बाँडफाँट पनि स्वीकृत गरेको सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए।

चुच्चे नक्सामा बढ्यो भारतको हैकम, कूटनीतिक पहलमा यसरी पन्छियो सरकार

'सरकारको प्रवक्ताले बोल्ने त एउटा कुरा भयो, अर्को परराष्ट्र मन्त्रालयले कूटनीतिक नोट पठाउनुपर्थ्यो। अर्को कुरा भारतीय दूतावासले विज्ञप्ति निकालेपछि दिल्लीस्थित नेपालको दूतावासले विज्ञप्ति निकाल्नुपर्थ्यो।'

लिपुलेकमा सडक विस्तारबारे कांग्रेसपछि सरकार पनि बोल्यो

सरकारले महाकाली नदीपूर्वका लिम्पियाधुरा, लिपुलेक र कालापानी नेपालकै भएको स्पष्ट पारेको छ।

प्रतिनिधिसभाको बैठक १६ गतेलाई सारियो

प्रतिनिधिसभाको बैठक माघ १६ गतेलाई सारिएको छ।

सोमबारका लागि डाकिएको राष्ट्रियसभा बैठक स्थगित

राष्ट्रियसभाको माघ ३ गते सोमबार दिउँसो १ बजे तय भएको बैठक पुनः स्थगित भएको छ।

ट्रेंडिंग

नेपाल समय
राजनीति

गगन र विश्वप्रकाशः संघर्ष कि सहकार्य?

यसअघि प्रश्न गर्ने ठाउँमा रहेका उनीहरु अब उत्तर दिने ठाउँमा आइपुगेका छन्। त्यसकारण अबको चार वर्ष उनीहरुको अग्निपरीक्षा हुनेछ।
नेपाल समय
शिक्षा

आयोगको परीक्षामा उमेर हद हटाउन राहत शिक्षकको माग

नेपाल राहत शिक्षक केन्द्रीय कार्यसमितिले शिक्षक सेवा आयोगले खुलाएको विज्ञापनमा राहत शिक्षकका लागि उमेरहद हटाउन माग गरेका छन्।
नेपाल समय
समाज

भत्क्यो मण्डला : त्यो घर जहाँबाट दयाहाङ 'स्टार' बने

‘कला र सिर्जनामा सिंगो शक्ति खर्चिएका थियौं। कलाकारको सपनामात्रै होइन मण्डलासँग जोडिएको इतिहास पनि भत्केझैं लाग्छ।’
नेपाल समय
संवाद

एमसीसीमा परराष्ट्रलाई बाइपास गरियो, नेताहरूले नै जनतालाई भ्रमित पारे : प्रा.डा. खड्ग केसी [अन्तर्वार्ता]

एमसीसीमा परराष्ट्र मन्त्रालयलाई बाइपास गरिएको छ भनेपछि कति गैरजिम्मेवार रुपमा यसलाई अघि बढाइएको होला त? एमसीसी हस्ताक्षर हुने समयमा परराष्ट्रलाई सोध्‍नु पर्दैन? अर्थ मन्त्रालयमा मात्रै त्यो विज्ञता थियो?
नेपाल समय
श्रृंखला

पेन्सनपट्टासँगै विगत बन्यो सैनिक हिरासतमा मैले पाएको यातनाको कथा [भिडियोसहित]

नेपाल समयले उनका विषयमा ‘गनले अन्याय, गनले न्याय’ शीर्षकमा श्रृंखलाबद्ध रिपोर्टिङ गरेको थियो। लवकुमार गुरुङले जागिर छाडेपछि हाम्रा सहकर्मी अनिल यादवसँग सुनाएको आफ्नो यातनाको कथा जस्ताको तस्तैः

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६

सम्पर्क

House -138, Suruchi Marg, New Baneshwor, Kathmandu, Nepal
फोन : +977-1-4790242 / +977-1-4790040
इमेल : info@nepalsamaya.com nepalsamayanews@gmail.com
  • प्रबन्ध निर्देशक
    तरुणप्रताप शाह
  • सम्पादकीय निर्देशक
    मुमाराम खनाल
  • प्रधान सम्पादक
    नारायण अमृत
Copyright © 2022. Design & Development by Cn’C