सोमबार, माघ ३, २०७८

देउवा-सिटौला सहकार्य महाधिवेशनमा कति सम्भव?

तीर्थराज बस्नेत  |  काठमाडौं, शुक्रबार, मंसिर १७, २०७८

तीर्थराज बस्नेत

तीर्थराज बस्नेत

शुक्रबार, मंसिर १७, २०७८, काठमाडौं

नेपाल समय

काठमाडौं- नेपाली कांग्रेसको १४औं महाधिवेशन चलिरहँदा फरक–फरक समीकरण बनिरहेका छन्। कांग्रेसमा सक्रिय गुटकाबीचको समीकरणले महाधिवेशनलाई थप रोचक बनाइदिएको छ। वडादेखि प्रदेश अधिवेशनसम्म आइपुग्दा बनेका त्यस्ता समीकरणले नतिजा फेरबदल त गराएकै छन्, सँगै केन्द्रीय नेतृत्व चयन गर्ने कुरामा समेत अर्थ राख्ने देखिएको छ। 

नेपाली कांग्रेसको १४औँ महाधिवेशनका कार्यक्रम चलिरहँदा धेरै ठाँउमा सभापति शेरबहादुर देउवा र पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला समूहबीच गठजोड भएको छ। जिल्लादेखि प्रदेशसम्म देउवा–सिटौला समूह निकट भएका छन्। कतिपय स्थानमा त उनीहरूको चुनावी साझेदारी परिणाम अपेक्षाकृत नभएको पनि छ। 

काठमाडौंका पालिका तहदेखि जिल्ला अधिवेशनसम्म देउवा–सिटौलाको गठजोड बनेको थियो। यद्यपि पूर्वमहामन्त्री प्रकाशमान सिंह र सिटौला समूहबाट बाहिरिएका नेता गगन थापाको समीकरणका अघि देउवा–सिटौला समूह कमजोर देखिन पुग्यो। काभ्रे र बाग्लुङमा देउवा–सिटौलाबीच कार्यगत एकता भएपछि जिल्ला नेतृत्व आफ्नो पक्षमा पार्न यो समूह सफल भएको छ। काभ्रेमा तीर्थ लामा र बाग्लुङमा जितबहादुर शेरचन जिल्ला सभापति बनेका छन्।

देउवा–सिटौलाबीचको सहकार्य जिल्लामा मात्रै सीमित रहेन। प्रदेश अधिवेशनमा पनि पनि यसले निरन्तरता पाउने भएको छ। प्रदेश १ को सभापतिमा सिटौला निकट उद्धव थापालाई देउवा समूहले समर्थन गरेको छ। थापाले संस्थापन इतर पक्षका उम्मेदवार गुरुराज घिमिरेसँग प्रतिस्पर्धा गर्ने भएका छन्। घिमिरे कांग्रेस केन्द्रीय सदस्य तथा नेविसंघका पूर्वअध्यक्ष हुन्। 

'देउवा-सिटौला सहमतिमा पुग्न सक्छन्'

सिटौला समूहले बागमती प्रदेशको सभापतिमा पनि देउवा समूहको समर्थन खोजेको छ। बागमती प्रदेशमा सिटौला समूहबाट भीमसेन दासप्रधान सभापतिको आकांक्षी छन्। देउवा समूहबाट इन्द्र बानियाँ र संस्थापन इतर समूहबाट जगदीशनरसिंह केसी उम्मेदवार छन्। यद्यपि बागमती प्रदेशमा देउवा–सिटौलाबीच सहमति भइहालेको भने छैन। 

‘हामी सहमतिको प्रयासमा छौं। भीमसेनदास र इन्द्र बानियाँले अडान छोड्नु भएको छैन। संस्थापन समूहले बानियाँ 'ब्याक' हुन नमान्दा समस्या भएको भनिरहेको छ। अन्तिमसम्म सहमतिको प्रयास गरिनेछ,’ सिटौला निकट एक नेताले भने।  

सिटौला पक्षीय नेता भीमसेनदास प्रधानले यसअघि दिँदै आएका अभिव्यक्ति र तल्लो तहमा बनेका समीकरण आधार हुन्। प्रधानले आगामी महाधिवेशनपछि सिटौला कांग्रेसको कार्यवाहक सभापति हुने बताउँदै आएका छन्। 

कांग्रेस महाधिवेशनमा देखिएका यी परिदृश्यले केन्द्रीय नेतृत्व चयनमा समेत ठूलो अर्थ राख्ने सिटौला निकट नेताहरूको विश्लेषण छ। सिटौला पक्षीय नेता भीमसेनदास प्रधानले यसअघि दिँदै आएका अभिव्यक्ति र तल्लो तहमा बनेका समीकरण आधार हुन्। प्रधानले आगामी महाधिवेशनपछि सिटौला कांग्रेसको कार्यवाहक सभापति हुने बताउँदै आएका छन्। 

‘१३औं महाधिवेशनमा देउवालाई सघाएकाले आगामी महाधिवेशनमा देउवा–सिटौला समीकरण बन्ने प्रबल सम्भाना छ। महाधिवेशनपछि सिटौला कार्यवाहक सभापति पाउनुहुनेछ,’ प्रधानले पटक-पटक दोहोर्‍याउँदै आएका छन्। र, उनको अभिव्यक्ति र महाधिवेशनमा बन्न सक्ने सम्भावित गठबन्धनको संकेत जिल्ला र प्रदेश अधिवेशनले देखाएको छ।  

राजनीतिक विश्लेषक डा. विष्णु दाहाल महाधिवेशनमा देउवा-सिटौला समीकरण बन्ने सम्भावना बढ्दै गएको बताउँछन्। ‘पावर सेयरिङ’ गर्ने सर्तमा सिटौलाले देउवालाई समर्थन गर्ने सम्भावना बलियो बन्दै गएको उनको भनाइ छ।

‘अहिले जस्तो परिदृश्य देखिएको छ, जे भइरहेको छ। त्यसले महाधिवेशनमा बन्ने समीकरणको संकेत गर्छ,’ विश्लेषक दाहाल भन्छन्, ‘देउवा सभापति बन्ने, प्रधानमन्त्री हुँदै हुनुहुन्छ। आगामी निर्वाचनपछि पनि प्रधानमन्त्री बन्ने र सिटौलालाई कार्यबाहक दिने गरी उहाँहरुका बीचमा सहमति हुन सक्छ। यसमा महामन्त्री डा. शशांक कोइराला पनि जोडिन सक्नुहुन्छ।’ यद्यपि राजनीतिमा 'यसै हुन्छ भनेर ठोकुवा गर्न चाहिँ गाह्रो हुने' उनको भनाइ छ।

के भन्छन् दुवै समूहका नेता?

१४औं महाधिवेशनमा सभापतिमा प्रतिस्पर्धा गरेर तेस्रो भएका सिटौला १४औं महाधिवेशनमा के गर्लान्? उनी आफैंले प्रष्ट पारिसकेका छैनन्। केही महिनाअघि गौशालामा सम्पर्क कार्यालय खोलेर आफू पुनः सभापतिमा उठ्ने बताएका थिए। पछिल्लो पटक उनले आफ्नो तयारीका बारेमा सार्वजनिक अभिव्यक्ति दिएका छैनन्। तर, १३औं महाधिवेशनमा उनलाई साथ दिएका प्रभावशाली नेताले साथ छोडेको अवस्थामा उनले जोखिम मोल्ने सम्भावना कम छ। 

‘संस्थापन इतर समूह आफैं बलियो छ क्यारे। त्यसैले कमजोरसँग नै मिल्नुपर्‍यो नि,’ उनले व्यंग्य मिश्रित भावमा ती नेताले भने। 

१३औं महाधिवेशनमा सिटौलाको समूहबाट महामन्त्रीमा प्रतिस्पर्धा गरेका नेता गगन थापा अहिले वरिष्ठ नेता रामचन्द्र पौडेल नेतृत्वको संस्थापन इतर समूहमा क्रियाशील छन्। नेता थापाले सिंहसँग मिलेर काठमाडौंमा देउवा-सिटौला समूहसँग प्रतिस्पर्धामा उत्रिए। यस्तै महामन्त्रीमा उम्मेदवारी दिने तयारी गरेका नेता प्रदीप पौडेलले पनि आफ्नो कित्ता प्रष्ट पारिसकेका छैनन्। १४औं महाधिवेशनमा पौडेल सिटौलासँगै रहन्छन् वा रहँदैनन्, त्यसको टुंगो लागिसकेको छैन।  

‘कृष्ण दाइ सबै परिस्थितिको मूल्यांकन गरेर अघि बढ्नु हुनेछ। अहिलेसम्म हामीलाई उहाँले आफैं उम्मेदवार हुन्छु भन्नुभएको छ। तर, पछिल्लो समय यस विषयमा कुरा हुन पाएको छैन,’ सिटौला निकट अर्का एक नेता भन्छन्, ‘अब प्रदेश अधिवेशन सकिएपछि यस विषयमा कुरा होला।’ ती नेताले अनुसार अहिले आवश्यकताका सिद्धान्तका आधारमा देउवासँग समीकरण बनेको बताए। 

‘अहिले आवश्यकता अनुसार मिलेका हौं। भोलिका बारेमा अहिल्यै भन्न सक्ने अवस्था छैन,’ उनी भन्छन्। संस्थापन इतर समूहसँग सहकार्य हुन सक्ने सम्भावना भने नरहेको उनले सुनाए। ‘संस्थापन इतर समूह आफैं बलियो छ क्यारे। त्यसैले कमजोरसँग नै मिल्नुपर्‍यो नि,’ उनले व्यंग्य मिश्रित भावमा भने। 

देउवा निकट नेताहरु भने अन्य समूहका नेताहरुलाई तान्ने प्रयास गरिने बताउँछन्। तर, अहिले नै धेरै कुरा अघि बढिनसकेको उनीहरुको भनाइ छ। ‘अन्य समूहका नेता तान्ने प्रयास हुनेनै छ। तर, अहिले नै यसै भन्न सकिने अवस्था छैन,’ देउवा निकट एक नेता भन्छन्, ‘सिटौला दाइसँग भइरहेको समीकरणले निरन्तरता पाउने सम्भावना पनि छ। तर, धेरै कुरा अघि बढिसकेको छैन।’ 

देउवा-सिटौला सहकार्यका शृंखला

१३औं महाधिवेशन अघिसम्म सिटौला तत्कालीन संस्थापन समूहमा थिए। १२औं महाधिवेशन पछि तत्कालीन सभापति सुशील कोइरालाले सिटौलालाई महामन्त्रीमा मनोनित गरेका थिए। तर, १३औं महाधिवेशनको मुखमै कोइरालाको निधन भयो। कोइरालाको निधनपछि तत्कालीन संस्थापन समूहमा सर्वमान्य नेतृत्व रहेन। जसका कारण संस्थापन समूह फुट्न पुग्यो। तत्कालीन संस्थापन समूह फुटाएका थिए उनै सिटौलाले। २०७२ फागुन १९ गते बत्तीसपुतलीमा सिटौलाले छुट्टै समूहको घोषणा गरेका थिए। जसलाई कांग्रेभित्र ‘तेस्रो धार’ भनियो। 

उनले तेस्रो धारको नेतृत्व मात्रै गरेनन्, सभापतिमा प्रतिस्पर्धामा समेत उत्रिए। सिटौलाको प्रतिस्पर्धाले नयाँ गुटको जन्म हुनुअघि एउटै समूहमा क्रियाशील तत्कालीन कार्यवाहक सभापति पौडेललाई ठूलो धक्कासमेत लाग्यो। 

पहिलो चरणको मतदानमा देउवाले १ हजार ५६४, पौडेलले १ हजार १६० र सिटौलाले ३२४ मत ल्याएका थिए। कांग्रेसको विधानअनुसार पहिलो चरणमा कसैको पनि बहुमत पुगेन र दोस्रो चरणमा मतदान भयो। पहिलो चरणबाटै प्रतिस्पर्धाबाट बाहिर पुगेका सिटौलाले पौडेललाई साथ दिएनन्। दोस्रो चरणमा सिटैलाको साथ देउवालाई रह्यो। दोस्रो चरणमा देउवा १ हजार ८२२ मत ल्याएर सभापतिमा निर्वाचित हुँदा पौडेलले १ हजार २९६ मत ल्याए।  

देउवा, पौडेल र सिटौला (बायाँबाट क्रमशः)।

१३औं महाधिवेशनपछि नै सिटौला पौडेलसँग भन्दा देउवासँग नजिक छन्। त्यसयता भएका भातृसंस्थाको महाधिवेशनमा पनि देउवा–सिटौला मिलरै अघि बढेका छन्। २०७३ मा भएको नेपाल विद्यार्थी संघको महाधिवेशनमा देउवा-सिटौलाको समीकरण बनेको थियो। उक्त महाधिवेशनबाट नेविसंघको अध्यक्षमा देउवा पक्षका नैनसिंह महर निर्वाचित हुँदा सिटौला पक्षका कुन्दन काफ्ले महामन्त्रीमा निर्वाचित भएका थिए। नेविसंघमा देउवा-सिटौला गठबन्धनले बहुमत पदाधिकारी जितेको थियो। 

१३औं महाधिवेशन, नेविसंघ र महिलासंघको महाधिवेशन होस् वा शिक्षक संघ र ट्रेड युनियन कांग्रेसको महाधिवेशन नै किन नहोस्, सिटौला जता मिले उतै सफलता प्राप्त भयो। 

त्यसो त २०७३ सालमै भएको महिला संघको महाधिवेशनमा पनि देउवा-सिटौला मिलेरै अघि बढेका थिए। महिला संघमा देउवा–सिटौला गठबन्धनले ‘क्लिन स्विप’ गरेको थियो। 

केन्द्रीय सदस्य मनोनित गर्ने सन्दर्भमा होस् वा विभाग गठन गर्ने विषयमा पनि देउवा–सिटौला एकै ठाउँमा थिए। देउवाले केन्द्रीय सदस्य मनोनित गर्दा सिटौला निकट शिव हुमागाईंलाई केन्द्रीय सदस्य र सुधीर शिवाकोटीलगायतका नेतालाई आमन्त्रित केन्द्रीय सदस्य बनाएका थिए। पछि नेविसंघको तदर्थ समिति बनाउँदा पनि सिटौलाले राम्रै भाग पाए।

तर, २०७४ सालको निर्वाचनमा भने देउवा–सिटौला सम्बन्ध चिसिएको थियो। देउवाले सिटौलालाई समानुपातिक सांसद हुन गरेको आग्रहलाई सिटौलाले अस्वीकार गरेका थिए। सिटौला समानुपातिक सूचीमा बस्दा झापामा राप्रपासँग गठबन्धन गर्ने योजना देउवाको थियो। तर, सिटौला आफैं चुनाव लड्ने भन्दै झापातिर लागे। एमालेले झापा-३ मा राप्रपालाई सघाउने निर्णय गर्‍यो। एमालेको समर्थन पाएका राप्रपाका राजेन्द्र लिङ्देनसँग सिटौला पराजित हुन पुगेका थिए। 

०७४ फागुनमा भएको संसदीय दलको निर्वाचनमा भने सिटौला समूह विभाजित देखियो। गगन थापाले प्रकाशमान सिंहलाई मतदान गर्दा भीमसेनदास प्रधानलगायतका नेताले देउवालाई मत दिएका थिए। 

०७४ पछि भएका नेपाल शिक्षक संघ र ट्रेड युनियन कांग्रेसमा सिटौला संस्थापन इतर समूहसँग मिलेका थिए। १३औं महाधिवेशन, नेविसंघ र महिलासंघको महाधिवेशन होस् वा शिक्षक संघ र ट्रेड युनियन कांग्रेसको महाधिवेशन नै किन नहोस्, सिटौला जता मिले उतै सफलता प्राप्त भयो। 

‘संकट मोचक’ सिटौला! 

पछिल्लो समय महाधिवेशनको मिति नजिकिए पनि क्रियाशील सदस्यता विवाद झन् बढी चर्किँदै गएको थियो। यस्तो बेला देउवाले सिटौलालाई मिलाउने जिम्मेवारी दिएका थिए। केन्द्रीय क्रियाशील सदस्यता छानबिन समितिले टुंग्याउन नसकेको विषयमा सैद्धान्तिक सहमति जुटाउने काम उनै सिटौलाले गरेका थिए। 

कृष्णप्रसाद सिटौला।

पार्टीको आन्तरिक संकटबाहेक राष्ट्रिय राजनीतिका जटिल संकटको पनि सिटौलाले हल खोजेका छन्। त्यसैले त उनलाई कांग्रेसवृत्तमा ‘संकट मोचक’ नेताका रुपमा हेर्नेहरू पनि छन्। कुनै पनि विषयमा प्रष्ट तर्क राख्न सक्ने, समन्वयकारी र असहमत पक्षलाई पनि सहमत गराउन सक्ने क्षमता सिटौलामा भएको चर्चा गरिन्छ। 

गृहमन्त्रीको हैसियतमा राजा ज्ञानेन्द्रसँग वार्ता गरेर उनै सिटौलाले नारायणहिटी खाली गराएका थिए। सिटौलाले शान्ति प्रक्रियादेखि संविधान निर्माणसम्म महत्वपूर्ण भूमिका निर्वाह गरेका छन्। उनले गिरिजाप्रसाद र पुष्पकमल दाहालबीचको मध्यस्थकर्ताको भूमिका मात्रै निर्वाह गरेनन्, सुशील कोइरालाको नेतृत्वमा बनेको संविधानको मस्यौदा लेख्ने काम पनि उनैले गरे। यसअघि अन्तरिम संविधानको मस्यौदा तयार गर्दा पनि सक्रिय भूमिका खेलेका थिए।

यो पनि


प्रकाशित: December 3, 2021 | 16:36:05 काठमाडौं, शुक्रबार, मंसिर १७, २०७८
तीर्थराज बस्नेत

तीर्थराज बस्नेत

काठमाडौं, शुक्रबार, मंसिर १७, २०७८

थप समाचार

प्रधानन्यायाधीशलाई कारबाही माग गरिएको रिट दरपीठ

प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरामाथि छानबिन गरी कारबाही गर्न परमादेश माग गरिएको रिटलाई सर्वोच्च अदालतले दरपीठ (दर्ता गर्न अस्वीकार) गरेको छ।

ओमिक्रोन तेस्रो लहर रोकथाम तथा नियन्त्रणसम्बन्धी आदेश, २०७८ जारी

सरकारले नेपाल सरकार, प्रदेश र स्थानीय तहबीच प्राकृतिक स्रोतको रोयल्टी बाँडफाँट पनि स्वीकृत गरेको सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए।

चुच्चे नक्सामा बढ्यो भारतको हैकम, कूटनीतिक पहलमा यसरी पन्छियो सरकार

'सरकारको प्रवक्ताले बोल्ने त एउटा कुरा भयो, अर्को परराष्ट्र मन्त्रालयले कूटनीतिक नोट पठाउनुपर्थ्यो। अर्को कुरा भारतीय दूतावासले विज्ञप्ति निकालेपछि दिल्लीस्थित नेपालको दूतावासले विज्ञप्ति निकाल्नुपर्थ्यो।'

लिपुलेकमा सडक विस्तारबारे कांग्रेसपछि सरकार पनि बोल्यो

सरकारले महाकाली नदीपूर्वका लिम्पियाधुरा, लिपुलेक र कालापानी नेपालकै भएको स्पष्ट पारेको छ।

प्रतिनिधिसभाको बैठक १६ गतेलाई सारियो

प्रतिनिधिसभाको बैठक माघ १६ गतेलाई सारिएको छ।

सोमबारका लागि डाकिएको राष्ट्रियसभा बैठक स्थगित

राष्ट्रियसभाको माघ ३ गते सोमबार दिउँसो १ बजे तय भएको बैठक पुनः स्थगित भएको छ।

ट्रेंडिंग

नेपाल समय
राजनीति

गगन र विश्वप्रकाशः संघर्ष कि सहकार्य?

यसअघि प्रश्न गर्ने ठाउँमा रहेका उनीहरु अब उत्तर दिने ठाउँमा आइपुगेका छन्। त्यसकारण अबको चार वर्ष उनीहरुको अग्निपरीक्षा हुनेछ।
नेपाल समय
शिक्षा

आयोगको परीक्षामा उमेर हद हटाउन राहत शिक्षकको माग

नेपाल राहत शिक्षक केन्द्रीय कार्यसमितिले शिक्षक सेवा आयोगले खुलाएको विज्ञापनमा राहत शिक्षकका लागि उमेरहद हटाउन माग गरेका छन्।
नेपाल समय
समाज

भत्क्यो मण्डला : त्यो घर जहाँबाट दयाहाङ 'स्टार' बने

‘कला र सिर्जनामा सिंगो शक्ति खर्चिएका थियौं। कलाकारको सपनामात्रै होइन मण्डलासँग जोडिएको इतिहास पनि भत्केझैं लाग्छ।’
नेपाल समय
संवाद

एमसीसीमा परराष्ट्रलाई बाइपास गरियो, नेताहरूले नै जनतालाई भ्रमित पारे : प्रा.डा. खड्ग केसी [अन्तर्वार्ता]

एमसीसीमा परराष्ट्र मन्त्रालयलाई बाइपास गरिएको छ भनेपछि कति गैरजिम्मेवार रुपमा यसलाई अघि बढाइएको होला त? एमसीसी हस्ताक्षर हुने समयमा परराष्ट्रलाई सोध्‍नु पर्दैन? अर्थ मन्त्रालयमा मात्रै त्यो विज्ञता थियो?
नेपाल समय
श्रृंखला

पेन्सनपट्टासँगै विगत बन्यो सैनिक हिरासतमा मैले पाएको यातनाको कथा [भिडियोसहित]

नेपाल समयले उनका विषयमा ‘गनले अन्याय, गनले न्याय’ शीर्षकमा श्रृंखलाबद्ध रिपोर्टिङ गरेको थियो। लवकुमार गुरुङले जागिर छाडेपछि हाम्रा सहकर्मी अनिल यादवसँग सुनाएको आफ्नो यातनाको कथा जस्ताको तस्तैः

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६

सम्पर्क

House -138, Suruchi Marg, New Baneshwor, Kathmandu, Nepal
फोन : +977-1-4790242 / +977-1-4790040
इमेल : info@nepalsamaya.com nepalsamayanews@gmail.com
  • प्रबन्ध निर्देशक
    तरुणप्रताप शाह
  • सम्पादकीय निर्देशक
    मुमाराम खनाल
  • प्रधान सम्पादक
    नारायण अमृत
Copyright © 2022. Design & Development by Cn’C