शनिबार, मंसिर १८, २०७८

केपी ओली चितवन पुगे

नेपाल समय  |  काठमाडौं, बिहीबार, मंसिर ९, २०७८

नेपाल समय

नेपाल समय

बिहीबार, मंसिर ९, २०७८, काठमाडौं

नेपाल समय

काठमाडौं– एमाले अध्यक्ष केपी शर्मा ओली केहीबेर अघि चितवन पुगेका छन्। उनी दसौं महाधिवेशनको सिलसिलामा उनी चितवन पुगेका हुन्। एमाले महाधिवेशन भोलि शुक्रबार उद्घाटन हुँदैछ।

महाधिवेशन उद्घाटन स्थल नारायणी किनारामा बनाइएको छ भने प्रतिनिधिहरुको बसोबासका लागि सौराहका होटल बुक गरिएको छ। महाधिवेशनका लागि सबै तयारी पूरा भएको एमाले कार्यालय सचिव शेरबहादुर तामाङले जानकारी दिएका छन्।

एमाले चितवन जिल्ला अध्यक्ष पार्वती रावलकाअनुसार जिल्लाका विभिन्न स्थानमा स्वागतद्वार निर्माण, उद्घाटन सत्रको मञ्च निर्माण तथा बन्दसत्र हुने हल निर्माणसहित आवास व्यवस्थापनको सबै काम पूरा भएको हो। मंसिर १०मा उद्घाटन हुने महाधिवेशन स्थलमा मञ्च निर्माण, सेल्फी प्वाइन्ट निर्माण, गैँडाको मस्कट निर्माण सहितका सबै काम पूरा भएको जिल्ला अध्यक्ष रावलले बताइन्। 

महाधिवेशनलाई लक्षित गर्दै चितवनको सीमानाकाहरु मौवाखोला, मुग्लिन, पुलचोक तथा लोथरदेखि नै महाधिवेशनमा सहभागी हुने प्रतिनिधि तथा पाहुनालाई स्वागत गर्नेगरी स्वागतद्वार तथा पार्टीका झण्डाहरू राखिएको छ।
जिल्ला प्रवेश गर्ने विभिन्न नाका र जिल्लाका मुख्य राजमार्गमा ४५ भन्दा बढी स्वागतद्वार निर्माण गरिएको रावलले बताइन्। राजमार्गको दुवै छेउमा नेकपा एमाले र अनेरास्ववियुको झण्डा तथा ध्वजापताका राखिएको छ। एमाले महाधिवेशनका लागि चितवनका राजमार्ग तथा महाधिवेशन स्थल र बन्दसत्र हुने स्थानलाई सिँगारिएको छ। महाधिवेशनको उद्घटन सत्रमा चितवनबाट मात्रै एक लाख र देशभरीबाट पाँच लाख जनसहभागिता जनाउने गरी समन्वय भइरहेको नेकपा एमाले चितवनले जनाएको छ। 

महाधिवेशनका क्रममा जिल्लाका विभिन्न स्थानमा एमालेको ६० हजार भन्दा बढी झण्डा, विद्यार्थी संगठन अनेरास्ववियुको झण्डा, अखिल नेपाल महिला संघको झण्डा सहितका झण्डाहरू सडक किनारमा राखिएको प्रचार सहयोग समिति चितवनका संयोजक विजय सुवेदीले जानकारी दिए। 

महाधिवेशनलाई लक्षित गर्दै चितवनको सीमानाकाहरु मौवाखोला, मुग्लिन, पुलचोक तथा लोथरदेखि नै महाधिवेशनमा सहभागी हुने प्रतिनिधि तथा पाहुनालाई स्वागत गर्नेगरी स्वागतद्वार तथा पार्टीका झण्डाहरू राखिएको छ।

नेकपा एमालेको महाधिवेशनमा आउने प्रतिनिधि, स्वदेशी तथा विदेशी पाहुना गरी तीन हजार ५०० जनाका लागि आवस व्यवस्थापनको काम भएको आवास व्यवस्थापन समितिका संयोजक एवं संघीय सांसद कृष्णभक्त पोखरेलले बताए। महाधिवेशनका लागि विभिन्न जिल्लाबाट प्रतिनिधिहरु आउने क्रम सुरु भइसकेको छ।


प्रकाशित: November 25, 2021 | 13:38:11 काठमाडौं, बिहीबार, मंसिर ९, २०७८
नेपाल समय

नेपाल समय

नेपाल समय
काठमाडौं, बिहीबार, मंसिर ९, २०७८

थप समाचार

इलामका ९ पालिकामा माओवादी केन्द्रको सम्मेलन सम्पन्न

इलाममा नौवटा पालिकाको सम्मेलन सम्पन्न भएको माओवादी केन्द्रका कार्यालय सचिव प्रकाश परियारले जानकारी दिए।

एमाले वैचारिक कार्यदिशाबाट विचलित बन्यो : नारायणकाजी श्रेष्ठ

नेकपा माओवादी केन्द्रका नेता तथा पूर्व उपप्रधानमन्त्री नारायणकाजी श्रेष्ठले केपी सर्मा ओली कम्युनिस्टको वैचारिक कार्यदिशाबाट विचलित भएको बताएका छन्।

विचार शून्य भएपछि हिन्दुवादी बन्‍ने दलहरुको होड

'राजनीतिक दलहरु वैचारिक बहस रुचाउँदैनन्। त्यो दृश्य विभिन्‍न राजनीतिक दलहरुका कार्यक्रममा स्पष्ट देखिन्छ।'

शिक्षा शिक्षित हुनका लागि हो, डाक्टर लेख्न होइन : ओली

नेकपा एमाले निकट नेपाल राष्ट्रिय शिक्षक संगठनको १२औँ जिल्ला अधिवेशनमा बोल्दै अध्यक्ष ओलीले शिक्षकको ध्यान व्यवहारिक शिक्षामा हुनुपर्ने र यसबाट नै देशको भविष्यका कर्णाधार निर्माण हुने बताए।

लिङ्देन समूहबाट भोट माग्न थाले विक्रम पाण्डे

दुवै समूहले वरिष्ठ उपाध्यक्षमा विक्रम पाण्डेको नाम उल्लेख गर्दै आएको भए पनि अन्तिममा पाण्डेले लिङ्देन समूहमा रहेको खुल्दै भोट माग्न थालेका छन्।

देउवा-सिटौला सहकार्य महाधिवेशनमा कति सम्भव?

सिटौला पक्षीय नेता भीमसेनदास प्रधानले यसअघि दिँदै आएका अभिव्यक्ति र तल्लो तहमा बनेका समीकरण आधार हुन्। प्रधानले आगामी महाधिवेशनपछि सिटौला कांग्रेसको कार्यवाहक सभापति हुने बताउँदै आएका छन्।

ट्रेंडिंग

नेपाल समय
प्रदेश न. २

प्रदेश २ : पौडेल पक्ष चुनावी दौडबाटै 'आउट', निधि र देउवा गुट प्रतिस्पर्धामा

देउवा गुटबाट उम्मेदवार खुलेपछि प्रदेश २ मा सभापति देउवा र उपसभापति निधिको बाटो फरक भएको थप स्पष्ट भएको छ। २ आकांक्षीले देउवा निकटका उम्मेदवारलाई समर्थन जनाएपछि उपसभापति निधिका उम्मेदवार रामसरोज एक्लिएका हुन्।
नेपाल समय
राजनीति

देउवा-सिटौला सहकार्य महाधिवेशनमा कति सम्भव?

सिटौला पक्षीय नेता भीमसेनदास प्रधानले यसअघि दिँदै आएका अभिव्यक्ति र तल्लो तहमा बनेका समीकरण आधार हुन्। प्रधानले आगामी महाधिवेशनपछि सिटौला कांग्रेसको कार्यवाहक सभापति हुने बताउँदै आएका छन्।
नेपाल समय
स्वास्थ्य/जीवनशैली

ओमिक्रोनको जोखिम : ९ देशबाट नेपाल आउन रोक

पछिल्लो समय कोरोना भाइरसको ओमिक्रोन भेरियन्ट देखिएपछि सरकारले सजगताका लागि ती देशबाट आउने यात्रुमाथि प्रतिबन्ध लगाएको हो।
नेपाल समय
राजनीति

लिङ्देनसँग लड्न यसकारण सजिलो छैन कमल थापालाई

कठिन परिस्थितिहरुमा सतिसाल जसरी थापाको पक्षमा उभिएका यिनै लिङ्देन अहिले थापासँग लड्दैछन्।
नेपाल समय
शिक्षा

आन्तरिक प्रतिस्पर्धाबाट स्थायी गर्ने निर्णय तत्काल खारेज गर्न विद्यार्थी संगठनको माग

त्रिभुवन विश्वविद्यालयका कुलपति तथा प्रधानमन्त्रीसमेतको त्रिवि सभा बैठकले गत मंगलबार १० वर्षदेखि करारमा कार्यरत प्राध्यापकलाई आन्तरिक प्रतिस्पर्धाबाट स्थायी गर्ने निर्णय गरेको थियो।

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६

सम्पर्क

House -138, Suruchi Marg, New Baneshwor, Kathmandu, Nepal
फोन : +977-1-4790242 / +977-1-4790040
इमेल : info@nepalsamaya.com nepalsamayanews@gmail.com
  • प्रबन्ध निर्देशक
    तरुणप्रताप शाह
  • सम्पादकीय निर्देशक
    मुमाराम खनाल
  • प्रधान सम्पादक
    नारायण अमृत
Copyright © 2021. Design & Development by Cn’C