शनिबार, मंसिर १८, २०७८

राप्रपाका तीन अध्यक्षलाई चुनौती दिने राजेन्द्र लिङ्देन को हुन्?

नेपाल समय  |  काठमाडौं, बिहीबार, मंसिर ९, २०७८

नेपाल समय

नेपाल समय

बिहीबार, मंसिर ९, २०७८, काठमाडौं

नेपाल समय

काठमाडौं– राप्रपाका तीन अध्यक्ष कमल थापा, पशुपतिशमशेर राणा र प्रकाशचन्द्र लोहनीलाई चुनौती दिँदै झापाका राजेन्द्र लिङ्देनले पार्टी अध्यक्ष पदमा उम्मेदवारी घोषणा गरेका छन्। आफूले राप्रपा जोगाउन अध्यक्ष पदमा लड्न लागेको भन्दै शीर्ष नेताहरुलाई राजनीतिबाट विश्राम लिन आग्रह गरेका छन्। हिन्दु राष्ट्र र राजसंस्थाका पक्षमा आवाज उठाउन पनि आफूले उम्मेदवारी दिएको उनको भनाइ छ।

वडाध्यक्षदेखि महामन्त्रीसम्म

राजेन्द्र लिङदेनको जन्म २०२२ भदौ २२ गते ताप्लेजुङको ढुंगेसाँघुमा भएको हो। राजनीतिशास्त्र र इतिहासमा स्नातकोत्तर लिङ्देनले २०३९ सालदेखि राजनीतिक यात्रा थालेका हुन्। उनी राप्रपाको विद्यार्थी संगठन ‘राष्ट्रिय प्रजातान्त्रिक विद्यार्थी संगठन’को संस्थापक अध्यक्षसमेत हुन्। लिङदेनले २०४९ र २०५४ सालको चुनावमा झापाको गोलधापमा वडाध्यक्ष विजयी भएका थिए।

यस्तै उनी २०६० सालमा जिल्ला विकास समिति झापाको सभापतिमा बनेका थिए। २०५६ सालको संसदीय चुनावमा झापा क्षेत्र नं ३ मा लडेका उनी पराजित भएका थिए। २०७० सालको संविधानसभा निर्वाचनमा पनि उनी पराजित भएका थिए। त्यति बेला उनलाई नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलासँग पराजित भएका थिए। तर २०७४ सालको संघीय प्रतिनिधिसभा निर्वाचनमा लिङ्देनले झापा क्षेत्र नम्बर ३ मा कांग्रेसका प्रभावशाली नेता सिटौलालाई हराएका थिए। 

‘राजेन्द्र लिङ्देनहरूले यो कदम नउठाउने हो भने राप्रपा समाप्त हुन्छ। कमल थापा, पशुपतिशमशेर जबरा र प्रकाशचन्द्र लोहनीको पनि समाप्त हुन्छ। अनि कहाँको राजसंस्थाको पुनःस्थापना कहाँको हिन्दु राष्ट्र?’

२०६४ सालमा राप्रपा नेपालको केन्द्रीय सदस्य भएका लिङदेन २०७० सालमा राप्रपा नेपालको महामन्त्री भएका हुन्। सामान्य परिवारमा जन्मेर पञ्चायती राजनीति हुँदै बहुदल आएपछि राप्रपाको राजनीतिमा लागेका झापाली नेता लिङदेनले प्रत्यक्षतर्फको जित दिलाएर राप्रपा पार्टीको साख जोगाएका थिए। उनी संघीय प्रतिनिधिसभामा राप्रपाका एक मात्र सांसद हुन्। 

उनले पार्टीलाई बचाउन आफूले अध्यक्ष पदमा उम्मेदवारी दिएको बताए। उनले भने, मैले बाध्य भएर उम्मेदवारी दिएको हुँ।  राप्रपाको समाप्ति रोज्नुपर्ने कि बाध्यात्मक रूपमा अगाडि बढ्नुपर्ने विकल्पमध्ये दोस्रो विकल्प रोजेको हुँ।’ 

राजतन्त्र पुनःस्थापना र हिन्दुराष्ट्र स्थापनाको मुद्दाका लागि पनि आफूले पार्टी अध्यक्षमा उम्मेदवारी घोषणा गरेको उनको भनाइ छ। उनले भने, ‘राजेन्द्र लिङ्देनहरूले यो कदम नउठाउने हो भने राप्रपा समाप्त हुन्छ। कमल थापा, पशुपतिशमशेर जबरा र प्रकाशचन्द्र लोहनीको पनि समाप्त हुन्छ। अनि कहाँको राजसंस्थाको पुनःस्थापना कहाँको हिन्दु राष्ट्र?’ उनले नेतात्रयलाई अभिभावकीय भूमिकामा बस्न पनि आग्रह गरे।  थापा, जबरा र लोहनीविरुद्ध उठ्न कसैले आँट नगरिरहेको अवस्थामा लिङ्देन अघि बढेका हुन्। 



प्रकाशित: November 25, 2021 | 13:11:33 काठमाडौं, बिहीबार, मंसिर ९, २०७८
नेपाल समय

नेपाल समय

नेपाल समय
काठमाडौं, बिहीबार, मंसिर ९, २०७८

थप समाचार

इलामका ९ पालिकामा माओवादी केन्द्रको सम्मेलन सम्पन्न

इलाममा नौवटा पालिकाको सम्मेलन सम्पन्न भएको माओवादी केन्द्रका कार्यालय सचिव प्रकाश परियारले जानकारी दिए।

एमाले वैचारिक कार्यदिशाबाट विचलित बन्यो : नारायणकाजी श्रेष्ठ

नेकपा माओवादी केन्द्रका नेता तथा पूर्व उपप्रधानमन्त्री नारायणकाजी श्रेष्ठले केपी सर्मा ओली कम्युनिस्टको वैचारिक कार्यदिशाबाट विचलित भएको बताएका छन्।

विचार शून्य भएपछि हिन्दुवादी बन्‍ने दलहरुको होड

'राजनीतिक दलहरु वैचारिक बहस रुचाउँदैनन्। त्यो दृश्य विभिन्‍न राजनीतिक दलहरुका कार्यक्रममा स्पष्ट देखिन्छ।'

शिक्षा शिक्षित हुनका लागि हो, डाक्टर लेख्न होइन : ओली

नेकपा एमाले निकट नेपाल राष्ट्रिय शिक्षक संगठनको १२औँ जिल्ला अधिवेशनमा बोल्दै अध्यक्ष ओलीले शिक्षकको ध्यान व्यवहारिक शिक्षामा हुनुपर्ने र यसबाट नै देशको भविष्यका कर्णाधार निर्माण हुने बताए।

लिङ्देन समूहबाट भोट माग्न थाले विक्रम पाण्डे

दुवै समूहले वरिष्ठ उपाध्यक्षमा विक्रम पाण्डेको नाम उल्लेख गर्दै आएको भए पनि अन्तिममा पाण्डेले लिङ्देन समूहमा रहेको खुल्दै भोट माग्न थालेका छन्।

देउवा-सिटौला सहकार्य महाधिवेशनमा कति सम्भव?

सिटौला पक्षीय नेता भीमसेनदास प्रधानले यसअघि दिँदै आएका अभिव्यक्ति र तल्लो तहमा बनेका समीकरण आधार हुन्। प्रधानले आगामी महाधिवेशनपछि सिटौला कांग्रेसको कार्यवाहक सभापति हुने बताउँदै आएका छन्।

ट्रेंडिंग

नेपाल समय
प्रदेश न. २

प्रदेश २ : पौडेल पक्ष चुनावी दौडबाटै 'आउट', निधि र देउवा गुट प्रतिस्पर्धामा

देउवा गुटबाट उम्मेदवार खुलेपछि प्रदेश २ मा सभापति देउवा र उपसभापति निधिको बाटो फरक भएको थप स्पष्ट भएको छ। २ आकांक्षीले देउवा निकटका उम्मेदवारलाई समर्थन जनाएपछि उपसभापति निधिका उम्मेदवार रामसरोज एक्लिएका हुन्।
नेपाल समय
राजनीति

देउवा-सिटौला सहकार्य महाधिवेशनमा कति सम्भव?

सिटौला पक्षीय नेता भीमसेनदास प्रधानले यसअघि दिँदै आएका अभिव्यक्ति र तल्लो तहमा बनेका समीकरण आधार हुन्। प्रधानले आगामी महाधिवेशनपछि सिटौला कांग्रेसको कार्यवाहक सभापति हुने बताउँदै आएका छन्।
नेपाल समय
स्वास्थ्य/जीवनशैली

ओमिक्रोनको जोखिम : ९ देशबाट नेपाल आउन रोक

पछिल्लो समय कोरोना भाइरसको ओमिक्रोन भेरियन्ट देखिएपछि सरकारले सजगताका लागि ती देशबाट आउने यात्रुमाथि प्रतिबन्ध लगाएको हो।
नेपाल समय
राजनीति

लिङ्देनसँग लड्न यसकारण सजिलो छैन कमल थापालाई

कठिन परिस्थितिहरुमा सतिसाल जसरी थापाको पक्षमा उभिएका यिनै लिङ्देन अहिले थापासँग लड्दैछन्।
नेपाल समय
शिक्षा

आन्तरिक प्रतिस्पर्धाबाट स्थायी गर्ने निर्णय तत्काल खारेज गर्न विद्यार्थी संगठनको माग

त्रिभुवन विश्वविद्यालयका कुलपति तथा प्रधानमन्त्रीसमेतको त्रिवि सभा बैठकले गत मंगलबार १० वर्षदेखि करारमा कार्यरत प्राध्यापकलाई आन्तरिक प्रतिस्पर्धाबाट स्थायी गर्ने निर्णय गरेको थियो।

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६

सम्पर्क

House -138, Suruchi Marg, New Baneshwor, Kathmandu, Nepal
फोन : +977-1-4790242 / +977-1-4790040
इमेल : info@nepalsamaya.com nepalsamayanews@gmail.com
  • प्रबन्ध निर्देशक
    तरुणप्रताप शाह
  • सम्पादकीय निर्देशक
    मुमाराम खनाल
  • प्रधान सम्पादक
    नारायण अमृत
Copyright © 2021. Design & Development by Cn’C