शनिबार, मंसिर १८, २०७८

आफ्नो गृहजिल्लाको विकासबारे किन झुट बोल्छन् ओली ?

नेपाल समय  |  काठमाडौं, सोमबार, कार्तिक ८, २०७८

नेपाल समय

नेपाल समय

सोमबार, कार्तिक ८, २०७८, काठमाडौं

नेपाल समय
ओली।

झापा- पूर्वप्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली गृहजिल्ला झापा आउँदा विकासबारे सधैँ झुट बोल्छन्।गृहजिल्लाको विकासबारे अपडेट नभएर हुन सक्छ, उनले यस्तो बोलेको। प्रधानमन्त्री हुँदा होस् या प्रधानमन्त्रीबाट हटेपछि, उनी हुलाकी राजमार्गका बारेमा सधैँ चर्चा गर्छन्।

हुलाकी राजमार्ग बनिसकेको दाबी गर्छन्।सोमबार उनको निर्वाचन क्षेत्रअन्तर्गत गौरादहमा भएको एक कार्यक्रममा हुलाकी राजमार्गअन्तर्गत प्राविधिक त्रुटिका कारण रतुवामा पुल बन्न नसकेको बताए।उनले कहीँकहीँ वन क्षेत्र परेर समस्या भएको बताए।‘हुलाकी राजमार्ग बनिसक्यो।बीचमा रतुवाको एउटा पुलले गर्दा अड्किएको छ।त्यसका लागि पनि अहिले स्टिमेट भइरहेको छ।त्यो पनि छिट्टै हुन्छ,’ ओलीले भने, ‘बीचमा केही वन क्षेत्रले रोकिएको छ।त्यो पनि बनाउने प्रयास गर्छौं।दुई दशकदेखि कुरा मात्र भयो।बनेन।हुलाकी राजमार्ग आफैँ बनाउँछौँ भनेर छ वर्षअघि मैले भनेको थिएँ।केही ठाउँमा पूरा हुन बाँकी छ।त्यो पूरा गर्छौं ।’

तर, बाँकी ठाउँमा हुलाकी राजमार्ग बनेको उनको दाबी थियो।अवस्था भने त्यस्तो छैन।उनको यो प्रचार झुट हो।हुलाकी राजमार्गमा पर्ने झापा खण्ड गौरीगंजदेखि भद्रपुरसम्म बनेको छ।सडकको काम भएको छ।तर, दशकसम्म विभिन्न नदीमा पुल नबन्दा झापाभरि पनि हुलाकी राजमार्गबाट यात्रा गर्न सक्ने अवस्था छैन।

कतिपय पुल एमाले निकट ठेकेदारले ठेक्कामा लिएर अलपत्र पारेका छन्।केही पुल दशकपछि काम भइरहेको छ।तर, उनले भनेजस्तो रतुवामा मात्र हुलाकी राजमार्गमा अन्य आधा दर्जन पुलहरू अलपत्र छन्, जसका कारण स्थानीयको यात्रा जोखिमपूर्ण छ।बर्खामा ठूला नदीहरूमा पैसा तिरेर डुंगाबाट नदी पार गर्नुपर्ने बाध्यता छ।हिउँदमा पनि बाँसको पुलमा पैसा तिरेर यात्रा गर्नुपर्ने बाध्यता छ।

हुलाकी राजमार्गअन्तर्गत माई नदीमा पुल निर्माण सुरु गरेको एक दशक नाघ्यो।तर, अहिलेसम्म पुल निर्माण भएको छैन।३१ जेठ २०६८ मा पप्पु कन्स्ट्रक्सन र महादेव खिम्ती जेभीले यो पुल ठेक्का लिएका थिए।चार वर्षमा सक्ने गरी ३४ करोड रुपैयाँमा ठेक्का लिइएको यो पुलमा अहिले पिल्लरबाहेक अरू केही काम भएको छैन।

७२४ मिटर लम्बाइको पुल २०७२ जेठ मसान्तमा निर्माण सक्नुपर्ने थियो।तर, हालसम्म आधा मात्र काम भएको छ।यो पुलको ठेक्का निर्माण व्यवसायी महासंघका अध्यक्ष रवि सिंहले लिएका हुन्।यस्तै, अर्को ठूलो नदी बिरिङको हालत पनि उस्तै छ।एमाले अध्यक्ष ओली निकट निर्माण व्यवसायी मदन अधिकारीको मैनाचुली कन्स्ट्रक्सन र लामा कन्स्ट्रक्सनले ठेक्का लिएका हुन् ।

अधिकारी दमक नगरपालिकाकी उपप्रमुख गीता अधिकारीका श्रीमान् हुन्।३१९ मिटर लामो पुल निर्माण २०७३ सालमै निर्माण सम्पन्न गर्नुपर्ने हो।२०६८ वैशाखमा १५ करोड ५० लाख ५८ हजार रुपैयाँमा ठेक्का लागेको पुल अझै अलपत्र छ।यससँगै हुलाकी राजमार्गमा पर्ने किस्नी खोलाको पुल पनि अझैसम्म निर्माण सम्पन्न हुन सकेको छैन।यद्यपि, समय सकिए पनि यो पुलको निर्माण कार्य अहिले भने धमाधम भइरहेको छ।

यस्तै, गौरीगंजको रतुवा, लेहरा, कमल, भुत्नी खोलालगायत खोलाका पुल अलपत्र छन्।ओलीले भने रतुवा खोलाको मात्र समस्या देखे।रतुवा खोलामा बनेको पुल नदीको चौडाइभन्दा कम बनेपछि समस्या भएको हो।निर्माण सकिएको भनेर यो पुल ठेकेदार कम्पनीले जिम्मा लगाइसकेको छ।यद्यपि, पुल भने खोलाभन्दा सानो छ।

सोमबार पूर्वप्रधानमन्त्री ओलीले गौरीगंजमा दसैँ, तिहार, छठलगायत पर्वको उपलक्षमा भएको शुभकामना आदानप्रदान कार्यक्रममा भने, ‘चार्डपर्वले सबैलाई सद्बुद्धि देओस्।सबैले सही कुरा बोलून् ।’ तर, ओली आफैँले केहीबेरअघि गौरादहमा भएको एक कार्यक्रममा हुलाकी राजमार्गअन्तर्गत रतुवा पुल मात्र बन्न बाँकी रहेको भन्दै झुट बोले । -न्युज कारखाना



प्रकाशित: October 25, 2021 | 20:00:00 काठमाडौं, सोमबार, कार्तिक ८, २०७८
नेपाल समय

नेपाल समय

नेपाल समय
काठमाडौं, सोमबार, कार्तिक ८, २०७८

थप समाचार

इलामका ९ पालिकामा माओवादी केन्द्रको सम्मेलन सम्पन्न

इलाममा नौवटा पालिकाको सम्मेलन सम्पन्न भएको माओवादी केन्द्रका कार्यालय सचिव प्रकाश परियारले जानकारी दिए।

एमाले वैचारिक कार्यदिशाबाट विचलित बन्यो : नारायणकाजी श्रेष्ठ

नेकपा माओवादी केन्द्रका नेता तथा पूर्व उपप्रधानमन्त्री नारायणकाजी श्रेष्ठले केपी सर्मा ओली कम्युनिस्टको वैचारिक कार्यदिशाबाट विचलित भएको बताएका छन्।

विचार शून्य भएपछि हिन्दुवादी बन्‍ने दलहरुको होड

'राजनीतिक दलहरु वैचारिक बहस रुचाउँदैनन्। त्यो दृश्य विभिन्‍न राजनीतिक दलहरुका कार्यक्रममा स्पष्ट देखिन्छ।'

शिक्षा शिक्षित हुनका लागि हो, डाक्टर लेख्न होइन : ओली

नेकपा एमाले निकट नेपाल राष्ट्रिय शिक्षक संगठनको १२औँ जिल्ला अधिवेशनमा बोल्दै अध्यक्ष ओलीले शिक्षकको ध्यान व्यवहारिक शिक्षामा हुनुपर्ने र यसबाट नै देशको भविष्यका कर्णाधार निर्माण हुने बताए।

लिङ्देन समूहबाट भोट माग्न थाले विक्रम पाण्डे

दुवै समूहले वरिष्ठ उपाध्यक्षमा विक्रम पाण्डेको नाम उल्लेख गर्दै आएको भए पनि अन्तिममा पाण्डेले लिङ्देन समूहमा रहेको खुल्दै भोट माग्न थालेका छन्।

देउवा-सिटौला सहकार्य महाधिवेशनमा कति सम्भव?

सिटौला पक्षीय नेता भीमसेनदास प्रधानले यसअघि दिँदै आएका अभिव्यक्ति र तल्लो तहमा बनेका समीकरण आधार हुन्। प्रधानले आगामी महाधिवेशनपछि सिटौला कांग्रेसको कार्यवाहक सभापति हुने बताउँदै आएका छन्।

ट्रेंडिंग

नेपाल समय
प्रदेश न. २

प्रदेश २ : पौडेल पक्ष चुनावी दौडबाटै 'आउट', निधि र देउवा गुट प्रतिस्पर्धामा

देउवा गुटबाट उम्मेदवार खुलेपछि प्रदेश २ मा सभापति देउवा र उपसभापति निधिको बाटो फरक भएको थप स्पष्ट भएको छ। २ आकांक्षीले देउवा निकटका उम्मेदवारलाई समर्थन जनाएपछि उपसभापति निधिका उम्मेदवार रामसरोज एक्लिएका हुन्।
नेपाल समय
राजनीति

देउवा-सिटौला सहकार्य महाधिवेशनमा कति सम्भव?

सिटौला पक्षीय नेता भीमसेनदास प्रधानले यसअघि दिँदै आएका अभिव्यक्ति र तल्लो तहमा बनेका समीकरण आधार हुन्। प्रधानले आगामी महाधिवेशनपछि सिटौला कांग्रेसको कार्यवाहक सभापति हुने बताउँदै आएका छन्।
नेपाल समय
स्वास्थ्य/जीवनशैली

ओमिक्रोनको जोखिम : ९ देशबाट नेपाल आउन रोक

पछिल्लो समय कोरोना भाइरसको ओमिक्रोन भेरियन्ट देखिएपछि सरकारले सजगताका लागि ती देशबाट आउने यात्रुमाथि प्रतिबन्ध लगाएको हो।
नेपाल समय
राजनीति

लिङ्देनसँग लड्न यसकारण सजिलो छैन कमल थापालाई

कठिन परिस्थितिहरुमा सतिसाल जसरी थापाको पक्षमा उभिएका यिनै लिङ्देन अहिले थापासँग लड्दैछन्।
नेपाल समय
शिक्षा

आन्तरिक प्रतिस्पर्धाबाट स्थायी गर्ने निर्णय तत्काल खारेज गर्न विद्यार्थी संगठनको माग

त्रिभुवन विश्वविद्यालयका कुलपति तथा प्रधानमन्त्रीसमेतको त्रिवि सभा बैठकले गत मंगलबार १० वर्षदेखि करारमा कार्यरत प्राध्यापकलाई आन्तरिक प्रतिस्पर्धाबाट स्थायी गर्ने निर्णय गरेको थियो।

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६

सम्पर्क

House -138, Suruchi Marg, New Baneshwor, Kathmandu, Nepal
फोन : +977-1-4790242 / +977-1-4790040
इमेल : info@nepalsamaya.com nepalsamayanews@gmail.com
  • प्रबन्ध निर्देशक
    तरुणप्रताप शाह
  • सम्पादकीय निर्देशक
    मुमाराम खनाल
  • प्रधान सम्पादक
    नारायण अमृत
Copyright © 2021. Design & Development by Cn’C