शनिबार, मंसिर १८, २०७८

मुख्यमन्त्री आचार्य, जसले संविधान मिचेर १६ दिन सत्ता लम्ब्याए

नेपाल समय  |  काठमाडौं, आइतबार, कार्तिक ७, २०७८

नेपाल समय

नेपाल समय

आइतबार, कार्तिक ७, २०७८, काठमाडौं

नेपाल समय

झापा- एमाले सचिव भीम आचार्य तत्कालीन प्रधानमन्त्री केपी ओलीले दुईपटकसम्म संसद् विघटन गर्दा प्रतिगमन भयो भन्दै आन्दोलनको अग्रपंक्तिमा थिए। ओलीले सत्ता लम्ब्याउन संविधान मिचेको आरोप लगाउँदै प्रदेश १ मा आन्दोलनको नेतृत्व पनि गरे।

पार्टीभित्रको समस्याका कारण गत ९ भदौमा एमाले विभाजन भयो। ओलीइतर समूहमा रहेका आचार्य पार्टी विभाजनको पक्षमा लागेनन्। उनी एमालेमै रहे। त्यसको उपहारस्वरूप उनले प्रदेश १ को मुख्यमन्त्री पाए। 

१० भदौमा उनले मुख्यमन्त्रीको रूपमा सपथ लिए। एमाले फुटेर बनेको नेकपा (एकीकृत समाजवादी) रोज्न प्रदेश १ का सांसदलाई २२ भदौको समय दिइयो। त्यो समयमा १० जना एमाले सांसदले नेकपा (एस) रोजे। एमालेका ५१ सांसदमध्ये १० जनाले नेकपा (एस) रोजेपछि मुख्यमन्त्री आचार्य अल्पमतमा परे।

९२ सांसद रहेको प्रदेश १ मा बहुमतका लागि ४७ सांसद चाहिन्छ। कांग्रेस २१, माओवादी १५,नेकपा (एस) १०, जसपा ३ र संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च एक गरी ५० जना सांसद विपक्षी गठबन्धनमा छन्। 

एमाले फुटेपछि संविधानअनुसार मुख्यमन्त्री आचार्यले दल फुटेको एक महिनाभित्र संसद्मा विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्था छ। दल फुटेको दिनलाई सत्ता पक्ष र विपक्षीले छुट्टाछुट्टै लिँदै आएका छन्।

विपक्षी गठबन्धनले एमाले फुटेको ९ भदौलाई आधिकारिक मानेर ८ असोजमा विश्वासको मत लिनुपर्ने धारणा राख्दै आएको छ भने सत्ता गठबन्धनले प्रदेश सांसदलाई निर्वाचन आयोगले प्रमाण पत्र दिएको दिन अर्थात २२ भदौलाई मान्दै आएका छन्। ‘पार्टी वडामा फुट्दैन। पार्टी त केन्द्रमै फुट्छ,’ नेकपा (एस) संसदीय दलका नेता राजेन्द्र राई भन्छन्, ‘त्यसकारण संविधानअनुसार मुख्यमन्त्रीले ८ असोजमै विश्वासको मत लिनुपर्ने थियो।’

२२ भदौलाई प्रदेशमा दल फुटेको मिति मान्ने हो भने पनि मुख्यमन्त्री आचार्यले २२ असोजसम्म विश्वासको मत लिनुपर्ने थियो। उक्त मितिमा संसद् बैठक बोलाए पनि मुख्यमन्त्री आचार्यले विश्वासको मत भने लिएनन्। गत शुक्रबार संसद्मा विश्वासको मत लिने प्रस्ताव टेबुल भएको छ। आइतबार दिनको १२ः३० बजे बस्ने संसद् बैठकमा मत दान प्रक्रिया हुने प्रदेशसभाले जनाएको छ। 

तर, ओलीले संविधान मिचेर सत्ता लब्म्याएको भन्दै आन्दोलनको अग्रपंक्तिमा उभिने मुख्यमन्त्री आचार्यले संविधान मिचेर १६ दिन सत्ता लम्ब्याएका छन्। ‘सत्ता लिप्सा’का कारण मुख्यमन्त्री आचार्यले सत्ता लम्ब्याएको विपक्षी गठबन्धनको ठहर छ।

‘हिजो ओलीले प्रतिगमन गर्दा प्रदेश १ मा भीम आचार्यलाई मुख्यमन्त्रीको प्रस्ताव गर्ने मै हुँ। मुख्यमन्त्री बन्ने लोभमा उहाँले सबै कुरा छाडेर जानुभयो। हिजोको उहाँको अन्दोलन निष्ठा, आदर्श र लोकतन्त्रका निम्ति नभई पदीय बार्गेनिङका निम्ति रहेछ। उहाँ पनि सत्तालिप्साले सत्तामा लम्ब्याउन लाग्नुभयो। आखिर सत्तकै लागि त उहाँले यो गर्नुभएको रहेछ,’ माओवादी संसदीय दलका नेता इन्द्र आङ्बोले भने, ‘चरम सत्ता लिप्साका कारण संविधान र संसद् नियमावली नै उहाँले मिच्नुभयो। दुई दिन भए पनि बढी टिकौं भन्ने देखियो।’ 

मुख्यमन्त्री आचार्यले यो बीचमा विभिन्न राजनीतिक नियुक्ति गरेका छन्। कार्यकर्तालाई नियुक्ति गर्न, एकमुष्ट रहेको सरकारी बजेट कार्यकर्ता लक्षित बाँडफाँड गर्न सत्ता लम्ब्याएको उनले बताए। तर, आउँदो सरकारले राजनीतिक नियुक्ति खारेज गर्ने आङ्बोको दाबी छ। ‘अल्पमतमा परेपछि भएको नियुक्त भोलिको सरकारले जिम्मेवारी लिँदैन। नियुक्ति खारेज गर्छ,’ उनले भने, ‘यो सरकारले विश्वासको मत नपाउने निश्चित छ। गठबन्धनको सरकार बन्छ।’

एमालेले भने दसैंका बिदाका कारण समयमा विश्वासको मत लिन नसकिएको बताएको छ। ‘२५ असोजमा प्रस्ताव पेस गरेर २९ असोजमा विश्वासको मत लिनुपर्ने थियो। तर, दसैं बिदाका कारण सकिएन,’ एमाले सांसद तथा पूर्वमन्त्री हिकमत कार्कीले भने, ‘यसमा हाम्रो कुनै इन्ट्रेस्ट छैन।’ उनले एमाले नेतृत्वको सरकारले अहिलेसम्म गरेको काम संसद्मा राखेर विश्वासको मत माग्ने बताए। विश्वासको मत नपाए त्यहीअनुसार रणनीति बनाएर एमाले अघि बढ्ने कार्कीको भनाइ छ।

- न्युज कारखाना


प्रकाशित: October 24, 2021 | 11:56:46 काठमाडौं, आइतबार, कार्तिक ७, २०७८
नेपाल समय

नेपाल समय

नेपाल समय
काठमाडौं, आइतबार, कार्तिक ७, २०७८

थप समाचार

इलामका ९ पालिकामा माओवादी केन्द्रको सम्मेलन सम्पन्न

इलाममा नौवटा पालिकाको सम्मेलन सम्पन्न भएको माओवादी केन्द्रका कार्यालय सचिव प्रकाश परियारले जानकारी दिए।

एमाले वैचारिक कार्यदिशाबाट विचलित बन्यो : नारायणकाजी श्रेष्ठ

नेकपा माओवादी केन्द्रका नेता तथा पूर्व उपप्रधानमन्त्री नारायणकाजी श्रेष्ठले केपी सर्मा ओली कम्युनिस्टको वैचारिक कार्यदिशाबाट विचलित भएको बताएका छन्।

विचार शून्य भएपछि हिन्दुवादी बन्‍ने दलहरुको होड

'राजनीतिक दलहरु वैचारिक बहस रुचाउँदैनन्। त्यो दृश्य विभिन्‍न राजनीतिक दलहरुका कार्यक्रममा स्पष्ट देखिन्छ।'

शिक्षा शिक्षित हुनका लागि हो, डाक्टर लेख्न होइन : ओली

नेकपा एमाले निकट नेपाल राष्ट्रिय शिक्षक संगठनको १२औँ जिल्ला अधिवेशनमा बोल्दै अध्यक्ष ओलीले शिक्षकको ध्यान व्यवहारिक शिक्षामा हुनुपर्ने र यसबाट नै देशको भविष्यका कर्णाधार निर्माण हुने बताए।

लिङ्देन समूहबाट भोट माग्न थाले विक्रम पाण्डे

दुवै समूहले वरिष्ठ उपाध्यक्षमा विक्रम पाण्डेको नाम उल्लेख गर्दै आएको भए पनि अन्तिममा पाण्डेले लिङ्देन समूहमा रहेको खुल्दै भोट माग्न थालेका छन्।

देउवा-सिटौला सहकार्य महाधिवेशनमा कति सम्भव?

सिटौला पक्षीय नेता भीमसेनदास प्रधानले यसअघि दिँदै आएका अभिव्यक्ति र तल्लो तहमा बनेका समीकरण आधार हुन्। प्रधानले आगामी महाधिवेशनपछि सिटौला कांग्रेसको कार्यवाहक सभापति हुने बताउँदै आएका छन्।

ट्रेंडिंग

नेपाल समय
प्रदेश न. २

प्रदेश २ : पौडेल पक्ष चुनावी दौडबाटै 'आउट', निधि र देउवा गुट प्रतिस्पर्धामा

देउवा गुटबाट उम्मेदवार खुलेपछि प्रदेश २ मा सभापति देउवा र उपसभापति निधिको बाटो फरक भएको थप स्पष्ट भएको छ। २ आकांक्षीले देउवा निकटका उम्मेदवारलाई समर्थन जनाएपछि उपसभापति निधिका उम्मेदवार रामसरोज एक्लिएका हुन्।
नेपाल समय
राजनीति

देउवा-सिटौला सहकार्य महाधिवेशनमा कति सम्भव?

सिटौला पक्षीय नेता भीमसेनदास प्रधानले यसअघि दिँदै आएका अभिव्यक्ति र तल्लो तहमा बनेका समीकरण आधार हुन्। प्रधानले आगामी महाधिवेशनपछि सिटौला कांग्रेसको कार्यवाहक सभापति हुने बताउँदै आएका छन्।
नेपाल समय
स्वास्थ्य/जीवनशैली

ओमिक्रोनको जोखिम : ९ देशबाट नेपाल आउन रोक

पछिल्लो समय कोरोना भाइरसको ओमिक्रोन भेरियन्ट देखिएपछि सरकारले सजगताका लागि ती देशबाट आउने यात्रुमाथि प्रतिबन्ध लगाएको हो।
नेपाल समय
राजनीति

लिङ्देनसँग लड्न यसकारण सजिलो छैन कमल थापालाई

कठिन परिस्थितिहरुमा सतिसाल जसरी थापाको पक्षमा उभिएका यिनै लिङ्देन अहिले थापासँग लड्दैछन्।
नेपाल समय
शिक्षा

आन्तरिक प्रतिस्पर्धाबाट स्थायी गर्ने निर्णय तत्काल खारेज गर्न विद्यार्थी संगठनको माग

त्रिभुवन विश्वविद्यालयका कुलपति तथा प्रधानमन्त्रीसमेतको त्रिवि सभा बैठकले गत मंगलबार १० वर्षदेखि करारमा कार्यरत प्राध्यापकलाई आन्तरिक प्रतिस्पर्धाबाट स्थायी गर्ने निर्णय गरेको थियो।

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६

सम्पर्क

House -138, Suruchi Marg, New Baneshwor, Kathmandu, Nepal
फोन : +977-1-4790242 / +977-1-4790040
इमेल : info@nepalsamaya.com nepalsamayanews@gmail.com
  • प्रबन्ध निर्देशक
    तरुणप्रताप शाह
  • सम्पादकीय निर्देशक
    मुमाराम खनाल
  • प्रधान सम्पादक
    नारायण अमृत
Copyright © 2021. Design & Development by Cn’C