सोमबार, माघ १६, २०७९

यसकारण मंसिरमा सम्भव छैन कांग्रेस महाधिवेशन

तीर्थराज बस्नेत  |  काठमाडौं, मंगलबार, कार्तिक २, २०७८

तीर्थराज बस्नेत

तीर्थराज बस्नेत

मंगलबार, कार्तिक २, २०७८, काठमाडौं

नेपाल समय

काठमाडौं- नेपाली कांग्रेसको १४ औं महाधिवेशन तोकिएकै मितिमा हुने सम्भावना टरेको छ। कार्यतालिका अनुसार तल्ला तहका अधिवेशन हुन नसक्दा महाधिवेशनको मिति पर सर्ने निश्‍चित बनेको हो। 

कांग्रेसले छैटौं पटक कार्यतालिका हेरफेर गरेर पछिल्लो पटक मंसिर ९ देखि १३ गतेसम्म काठमाडौंमा महाधिवेशन गर्ने कार्यतालिका ल्याएको थियो। जसअनुसार तल्ला तहमा अधिवेशन भइरहेका छन्। यद्यपि एउटै मितिमा देशभर अधिवेशन हुन नसक्दा महाधिवेशनको मिति पर सार्नुपर्ने बाध्यात्मक अवस्था उत्पन्न भएको नेताहरु बताउँछन्।  

‘तल्लो तहका अधिवेशन तोकिएको मितिमा भएनन्। कतै क्रियाशील सदस्यताको टुंगो लाग्‍न नसक्ने, कतै वडा, कतै पालिका र कतै जिल्ला अधिवेशन भएको छ। यो सबै कुरालाई हेरेर तोकिएको मितिमा महाधिवेशन हुने सम्भावना शून्यप्राय छ,’ संस्थापन निकट एक नेता भन्छन्, ‘अब नयाँ मितिका बारेमा छलफल हुनेछ।’ 

केन्द्रीय निर्वाचन समितिका अनुसार हालसम्म ६४ जिल्लामा वडा र पालिका तहको अधिवेशन सकिएको छ। ती जिल्लामध्ये पनि केहीमा वडा र पालिका तहको अधिववेशन हुन सकेको छैन। २१ वटा हिमाली जिल्लामा दसैंअघि नै जिल्ला अधिवेशन गर्ने भनिए पनि हालसम्म १४ जिल्लामा मात्रै अधिवेशन सकिएको छ। सातवटा हिमाली जिल्लामा अधिवेशन गर्न बाँकी छ। 

तीन जिल्लाको क्रियाशील सदस्यता सूची प्राप्त गर्न सकेका छैनौं। सूची आएपछि वडा अधिवेशनको मिति तय हुनेछ। वडा तहको अधिवेशन सकिएपछि नयाँ  कार्यतालिका  बनाएर काम गर्न सहज होला। 

१३ जिल्लामा वडा तहका अधिवेशन भएका छैनन्। तीमध्ये ३ जिल्लाको क्रियाशील सदस्यताको अन्तिम सूची प्राप्त हुन नसकेको निर्वाचन समितिका सचिव अधिवक्ता जगन्‍नाथ श्रेष्ठले बताए। ‘१३ जिल्लामा वडा अधिवेशन भएको छैन। तीमध्ये पनि तीन जिल्लाको क्रियाशील सदस्यता सूची प्राप्त गर्न सकेका छैनौं,’ उनले भने, ‘सूची आएपछि वडा अधिवेशनको मिति तय हुनेछ। वडा तहको अधिवेशन सकिएपछि नयाँ  कार्यतालिका  बनाएर काम गर्न सहज होला।’ 

मिति सार्न छलफल गरिने 

तोकिएको मितिमा महाधिवेशन हुने सम्भावना टर्दै गएपछि नयाँ मिति तय गर्न छलफल गर्ने तयारीमा कांग्रेस छ। केन्द्रीय निर्वाचन समितिले नयाँ कार्यतालिका ल्याउने विषयमा छलफल गर्न लागेको समिति संयोजक महादेवप्रसाद यादवले जानकारी दिए। ‘अहिलेसम्म त महाधिवेशनको मिति यथावत् छ। अब कोजाग्रत पूर्णिमापछि छलफल गर्ने तयारीमा छौं,’ उनले भने, ‘नयाँ कार्यतालिकाबारेमा अहिल्यै केही भन्‍ने अवस्था छैन। छलफलपछि आवश्यक निर्णय हुनेछ।’ 

गत साउन ३० गते बसेको केन्द्रीय समिति बैठकले छैटौं पटक १४ औं महाधिवेशनको कार्यतालिका हेरफेर गरेको थियो। जसअनुसार भदौ १८ गते वडा अधिवेशन, २७ गते पालिका अधिवेशन, असोज १ गते प्रदेशसभा निर्वाचिन क्षेत्र अधिवेशन, ५ गते प्रतिनिधिसभा निर्वाचन क्षेत्र अधिवेशन र असोज १० गते जिल्ला अधिवेशन गर्ने गरी कार्यतालिका ल्याएको थियो। तर, यी सबै कार्यतालिका मिचिए। तोकिएको समयमा अधिवेशन हुन नसकेपछि पटकपटक कार्यतालिका हेरफेर गरिँदै आएको छ।

कार्यतालिकाअनुसार कात्तिक १० देखि १२ गतेसम्म प्रदेश र मंसिर ९–१३ केन्द्रीय महाधिवेशन गर्ने भनिएको छ। तर, कार्यतालिका अनुसार प्रदेश अधिवेशन आउन अब ८ दिन मात्रै बाँकी छ। वडा तहकै अधिवेशन नसकिएको अवस्थामा ८ दिनपछि प्रदेश अधिवेशन हुने सम्भावना शून्य छ। 

पौडेल पक्ष भन्छ- मंसिर अन्तिमसम्म सार्न सकिन्छ

वरिष्ठ नेता रामचन्द्र पौडेल समूह मंसिर अन्तिमसम्मका लागि महाधिवेशन मिति सार्न सकिने पक्षमा देखिएको छ। तल्ला तहका अधिवेशन प्रभावित भएकाले मंसिर अन्तिमसम्म मिति सार्न सकिने पक्षमा पौडेल समूह देखिएको छ। यद्यपि महाधिवेशन मंसिर अन्तिमभन्दा पछि धकेल्न नहुने पौडेल पक्षको भनाइ छ।  

‘मंसिर ९–१३ मा महाधिवेशन हुने सम्भावना त अब रहेन। त्यसैले मंसिर अन्तिमसम्म मिति सार्न सकिन्छ,’ पौडेल समूहका नेता गुरुराज घिमिरे भन्छन्, ‘त्यहाँ भन्दा पछि धकिलियो भने महाधिवेशन नै अन्यौलमा पर्ने खतरा छ।’ 

आन्तरिक चुनावका कारण कार्यकर्ता पंक्तिको मानसिकता विभाजित हुन्छ। आमनिर्वाचनअघि आन्तरिक निर्वाचनको तिक्तता सेलाउने समय चाहिन्छ। त्यसैले आमनिर्वाचनमा प्रतिकूल असर नपर्ने गरी मंसिरभित्रै महाविधेशन हुनुपर्ने पक्षमा हामी छौं। 

क्रियाशील सदस्यताको अन्तिम टुंगो लगाएर सबै जिल्लामा तिहार अघि नै वडा र पालिका अधिवेशन गर्ने, छठ पछि जिल्ला अधिवेशन गर्ने, त्यसको एक साता पछि प्रदेश अधिवेशन सकेर मंसिर अन्तिममा महाधिवेशन गर्ने गरी अघि बढ्नुपर्ने उनको भनाइ छ। ‘मिति हेरफेरका लागि छलफल होला नै। फटाफट काम गरे मंसिर अन्तिममा महाधिवेशन गर्न सकिन्छ। हाम्रो जोड यसमै रहन्छ। मंसिर अन्तिममा नगर्ने हो भने पुसमा जाडो हुन्छ, महाधिवेशन हुन सक्दैन। माघसम्म धकेलिन सक्छ।’ 

मंसिरमा हुन नसके अन्योल  

महाधिवेशन मिति मंसिरबाट पनि सारेमा अन्योल उत्पन्न हुन सक्ने तर्क घिमिरे गर्छन्। फागुनमा स्थानीय तहको निर्वाचन गर्नुपर्ने र अर्ली इलेक्सनको मतसमेत बलियो भएर आउन सक्ने अवस्थाका कारण महाधिवेशन अन्योलमा पर्न सक्ने उनको विश्लेषण छ।  

अहिले कांग्रेसका शीर्ष नेताहरु नै अर्ली इलेक्सन गर्नुपर्ने पक्षमा देखिएका छन्। उनीहरुले प्रधानमन्त्रीसमेत रहेका सभापति शेरबहादुर देउवालाई अर्ली इलेक्सन'का लागि दबाब दिइरहेका छन्। वरिष्ठ नेता पौडेलदेखि प्रकाशमान सिंह, कृष्णप्रसाद सिटौला, गोपालमान श्रेष्ठ, शेखर कोइरालालगायतका नेताहरु 'अर्ली इलेक्सन'को पक्षमा देखिएका छन्। 

‘स्थानीय तहको निर्वाचन फागुन, चैतमा गर्नु नै छ। त्योबाहेक 'अर्ली इलेक्सन'को बहस छेडिँदै जाने र त्यसका पक्षमा माहोल बन्‍ने हो भने महाधिवेशन अन्योलमा पर्छ,’  घिमिरे भन्छन्, ‘त्यसकारण पनि मंसिर भन्दा पछि महाधिवेशन सार्न हुँदैन।’ 

माघमा महाधिवेशन गर्दा त्यसको असर स्थानीय तहको निर्वाचनमा पर्न सक्ने अवस्था आउने घिमिरेको भनाइ छ। ‘आन्तरिक चुनावको तिक्तता स्थानीय तहको निर्वाचनमा पोखिने डर हुन्छ। आन्तरिक चुनावका कारण कार्यकर्ता पंक्तिको मानसिकता विभाजित हुन्छ। आमनिर्वाचनअघि आन्तरिक निर्वाचनको तिक्तता सेलाउने समय चाहिन्छ,’ उनी भन्छन्, ‘त्यसैले आमनिर्वाचनमा प्रतिकूल असर नपर्ने गरी मंसिरभित्रै महाविधेशन हुनुपर्ने पक्षमा हामी छौं।’ 


प्रकाशित: October 19, 2021 | 16:42:09 काठमाडौं, मंगलबार, कार्तिक २, २०७८

तपाईं को प्रतिक्रिया

ट्रेंडिंग

बक्स अफिसमा नयाँ रेकर्ड बनाउँदै पठान

फिल्मले सबैभन्दा छोटो समयमा ४ सय करोडभन्दा बढीको व्यापार गर्ने हिन्दी चलचित्रको रेकर्ड पनि कायम गरेको छ। चौथो दिनमात्र पठानले १०० करोडभन्दा बढीको बिजनेस गरेको छ।

रवि लामिछानेले लिए नागरिकता

लामिछानेले जिल्ला प्रशासन काठमाडौंमा अमेरिकी नागरिकता त्यागेको निस्सा पेस गरेपछि दोस्रो पटक नेपाली नागरिकता लिएका हुन्।

लाइन मिचेर नागरिकता लिन सीडीओ कार्यालय पुगे रवि

रवि लामिछाने नागरिकता लिन जिल्ला प्रशासन कार्यालय काठमाडौं पुगेका छन्। आइतबार दिउँसो १२ बजे उनी नागरिकता लिन सीडीओ कार्यालय पुगेका हुन्।

रविको राजीनामापछि रास्वपाको पहिलो बैठक बस्दै

राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय समिति बैठक बस्ने भएको छ।

प्रथम सरस्वती कराते कपको उपाधी इचङुनारायण र ब्रह्मास्मी स्कुललाई

प्रथम सरस्वती कप सिनियर/जुनियरको उपाधी इचङुनारायण डोजो र ब्रह्मास्मी स्कुलले जितेको छ।

चितवन-२ मा उपनिर्वाचन हुने, अयोग्य ठहरिएका रवि चुनाव लड्न पाउलान्?

पुनः नागरिकता प्राप्त गरेसँगै चितवन क्षेत्र नम्बर २ मा अब हुने उपनिर्वाचनमा उनी सहभागी हुन सक्नेछन्। तर त्यसअघि अन्य कसुरमा उनीमाथि कारबाही नभएको अवस्थामा मात्रै उपनिर्वाचनमा उम्मेदवार हुन पाउने छन्।

मुक्तिनाथ बैंकका गार्डले सांग्रिलाको एटीएम फुटाउन खोजेपछि...

एटीएम फोडेर पैसा झिक्न खोज्ने एकजनालाई प्रहरीले शुक्रबार पक्राउ गरेको छ।

रविको राजनीतिक यात्रा: ६ महिनामा अविश्वसनीय छलाङ, अचानक उपलब्धि शून्य

उनले हासिल गरेका उपप्रधान तथा गृहमन्त्री र सांसद पद गएको छ। त्यतिमात्र नभएर उनी आफैंले ६ महिनाअघि गठन गरेको पार्टीबाट पनि उनी बेदखल भएका छन्। रविको आफ्नै शब्दमा भन्ने हो भने उनी अनागरिक भएका छन्।

डिल्लीबजारस्थित फ्युजन कन्सल्टेन्सीबाट तीन जना पक्राउ

डिल्लीबजारस्थित फ्युजन कन्सल्टेन्सीमा प्रहरीले छापा मारेर तीन जनालाई पक्राउ गरेको छ।

लोकदोहोरी गायक भीम पौडेलको निधन

लोकदोहोरी गायक भीम पौडेलको निधन भएको छ। स्याङजा खुदी घर भएका पौडेल लामो समयदेखि लोकदोहोरी गायनमा सक्रिय थिए।

थप समाचार

नेपाल समय
राजनीति

सहिदको बलिदान गणतन्त्रको प्रतिफल : प्रधानमन्त्री प्रचण्ड

सहिद दिवस राजनीतिक दलका लागि राष्ट्र, जनताको प्रगति र सेवामा समर्पित हुन प्रेरणा स्रोत बनेको प्रधानमन्त्री प्रचण्डको धारणा।
नेपाल समय
राजनीति

कांग्रेस सभापति देउवासँग अमेरिकी उपविदेशमन्त्री न्युल्यान्डको भेट

धुम्बाराहीस्थित निवासमा अमेरिकी उपविदेशमन्त्री र देउवाबीच भेटवार्ता भएको हो।
नेपाल समय
राजनीति

रवि बाहिरिएपछि पहिलो मन्त्रिपरिषद्क बैठक बस्दै

मन्त्रिपरिषद्को बैठक आज बस्दै छ। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बैठक दिउँसो ४ बजे सिंहदरबारमा बोलाएका हुन्।
नेपाल समय
राजनीति

प्रधानमन्त्री प्रचण्डलाई भेटिन् अमेरिकी उपविदेशमन्त्री भिक्टोरियाले

नेपाल भ्रमणमा रहेकी अमेरिकाको राजनीतिक मामिला उपविदेशमन्त्री भिक्टोरिया नुल्याण्डले आज उच्चस्तरीय राजनीतिक भेटवार्ताका क्रममा प्रधानमन्त्री पुप्पकमल दाहाल प्रचण्डसँग भेट गरेकी छन्।
नेपाल समय
राजनीति

प्रधानमन्त्री प्रचण्ड र काठमाडौंका मेयरबीच भेटवार्ता

काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले प्रधानमन्त्री पुष्पकमल दाहाललाई भेटेका छन्।

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६

सम्पर्क

House -138, Suruchi Marg, New Baneshwor, Kathmandu, Nepal
फोन : +977-1-4790242 / +977-1-4790040
इमेल : nepalsamayanews@gmail.com
  • प्रबन्ध निर्देशक
    तरुणप्रताप शाह
  • प्रधान सम्पादक
    नारायण अमृत
  • महाप्रबन्धक
    जीवन तिम्सिना