शुक्रबार, जेठ १३, २०७९

मन्त्रीहरुलाई माधव नेपालको निर्देशन - रक्सी खाएर मात्तिए भन्‍ने सुन्‍न नपरोस्

नेपाल समय  |  काठमाडौं, आइतबार, असोज २४, २०७८

नेपाल समय

नेपाल समय

आइतबार, असोज २४, २०७८, काठमाडौं

नेपाल समय

काठमाडौं- नेपाल कम्युनिष्ट पार्टी एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले आफ्नो पार्टीबाट नवनियुक्त मन्त्रीहरुलाई इमान्दारीता र कर्तव्य निष्ठाका साथ देश र जनताको हितमा काम गर्न निर्देशन दिएका छन्। 

पार्टीबाट नियुक्त मन्त्रीहरुलाई आइतबार पार्टी केन्द्रीय कार्यालमा बोलाएर नेता नेपालले इमान्दारीता र कर्तव्यनिष्ठ भएर काम हुने विश्वास लिएको बताए। उनले राष्ट्र र जनताको हितलाई केन्द्रबिन्दुमा राखेर काम गर्न मन्त्रीहरुलाई निर्देशन दिए। उनले निजी स्वार्थ, अनियमितता र भ्रष्टाचारजन्य प्रवृत्तिहरुबाट मुक्त हुन पनि सचेत गराएका छन्। 

कुनै पनि संस्थामा व्यक्तिको छनोट गर्दा व्यक्तिको योग्यता, क्षमता र कार्यसम्पादनमा गरेको उत्कृष्टताको आधारमा गर्न पनि उनले सुझाव दिए। उनले भने, ‘तपाईँहरुले इमान्दारीताका साथ, कर्तव्यनिष्ठताका साथ आफ्नो काम सम्पादन गर्नुहुनेछ भन्ने हामीले अपेक्षा गरेका छौं। इमान्दारीता र कर्तव्यनिष्ठाको भावनालाई सर्वोपरी राखेर आफ्नो कार्यसम्पादन गर्ने कुरामा तपाईहरुको ध्यान म आकर्षित गर्न चाहान्छु।'

उनले थपे, 'काम गर्दाखेरी राष्ट्रको हितलाई र जुन संस्थाको जिम्मवारी तपाईहरुले सम्हालीरहनु भएको छ। त्यो संस्थाको हितलाई केन्द्रबिन्दूमा राखेर, अनि जनताको हितलाई केन्द्रबिन्दुमा राखेर तपाईंहरुले काम गर्नु हुनेछ। यस अर्थमा राष्ट्रको हित, जनताको हित र संस्थाको हितलाई तपाईंहरुले केन्द्रबिन्दुमा राखेर काम गर्नुपर्ने हुन्छ। काम गर्दाखेरी नीजि स्वार्थ, अनियमितता र भ्रष्टाचारजन्य प्रवृत्तिहरुबाट तपाईहरु मुक्त हुनुपर्छ। त्यो बाट टाढा रहनुपर्छ। आफ्नो योग्यता र क्षमता, कार्यसम्पादनमा उत्कृष्टताको आधारमानै कुनैपनि व्यक्तिको छनौट गर्ने र जिम्मेवारी दिने कुरामा तपाईहरु लाग्नुहुनेछ। र यसरी व्यक्तिको छनौट आफु खुशी होइन, ती व्यक्तिको योग्यताको पक्ष सुनिश्चित हुनेगरी व्यक्तिको छनौट गर्नुहुनेछ र जिम्मेवारी दिनु हुनेछ।’

अध्यक्ष नेपालले मन्त्रीहरुबाट विवादमा आउने र बदनामी कमाउने कुनै पनि काम हुन नहुनेमा जोड दिए। पदीय मर्यादा र गरिमा विपरितका काम नगर्न उनले निर्देशन दिएका छन्। कुनै पनि प्रकारका दुर्व्यसन र आचरणसँग जोडिने काम नगर्न उनले निर्देशन दिए। उनले गठबन्धनको भावना अनुसार अन्य राजनीतिक दलसँग पनि समन्वयमा काम गर्न अनुरोध गरेका थिए।

मन्त्रीहरुको सल्लाहकार, पीएलगायतका राजनीतिक नियुक्ति गर्दा पार्टीसँग सल्लाह गरेर मात्रै गर्नुपर्ने उनको भनाइ छ। उनले भने, ‘बदनामी कमाउने र विवादमा पर्ने कुनै पनि कामहरु तपाईंहरुबाट हुने छैनन् भन्‍ने कुराको हामीले आशा र अपेक्षा गरेका छौँ। स्वच्छ र सादा जीवन, असल आचरण र संस्कारको अवलम्बन गर्नुहुनेछ। यो मन्त्रीहरु रक्सी खाएर मात्तिए, बेलका बेलका फाइभस्टार होटलमा गएर रक्सी खाइरहेका छन् र आफ्नो क्लाइन्टहरु सँग बसेर यिनै कुरा गरिरहेका छन् भन्नेकुरा सुन्‍न नपरोस्।'

अध्यक्ष नेपालले मन्त्रिपरिषद् बैठकमा आउने विभिन्‍न विषयवस्तुहरुमाथि अगाडि नै सामूहिक रुपमा बसेर, छलफल गरेर साझा राय बनाएर मात्रै प्रस्तुत हुनुपर्ने बताए। सिंगो मन्त्रीपरिषद्ले गर्ने निर्णयको जसअपजसको भागिदार सबै मन्त्री हुने उल्लेख गर्दै उनले मन्त्रिपरिषद्का विषयवस्तुहरु पार्टीलाई समेत जानकारी गराई, पार्टीको मार्गदर्शन लिएर प्रस्तुत हुनुपर्ने उनले बताए। 


प्रकाशित: October 10, 2021 | 15:35:18 काठमाडौं, आइतबार, असोज २४, २०७८

तपाईं को प्रतिक्रिया

तपाईं को प्रतिक्रिया

ट्रेंडिंग

धनगढीको गेटालाई अलपत्र पारेर देउवाको गृहजिल्लामा नयाँ मेडिकल कलेज किन?

आर्थिक वर्ष २०७३/०७४ बाट गेटामा कलेज निर्माण थालिएको थियो। मेडिकल कलेज पूर्वाधार निर्माण विकास समितिका कार्यकारी निर्देशक हेमराज पुजाराका अनुसार मेडिकल कलेजमा पूर्वाधार निर्माणको काम ९० प्रतिशत सकिएको छ।

स्थानीय सरकार हाँक्ने नारीशक्ति

अहिले चुनिएका महिला प्रमुख मध्ये कोही यसअघि पनि पालिका हाँकिसकेका छन्, कसैले उपप्रमुखको जिम्मेवारी सम्हालेका छन् भने कोहीले अघिल्लो निर्वाचनमा पराजय भोगेका थिए।

कोअर्डिनेटरले यौन दुर्व्यवहार गरेको भन्दै सेन्ट लरेन्स कलेजका विद्यार्थी आन्दोलित

कलेजकै कोअर्डिनेटर जनार्दन अधिकारीले कक्षा ११ को छात्राहरूमाथि यौन दुर्व्यवहार गरेको भन्दै विद्यार्थीले प्रदर्शन गरेका हुन्।

दमकको धक्काले झापामा हल्लिएन एमाले, माओवादी 'निल'

देशभर एमालेलाई बढार्न माओवादीलगायतका पाँच दलहरुलाई वैशाखी बनाएको कांग्रेसले कचनकवलमा भने राप्रपालाई पारस्त गर्न एमालेलाई वैशाखी बनायो। झापामा एमालेलाई परास्त गर्न राप्रपासँग पनि तालमेल भएको छ। यी तथ्यहरुलाई केलाएर हेर्दा दलका सिद्धान्त र विचारको सबैभन्दा ठूलो मजाक झापामा बन्‍यो।

काठमाडौंको १ लाख ३७ हजार मत गनियो, बालेनको फराकिलो अग्रता कायमै

स्थानीय तह सदस्य निर्वाचन २०७९ अन्तर्गत काठमाडौं महानगरपालिकामा करिब १ लाख ९० हजार मत खसेकोमा आज साँझसम्ममा १ लाख ३७ हजार ४५२ मत गनेर सकिएको छ।

भरतपुरको मतगणना स्थगित

एमालेका ती प्रतिनिधिलाई प्रहरीले नियन्त्रणमा लिएको र एमालेले उनको रिहाइ नभएसम्म मतगणना स्थगित भएको निर्वाचन अधिकृतको कार्यालयले जानकारी दिएको छ।

भरतपुरमा अब १४ हजार मत गन्न बाँकी, कसको मत कति?

रेनुले ४५ हजार ८८७ मत प्राप्त गर्दा नेकपा (एमाले)का विजय सुवेदीले ३४ हजार ९९३ मत प्राप्त गरेका हुन्। स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलले १३ हजार ९३७ मत प्राप्त गरेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।

राप्रपा बन्ला राष्ट्रिय दल?

स्थानीय निर्वाचनको लोकप्रिय मतमा नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जसपा, लोसपासँगै राप्रपा छ। राप्रपाले पाइरहेको मत हेर्दा अबको संघीय निर्वाचनबाट राष्ट्रिय पार्टी बन्ने सम्भावना देखिन्छ।

भलिबलमा भविष्य खोजिरहेका धीरज, जसलाई खेलबाटै देशको शीर उँचो पार्नु छ

१६ वर्षकै उमेरदेखि भलिबल खेल्न सुरु गरेका धीरजले राष्ट्रिय टिमको जर्सीमा खेल्ने सपना भने साकार पार्न सकेका छैनन्। तर, जीवनको एक कालखण्डमा राष्ट्रिय टिमको जर्सी लगाएर खेल्ने उनको सपना मजबुत बन्दै गइरहेको छ।

काठमाडौं महानगरमा १ लाख २८ हजार मतगणना हुँदा कसले कति पाए?

पछिल्लो गणनाअनुसार प्रमुख पदमा स्वतन्त्र उमेदवार बालेन्द्र साह (बालेन)को अग्रता थप फराकिलो बनेको छ। उनले ४३ हजार ८५० मत पाएका छन्।

थप समाचार

नेपाल समय
राजनीति

काठमाडौं महानगरको मतगणना सकियो, घोषणा शुक्रबार

वैशाख ३० गते सम्पन्‍न भएको स्थानीय तहको निर्वाचन अन्तर्गत काठमाडौं महानगरपालिकाको मतगणना सकिएको छ। काठमाडौं महानगरपालिकाको मतगणना सकिए पनि आधिकारिक घोषणा भने शुक्रबार हुने भएको छ।
नेपाल समय
राजनीति

यी दलित जनप्रतिनिधिले हाँक्दैछन् स्थानीय सरकार

गाउँपालिकाको नेतृत्वमा भने २०७४ को तुलनामा २०७९ मा निकै ठूलो वृद्धि भएको छ। २०७४ को निर्वाचनमा भने जम्मा एक जना गाउँपालिकाका अध्यक्ष भएका थिए। यसपटक ७५३ पालिकामध्ये उपमेयर तथा उपाध्यक्षमा भने २७ जना निर्वाचित भएका छन्। २०७४ मा उपमेयर र उपाध्यक्षमा अहिलेको जतिकै संख्यामा दलित उम्मेदवारहरु विजयी भएका थिए।
नेपाल समय
राजनीति

दाङमा ठूलो पार्टी बन्यो कांग्रेस

कांग्रेसले लमही नगरपालिकासहित राजपुर, दंगीशरण, शान्तिनगर र बबई गाउँपालिकामा विजय हासिल गरेको छ। यी पालिकामा कांग्रेसले प्रमुख र उपप्रमुख दुबै जितेको हो।
नेपाल समय
राजनीति

राजधानीवासीलाई पानीको अभाव हुन नदिन योजना बन्दैछ : मन्त्री चौधरी

खानेपानीमन्त्री उमाकान्त चौधरीले राजधानीवासीलाई खानेपानीको अभाव हुन नदिने योजना बनिरहेको बताएका छन्। हेलम्बुमा बिहीबार मेलम्ची खानेपानीको मुख्य प्रवेशद्वार, अम्बाथानको निरीक्षण गर्दै यस्तो बताएका हुन्।
नेपाल समय
राजनीति

'बालेनहरू'ले राज्य गरे दलको अस्तित्व समाप्त हुँदै जान्छ : झलनाथ खनाल

दलहरू संविधानको मर्मअनुसार अघि नबढ्दा राजनीतिक दललाई संकट पर्ने उनको भनाइ छ। 'संविधानको मर्मअनुसार अघि बढेनौँ भने इतिहासमा पछि पर्छौँ। र धेरै बालेनहरू जन्मनेछन्। बालेनहरूले राज्य गर्नेछन्। दलको अस्तित्व समाप्त हुँदै जानेछ,' नेता खनालले संसदमा भने।

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६

सम्पर्क

House -138, Suruchi Marg, New Baneshwor, Kathmandu, Nepal
फोन : +977-1-4790242 / +977-1-4790040
इमेल : nepalsamayanews@gmail.com
  • प्रबन्ध निर्देशक
    तरुणप्रताप शाह
  • प्रधान सम्पादक
    नारायण अमृत
  • महाप्रबन्धक
    जीवन तिम्सिना