शनिबार, मंसिर १८, २०७८

२०१२ सालमा कांग्रेस सभापति चुन्‍न यसरी भएको थियो मतदान

नेपाल समय  |  काठमाडौं, सोमबार, कार्तिक १, २०७८

नेपाल समय

नेपाल समय

सोमबार, कार्तिक १, २०७८, काठमाडौं

नेपाल समय

काठमाडौं-  २००९ सालमा जनकपुरमा भएको पाँचौँ महाधिवेशनले बीपी कोइरालालाई सभापतिमा निर्वाचित गरेको थियो। त्यो बेला देशभरका महाधिवेशन प्रतिनिधि जनकपुर भेला भएर मतदान गरेका थिए।  

त्यही महाधिवेशनले विधान परिवर्तन गर्‍यो। परिवर्तित विधानले केन्द्रीय सभापति चुन्न जिल्ला–जिल्लामै मतदान हुने व्यवस्था गरेको थियो। ‘जनकपुर महाधिवेशनपछि विधान परिवर्तन भयो र जिल्लाजिल्लामा मतदान गर्ने बाटो खोल्यो,’ बस्नेत भन्छन्। त्यो बेला कांग्रेसमा केन्द्रीय समितिका पदमध्ये सभापति पदका लागि मात्रै निर्वाचन हुन्थ्यो।

कांग्रेसमा जिल्लाबाटै केन्द्रीय सभापति चुन्न पहिलो पटक मतदानको अभ्यास २०१२ मा भएको थियो। त्यो कांग्रेसको छैटौं महाधिवेशन थियो। सभापतिका उम्मेदवार थिए–सुवर्णशम्शेर र गणेशमान सिंह।  सुवर्ण शमशेर सभापतिमा निर्वाचित भएका थिए। 

कसले सभापतिलाई भोट हाल्न पाउँथ्यो त? बस्नेत भन्छन्, ‘२५ जना क्रियाशील सदस्य बराबर एक जना प्रतिनिधि छनौट गरिन्थ्यो। त्यसरी छानिएका प्रतिनिधि जिल्लाका मतदान केन्द्रमा जान्थे र केन्द्रीय सभापतिलाई मतदान गर्थे।’ 

महामन्त्रीको नेतृत्वमा निर्वाचन समिति हुने व्यवस्था थियो। त्यो निर्वाचन समितिले मतदान गराउन केन्द्रीय प्रतिनिधि जिल्लामा खटाउँथ्यो। त्यही प्रतिनिधिले मदतान र मतगणना सम्पन्न गराउँथ्यो। सबै जिल्लामा एकै समयमा मतदान हुन्थ्यो कि फरकफरक? बस्नेत भन्छन्, ‘धेरै जिल्लामा एकैपटक हुन्थ्यो। तर, केही जिल्लामा तलमाथि पनि हुन्थ्यो।’ 

त्यो बेला रोचक के थियो भने महाधिवेशन उद्घाटन नहुँदै मतपरिणाम सार्वजनिक भइसक्थ्यो। केन्द्रीय प्रतिनिधिले मतगणनाको परिणाम केन्द्रमा ल्याउँथे, सबै जिल्लाको परिणाम जोडेर अन्तिम परिणाम घोषणा गरिन्थ्यो। अहिले जस्तो सञ्चार सुविधा र यातायातको उपलब्धता थिएन। जसका कारण अन्तिम मत परिणाम घोषणा तुरुन्तै हुन्थेन। ‘जिल्लाबाट परिणाम आइपुग्न समय लाग्थ्यो। त्यसैले तुरुन्तै अन्तिम मत परिणाम घोषणा गर्न सम्भव थिएन,’ बस्नेत भन्छन्।

सभापति महाधिवेशन प्रारम्भ हुनुअघि नै निर्वाचित भएको घोषणा भइसक्ने भएकाले महाधिवेशनस्थलमा निर्वाचनका कार्यक्रम हुने कुरै भएन। महाधिवेशन नितान्त पार्टीको नीति, कार्यक्रममा छलफल गर्नमै केन्द्रित हुन्थ्यो। यद्यपिमहाधिवेशनमा जिल्ला–जिल्लाबाट प्रतिनिधि भने सहभागी हुन्थे। जिल्लामा सभापतिसँगै महाधिवेशन प्रतिनिधि पनि चुन्ने चलन थियो। त्यसरी चुनिएका प्रतिनिधिले महाधिवेशनमा भाग लिन्थे। ‘वीरगञ्ज महाधिवेशनमा करिब ३ सय जना प्रतिनिधिले भाग लिएका थिए,’ बस्नेत भन्छन्। 

जिल्लामै मतदान सम्पन्न भइसक्दा अहिले जस्तो नेताहरू भोटमाग्न केन्द्रित हुन्थेनन्। ‘अहिलेको महाधिवेशनमा भोटर जहाँ छन्, नेताहरु त्यहीँ भोट माग्न केन्द्रित हुन्छन्। नीति कार्यक्रममा खास छलफल हुँदैन,’ उनी भन्छन्, ‘त्यो बेला महाधिवेशन नीति कार्यक्रममा छलफल गर्ने प्रस्ताव माथि व्यापक छलफल गर्ने र पास गर्नेमै केन्द्रित हुन्थ्यो।’ 

प्रतिनिधिहरुले महाधिवेशनमा पेस भएका नीति कार्यक्रम र प्रस्तावमाथि छलफल गर्न भाग लिन्थे, सुझाव दिन्थे। त्यही वीरगञ्जमा भएको छैटौं महाधिवेशनबाट त हो कांग्रेसले समाजवादको सिद्धान्तलाई अपनाएको। ‘बीपीले कांग्रेसलाई समाजवादी बाटोमा हिडाउने भनेर प्रस्ताव पेस गर्नुभयो। त्यो प्रस्ताव महाधिवेशनले पारित गर्‍यो र कांग्रेसले समाजवादी सिद्धान्त अपनायो,’ बस्नेत भन्छन्। 

केन्द्रीय सभापतिको निर्वाचन जिल्लामै हुने भएकाले महाधिवेशन नीति कार्यक्रम माथिको छलफल र त्यसलाई पास गर्नमै केन्द्रित हुने हुँदा केन्द्रीय समितिकोले पूर्णता पाउँदैनथ्ययो। सभापतिको तजबिजमा केन्द्रीय समितिले पूर्णता पाउँथ्यो। ‘महासमिति सदस्यमा निर्वाचित भएर आउनेहरूलाई केन्द्रीय समितिमा सभापतिले मनोनित गर्ने व्यवस्था थियो। महाधिवेशनपछि मात्रै केन्द्रीय समितिलाई पूर्णता दिइन्थ्यो,’ बस्नेत भन्छन्। 

छैटौं महाधिवेशन सम्पन्न भएको २ वर्षपछि २०१४ सालमा विराटनगरमा विशेष महाधिवेशन भयो। त्यो अधिवेशनबाट बीपी कोइराला सभापतिमा निर्वाचित भए। त्यो बेला गाँउ, क्षेत्र र जिल्लाका अधिवेशन भएनन्। छैटौं महाधिवेशनमा निर्वाचित भएका महाधिवेशन प्रतिनिधिले विराटनगरमा भाग लिएका थिए।

विशेष अधिवेशन भएको तीन वर्षपछि कांग्रेसले सातौं महाधिवेशन गर्‍यो। २०१७ सालमा वैशाखमा भएको महाधिवेशनमा पनि जिल्ला–जिल्लामै मतदान भयो। उक्त महाधिवेशनबाट बीपी कोइराला सभापति निर्वाचित भएका थिए। 

तर, पञ्चायती व्यवस्थाको अन्त्य भएपछि २०४८ मा भएको महाधिवेशनमा भने विधान संशोधन गरेर जिल्ला जिल्लामा मतदान गर्ने व्यवस्था खारेज भयो। ‘०४८ सालमा भएको आठौं महाधिवेशनमा जिल्लामा मतदान गर्ने व्यवस्था खारेज भयो। त्यो महाधिवेशनबाट किसुनजी (कृष्णप्रसाद भट्टराई) सभापति बन्नुभएको थियो,’ बस्नेत भन्छन्। त्यही महाधिवेशनमा नेतृत्व चयनका लागि आजपर्यन्त केन्द्रमै मतदान हुँदै आएको छ।

कांग्रेस इतिहासका जानकार डा राजेश गौतम २०१७ सालसम्म महाधिवेशनका आधाभन्दा बढी काम जिल्लामा नै सम्पन्न हुने गरको बताउँछन्। मतदान जिल्लाजिल्लामा हुने भएकाले त्यसबेला विकेन्द्रीकरणको अभ्यास भएको उनको बुझाइ छ। विगतको त्यही इतिहास सम्झेर कांग्रेसमा जिल्लाजिल्लामा महाविवेशन गर्नुपर्ने आवाजले यतिबेला व्यापकता पाएको उनले उल्लेख गरे। 

'२०१७ सालमा राज महेन्द्रले 'कू' गरेपछि दलीय गतिविधि खुला रूपमा हुन पाएनन्। पार्टी नै झोलामा बोकेर हिँड्नुपर्ने अवस्था थियो। प्रजातन्त्रको पुनःस्थापनापछि पार्टीले नयाँ विधान बनाएसँगै जिल्लाजिल्लाबाट केन्द्रीय सभापतिका लागि मतदान गर्ने व्यवस्था खारेज भयो,' डा. गौतमले भने।

त्यसबेलका महाधिवेशनमा नीतिगत तहमा बढी बहस हुने कुरामा बस्नेतसँग डा गौतम पनि सहमत छन्। 'कांग्रेसको 'ग्रुमिङ' नै नीति र नेतृत्वका विषयमा मत मन्थन गर्ने प्रकृतिको भएकाले महाधिवेशनमा पनि नेतृत्वको आलोचना हुन्थ्यो। सामान्य कार्यकर्ताले पनि नेतृत्वका विषयमा टीकाटिप्पणी गर्ने हैसियत राख्थे। तर कसैलाई निषेध गरिँदैनथ्यो,' उनले भने, 'आलोचना गरे नेतृत्वले अप्ठेरो पार्ने भय कांग्रेस नेता तथा कार्यकर्ताहरूमा थिएन।'


प्रकाशित: October 18, 2021 | 13:50:00 काठमाडौं, सोमबार, कार्तिक १, २०७८
नेपाल समय

नेपाल समय

नेपाल समय
काठमाडौं, सोमबार, कार्तिक १, २०७८

थप समाचार

एमाले वैचारिक कार्यदिशाबाट विचलित बन्यो : नारायणकाजी श्रेष्ठ

नेकपा माओवादी केन्द्रका नेता तथा पूर्व उपप्रधानमन्त्री नारायणकाजी श्रेष्ठले केपी सर्मा ओली कम्युनिस्टको वैचारिक कार्यदिशाबाट विचलित भएको बताएका छन्।

विचार शून्य भएपछि हिन्दुवादी बन्‍ने दलहरुको होड

'राजनीतिक दलहरु वैचारिक बहस रुचाउँदैनन्। त्यो दृश्य विभिन्‍न राजनीतिक दलहरुका कार्यक्रममा स्पष्ट देखिन्छ।'

शिक्षा शिक्षित हुनका लागि हो, डाक्टर लेख्न होइन : ओली

नेकपा एमाले निकट नेपाल राष्ट्रिय शिक्षक संगठनको १२औँ जिल्ला अधिवेशनमा बोल्दै अध्यक्ष ओलीले शिक्षकको ध्यान व्यवहारिक शिक्षामा हुनुपर्ने र यसबाट नै देशको भविष्यका कर्णाधार निर्माण हुने बताए।

लिङ्देन समूहबाट भोट माग्न थाले विक्रम पाण्डे

दुवै समूहले वरिष्ठ उपाध्यक्षमा विक्रम पाण्डेको नाम उल्लेख गर्दै आएको भए पनि अन्तिममा पाण्डेले लिङ्देन समूहमा रहेको खुल्दै भोट माग्न थालेका छन्।

देउवा-सिटौला सहकार्य महाधिवेशनमा कति सम्भव?

सिटौला पक्षीय नेता भीमसेनदास प्रधानले यसअघि दिँदै आएका अभिव्यक्ति र तल्लो तहमा बनेका समीकरण आधार हुन्। प्रधानले आगामी महाधिवेशनपछि सिटौला कांग्रेसको कार्यवाहक सभापति हुने बताउँदै आएका छन्।

राप्रपाको आठ सदस्यीय पदाधिकारीमा १६ जनाको उम्मेदवारी

राष्ट्रिय प्रजातन्त्र पार्टीको नयाँ नेतृत्व चयन गर्न ८ सदस्यीय पदाधिकारीमा १६ जनाको उम्मेदवारी परेको छ।

ट्रेंडिंग

नेपाल समय
प्रदेश न. २

प्रदेश २ : पौडेल पक्ष चुनावी दौडबाटै 'आउट', निधि र देउवा गुट प्रतिस्पर्धामा

देउवा गुटबाट उम्मेदवार खुलेपछि प्रदेश २ मा सभापति देउवा र उपसभापति निधिको बाटो फरक भएको थप स्पष्ट भएको छ। २ आकांक्षीले देउवा निकटका उम्मेदवारलाई समर्थन जनाएपछि उपसभापति निधिका उम्मेदवार रामसरोज एक्लिएका हुन्।
नेपाल समय
राजनीति

देउवा-सिटौला सहकार्य महाधिवेशनमा कति सम्भव?

सिटौला पक्षीय नेता भीमसेनदास प्रधानले यसअघि दिँदै आएका अभिव्यक्ति र तल्लो तहमा बनेका समीकरण आधार हुन्। प्रधानले आगामी महाधिवेशनपछि सिटौला कांग्रेसको कार्यवाहक सभापति हुने बताउँदै आएका छन्।
नेपाल समय
स्वास्थ्य/जीवनशैली

ओमिक्रोनको जोखिम : ९ देशबाट नेपाल आउन रोक

पछिल्लो समय कोरोना भाइरसको ओमिक्रोन भेरियन्ट देखिएपछि सरकारले सजगताका लागि ती देशबाट आउने यात्रुमाथि प्रतिबन्ध लगाएको हो।
नेपाल समय
राजनीति

लिङ्देनसँग लड्न यसकारण सजिलो छैन कमल थापालाई

कठिन परिस्थितिहरुमा सतिसाल जसरी थापाको पक्षमा उभिएका यिनै लिङ्देन अहिले थापासँग लड्दैछन्।
नेपाल समय
शिक्षा

आन्तरिक प्रतिस्पर्धाबाट स्थायी गर्ने निर्णय तत्काल खारेज गर्न विद्यार्थी संगठनको माग

त्रिभुवन विश्वविद्यालयका कुलपति तथा प्रधानमन्त्रीसमेतको त्रिवि सभा बैठकले गत मंगलबार १० वर्षदेखि करारमा कार्यरत प्राध्यापकलाई आन्तरिक प्रतिस्पर्धाबाट स्थायी गर्ने निर्णय गरेको थियो।

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६

सम्पर्क

House -138, Suruchi Marg, New Baneshwor, Kathmandu, Nepal
फोन : +977-1-4790242 / +977-1-4790040
इमेल : info@nepalsamaya.com nepalsamayanews@gmail.com
  • प्रबन्ध निर्देशक
    तरुणप्रताप शाह
  • सम्पादकीय निर्देशक
    मुमाराम खनाल
  • प्रधान सम्पादक
    नारायण अमृत
Copyright © 2021. Design & Development by Cn’C