सोमबार, माघ १६, २०७९

गुट बलियो बनाउन एनजीओ चलाउँछन् कांग्रेस नेता

तीर्थराज बस्नेत  |  काठमाडौं, मंगलबार, असोज १९, २०७८

तीर्थराज बस्नेत

तीर्थराज बस्नेत

मंगलबार, असोज १९, २०७८, काठमाडौं

नेपाल समय

काठमाडौं–  देशको अग्रणी लोकतान्त्रिक दल नेपाली कांग्रेसले आफूभित्रै लोकतान्त्रिक अभ्यास पूरा गर्न पनि संवैधानिक बाध्यता कुर्नु आफैंमा विडम्बना हो। संवैधानिक बाध्यतामा परेको कांग्रेस अहिले १४ औं महाधिवेशन अन्तर्गत तल्ला तहका अधिवेशनमा होमिएको छ। वडादेखि जिल्ला तहसम्मका अधिवेशन भइरहँदा पाँच जिल्लाको क्रियाशील सदस्यता विवाद अझै मिल्न सकेको छैन। 

कांग्रेसले पाँच वर्षमा महाधिवेशन गर्न नसकी संविधानले दिएको ६ महिनाको सुविधासमेत उपभोग गरिसकेको कांग्रेस म्याद सकिन लागेको अवधिमा अधिवेशन सुरु गर्‍यो। यसले पार्टीको विधानले व्यवस्था गरेको प्रावधानको उल्लंघन त भयो नै अर्कोतर्फ गुटगत किचलोका कारण २०४८ सालयता देशभर एकैसाथ महाधिवेशनका कार्यक्रम गर्ने परम्परासमेत भत्किएको छ। 

आवरणमा कांग्रेस सग्लो देखिन्छ। तर, गुदी खोतल्दा गुट र उपगुटले कांग्रेसको आत्मा भने छियाछिया छ। १२ औं महाधिवेशनमा दुई वटा परम्पारगत गुट रहेको कांग्रेसमा १३ औं महाविधेशनबाट तीन वटा गुट सक्रिय बने। १४ औं महाधिवेशनसम्म आइपुग्दा कांग्रेसभित्र चारवटा गुट पुग्‍ने देखिन्छ।

कांग्रेसमा स्थापना कालदेखि नै गुटगत अभ्यास हुँदै आएका छन्। तत्कालीन नेपाली राष्ट्रिय कांग्रेस र नेपाल प्रजातन्त्र कांग्रेसबीच एकता भएर नेपाली कांग्रेस बनेदेखि नै कांग्रेसभित्र दुई गुट सक्रिय थिए। बीपी कोइराला र मातृकाप्रसाद कोइरालाको गुटगतरुपमा टकराव देखिन्थ्यो। त्योबाहेक बीपी र सूवर्णसम्शेरबीच पनि गुटगत टकराब थियो।

अहिले सभापति शेरबहादुर देउवा नेतृत्वको संस्थापन, वरिष्ठ नेता रामचन्द्र पौडल नेतृत्वको संस्थापन इतर र पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला नेतृत्वको ‘थर्ड पोल’ सक्रिय छन्। त्यो बाहेक १४ औं महाधिवेशनमा सभापति लड्ने उद्घोष गरेका उपसभापति विमलेन्द्र निधि समेत गुट बनाउने प्रयत्‍नमा छन्। निधि केही महिना अघिसम्म संस्थापन समूहमै थिए। १४औं महाधिवेशनमा सभापतिमा आफूलाई समर्थन गर्नुपर्ने भनेर राखेको प्रस्ताव देउवाले अस्वीकार गरेपछि निधि छुट्टै टिम बनाउन लागि परेका छन्। उनले एउटा पार्टी प्यालेस भाडामा लिएर सभापतिमा उम्मेदवारी दिने घोषणासमेत गरिसकेका छन्। 

एउटा लोकतान्त्रिक पार्टीमा वैचारिक गुट हुनु स्वभाविक मान्‍न सकिन्छ। तर, पद प्राप्तिको बार्गेनिङ टुल बनाउनका लागि गुट र उपगुटको जालो मौलाउँदै जानु अस्वभाविक भएको राजनीतिक विश्लेषक डा. विष्णु दाहाल बताउँछन्। उनले भने, ‘विचार र सिद्धान्तलाई लिएर गुट बन्‍ने र बनाउने कुरा स्वभाविक हो। गुटसँग विचार हुन्छ। तर, यहाँ प्राधिकार बनाइन्छ, जोसँग विचार हुँदैन।’

कांग्रेसमा स्थापना कालदेखि नै गुटगत अभ्यास हुँदै आएका छन्। तत्कालीन नेपाली राष्ट्रिय कांग्रेस र नेपाल प्रजातन्त्र कांग्रेसबीच एकता भएर नेपाली कांग्रेस बनेदेखि नै कांग्रेसभित्र दुई गुट सक्रिय थिए। बीपी कोइराला र मातृकाप्रसाद कोइरालाको गुटगतरुपमा टकराव देखिन्थ्यो। त्योबाहेक बीपी र सूवर्णसम्शेरबीच पनि गुटगत टकराब थियो।

पञ्‍चायतकालीन समयमा बीपी कोइराला, गणेशमान सिंह र कृष्णप्रसाद कोइरालाले ‘नेतात्रय’ अवधारणा आयो। वीपीको निधनलगत्तै पार्टीमा गिरिजाप्रसाद कोइराला र कृष्णप्रसाद भट्टराई नेतृत्वको टकराव जारी रह्यो। 

वर्तमान सभापति देउवाले पनि गुटकै जगमा संघर्ष गरे। र, नेतृत्वमा पुगे। पार्टी विभाजन र एकतापछि उनी आन्तरिक प्रतिस्पर्धाबाट कांग्रेसको नेतृत्वमा पुगे। अहिले कांग्रेसमा देउवाको गुट बलियो देखिन्छ। 

उपगुटको जालोमा गुट

स्कुल अफ डेमोक्रेसीको रुपन्देहीमा कार्यसमिति चयनपछि प्रमाणपत्र वितरण गरिँदै।
कांग्रेसमा गुट मात्रै छैनन्। ती गुट पनि विभिन्‍न उपगुटमा विभक्त छन्। सभापति देउवाको गुटभित्र विभिन्‍न उपगुट छन्। हालै देउवाको गुटबाट उसभापति निधि बाहिरिइसकेका छन्। उनी आफ्नै गुट निर्माण गर्ने तयारीमा छन्। देउवा गुटमै रहेका अर्का उपसभापति विजयकुमार गच्छदारको आफ्नै उपगुट छ।

महामन्त्री पूर्णबहादुर खड्काको नेतृत्वमा स्वर्गीय खुमबहादुर खड्काको लिगेसी जोडिएका नेताहरू सक्रिय रहेको उपगुट छ। राप्रपा परित्याग गरेर कांग्रेसमा प्रवेश गरी सह–महामन्त्री बनेका सुनीलबहादुर थापा देउवा गुटमै छन्। तर, उनको आफ्नै उपगुट छ। थापा नेतृत्वको उपगुटमा राप्रपाबाट आएका ६ जना केन्द्रीय सदस्य र तीन जना आमन्त्रित केन्द्रीय सदस्य छन्।

२०४६ सालयता गिरिजाप्रसाद कोइराला र सुशील कोइराला नेतृत्वको गुटमा रहेका वरिष्ठ नेता पौडेल  १३ औं महाधिवेशनमा देउवासँग पराजित बनेपछि संस्थापन इतर गुटको नेतृत्वमा छन्। पौडेल नेतृत्वको गुट समेत एकढिक्का छैन। जसभित्र महामन्त्री डा. शशांक कोइराला, पूर्व महामन्त्री प्रकाशमान सिंह र केन्द्रीय सदस्य डा. शेखर कोइरालाको नेतृत्वमा उपगुटहरू सक्रिय छन्। पौडेल समूहबाट पौडेलसहित उपगुटका नेतृत्वकर्ता सिंह र कोइरालाद्वयले १४औं महाधिवेशनमा सभापतिमा दाबी गरिरहेका छन्। 

‘थर्ड पोल’ भनेर चिनिएको सिटौला नेतृत्वको गुट पनि एकजुट रहन सकेको छैन। यो गुटबाट हालै नेता गगन थापा बाहिरिएका छन् र पौडेल गुटसँग जोडिएका छन्। सिटौला समूहमा अहिले प्रदीप पौडेल र उमाकान्त चौधरीका आ–आफ्नै उपगुट रहेका छन्।

यसबाहेक १३औं महाधिवेशनमा सभापति देउवाको प्रस्तावक बनेका पूर्वमहामन्त्री कुलबहादुर गुरुङको नेतृत्वमा पनि कांग्रेसमा गुट सक्रिय छ। गोविन्दराज जोशी (निष्कासित), विनयध्वज चन्द, लक्ष्मण घिमिरेलगायतका नेताहरू गुरुङको गुटमा छन्।

एनजीओको आडमा गुट र उपगुट

गुट र उपगुट मात्रै होइन कांग्रेसभित्र नेता पिच्छेका प्रतिष्ठान छन्। पार्टीका दिवंगत नेताहरुका नाममा बनाइएका प्रतिष्ठानका माध्यमबाट नेताहरुले समानन्तर गतिविधि गर्दै आएका छन्। 

अनेक नाम राखेर बनाइएका एनजीओमा वरिष्ठ नेता पौडेल देखि नेविसंघका पूर्वअध्यक्ष नैनसिंह महरसम्म सक्रिय छन्। वरिष्ठ नेता पौडेलका छोरा चिन्तन पौडेल युवा सजगता अभियान नामक संस्था चलाउँछन्। पौडेलकै छत्रछायाँमा सामाजिक लोकतन्त्र अध्ययन केन्द्र समेत सञ्‍चालनमा छ। दुवै संस्थाका देश र विदेशमा शाखा छन्।  

उससभापति निधिले स्वर्गीय पिता (कांग्रेसका संस्थापक नेता) महेन्द्रनारायण निधिको नाममा प्रतिष्ठान चलाउँदै आएका छन्। महेन्द्र नारायण निधि स्मृति प्रतिष्ठान सञ्‍चालनमा छ। पूर्वमहामन्त्री प्रकाशमान सिंहले गणेशमान सिंह फाउन्डेसन चलाउँदै आएका छन्। यस्तै प्रकाशमान सिंह निकट नेताहरुले ‘मंगलादेवी स्मृति प्रतिष्ठान’ले पनि संगठन विस्तारलाई तीव्रता दिएको छ। 

जीपी कोइराला फाउन्डेसन मोरङद्वारा युवा कार्यदल गठन। 

नेतृ सुजता कोइरालाले जीपी कोइराला फाउन्डेसन, नेता शेखर कोइरालाले नोना कोइराला फाउन्डेसन र अतुल कोइरालाले शुसिल कोइराला फाउन्डेसन चलाउँदै आएका छन्।

नेता गगन थापा निकट युवाहरुको समूहले युथ कांग्रेस नामक संस्थामार्फत गतिविधि सञ्‍चालन गर्दै आएका छन्। थापाको कांग्रेस पाठशालाले पनि विभिन्‍न गतिविधि सञ्‍चालन गर्दै आएको छ। यस्तै थापाका सल्लाहकार प्रताप पौडेल अध्यक्ष रहेको पब्लिक पोलिसी पाठशालाले कृयाशील छ। 

नेविसंघको सांगठनिक संरचनालाई कोमामा पुर्‍याएका नैनसिंह महरले आफ्नो एनजीओको विस्तार भने देश र विदेशमा गरिरहेका छन्।

युथ कांग्रेसको प्रदेशमा प्रदेश समिति र विभिन्‍न जिल्लामा जिल्ला कार्यसमिति समेत छ। केन्द्रीय सदस्य प्रदीप पौडेलको संरक्षकत्वमा रहेको नेविसंघका नेता नवराज त्रिपाठीको 'युथ डेमोक्रेटिक फोरम' सक्रिय छ। 

नेविसंघका पूर्व अध्यक्षसमेत रहेका नैनसिंह महर अध्यक्ष रहेको 'स्कुल अफ डेमोक्रेसी'ले देश तथा विदेशमा संगठन वितार गरेको छ। नेविसंघलाई धुजाधुजा बनाएका महरले अहिले यस एनजीओलाई उपयोग गर्दै आफ्नो स्वार्थपूर्ति गर्ने खेलमा लागेका छन्। नेविसंघको कार्यालयको भाडासम्म नतिरेका महरले अहिले स्कुल अफ डेमोक्रेसीको छुट्टै कार्यालय नै स्थापना गरेर पैसासँग पद बाँडेको भन्दै आलोचना भएको थियो। 

नेविसंघको सांगठनिक संरचनालाई कोमामा पुर्‍याएका नैनसिंह महरले आफ्नो एनजीओको विस्तार भने देश र विदेशमा गरिरहेका छन्।

यस्तै शशांक कोइराला निकट निलकण्ठ रिजाल अध्यक्ष रहेको बीपी कोइराला युवा नेतृत्व मञ्‍चले पनि गतिविधि सञ्‍चालन गर्दै आएको छ। 

सिटौला निकट नेविसंघका महामन्त्री बलदेव तिमिल्सिना अध्यक्ष रहेको जीपी कोइराला लोकतन्त प्रबर्द्धन अध्ययन केन्द्र पनि सक्रिय छ। सहमहामन्त्री प्रकाशशरण महत निकट प्रेमराज जोशी नेतृत्वको बीपी कोइराला स्कुल अफ पब्लिक पोलिसीले पनि गतिविधि गर्दै आएको छ। सामाजिक लोकतन्त्रका लागि ऐक्यबद्धता नेपाल नामक संस्थामा पौडेल निकट मनोजमणि आचार्य, प्रमोदहरि गुरागाँई र प्रतिमा गौतमलगायत सक्रिय छन्। 

आवरणमा सामाज सेवा देखाएर पार्टीभित्र गुट र उपगुट बलियो बनाउनमा प्रतिष्ठानका गतिविधि केन्द्रित रहेको आरोप स्वयं कांग्रेसकै नेताहरुले लगाउने गरेका छन्। पार्टी भित्रैबाट आलोचना हुने गरे पनि नेताहरुका एनजीओका नाममा हुने गतिविधि भने रोकिएको देखिँदैन। 

‘पार्टीका काममा जानेभन्दा पनि प्रतिष्ठानका कार्यक्रम बोकेर देश दौडाह गर्ने चलन पनि छ। त्यसले गुट र उपगुट स्थापित गर्न र बलियो बनाउन सहयोग गरेको देखिएको छ,’ एक केन्द्रीय सदस्य भन्छन्, ‘तीनै गुट र गुटभित्रका उपगुटको असर त देखिहाल्नुभएकै छ।’ एनजीओ चलाएर नेताहरुले देश र विदेशमा समेत शाखा खोल्ने र विभिन्‍न गतिविधि गर्ने गरेका छन्।

पार्टीको नर्सरी भनिएको नेविसंघको जिम्मा लिएर अध्यक्ष भएकाले पनि अहिले एनजीओको संगठन विस्तारमा लागेका छन्। यसले पार्टी र संगठनप्रति कति जिम्मेवार छन् र केका लागि पार्टीमा आएका हुन् भन्‍ने उद्देश्य प्रष्ट हुने उनले बताए। 

यस्ता संस्थाहरु गठन गरेर पार्टी संगठनसँग जोडिएका कार्यकर्ता आफूसँग जोडर गुट र उपगुट निर्माणको अभ्यास गरिरहेको देखिन्छ। यस्ता संगठनको पद व्यापारी, पैसावाल तथा पहुँच भएको र आफ्नो गुणगान गर्ने व्यक्तिलाई वितरण गर्ने गरिएको छ। पार्टी भातृसंस्थाको ‘अस्थिपन्जर’ मात्रै बाँकी छ। वर्षौं देखि तदर्थवादमा चलेका भातृसंस्थाको गतिविधि शून्य हुँदा नेताहरुले ध्यान दिएनन्। बरु उनीहरु आफ्नो शक्ति विस्तारका लागि एनजीओका गतिविधिमा सक्रिय देखिन्छन्। 

प्राधिकार खडा गरेर शक्ति (मनी र मसल) आर्जन गर्न खोजिन्छ। जहाँसम्म यस्ता प्राधिकारसँग एनजीओ जोडिएको कुरा छ। त्यो खतरनाक कुरा हो। एनजीओका नाममा गतिविधि गरेर बाह्य शक्ति आर्जन गर्न खोज्‍ने र प्राधिकार बनाएर शक्तिमा पुग्‍ने अभ्यास भइरहेको देखिन्छ।

प्रतिष्ठान बन्द नभइ पार्टी बलियो बन्दैनः विश्लेषक दाहाल

जीवन्त पार्टीमा वैचार र सिद्धान्तका आधारमा गुट हुनु नौलो कुरा होइन। अहिले तीनवटा गुट कांग्रेसमा सक्रिय देखिन्छन्। अब चार वटा गुट बन्लान्। गुटमा पात्र फेरिनु स्वभाविक कुरा हो। दलीय व्यवस्थामा दल वैधानिक हुन्छ। दलमार्फत नेताहरु शासन सत्ता प्राप्त गर्न खोज्छन्। शक्ति आर्जनका लागि गुटमा सक्रिय हुने र बलियो छु भन्‍ने देखाउने अभ्यास हुन्छ। यहाँ गुट होइन प्राधिकारको अभ्यास भइरहेको छ। गुटसँग विचार हुन्छ। तर, प्राधिकारमा विचार नहुन पनि सक्छ। प्राधिकार खडा गरेर शक्ति आर्जन गर्न खोज्‍नुलाई सामान्यरुपमा लिन सकिँदैन। 

प्राधिकार खडा गरेर शक्ति (मनी र मसल) आर्जन गर्न खोजिन्छ। जहाँसम्म यस्ता प्राधिकारसँग एनजीओ जोडिएको कुरा छ। त्यो खतरनाक कुरा हो। एनजीओका नाममा गतिविधि गरेर बाह्य शक्ति आर्जन गर्न खोज्‍ने र प्राधिकार बनाएर शक्तिमा पुग्‍ने अभ्यास भइरहेको देखिन्छ। बाह्य शक्ति आर्जन गर्ने र प्राधिकार बलियो बनाएर आफू शक्तिमा पुग्‍ने नेक्सस प्रतिष्ठान हुन्। त्यसैले प्रतिष्ठान बन्द नगरेसम्म पार्टी बलियो बन्‍न सक्दैन। 

पार्टीका गतिविधिमा देश दौडाह गर्दा हिसाबकिताब पारदर्शी हुनुपर्छ। तर, एनजीओका नाममा गतिविधि गर्दा पारदर्शी हुन परेन। प्राधिकार खडा गरेर जनशक्ति आफ्नो पक्षमा पार्न पनि सहज हुन्छ। सोही कारण कांग्रेसका भातृसंस्थाहरुको हरिबिजोग छ। एनजीओ छोडेर पार्टी संगठन र भातृसंस्थामा ध्यान दिएको भए यो अवस्था आउने थिएन। यद्यपि कांग्रेसमाजस्तो एनजीओको अभ्यास अन्य पार्टीमा पनि यस्तो देखिन्छ। त्यसैले एनजीओका नामामा भइरहेका यस्ता कुकृत्य बन्द नभएसम्म पार्टी बलिया हुन सक्दैनन् र प्राधिकारको जन्म पनि रोकिँदैन। 


प्रकाशित: October 5, 2021 | 18:50:00 काठमाडौं, मंगलबार, असोज १९, २०७८

तपाईं को प्रतिक्रिया

ट्रेंडिंग

बक्स अफिसमा नयाँ रेकर्ड बनाउँदै पठान

फिल्मले सबैभन्दा छोटो समयमा ४ सय करोडभन्दा बढीको व्यापार गर्ने हिन्दी चलचित्रको रेकर्ड पनि कायम गरेको छ। चौथो दिनमात्र पठानले १०० करोडभन्दा बढीको बिजनेस गरेको छ।

रवि लामिछानेले लिए नागरिकता

लामिछानेले जिल्ला प्रशासन काठमाडौंमा अमेरिकी नागरिकता त्यागेको निस्सा पेस गरेपछि दोस्रो पटक नेपाली नागरिकता लिएका हुन्।

लाइन मिचेर नागरिकता लिन सीडीओ कार्यालय पुगे रवि

रवि लामिछाने नागरिकता लिन जिल्ला प्रशासन कार्यालय काठमाडौं पुगेका छन्। आइतबार दिउँसो १२ बजे उनी नागरिकता लिन सीडीओ कार्यालय पुगेका हुन्।

रविको राजीनामापछि रास्वपाको पहिलो बैठक बस्दै

राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय समिति बैठक बस्ने भएको छ।

प्रथम सरस्वती कराते कपको उपाधी इचङुनारायण र ब्रह्मास्मी स्कुललाई

प्रथम सरस्वती कप सिनियर/जुनियरको उपाधी इचङुनारायण डोजो र ब्रह्मास्मी स्कुलले जितेको छ।

चितवन-२ मा उपनिर्वाचन हुने, अयोग्य ठहरिएका रवि चुनाव लड्न पाउलान्?

पुनः नागरिकता प्राप्त गरेसँगै चितवन क्षेत्र नम्बर २ मा अब हुने उपनिर्वाचनमा उनी सहभागी हुन सक्नेछन्। तर त्यसअघि अन्य कसुरमा उनीमाथि कारबाही नभएको अवस्थामा मात्रै उपनिर्वाचनमा उम्मेदवार हुन पाउने छन्।

मुक्तिनाथ बैंकका गार्डले सांग्रिलाको एटीएम फुटाउन खोजेपछि...

एटीएम फोडेर पैसा झिक्न खोज्ने एकजनालाई प्रहरीले शुक्रबार पक्राउ गरेको छ।

रविको राजनीतिक यात्रा: ६ महिनामा अविश्वसनीय छलाङ, अचानक उपलब्धि शून्य

उनले हासिल गरेका उपप्रधान तथा गृहमन्त्री र सांसद पद गएको छ। त्यतिमात्र नभएर उनी आफैंले ६ महिनाअघि गठन गरेको पार्टीबाट पनि उनी बेदखल भएका छन्। रविको आफ्नै शब्दमा भन्ने हो भने उनी अनागरिक भएका छन्।

डिल्लीबजारस्थित फ्युजन कन्सल्टेन्सीबाट तीन जना पक्राउ

डिल्लीबजारस्थित फ्युजन कन्सल्टेन्सीमा प्रहरीले छापा मारेर तीन जनालाई पक्राउ गरेको छ।

लोकदोहोरी गायक भीम पौडेलको निधन

लोकदोहोरी गायक भीम पौडेलको निधन भएको छ। स्याङजा खुदी घर भएका पौडेल लामो समयदेखि लोकदोहोरी गायनमा सक्रिय थिए।

थप समाचार

नेपाल समय
राजनीति

वामदेव र रावल नेकपा एसमै आउने घनश्याम भुसालको ठोकुवा

नेकपा एसले मुलुकमा एकीकृत वाम नेतृत्व गर्ने र यसमा धेरै कम्युनिस्ट नेताहरू जोडिने भुसालको तर्क।
नेपाल समय
राजनीति

माओवादी स्थायी कमिटी बैठक सुरु, राष्ट्रपति चयनबारे छलफल हुँदै

नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक सोमबार पनि बसेको छ।
नेपाल समय
राजनीति

सहिदको बलिदान गणतन्त्रको प्रतिफल : प्रधानमन्त्री प्रचण्ड

सहिद दिवस राजनीतिक दलका लागि राष्ट्र, जनताको प्रगति र सेवामा समर्पित हुन प्रेरणा स्रोत बनेको प्रधानमन्त्री प्रचण्डको धारणा।
नेपाल समय
राजनीति

कांग्रेस सभापति देउवासँग अमेरिकी उपविदेशमन्त्री न्युल्यान्डको भेट

धुम्बाराहीस्थित निवासमा अमेरिकी उपविदेशमन्त्री र देउवाबीच भेटवार्ता भएको हो।
नेपाल समय
राजनीति

रवि बाहिरिएपछि पहिलो मन्त्रिपरिषद्क बैठक बस्दै

मन्त्रिपरिषद्को बैठक आज बस्दै छ। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बैठक दिउँसो ४ बजे सिंहदरबारमा बोलाएका हुन्।

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६

सम्पर्क

House -138, Suruchi Marg, New Baneshwor, Kathmandu, Nepal
फोन : +977-1-4790242 / +977-1-4790040
इमेल : nepalsamayanews@gmail.com
  • प्रबन्ध निर्देशक
    तरुणप्रताप शाह
  • प्रधान सम्पादक
    नारायण अमृत
  • महाप्रबन्धक
    जीवन तिम्सिना