मंगलबार, कार्तिक ९, २०७८
  • गृहपृष्ठ
  • राजनीति
  • ओली सरकारविरुद्ध 'काम गरेका' न्यायाधीशले मेडल फिर्ता गर्नुपर्छ : नेम्वाङ

ओली सरकारविरुद्ध 'काम गरेका' न्यायाधीशले मेडल फिर्ता गर्नुपर्छ : नेम्वाङ

नेपाल समय  |  काठमाडौं, आइतबार, असोज ३, २०७८

नेपाल समय

नेपाल समय

आइतबार, असोज ३, २०७८, काठमाडौं

नेपाल समय

काठमाडौं- संविधान सभाका अध्यक्ष सुवास नेम्वाङले सरकारले संविधान दिवसका दिन घोषणा गरेका पदक फिर्ता गर्न न्यायाधिशहरुलाई आग्रह गरेका छन्। केपी शर्मा ओली सरकारविरोधी काम गरेका न्यायाधीशहरूलाई पदक दिइने घोषणा गरिएको भन्दै एमाले स्थायी कमिटी सदस्यसमेत रहेका नेम्वाङले यस्तो माग गरेका हुन्। 

म माननीय न्यायाधीशज्यूहरुलाई आदर गर्छु। यहाँहरुले तुरुन्तै 'मेडललाई अस्वीकार गर्छौ' भनेर अस्वीकार गरेको घोषणा गर्दिनुस्। मेरो मान्य न्यायाधिशज्यूहरुलाई यो आग्रह छ,’ एमालेको कार्यक्रममा उनले भने। 

उनले दिल्ली बसेर ओली सरकार गिराउन काम गर्ने पूर्वप्रधानमन्त्री झलनाथ खनाल र पुष्पकमल दाहाल 'प्रचण्ड'की पत्नी सीता दाहाललाई समेत पदक दिइएको भन्दै पदको गरिमा गुमेको टिप्पणी गरे। 

'सर्वोच्च अदालतमा मुद्दा मामिलाको प्रक्रियामा जाने कानुन व्यवसायीलगायतका व्यक्तिहरु लगायत मुद्दाको फैसला गर्ने संवैधानिक इजलासमा बसेका व्यक्तिहरुले सरकारबाट पदक पाएका छन्। केपी शर्मा ओली नेतृत्वको सरकारलाई विस्थापित गर्ने र परमादेशबाट सरकार स्थापित भएको घोषणा गर्ने अदालतका सम्बन्धित माननीय न्यायाधीशहरु, त्यो सरकारका विरुद्धमा मुद्दा दर्ता गर्नका लागि सम्पूर्ण पहल र प्रयास गर्ने मुद्धावालाहरु, त्यसका पक्षहरु उहाँहरुले मेडल पाउनुभएछ,' सातौँ संविधान दिवसका अवसरमा एमालेले आयोजना गरेको कार्यक्रममा नेता नम्वाङले भने, 'एकजना साथी दिल्लीमा हुनुहुन्थ्यो दिल्लीबाटै पार्टी फुटाउन भुमिका खेल्नुभयो, उहाँले पाउनुभएछ। दुईजना नेताहरु यही रहेर क्रियाशील हुनुहुन्थ्यो। उहाँहरुका परिवारका महत्वपूर्ण सदस्यहरुले मेडल पाउनुभएछ। हाम्रो पार्टीको सरकारको विरुद्धमा मुद्दा लगाउने साथीहरुले मेडल पाउनुभएछ। सँगसँगै कानून व्यवसायी मित्रहरुले मेडल पाउनुभएछ। त्यो मुद्दाको फैसला गर्ने संवैधानिक इजलासमा बस्नुभएका न्यायाधीशज्यूहरुले मेडल पाउनुभएछ। यसमा म यस्तै भएको हो भनेर म आरोप लगाउँदिनँ। तर पारी चितुवा करायो वारी सिँगारी हरायो भनेजस्तै यो जुन कार्य भयो, यो संविधान दिवसकै दिनमा सुन्नुपर्दा यो बेठिक भयो भन्ने लाग्यो।'

नेता नेम्वाङले केन्द्र तथा प्रदेश सरकारमा समेत सहभागी भएर संसदमा पनि सबै प्रक्रियामा सहभागी भएका राजनीतिक दलहरुले आजको दिन संविधान दिवस नमनाउने भन्ने कुरा नसुहाएको बताए। संविधान स्वीकार्य भएको पनि उनको भनाइ छ।


प्रकाशित: September 19, 2021 | 16:32:51 काठमाडौं, आइतबार, असोज ३, २०७८
नेपाल समय

नेपाल समय

नेपाल समय
काठमाडौं, आइतबार, असोज ३, २०७८

थप समाचार

आफ्नो गृहजिल्लाको विकासबारे किन झुट बोल्छन् ओली ?

पूर्वप्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली गृहजिल्ला झापा आउँदा विकासबारे सधैँ झुट बोल्छन्।

मन्त्रिपरिषद् बैठकले गरेका निर्णयहरु के-के हुन्?

सरकारले बाढी तथा डुबानबाट धानबालिमा भएको क्षतिको अध्ययन गरी ३ दिनभित्र प्रतिवेदन पेश गर्न कार्यदल बनाएको छ।

उपेन्द्र यादवले भने - सरकार परिवर्तन होइन, व्यवस्था परिवर्तन आजको आवश्यक्ता

अध्यक्ष यादवले जबसम्म राजनीतिक, समाजिक र आर्थिक परिवर्तन हुँदैन, तबसम्म मुलुक विकास र समृद्धिमा पछाडि नै रहनेछ। उनले राजनीतिक परिवर्तनका लागि सरकार होइन राजनीतिकर्मीको प्रवृतिमा परिवर्तन हुनु आवश्यक रहेको बताए।

स्थानीय चुनाव चैत पहिलो साता गर्न आयोगको प्रस्ताव

प्रधानमन्त्री शेरबहादुर देउवाले निर्वाचन आयोगका पदाधिकारीसँग निर्वाचनबारे छलफल गरेका छन्।

प्रधानन्यायाधीश राणाले आफ्ना लागि तोकेनन् इजलास

कार्यपालिकामा भाग खोजेको लगायतका विवादमा मुछिएका प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले सोमबारबाट आफूलाई मुद्दा सुनुवाइबाट अलग राख्न खोजेको सन्देश दिएका छन्।

बस्न सकेन प्रधानन्यायाधीशले बोलाएको फुलकोर्ट बैठक

प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले सोमबारका लागि बोलाएको सर्वोच्च अदालतको फुलकोर्ट बैठक स्थगित भएको छ।

ट्रेंडिंग

नेपाल समय
समाज

प्रहरीमा अब कसैलाई पनि 'तँ' नभन्‍न गृहमन्त्रीको निर्देशन

गृहमन्त्री बालकृष्ण खाँणले तीन वटै सुरक्षा निकायका प्रमुखलाई बोलाएर कसैलाई पनि 'तँ' नभन्‍न निर्देश दिएका छन्।
नेपाल समय
प्रदेश न. २

यसरी कानुनी राज्यको उपहास गर्दैछ सीके राउतको जनमत पार्टी

‘स्वतन्त्र मधेस गठबन्धन’ नारा त्यागेर २०७५ फागुन २४ मा सरकारसँग शान्तिपूर्ण राजनीतिमा आउने सहमति गरी गठन भएको जनमत पार्टी अराजक गतिविधिमा उत्रिएको छ।
नेपाल समय
कला/साहित्य

'विभेद गर्ने काठमाडौं अब फर्कन्न'

कुनै बेला बागमती करिडोरमा माछा तार्दै गर्दा मैले कामेश्वरलाई सोधेको थिएँ, ‘के रहेछ त जिन्दगी?’
नेपाल समय
प्रदेश न. २

अराजक बन्दै सीके राउतको दल, खानेपानीका हाकिमलाई अर्धनग्न पारेर नगर घुमाइयो

अविरल वर्षाका कारण जनकपुरधाम जलमग्न भएपछि ढल निर्माणमा अनियमितता भएको भन्दै सीके राउत नेतृत्वको जनमत पार्टीका कार्यकर्ताले नेपाल खानेपानी संस्थान जनकपुरधामका निमित्त प्रमुखलाई कुटपिट गर्दै नगर घुमाएका छन्।
नेपाल समय
शिक्षा

शिक्षक महासंघले २८ कात्तिकदेखि सडक आन्दोलन गर्ने

नेपाल शिक्षक महासंघले कार्तिक २८ गतेबाट देश भरिकै शिक्षक कर्मचारीलाई काठमाडौंमा उपस्थित गराई दबाबमूलक सडक आन्दोलन गर्ने जनाएको छ।

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६

सम्पर्क

House -138, Suruchi Marg, New Baneshwor, Kathmandu, Nepal
फोन : +977-1-4790242 / +977-1-4790040
इमेल : info@nepalsamaya.com nepalsamayanews@gmail.com
  • प्रबन्ध निर्देशक
    तरुणप्रताप शाह
  • सम्पादकीय निर्देशक
    मुमाराम खनाल
  • प्रधान सम्पादक
    नारायण अमृत
Copyright © 2021. Design & Development by Cn’C