मंगलबार, कार्तिक ९, २०७८
  • गृहपृष्ठ
  • राजनीति
  • नागरिक आकाङ्क्षालाई कार्यरूप दिनु हाम्रो युगीन अभिभारा हो : राष्ट्रपति

नागरिक आकाङ्क्षालाई कार्यरूप दिनु हाम्रो युगीन अभिभारा हो : राष्ट्रपति

नेपाल समय  |  काठमाडौं, आइतबार, असोज ३, २०७८

नेपाल समय

नेपाल समय

आइतबार, असोज ३, २०७८, काठमाडौं

नेपाल समय

काठमाडौं- राष्ट्रपति विद्यादेवी भण्डारीले नेपालको संविधानद्वारा प्रत्याभूत नागरिक आकाङ्क्षालाई कार्यरूप दिनु आफूहरूको युगीन अभिभारा भएको बताएकी छन्।

संविधान दिवस तथा राष्ट्रिय दिवसका अवसरमा आइतबार दिएको शुभकामना सन्देशमा उनले राज्यबाट प्राप्त हुने सेवा र सुविधामा सबै नागरिकको समान पहुँच स्थापित गर्नुका साथै नागरिकलाई सामाजिक सुरक्षाको प्रत्याभूति प्रदान गर्न आवश्यक भएको उल्लेख गरेकी छन्।

नेपाली जनताको बलिदानपूर्ण सङ्घर्षको फलस्वरुप जननिर्वाचित संविधानसभाद्वारा २०७२ साल आश्विन ३ गते नेपालको संविधान जारी भएकामा सम्मान र त्यस दिनको स्मरणस्वरुप आज हामी संविधान दिवस तथा राष्ट्रिय दिवस मनाइरहेका छौं भन्दै उनले देशभित्र तथा बाहिर रहेका नेपाली दिदीबहिनी तथा दाजुभाइमा हार्दिक बधाई तथा शुभकामना व्यक्त गरेकी छन्।

सङ्घीय लोकतान्त्रिक गणतन्त्र स्थापनाका लागि भएका विभिन्न आन्दोलनका क्रममा अमूल्य जीवन बलिदान गर्ने सहीदप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै राष्ट्रपतिले मुलुकमा लोकतान्त्रिक प्रणाली स्थापना गर्न मार्गदर्शन गर्ने अग्रजप्रति सम्मान प्रकट गरेकी छन्।

'वर्तमान संविधानले सामन्ती, निरङ्कुश र एकात्मक राज्य व्यवस्थाद्वारा सिर्जित जातीय, भाषिक, धार्मिक, सांस्कृतिक तथा भौगोलिकलगायत सबै प्रकारका विभेद र उत्पीडनको अन्त्य गर्दै  विविधतायुक्त नेपाली समाजलाई बृहत् राष्ट्रिय एकताको सूत्रमा आबद्ध गर्न मार्गदर्शन गरेको छ। यस संविधानअन्तर्गत नेपालको सार्वभौमसत्ता नेपाली जनतामा निहित भएको छ र जनता राज्यशक्तिको स्रोत भएका छन्,' सन्देशमा भनिएको छ।

लामो समयको सङ्क्रमणकाल र द्वन्द्वलाई समाप्त पार्न सफल राजनीतिक दलहरू संविधानप्रदत्त नागरिक अधिकारको उपयोग गरी शान्तिपूर्ण माध्यमबाट आफ्ना राजनीतिक उद्देश्य हासिल गर्न सकिने दृष्टिकोणसहित राष्ट्रिय राजनीतिको मूल प्रवाहमा सामेल भइरहेका तथा नयाँ संविधान जारी भएयताका वर्षमा संविधानप्रतिको ग्रहणशीलता बढ्दै जाँदा मुलुकको शान्ति र राजनीतिक स्थायित्वका लागि ठूलो योगदान पुगेको राष्ट्रपतिले सन्देशमा उल्लेख गरेकी छन्। 'जनताको राजनीतिक अधिकार प्राप्तिका लागि गरिने सङ्घर्षको चरण पूरा भएको छ र मुलुकको आर्थिक समृद्धिका लागि हाम्रा सम्पूर्ण प्रयास केन्द्रित गर्नुपरेको छ', उनले भनेकी छन्।

नेपालको संविधानले सामाजिक न्यायमा आधारित समतामूलक समाजको परिकल्पना गर्दै समाजवाद उन्मुख अर्थतन्त्रको निर्माण गर्ने लक्ष्य लिएको छ। उक्त लक्ष्य हासिल गर्न मुलुकमा उपलब्ध जल, जमिन र जङ्गलजस्ता प्राकृतिक स्रोत र साधनको दिगो सदुपयोग गर्दै उद्यमशीलताको विकासमार्फत उत्पादन वृद्धि, कृषिको आधुनिकीकरणसहित स्वदेशी उत्पादनद्वारा आयात प्रतिस्थापन गरी स्वाधीन र आत्मनिर्भर अर्थतन्त्रको विकास गर्नुपर्नेमा उनले जोड दिएकी छन्। 

संविधान दिवस तथा राष्ट्रिय दिवसका अवसरमा जनप्रतिनिधिमूलक संस्था, राजनीतिक दल तथा राज्यका सबै अङ्गलाई संविधानको मर्म र भावना व्यवहारमा रूपान्तरण गर्न मन, वचन र कर्मले समर्पित भई आआफ्नोतर्फबाट इमान्दार प्रयास जारी राख्न उनले सबैमा आह्वान पनि गरेकी छन्।


प्रकाशित: September 19, 2021 | 08:21:28 काठमाडौं, आइतबार, असोज ३, २०७८
नेपाल समय

नेपाल समय

नेपाल समय
काठमाडौं, आइतबार, असोज ३, २०७८

थप समाचार

आफ्नो गृहजिल्लाको विकासबारे किन झुट बोल्छन् ओली ?

पूर्वप्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली गृहजिल्ला झापा आउँदा विकासबारे सधैँ झुट बोल्छन्।

मन्त्रिपरिषद् बैठकले गरेका निर्णयहरु के-के हुन्?

सरकारले बाढी तथा डुबानबाट धानबालिमा भएको क्षतिको अध्ययन गरी ३ दिनभित्र प्रतिवेदन पेश गर्न कार्यदल बनाएको छ।

उपेन्द्र यादवले भने - सरकार परिवर्तन होइन, व्यवस्था परिवर्तन आजको आवश्यक्ता

अध्यक्ष यादवले जबसम्म राजनीतिक, समाजिक र आर्थिक परिवर्तन हुँदैन, तबसम्म मुलुक विकास र समृद्धिमा पछाडि नै रहनेछ। उनले राजनीतिक परिवर्तनका लागि सरकार होइन राजनीतिकर्मीको प्रवृतिमा परिवर्तन हुनु आवश्यक रहेको बताए।

स्थानीय चुनाव चैत पहिलो साता गर्न आयोगको प्रस्ताव

प्रधानमन्त्री शेरबहादुर देउवाले निर्वाचन आयोगका पदाधिकारीसँग निर्वाचनबारे छलफल गरेका छन्।

प्रधानन्यायाधीश राणाले आफ्ना लागि तोकेनन् इजलास

कार्यपालिकामा भाग खोजेको लगायतका विवादमा मुछिएका प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले सोमबारबाट आफूलाई मुद्दा सुनुवाइबाट अलग राख्न खोजेको सन्देश दिएका छन्।

बस्न सकेन प्रधानन्यायाधीशले बोलाएको फुलकोर्ट बैठक

प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले सोमबारका लागि बोलाएको सर्वोच्च अदालतको फुलकोर्ट बैठक स्थगित भएको छ।

ट्रेंडिंग

नेपाल समय
विचार

न्यायालयको यो संकटमा जिम्मेवार को?

असार-साउनमा प्रतिनिधिसभा पुनःस्थापना र प्रधानमन्त्रीको नियुक्ति गराउन सर्वोच्च अदालतको संवैधानिक इजलास पूरै समर्पित रह्यो। अगाडि परेका निवेदनको सुनवाइ नगरी पछि परेका निवेदनलाई प्राथमिकता राखी निर्णय दिने तरिका न्यायिक गुणवत्ता होइन त्यो राजनीति हो ।
नेपाल समय
शिक्षा

विद्यालय र बालविकास केन्द्रको संख्या नपठाए अनुदान रोक्का

शिक्षा तथा मानव स्रोत विकास केन्द्रले विद्यालय र बालविकास केन्द्रको संख्या सुनिश्चित गरेर पठाउन स्थानीय तहलाई आग्रह गरेको छ।
नेपाल समय
प्रदेश न. २

निर्वाचन भएको चार वर्षपछि भएको पुनः मतगणनामा पराजित उम्मेदवार विजयी

महोत्तरीको एक स्थानीय तहको वडामा निर्वाचन भएको चार वर्षपछि भएको पुनः मतगणनामा निकटतम प्रतिद्वन्द्वी रहँदै पराजित भएका उम्मेदवार विजयी भएका छन्।
नेपाल समय
शिक्षा

अन्योलमा २० हजार ६१३ शिक्षकको विज्ञापन, आयोग नियमावली मन्त्रिपरिषद्‍मै अड्कियो

प्राथमिक तहमा १३ हजार ८५, निमावि तहमा २ हजार ५ सय ९४ र मावि तहमा १ हजार ५ सय ४४ शिक्षक दरबन्दी रिक्त छ।
नेपाल समय
राजनीति

मुख्यमन्त्री आचार्य, जसले संविधान मिचेर १६ दिन सत्ता लम्ब्याए

एमाले सचिव भीम आचार्य तत्कालीन प्रधानमन्त्री केपी ओलीले दुईपटकसम्म संसद् विघटन गर्दा प्रतिगमन भयो भन्दै आन्दोलनको अग्रपंक्तिमा थिए। ओलीले सत्ता लम्ब्याउन संविधान मिचेको आरोप लगाउँदै प्रदेश १ मा आन्दोलनको नेतृत्व पनि गरे।

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६

सम्पर्क

House -138, Suruchi Marg, New Baneshwor, Kathmandu, Nepal
फोन : +977-1-4790242 / +977-1-4790040
इमेल : info@nepalsamaya.com nepalsamayanews@gmail.com
  • प्रबन्ध निर्देशक
    तरुणप्रताप शाह
  • सम्पादकीय निर्देशक
    मुमाराम खनाल
  • प्रधान सम्पादक
    नारायण अमृत
Copyright © 2021. Design & Development by Cn’C