मंगलबार, कार्तिक ९, २०७८
  • गृहपृष्ठ
  • राजनीति
  • संविधानको सफल कार्यान्वयन गर्न सरकार प्रयत्नशील छ : प्रधानमन्त्री देउवा

संविधानको सफल कार्यान्वयन गर्न सरकार प्रयत्नशील छ : प्रधानमन्त्री देउवा

नेपाल समय  |  काठमाडौं, आइतबार, असोज ३, २०७८

नेपाल समय

नेपाल समय

आइतबार, असोज ३, २०७८, काठमाडौं

नेपाल समय

काठमाडौं- प्रधानमन्त्री शेरबहादुर देउवाले सरकार संविधानको भावनालाई जनताको जीवनमा महसुस हुने गरी कार्यान्वयन गर्न प्रयत्नशील रहेको बताएका छन्।

सातौं संविधान दिवसका अवसरमा शुभकामना व्यक्त गर्दै उनले अनेक चुनौतीका बाबजुद संविधानको सफल कार्यान्वयनसँगै सबैले देशको समुन्तीलाई सुनिश्चित गर्ने संकल्प गर्नु आवश्यक रहेको उल्लेख गरेका छन्। 

मुलुकको अग्रगामी परिर्वतनका लागि अमूल्य जीवन उत्सर्ग गर्नुहुने सम्पूर्ण ज्ञातअज्ञात शहीदहरुप्रति श्रद्धाञ्जली अर्पण गर्दै प्रधानमन्त्री देउवाले परिवर्तनका लागि भएका संघर्षमा शारीरिक, भौतिक, आर्थिक र मनोवैज्ञानिक क्षति व्यहोर्नुभएका व्यक्तिलाई उच्च सम्मानपूर्वक स्मरण गरेका छन्। उनले प्राकृतिक विपद् र कोभिड–१९ को महामारीबाट अकालमा ज्यान गुमाउन पुगेका दिदीबहिनी तथा दाजुभाईलगायत सबैमा श्रद्धासुमन व्यक्त गरेका छन्।

नेपाली कांग्रेसका सभापतिसमेत रहेका प्रधानमन्त्री देउवाले कांग्रेस नेतृत्वको सरकारका पालामा संविधानसभाबाट वि.सं. २०७२ असोज ३ गते घोषणा भएको नेपालको संविधान लामो संघर्षपूर्ण लोकतान्त्रिक आन्दोलनको एउटा महत्वपूर्ण उपलब्धि भएको बताएका छन्। 

'कांग्रेसको नेतृत्वमा सबै दल तथा नागरिकको सहयोगमा मुलुकमा क्रमशः शान्ति स्थापना, संविधान निर्माण तथा सङ्घ, प्रदेश र स्थानीय तहको निर्वाचन भइ संविधान कार्यान्वयन गरेको सर्वविदितै छ । यो संविधानले लोकतन्त्र र मानव अधिकारका विश्वव्यापी मान्यतालाई आत्मसात् गर्दै सबैको हक र अधिकार सुनिश्चित गरेको छ', शुभकामना सन्देशमा उल्लेख छ।


प्रकाशित: September 19, 2021 | 07:00:11 काठमाडौं, आइतबार, असोज ३, २०७८
नेपाल समय

नेपाल समय

नेपाल समय
काठमाडौं, आइतबार, असोज ३, २०७८

थप समाचार

आफ्नो गृहजिल्लाको विकासबारे किन झुट बोल्छन् ओली ?

पूर्वप्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली गृहजिल्ला झापा आउँदा विकासबारे सधैँ झुट बोल्छन्।

मन्त्रिपरिषद् बैठकले गरेका निर्णयहरु के-के हुन्?

सरकारले बाढी तथा डुबानबाट धानबालिमा भएको क्षतिको अध्ययन गरी ३ दिनभित्र प्रतिवेदन पेश गर्न कार्यदल बनाएको छ।

उपेन्द्र यादवले भने - सरकार परिवर्तन होइन, व्यवस्था परिवर्तन आजको आवश्यक्ता

अध्यक्ष यादवले जबसम्म राजनीतिक, समाजिक र आर्थिक परिवर्तन हुँदैन, तबसम्म मुलुक विकास र समृद्धिमा पछाडि नै रहनेछ। उनले राजनीतिक परिवर्तनका लागि सरकार होइन राजनीतिकर्मीको प्रवृतिमा परिवर्तन हुनु आवश्यक रहेको बताए।

स्थानीय चुनाव चैत पहिलो साता गर्न आयोगको प्रस्ताव

प्रधानमन्त्री शेरबहादुर देउवाले निर्वाचन आयोगका पदाधिकारीसँग निर्वाचनबारे छलफल गरेका छन्।

प्रधानन्यायाधीश राणाले आफ्ना लागि तोकेनन् इजलास

कार्यपालिकामा भाग खोजेको लगायतका विवादमा मुछिएका प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले सोमबारबाट आफूलाई मुद्दा सुनुवाइबाट अलग राख्न खोजेको सन्देश दिएका छन्।

बस्न सकेन प्रधानन्यायाधीशले बोलाएको फुलकोर्ट बैठक

प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले सोमबारका लागि बोलाएको सर्वोच्च अदालतको फुलकोर्ट बैठक स्थगित भएको छ।

ट्रेंडिंग

नेपाल समय
समाज

प्रहरीमा अब कसैलाई पनि 'तँ' नभन्‍न गृहमन्त्रीको निर्देशन

गृहमन्त्री बालकृष्ण खाँणले तीन वटै सुरक्षा निकायका प्रमुखलाई बोलाएर कसैलाई पनि 'तँ' नभन्‍न निर्देश दिएका छन्।
नेपाल समय
प्रदेश न. २

यसरी कानुनी राज्यको उपहास गर्दैछ सीके राउतको जनमत पार्टी

‘स्वतन्त्र मधेस गठबन्धन’ नारा त्यागेर २०७५ फागुन २४ मा सरकारसँग शान्तिपूर्ण राजनीतिमा आउने सहमति गरी गठन भएको जनमत पार्टी अराजक गतिविधिमा उत्रिएको छ।
नेपाल समय
कला/साहित्य

'विभेद गर्ने काठमाडौं अब फर्कन्न'

कुनै बेला बागमती करिडोरमा माछा तार्दै गर्दा मैले कामेश्वरलाई सोधेको थिएँ, ‘के रहेछ त जिन्दगी?’
नेपाल समय
प्रदेश न. २

अराजक बन्दै सीके राउतको दल, खानेपानीका हाकिमलाई अर्धनग्न पारेर नगर घुमाइयो

अविरल वर्षाका कारण जनकपुरधाम जलमग्न भएपछि ढल निर्माणमा अनियमितता भएको भन्दै सीके राउत नेतृत्वको जनमत पार्टीका कार्यकर्ताले नेपाल खानेपानी संस्थान जनकपुरधामका निमित्त प्रमुखलाई कुटपिट गर्दै नगर घुमाएका छन्।
नेपाल समय
शिक्षा

शिक्षक महासंघले २८ कात्तिकदेखि सडक आन्दोलन गर्ने

नेपाल शिक्षक महासंघले कार्तिक २८ गतेबाट देश भरिकै शिक्षक कर्मचारीलाई काठमाडौंमा उपस्थित गराई दबाबमूलक सडक आन्दोलन गर्ने जनाएको छ।

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६

सम्पर्क

House -138, Suruchi Marg, New Baneshwor, Kathmandu, Nepal
फोन : +977-1-4790242 / +977-1-4790040
इमेल : info@nepalsamaya.com nepalsamayanews@gmail.com
  • प्रबन्ध निर्देशक
    तरुणप्रताप शाह
  • सम्पादकीय निर्देशक
    मुमाराम खनाल
  • प्रधान सम्पादक
    नारायण अमृत
Copyright © 2021. Design & Development by Cn’C