मंगलबार, असोज ११, २०७९

देउवाले अभिभावकीय भूमिका निर्वाह नगर्दाको परिणाम

खिला कार्की  |  काठमाडौं, बिहीबार, भदौ ३१, २०७८

खिला कार्की

खिला कार्की

बिहीबार, भदौ ३१, २०७८, काठमाडौं

नेपाल समय

शेरबहादुर देउवाले नेपाली कांग्रेसको १० औं महाधिवेशनदेखि तत्कालीन सभापति गिरिजाप्रसाद कोइरालाका विरुद्धमा संगठित रुपमा विद्रोह थाले। त्यो बेलादेखि देउवा आफ्नो समूहमा निर्विकल्प नेताका रुपमा देखा परे। उनै देउवा २०४६ सालमा बहुदलीय व्यवस्था पुनःस्थापना भएदेखि नै सुदूरपश्चिममा निर्विकल्प नेताका रुपमा स्थापित भए। १० औं महाधिवेशनदेखि १४ औं महाधिवेशनसम्म आइपुग्दा देउवा आफ्नो समूहमा निर्विकल्प नेता रहन सकेनन् भने २०७८ सालसम्म पुग्दा सुदूरपश्चिमको होइन डडेलधुराको पनि निर्विकल्प नेता रहेनन्। 

आफ्नो समूहमा निर्विकल्प नेता भएकै कारण कांग्रेसको १३ औं महाधिवेशनमा पार्टी विभाजन गरेका देउवा मूल पार्टीको सभापति बन्न सफल भए। सुदूरपश्चिमको निर्विकल्प नेता रहेका देउवाले कहिल्यै पनि डडेलधुराबाट प्रतिनिधिसभा सदस्यमा हार बेहोर्नु परेन। तर पछिल्ला घटनाले दुवै स्थानमा देउवा निर्विकल्प हुन सकेका छैनन्। 

देउवाले १४ औं महाधिवेशनमा आफू पुनः सभापति पदका लागि उम्मेदवार बन्ने सार्वजनिक घोषणा गरिसकेका छन्। विगतमा देउवाको नेतृत्वलाई सहज रूपमा स्वीकार गरेका आफ्नै समूहका नेताहरूले अहिले देउवालाई चुनौती दिन थालेका छन्। कुनै समय देउवाका अत्यन्तै विश्वासपात्र विमलेन्द्र निधिले सम्पर्क कार्यालय नै खोलेर सभापतिको उम्मेदवारका रूपमा आफूलाई उभ्याएका छन्। यो सभापति देउवालाई सवैभन्दा ठूलो चुनौती हो। अर्का विश्वास पात्र गोपालमान श्रेष्ठ पनि देउवासँग खुसी देखिँदैनन्। उनले पनि सभापतिको उमेदवार बन्ने घोषणा गरिसकेका छन्। त्यस्तै देउवाबाटै पार्टी प्रवक्ताको जिम्मेवारी पाएका विश्वप्रकाश शर्माले पनि महामन्त्री पदमा एकल उम्मेदवारी घोषणा गरे। उनले महामन्त्रीको उमेदवारी मात्र घोषणा गरेका छैनन् आगामी महाधिवेशनमा देउवाको साथमा नरहने संकेतसमेत गरेका छन्। यी दुई  नेता जस्तै देउवालाई साथ दिएका धेरै नेता उनको साथ छोड्ने संकेतहरु देखिन थालेका छन्। 

शेरबहादुर देउवाले आफ्नै गृहजिल्ला डडेलधुराबाट पनि चुनौतीको सामना गर्नुपर्ने अवस्था छ। भदौ २५ गते डडेल्धुरामा बलपूर्वक वडा अधिवेशन सम्पन्न गरियो। अधिवेशनमा डडेलधुराका जिल्ला सभापति कर्ण मल्लसहित जिल्ला कार्यसमितिका अधिकांश नेताहरुले देउवालाई चुनौती दिएका छन्। डडेलधुरामा जिल्ला कार्यसमितिको मात्र होइन केन्द्रमा वरिष्ठ नेता रामचन्द्र पौडेललगातयले गरेको खबरदारीलाई देउवाले बेवास्ता गरे। वडा तहको अधिवेशन गर्न आफ्नै पार्टी अनि आफ्नै जिल्लाका कांग्रेसको भन्दा प्रहरी प्रशासनको सहारा लिनुपर्ने अवस्था सिर्जना भयो। 

देउवा सभापति बनिसकेका थिए। आमकांग्रेसको आवाज बन्ने प्रयत्नमा लागेको भए फेरि पनि नेतृत्वमा कसैले चुनौती दिन सक्दैनथे। तर देउवाले उपसभापति विमलेन्द्र निधिदेखि डडेलधुराका जिल्ला सभापति सबैलाई आफ्नो प्रतिस्पर्धी देख्ने दृष्टिदोषका कारण अहिलेका समस्या उत्पन्न भएको हो।

देउवाले सामना गर्नुपर्ने यी चुनौती कसरी आए, आजको मूल प्रश्न यो हो। र सभापति देउवाले पनि आफूलाई यस्ता चुनौती कसरी आए भन्ने कुराको खोजी गर्न जरुरी छ। यसको मूल कारण भनेको देउवाले नेतृत्वमा पुगेपछि अर्थात् पार्टी सभापति भएपछि खेल्नुपर्ने अभिभावकीय भूमिका निर्वाह गर्न सकेनन्। 

देउवाले हिजो पार्टीको नेतृत्वमा पुग्नका लागि गुट बनाए। त्यो ठिकै थियो होला। कांग्रेसमा गुट बनाउने देउवा पहिलो पनि होइनन् र अन्तिम पनि उनी हुने छैनन्। तर नेतृत्वमा पुग्नका लागि गुट चलाएका देउवाले सभापति बनेपछि पनि पार्टीभन्दा बढी गुट चलाउनु चाहिँ दुर्भाग्यपूर्ण हो। त्यही दुर्भाग्यको परिणाम आज देउवाले भोग्दैछन्। सभापति बनेपछि देउवाले गुट नभएर पार्टी चलाउने प्रयास सुरु गरेको भए कार्यकालको अन्तिम अवस्थासम्म आइपुग्दा उनी सबैका अभिभावक बन्थे। सबैका स्वीकार्य नेता पनि बन्थे। तर सभापतिमा निर्वाचित भएपछि पनि सिंगो कांग्रेसलाई नेतृत्व दिन नसक्दा उनी सबै कांग्रेसको सभापति बन्न सकेनन्। अनि क्षयीकरण भएर आफ्नै गुटका पनि निर्विकल्प नेता रहेनन्। 

डडेलधुरामा शेरबहादुर देउवाले क्रियाशील सदस्यता, वडा अधिवेशन, जिल्ला अधिवेशनमा हस्तक्षेप गर्नुपर्ने कुनै कारण नै थिएन्। उनलाई डडेलधुराले नेता स्वीकार गरेकै थियो। आम डडेलधुराका नागरिकले उनलाई २०४८ साल यता निरन्तर प्रतिनिधिसभा सदस्यमा निर्वाचित गराएकै थिए। डडेलधुरा कांग्रेसको नेतृत्वमा जो आए पनि कांग्रेस नै आउने हुन्। कर्ण मल्ल जिल्ला नेतृत्वमा आउँदा वा कर्ण मल्लले भनेको मान्छे नेतृत्वमा आउँदा देउवालाई नेता नमान्ने होइन। त्यसकारण देउवाले आफंैले उत्पादन गरेका कर्ण मल्ललाई चुनौती दिन अर्को गुट बनाउनुपर्ने आवश्यकता नै थिएन। 

१० औं महाधिवेशनमा गिरिजाप्रसाद कोइरालाका विरुद्धमा उत्रिँदादेखि मुख्य सहयोगी रहेका निधिले देउवाको साथ छोड्नुपछि उनको अभिभावकिय भूमिका नदेखिएकाले हो। उनी नेपाल विद्यार्थी संघको अध्यक्ष हुँदादेखि देउवाको उत्तराधिकारीका रुपमा देखिएका थिए। अहिले पनि निधि देउवाको उत्तराधिकारी बन्ने दाउमा थिए। तर देउवाको उत्तराधिकारी आफू नबन्ने निष्कर्षसहित आफैं मैदानमा उत्रने निधो गरेका हुन्। देउवा र निधिका बीचमा वैमनस्य अहिले हैन आमचुनाव अगाडि उनी गृहमन्त्री भएकै अवस्थादेखि हो । निधिलाई देउवाको समूहले त्यही बेलादेखि आफ्नो प्रतिस्पर्धी देख्यो र गृह मन्त्रालय सञ्चालनमा अवरोध गर्न थाल्यो। निधि त्यो बेलादेखि देउवासँग बिच्किए। 

यो सबैको जड भनेको सत्ता र शक्ति एकपटकका लागि होइन, पटकपटक आफ्नै हातमा राख्ने महत्त्वाकांक्षा देखिनु हो। सत्ता र शक्ति आफैंमा केन्द्रित नगरेर सिंगै कांग्रेसको सभापति बन्ने प्रयास गरेको भएमात्रै पनि अझै देउवा सर्वस्वीकार्य नेता हुन सक्थे। उनी सभापति बनिसकेका थिए। आमकांग्रेसको आवाज बन्ने प्रयत्नमा लागेको भए फेरि पनि नेतृत्वमा कसैले चुनौती दिन सक्दैनथे। तर देउवाले उपसभापति विमलेन्द्र निधिदेखि डडेलधुराका जिल्ला सभापति सबैलाई आफ्नो प्रतिस्पर्धी देख्ने दृष्टिदोषका कारण अहिलेका समस्या उत्पन्न भएको हो।


प्रकाशित: September 16, 2021 | 08:10:00 काठमाडौं, बिहीबार, भदौ ३१, २०७८

तपाईं को प्रतिक्रिया

ट्रेंडिंग

चीनमा सैन्य 'कू' को हल्ला, राष्ट्रपति सी नजरबन्दमा छन् त?

सोसल मिडियामा भने सीबारे अनेकन 'हल्ला' भइरहेका छन्। चीनियाँ राष्ट्रपति सीलाई वास्तवमा के भएको भन्‍ने कुरालाई सहजै भन्‍न सकिँदैन।

समान अवसरको मागसहित शेखर समूहले खवरदारी सभा गर्ने

नेपाली कांग्रेसको डा. शेखर कोइराला समूहले पार्टीभित्र समान अवसर र न्यायका लागि खवरदारी सभा आयोजना गर्ने भएको छ।

लेखक केशव दाहालको 'माधवी ओ माधवी' सार्वजनिक

'मोक्षभूमि' उपन्यासका लेखक केशव दाहालको गैरआख्यान निर्बन्ध लेखन संगालो 'माधवी ओ माधवी' शुक्रबार विमोचन गरिएको छ।

काठमाडौंका १० निर्वाचन क्षेत्र : पुराना दललाई स्वतन्त्र र नयाँ दल चुनौती

स्वतन्त्रदेखि झिनामसिनाका पार्टीबाट उम्मेदवारी घोषणा गरिएपछि संघीय राजधानीसमेत रहेको काठमाडौंका १० निर्वाचन क्षेत्रमा ठूला दलहरूलाई चुनाव जित्न गठबन्धनको भर। गठबन्धन गर्दा कांग्रेसको सुरक्षित किल्ला अन्य दललाई सुम्पिनुपर्ने बाध्यता।

वित्तीय संघीयता मजबुत बनाउन राजनीतिक र प्रशासनिक इच्छाशक्ति आवश्यक

राजस्व बाँडफाँटका कतिपय मुद्दामा केन्द्र, प्रदेश र स्थानीयबीच समन्वय अभाव देखिन्छ। यसका लागि वित्तीय हस्तान्तरण ऐनमा केही संशोधन गरेर अगाडि बढ्न आवश्यक छ।

कार्यकालपछि राष्ट्रपति भण्डारीले राजनीतिक नेतृत्व गरे अति राम्रो : गोकुल बाँस्कोटा

बिहीबार ट्विट गर्दै बाँस्कोटाले पूर्वराष्ट्रपतिले राजनीति गर्नु हुँदैन भन्ने कानुनी व्यवस्था नरहेको उल्लेख गर्दै राष्ट्रपतिलाई राजनीतिक नेतृत्व लिन सुझाव दिएका हुन्।

ब्याजदर बढेपछि व्यापारी र बैंकर्सबीच द्वन्द्व, हस्तक्षेप नगर्ने पक्षमा राष्ट्र बैंक

बैंक तथा वित्तीय संस्थाले ब्याजदर बढाएको विषयमा निजी क्षेत्रका उद्योगी र व्यापारी असन्तुष्ट छन्। निक्षेपको ब्याज बढाउँदा कर्जाको पनि ब्याज बढ्ने भएकाले त्यसले उद्योग र व्यापार सञ्चालनमा नकारात्मक असर पार्ने भन्दै उनीहरू असन्तुष्ट बनेका हुन्।

निधिले छोडे पनि धनुषा-३ मा गठबन्धनको हानाथाप, को बन्ला जुलीको प्रतिस्पर्धी?

उता २०७४ सालमा धनुषा ३ बाट निर्वाचित सांसद एंव लोसपाका वरिष्ठ नेता राजेन्द्र महतोले यही क्षेत्रबाट चुनावी मैदानमा उत्रने तयारीमा छन् भने लालकिशोर साह, जितेन्द्रकुमार यादव, विजयकुमार भगत र सर्वजित ठाकुरको नाम सिफारिस गरेको छ।

प्रेमगीत–३ लाई लिएर किन आयो चलचित्र क्षेत्रमा हलचल?

‘प्रेमगीत–३’लाई लिएर नेपाली फिल्मकर्मीहरू विभाजित भएका छन्। कोही हिन्दी भर्सनलाई नेपाली फिल्मसरह कर छुट दिनुपर्ने र कोही दिन नहुने पक्षमा उभिएका छन्।

सरकारको आग्रह लत्याउँदै सीपीसीको सुरक्षा रणनीति बैठकमा राष्ट्रपति भण्डारी सहभागी

चिनियाँ कम्युनिस्ट पार्टीले बुधबार आयोजना गरेको भर्चुअल सम्मेलनमा राष्ट्रपति भण्डारीले रेकर्डेड भिडियो सन्देश पठाएको राष्ट्रपति कार्यालयले पुष्टि गरेको छ।

थप समाचार

नेपाल समय
राजनीति

निर्वाचन आयोगद्वारा मतदानस्थलको विवरण सार्वजनिक (सूचीसहित)

निर्वाचन आयोगले प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनका लागि कायम मतदानस्थलको विवरण सार्वजनिक गरेको छ।
नेपाल समय
राजनीति

लखनउमा ट्याक्टरको ट्रली पोखरीमा खस्दा १० जनाको मृत्यु

उक्त ट्याक्टरमा ४६ जना सवार थिए। ट्रली पल्टिएर पोखरीमा खस्दा सो दुर्घटना भएको बताइएको छ।
नेपाल समय
राजनीति

राप्रपामा वरिष्ठ उपाध्यक्ष बन्ने भएपछि साझाको साधारण सदस्यबाटै मिश्रले दिए राजीनामा

राप्रपामा अध्यक्षपछिको वरीयता लिएर जाने भएपछि उनले विवेकशीलको साधारण सदस्य पदबाटै राजीनामा लेखेका हुन्। राप्रपाले मिश्रलाई भित्र्याउने निर्णय गरिसकेको छ।
नेपाल समय
राजनीति

काठमाडौं-७ बाट चुनाव लड्‍ने बताएकी अनुपाले छोडिन् विवेकशील साझा, नेपाली कांग्रेसमा प्रवेश

करिब दुई दशक पत्रकारितामा संलग्न श्रेष्ठ पछिल्लो समय विवेकशील साझा पार्टीसँग आवद्ध थिइन्। केही समय अघिमात्रै उनले पार्टी परित्याग गरेकी थिइन्।
नेपाल समय
राजनीति

राप्रपामा समानुपातिक नाम टुंग्याउन पनि मतदान, राणासँग २ मतले पछि परे लोहनी

राष्ट्रिय प्रजातान्त्रिक पार्टी (राप्रपा) ले निर्वाचन आयोगमा समानुपातिक सांसदका उम्मेदवारको नाम बुझाए पनि को एक नम्बर हुने विवाद भएपछि मदतान गरिएको हो।

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६

सम्पर्क

House -138, Suruchi Marg, New Baneshwor, Kathmandu, Nepal
फोन : +977-1-4790242 / +977-1-4790040
इमेल : nepalsamayanews@gmail.com
  • प्रबन्ध निर्देशक
    तरुणप्रताप शाह
  • प्रधान सम्पादक
    नारायण अमृत
  • महाप्रबन्धक
    जीवन तिम्सिना