सोमबार, असोज ४, २०७८

पटकपटक नेतृत्वको विरोध गर्नुभन्दा एकपटक विवेकपूर्ण निर्णय गरौं

दिवाकर पाण्डे  |  काठमाडौं, बुधबार, भदौ ३०, २०७८

दिवाकर पाण्डे

दिवाकर पाण्डे

बुधबार, भदौ ३०, २०७८, काठमाडौं

नेपाल समय

एक जना अग्रजले सोध्नुभयो, ‘भाइको जन्म कति सालको?’ ‘५० फागुनको हुँ।’ उहाँले भन्नुभयो, ‘ए त्यतिखेर म त नेविसंघको संगठन बनाउँदै हिँड्न थालेको आठ वर्ष भइसकेको थियो, अहिलेसम्म निरन्तर कांग्रेस छु। मलाई माफ गर अहिलेको पुस्ताले त्यागको महत्त्व बुझ्न सकेको छैन।’ उहाँको कुरा नसकिँँदै मेरो पनि उत्तर निस्कियो– ‘तपाईंको कुरो ठिक हो, तर हेर्नुस् न ४८ सालमा कांग्रेसप्रति जुन क्रेज छ, ७८ मा त्यही छ त? मेरो हजुरबुवा कांग्रेसी कार्यकर्ता थिए, बा शिक्षक संघमा आबद्ध छन्, मेरा केही कम्युनिस्ट साथीहरूले मलाई बोलाइने भाषामा म बालीघरे कांग्रेस हुँ। तपाईं भन्नुस्– मजस्ता बाहेक कति युवा पार्टीप्रति आकर्षित छन्? पार्टीमा भएका युवा पनि के आफ्नो बाटोमा स्पष्ट छन् त? आफ्नो माटोप्रति कर्तव्यनिष्ठ छन् त?’ मेरो प्रतिप्रश्न सायद खरो थियो, ‘अग्रजलाई सम्मान गर्नुपर्दछ।’ उहाँ अलिक रिसाएको हो कि जस्तो लाग्यो। अझ अगाडि थप्नुभयो, ‘हामीले युवा भनेकै छौं त, १९ वर्षकी युवा वडा सभापतिमा आइसकिनँ', सबै युवा भनेर मात्रै पनि त हुँदैन।’

म उहाँको मनसाय बुझ्न सक्थें। तर मलाई यो थाहा थियो कि १९ वर्षीय किशोरी वडा सभापति सामान्य परिवारबाट आएकी हैनन्, कुनै बेला पार्टीको जिल्ला उपसभापतिको छोरी थिइन् उनी। डेंगुका कारण उनका बुवाको निधन भएको जानकारी मलाई थियो। सायद, उनको बुवाको सम्मानमै भए पनि निर्विरोध भइन् होला। उनलाई धेरै शुभेच्छा आगामी दिनका लागि। यहाँ यहाँ ती किशोरीमाथि चर्चा गर्न खोजेको हैन। नेपाली कांग्रेसका महाधिवेशनका क्रममा विगत केही दिनदेखि आफैंले महसुस गरिरहेको केही प्रसंगको चर्चा गर्न लागेका हुँ। 

जब देश फर्किएँ मैले राजनीतिका अलगअलग पाटा देख्न थालें। म जति यो बुझ्न खोज्दछु, त्यति गहिरो दलदल। ‘थोरैका लागि अपार, धेरैका लागि व्यापार, वास्तवमा राजनीति त कहिले घाटामा नजाने पेसा’ पो बनाइएको रहेछ यहाँ।

मलाई प्रवासमा अध्यन गर्ने मौका मिल्यो। अध्ययनकै क्रममा उतै विद्यार्थी राजनीतिमा सक्रिय भएँ। कहिले सामाजिक संस्थामा रहेर काम गर्ने मौका मिल्यो भने कहिले राजनीतिक संघसंस्थामा आबद्ध भएँ। तर जहाँजहाँ भए पनि आफू बसेको समाजप्रति जिम्मेवार भएरै काम गरें जस्तो लाग्छ। काम गर्दै पढ्दै जाँदा मैले बुझें– राजनीति भनेको सेवा हो, नीतिहरुको मूल नीति हो अनि थिति हो। दिल्लीको आम आदमी पार्टीको मुभमेन्ट हेर्दै गर्दा एउटा सानो झिल्कोले कसरी ऐतिहासिक परिवर्तन सम्भव हुन्छ भन्ने कुराको प्रत्यक्षदर्शी हुन पाएँ। लाग्थ्यो– एउटै लहडी मान्छेले पनि चाह्यो भने धेरै गर्न सक्दोरहेछ। 

जब देश फर्किएँ मैले राजनीतिका अलगअलग पाटा देख्न थालें। म जति यो बुझ्न खोज्दछु, त्यति गहिरो दलदल। ‘थोरैका लागि अपार, धेरैका लागि व्यापार, वास्तवमा राजनीति त कहिले घाटामा नजाने पेसा’ पो बनाइएको रहेछ यहाँ। सबै पार्टीमा यस्तै अवस्था छ। यो प्रणाली गलत छ, सच्याउन जरुरी छ भन्नेहरुलाई मूलधारको पार्टीमा कुनै स्थान नदेख्दा मनमा के लाग्थ्यो भने हाम्रो आवश्यकता पुस्ता हस्तान्तरण मात्र होइन है,  नेतृत्व रुपान्तरणको पनि हो। यथास्थितिमा पुस्ता हस्तान्तरण गरे पनि हाम्रा समस्या त ज्यूँका त्यूँ रहनेछ। यसो हो भने नेतृत्व रुपान्तरणको आवाज किन नउठाउने? यो कांग्रेस या कुनै एउटा पार्टीको मात्र समस्या हैन, समस्त राजनीतिक प्रणालीको समस्या हो। यसलाई हामीबाटै सुधार मात्र सम्भव छ। युवा जोसजाँगर सोच र भावनाबाटै यो समाधान हुन सक्छ। 

मिलेसम्म सामाजिक र राजनीतिक कार्यक्रममा जोडिँँदै आवाज उठाउँदै आएको छु। एउटा यात्राले झन्डै दशक छुनै लाग्दा पनि पार्टीभित्रको राजनीतिमा स्पेस कम थियो। ससाना गतिविधिमा अल्झिरहेको महसुस हुन्थ्यो। नर्सरी भनिएको नेविसंघ मरुभूमितुल्य बनिसकेको अवस्थामा छ। त्यसैले पनि हामी कसरी अघि बढ्ने?

अनुभवको कदर गर्नैपर्छ, अग्रजको सम्मान गर्नैपर्छ। तर पार्टीभित्र एउटा यस्तो पुस्ता रहिरहे, जसले पञ्चायतकालीन संघर्षको ब्याजको स्याज हिसाब गर्दै बसिरहेको छ, त्यो पनि स्थानीय तहमै। जबकि ६२-६३ को आन्दोलन भएकै १५ वर्ष पुगिसक्यो। 

‘भाइ, अग्रजको सम्मान गर्नुपर्‍यो, त्याग र बलिदानको कदर गर्नुपर्‍यो!’ भाषण र आश्वासनको सबैभन्दा धेरै व्यापार हुने यो ठाउँमा मानसम्मान र त्यागका कुरा सुन्दासुन्दा अब वाक्क लाग्न थालिसक्यो। अनुभवको कदर गर्नैपर्छ, अग्रजको सम्मान गर्नैपर्छ। तर पार्टीभित्र एउटा यस्तो पुस्ता रहिरहे, जसले पञ्चायतकालीन संघर्षको ब्याजको स्याज हिसाब गर्दै बसिरहेको छ, त्यो पनि स्थानीय तहमै। जबकि ६२-६३ को आन्दोलन भएकै १५ वर्ष पुगिसक्यो। उदेकलाग्दो त के छ भने आफू फेलिअर हुँ, र आफूबाट हुने बढीमा यति नै हो भन्ने कुरा थाहा हुँदाहुँदै पनि अझै सम्भावना बोकेका युवा पुस्तालाई ‘उच्च महत्त्वाकांक्षी’ को ट्याग थमाइएको छ। 

महाधिवेशन प्रक्रियामा लागिरहँदा मैले सबैभन्दा धेरै सुनेको गुनासो ‘आजका युवामा महत्त्वाकांक्षा धेरै भए, युवायुवा भनेर पनि त भएन, अनुभवको कदर हुनुपर्यो’ हो। म मान्छु, नयाँ पुस्ताले स्वतन्त्रताको मूल्य बुझिनसकेको हुन सक्छ। संघर्ष के हो राम्रोसँग भिजिसकेको नहुन सक्छ तर तपाईंहरु किन यो आत्मसात् गर्नुहुन्न  कि हिजो तपाईंहरुले संघर्ष गर्दा आफूपछिको पुस्ताले फेरि यस्तो अवस्थाबाट जान नपरोस् भनेरै लड्नुभएको थियो जीवन हत्केलामा राखेर। आज पनि लडेरै सिकोस् भन्ने चाहना राख्न मिल्छ त? जति बीपीको पुस्ताले, गणेशमानको पुस्ताले दुःख गरे। त्यसपछाडिका पुस्ताले स्वाभाविक रूपमा कम दुःख पाए होला। त्यसपछिका पुस्ताले अझै कम दुःख पाए होला। यो त समयक्रमसँगै कम हुँदै जाने हो नि। हिजो मैले यति गरेको थिएँ, तैंले त्यति गर्ने वातावरण छैन भन्नु कति स्वाभाविक हो? फेरि, पार्टीलाई जीवन्त राखिराख्न पनि त नेतृत्वको विकास गराउँदै अगाडि बढ्नुपर्ने होइन?

एउटा पढेलेखेको युवाले परिवर्तन सम्भव छ भन्ने महसुस गरेर म प्रतिनिधि जान्छु भन्दै गर्दा ‘यति छिट्टै?’ भनेर प्रश्न गर्नेहरुको एउटा लामो पंक्ति खडा हुँदो रहेछ। उदेकलाग्दो विषय त के हो भने ३६ वर्षमा नेपालको गृहमन्त्री भएका बीपी कोइरालाको पार्टीमा आजको युवाको बुलन्द आवाजलाई ‘महत्त्वाकांक्षी’ आरोपको लेपले टाल्न खोजिँदै छ।

पार्टीका आधारभूत सिद्धान्तमाथि छलफल गर्ने र आगामी दिनको बाटो तय गर्ने यही महोत्सव हैन? न कसैसँग प्रस्ट भिजन छ, न कुनै स्पष्ट अडान छ। यस्तो अवस्थामा नेतृत्व रूपान्तरण र हस्तान्तरण दुवै हुनुपर्छ भन्ने मान्यता बोकेका मान्छेसामु जोडदार आवाज उठाउनकै लागि भए पनि नेतृत्व चयन गर्ने ठाउँसम्मै पुग्नुपर्ने बाध्यता छ।

यस्तै कारणले एउटा सिंगो पुस्ता राजनीतिलाई घृणा गर्दछ, डर्टी गेम हो भन्ने मान्दछ र यो देशमा केही हुनै सक्दैन भन्ने निराशाको भारीले कहिल्यै उठ्न नसक्ने गरी थिचिएको छ। यहीं सम्भव छ र हामी सक्छौं भनेर त्यो पुस्ताको त्यो थिचिएको भारी पल्टाउन निरन्तर प्रयत्नरत त्यही पुस्ताका अर्को जमातलाई भने ‘महत्त्वाकांक्षी’ को ट्याग र सकेसम्म रोक्ने प्रयत्न। अनि कसरी सम्भव हुन्छ परिवर्तन, युवा नेतृत्व र नयाँ परिपाटी? न नीतिमाथि प्रस्ट छलफल छ, न नेतृत्व रुपान्तरणकै कुनै लक्षण। यी विषयमा घनीभूत छलफल हुने समय यही महाधिवेशनको अवसर हैन र? पार्टीका आधारभूत सिद्धान्तमाथि छलफल गर्ने र आगामी दिनको बाटो तय गर्ने यही महोत्सव हैन? न कसैसँग प्रस्ट भिजन छ, न कुनै स्पष्ट अडान छ। यस्तो अवस्थामा नेतृत्व रूपान्तरण र हस्तान्तरण दुवै हुनुपर्छ भन्ने मान्यता बोकेका मान्छेसामु जोडदार आवाज उठाउनकै लागि भए पनि नेतृत्व चयन गर्ने ठाउँसम्मै पुग्नुपर्ने बाध्यता छ।

प्रदेश या केन्द्रीय प्रतिनिधि जान्छु चाहिँ भन्नैहुन्न, नत्र धेरैलाई लाग्न सक्दछ महत्त्वाकांक्षी, कसैकसैलाई लाग्न सक्छ अग्रजलाई सम्मान गर्न नजान्ने। त्यो भन्दा महत्त्वपूर्ण पाटो के हो भने तपाईंलाई के लाग्छ? हो, तपाईंलाई के लाग्छ? बीपीले कुनै समयमा भनेका थिए रे– जबजब द्विविधिमा पर्नुहुन्छ, एक मुठी माटो लिएर निर्णय गर्नुस्।’ आज म भन्छु, ‘तपाईं यो देशको त्रिकोणात्मक झण्डा हेरेर, नेपाली कांग्रेसको चारतारे झण्डा हेरेर निर्णय गर्नुस्। पाँच वर्षसम्म सयौं पटक नेतृत्वको विरोध गर्नुभन्दा एक पटक विवेकपूर्ण निर्णय गरौँ। परिवर्तनको यस महायात्रामा हातेमालो गरौं। युवा पुस्ता नेतृत्वका लागि अगाडि बढौं।' 


प्रकाशित: September 15, 2021 | 12:47:55 काठमाडौं, बुधबार, भदौ ३०, २०७८
दिवाकर पाण्डे

दिवाकर पाण्डे

पाण्डे सुशील कोइराला सोसलिस्ट युथ सर्कलका कोषाध्यक्ष हुन्।
काठमाडौं, बुधबार, भदौ ३०, २०७८

थप समाचार

विश्वप्रकाशले अघि सारेको 'वान-टू-थ्री-फोर'को अवधारणा के हो?

नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले २४ बुँदे अवधारणापत्र सार्वजनिक गरेका छन्। झापाको विर्तामोडमा आयोजित एक कार्यक्रममा शर्माले आफ्नो अवधारणापत्र सार्वजनिक गरेका हुन्।

मधेश केन्द्रित दलहरुले गरे संविधानको विरोध

मधेश केन्द्रित जनता समाजवादी पार्टी र लोकतान्त्रिक समाजवादी पार्टीले संविधानको विरोध गरेका छन्। सातौं संविधान दिवसको अवसरमा दुबै पार्टीले काठमाडौंमा छुट्टाटछुट्टै कार्यक्रमको आयोजना गर्दै संविधानप्रति विरोध जनाएका हुन्।

काम अलपत्र पार्ने ठेकेदार भीमबहादुर साउँदलाई पनि सुप्रबल जनसेवाश्री पदक

राजेन्द्र निर्माण सेवा प्रालिका सञ्‍चालक रहेका ठेकेदार साउँदले कञ्‍चनपुरमा हुलाकी सडक निर्माणको ठेक्का पाएका छन्। पटक-पटक म्याद सकिएको उक्त सडक निर्माणको काम पटकपटक थप गर्दा पनि काम अझै पूरा गर्न नसकेका साउँदलाई राष्ट्रपतिले सम्मान गर्न लागेकी हुन्।

नेकपा एकीकृत समाजवादी रुपन्देही अध्यक्षमा राजु गुरुङ

नेकपा एकीकृत समाजवादी रुपन्देहीले पदाधिकारीलाई पूर्णता दिएको छ।

संविधान दिवस : मधेश केन्द्रित दलले अझै अंगाल्न सकेनन् संविधान

नेपालले नयाँ संविधान पाएको आइतबार ६ वर्ष पूरा भएको छ। ६ वर्ष अगाडि २०७२ साल असोज ३ गते संविधानसभाबाट बहुमतको आधारमा नयाँ संविधान जारी गरिएको थियो।

निजामती कर्मचारी संगठनमा पनि ओलीर नेपाल समूहबीच चर्को विवाद, छाप र लेटरप्याड चोरीको आरोप

नेपाल निजामती कर्मचारी संगठनका अध्यक्ष केदार देवकोटाले अधिवेशनको निर्णय गर्न लाग्दै गर्दा संगठनको माइन्युट बुक, छाप र लेटरप्याड चोरी भएको र अहिले प्रहरीलाई छानबिनका लागि निवेदन दिएको बताए।

ट्रेंडिंग

नेपाल समय
राजनीति

भीम रावलले लिएको त्यो यु–टर्न, जसले उनलाई यता न उताको बनायो

पार्टीभित्र अन्तरसंघर्ष चर्काएर पार्टी फुटाउन उद्यत उनै रावल ओलीको दौराको फेर समाएर एमालेमै बसेका छन्। माधवकुमार नेपाललगायतले नयाँ पार्टी खोल्दा रावल पछि हटे।
नेपाल समय
श्रृंखला

कंगोमा कुटाइ खाएका नमराजको बयानः सेनाका क्याप्टेनहरूले मलाई फुटबल बनाएर हाने

फेरि पनि मलाई हान्न आउँदा मैले हात खडा गरी 'सर! मेरो गल्ती भए सजाय दिनुस्, यसरी नकुट्नुस्' भन्दा पनि 'तँ बढी बोलिस्' भनेर मलाई सहसेनानी (क्याप्टेन) इन्द्रबहादुर थापा र सहसेनानी सुबास हुमागाई (क्याप्टेन)ले फुटबल खेलेजस्तो गरी हान्नुभयो।
नेपाल समय
शिक्षा

तलबभत्ता निकासा नभएपछि देशभरका ईसीडी शिक्षक र विद्यालयका कर्मचारी आन्दोलित

स्थानीय तहले सरकारले तोकेबमोजिम ईसीडी शिक्षक (बाल विकास सहजकर्ता) र विद्यालय कर्मचारीको वृद्धि भएको तलब निकासा नगरेको भन्दै आन्दोलनमा उत्रिएका छन्।
नेपाल समय
संवाद

राष्ट्र बैंकको पैसा वाणिज्य बैंकमा सार्नेबित्तिकै तरलताको समस्या हट्छ : भुवनकुमार दाहाल [अन्तर्वार्ता]

बैंकहरुको आइडल फन्ड राष्ट्र बैंकमा छैन। उनीहरुले विभिन्न ऋणपत्रमा लगानी गरिरहेका छन्। आफूसँग आइडल रकम नभएपछि बैंकहरुले ऋणपत्र धितो राखेर ५ प्रतिशतमा राष्ट्र बैंकबाट ऋण लिनुपर्‍यो। बैंकहरुमा अहिले तरलताको अभाव नभएर आइडल फन्डको दबाब मात्र हो।
नेपाल समय
श्रृंखला

अनियमितताबारे हुनुपर्ने सेनाको अनुसन्धान किन मोडियो सूचनाको स्रोततिर?

जसको जागिर गुम्यो, उनीहरुलाई ‘कोर्ट अफ इन्क्वायरी’को टोलीले बयान नलिनुले नै छानबिन कतिसम्म फितलो र पूर्वाग्रही थियो भन्ने प्रष्ट देखाउँछ।

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६

सम्पर्क

House -138, Suruchi Marg, New Baneshwor, Kathmandu, Nepal
फोन : +977-1-4790242 / +977-1-4790040
इमेल : info@nepalsamaya.com nepalsamayanews@gmail.com
  • प्रबन्ध निर्देशक
    तरुणप्रताप शाह
  • सम्पादकीय निर्देशक
    मुमाराम खनाल
  • प्रधान सम्पादक
    नारायण अमृत
Copyright © 2021. Design & Development by Cn’C