सोमबार, माघ १६, २०७९

ओलीप्रति लक्षित गर्दै नेपालले भने- कम्युनिस्ट पार्टीभित्र अहंकारवादविरुद्ध लड्नुपर्छ

नेपाल समय  |  काठमाडौं, आइतबार, भदौ २७, २०७८

नेपाल समय

नेपाल समय

आइतबार, भदौ २७, २०७८, काठमाडौं

नेपाल समय
फाइल तस्बिर

काठमाडौं- नवगठित नेकपा (एकीकृत समाजवादी) पार्टीका अध्यक्ष माधवकुमार नेपालको कम्युनिस्ट पार्टीभित्र अहंकारवादविरुद्ध लड्नुपर्नेमा जोड दिएका छन्। 

अध्यक्ष नेपालले केपी ओलीप्रति संकेत गर्दै नेपालको कम्युनिष्ट पार्टीहरुमा सरकारमा पुगेपछि अहंकारको घोडा चढ्ने प्रवृत्ति मौलाएको उल्लेख गर्दै त्यसविरुद्ध लडनुपर्ने आवश्यकता औंल्याएका हुन्।

‘नेपाली कम्युनिस्ट आन्दोलनको कार्यदिशा’ नामक पुस्तक विमोचन गर्दै उनले नेपालको कम्युनिस्ट पार्टीभित्र आफ्ना आसेपासेहरुलाई गोलबन्द गर्दै गैर कम्युनिस्ट प्रवृत्ति मौलाउँदै आएको उल्लेख गरे। उनले त्यस्ता प्रवित्तिहरुलाई निस्तेज पारेर अघि बढ्नुको विकल्प नरहेको स्पष्ट पारे।

‘आफ्ना आसेपासेहरुलाई गोलबन्द गर्दै गैरकम्युनिस्ट प्रवृत्ति पनि हामी हेरिरहेका छौं। सत्तामा पुगेपछि अहंकारको घोडा चढ्ने प्रवृति पनि देखिरहेका छौं,' ओलीप्रति लक्षित गर्दै उनले भने, 'कम्युनिस्ट पार्टी भित्रैबाट यस्ता खालका गैर सर्वहारा वर्गीय चिन्तन देखिने गरेको छ। यस्ता सबै खालका गैरसर्वहारा वर्गीय चिन्तनलाई परास्त गरी जनताको मन जित्ने गरी सबै क्रान्तिकारी कम्युनिस्ट पार्टीहरुले काम गर्नुपर्दछ।’

अध्यक्ष नेपालले कम्युनिस्ट पार्टीहरुले ‘चुनावदेखि चुनावसम्म’ नभई ‘जनतादेखि जनतासम्म’को अभियान संचालन गर्नुपर्ने पनि बताएका थिए। नेपालका कम्युनिस्ट पार्टी नै सबैभन्दा लोकतान्त्रिक पार्टी भएको दाबी गर्दै ती कम्युनि‍स्ट पार्टीहरुले मात्रै वास्तविक रुपमा देशलाई एकताबद्ध बनाउने र मुलुकको राष्ट्रियताको रक्षा गर्ने ‍तर्क गरेका थिए। 


प्रकाशित: September 12, 2021 | 21:44:12 काठमाडौं, आइतबार, भदौ २७, २०७८

तपाईं को प्रतिक्रिया

ट्रेंडिंग

बक्स अफिसमा नयाँ रेकर्ड बनाउँदै पठान

फिल्मले सबैभन्दा छोटो समयमा ४ सय करोडभन्दा बढीको व्यापार गर्ने हिन्दी चलचित्रको रेकर्ड पनि कायम गरेको छ। चौथो दिनमात्र पठानले १०० करोडभन्दा बढीको बिजनेस गरेको छ।

रवि लामिछानेले लिए नागरिकता

लामिछानेले जिल्ला प्रशासन काठमाडौंमा अमेरिकी नागरिकता त्यागेको निस्सा पेस गरेपछि दोस्रो पटक नेपाली नागरिकता लिएका हुन्।

लाइन मिचेर नागरिकता लिन सीडीओ कार्यालय पुगे रवि

रवि लामिछाने नागरिकता लिन जिल्ला प्रशासन कार्यालय काठमाडौं पुगेका छन्। आइतबार दिउँसो १२ बजे उनी नागरिकता लिन सीडीओ कार्यालय पुगेका हुन्।

रविको राजीनामापछि रास्वपाको पहिलो बैठक बस्दै

राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय समिति बैठक बस्ने भएको छ।

प्रथम सरस्वती कराते कपको उपाधी इचङुनारायण र ब्रह्मास्मी स्कुललाई

प्रथम सरस्वती कप सिनियर/जुनियरको उपाधी इचङुनारायण डोजो र ब्रह्मास्मी स्कुलले जितेको छ।

चितवन-२ मा उपनिर्वाचन हुने, अयोग्य ठहरिएका रवि चुनाव लड्न पाउलान्?

पुनः नागरिकता प्राप्त गरेसँगै चितवन क्षेत्र नम्बर २ मा अब हुने उपनिर्वाचनमा उनी सहभागी हुन सक्नेछन्। तर त्यसअघि अन्य कसुरमा उनीमाथि कारबाही नभएको अवस्थामा मात्रै उपनिर्वाचनमा उम्मेदवार हुन पाउने छन्।

मुक्तिनाथ बैंकका गार्डले सांग्रिलाको एटीएम फुटाउन खोजेपछि...

एटीएम फोडेर पैसा झिक्न खोज्ने एकजनालाई प्रहरीले शुक्रबार पक्राउ गरेको छ।

रविको राजनीतिक यात्रा: ६ महिनामा अविश्वसनीय छलाङ, अचानक उपलब्धि शून्य

उनले हासिल गरेका उपप्रधान तथा गृहमन्त्री र सांसद पद गएको छ। त्यतिमात्र नभएर उनी आफैंले ६ महिनाअघि गठन गरेको पार्टीबाट पनि उनी बेदखल भएका छन्। रविको आफ्नै शब्दमा भन्ने हो भने उनी अनागरिक भएका छन्।

डिल्लीबजारस्थित फ्युजन कन्सल्टेन्सीबाट तीन जना पक्राउ

डिल्लीबजारस्थित फ्युजन कन्सल्टेन्सीमा प्रहरीले छापा मारेर तीन जनालाई पक्राउ गरेको छ।

लोकदोहोरी गायक भीम पौडेलको निधन

लोकदोहोरी गायक भीम पौडेलको निधन भएको छ। स्याङजा खुदी घर भएका पौडेल लामो समयदेखि लोकदोहोरी गायनमा सक्रिय थिए।

थप समाचार

नेपाल समय
राजनीति

सरकार सञ्चालन साझा नीति र कार्यक्रमबाट हुन्छ : महासचिव पोखरेल

विराटनगर विमानस्थलमा सोमवार सञ्चारकर्मीसँग कुरा गर्दै उनले राष्ट्रपतिको उम्मेदवारमा राष्ट्रिय सहमति कायम गर्नु भनेको सत्तापक्षका उम्मेदवारका लागि सहमति खोज्नु रहेको बताए।
नेपाल समय
राजनीति

वामदेव र रावल नेकपा एसमै आउने घनश्याम भुसालको ठोकुवा

नेकपा एसले मुलुकमा एकीकृत वाम नेतृत्व गर्ने र यसमा धेरै कम्युनिस्ट नेताहरू जोडिने भुसालको तर्क।
नेपाल समय
राजनीति

माओवादी स्थायी कमिटी बैठक सुरु, राष्ट्रपति चयनबारे छलफल हुँदै

नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक सोमबार पनि बसेको छ।
नेपाल समय
राजनीति

सहिदको बलिदान गणतन्त्रको प्रतिफल : प्रधानमन्त्री प्रचण्ड

सहिद दिवस राजनीतिक दलका लागि राष्ट्र, जनताको प्रगति र सेवामा समर्पित हुन प्रेरणा स्रोत बनेको प्रधानमन्त्री प्रचण्डको धारणा।
नेपाल समय
राजनीति

कांग्रेस सभापति देउवासँग अमेरिकी उपविदेशमन्त्री न्युल्यान्डको भेट

धुम्बाराहीस्थित निवासमा अमेरिकी उपविदेशमन्त्री र देउवाबीच भेटवार्ता भएको हो।

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६

सम्पर्क

House -138, Suruchi Marg, New Baneshwor, Kathmandu, Nepal
फोन : +977-1-4790242 / +977-1-4790040
इमेल : nepalsamayanews@gmail.com
  • प्रबन्ध निर्देशक
    तरुणप्रताप शाह
  • प्रधान सम्पादक
    नारायण अमृत
  • महाप्रबन्धक
    जीवन तिम्सिना