शुक्रबार, मंसिर २३, २०७९

अहिलेसम्म केन्द्रीय सदस्य नपाएको चितवन कांग्रेसका दु:ख– न अवसर पाइयो, न रुखमा भोट हाल्न पाइयो

तीर्थराज बस्नेत  |  काठमाडौं, मंगलबार, साउन २६, २०७८

तीर्थराज बस्नेत

तीर्थराज बस्नेत

मंगलबार, साउन २६, २०७८, काठमाडौं

नेपाल समय
नेपाली कांग्रेस चितवनका सभापति जितनारायण श्रेष्ठ

काठमाडौं– हरेक राजनीतिक आन्दोलनमा चितवन जिल्लाले ठूलो योगदान दिएको छ। चाहे त्यो पञ्चायत विरुद्धको आन्दोलन होस् वा दोस्रो जनआन्दोलन होस्, चितवनले दिएको योगदान अग्रस्थानमा आउँछ। तर, सबैभन्दा जेठो दल नेपाली कांग्रेसको हकमा भने यो जिल्ला उपेक्षित छ। 

सात दशक लामो इतिहास बोकेको कांग्रेसले संचालन गर्ने हरेक आन्दोलन वा गतिविधिमा चितवनले ठूलो योगदान गरेको छ। ०१७ साल पुस १ तत्कालिन राजा महेन्द्रले कू गरेपछि कांग्रेसले गरेको सशस्त्र आन्दोलनमा चितवनले ठूलो योगदान गरेको थियो। जुन आन्दोलनमा एक दर्जन बढीले ज्यान गुमाएका थिए। 

पञ्चायती व्यवस्था विरुद्ध २०३६ सालको जनमत संग्रहमा चितवनले ८ हजार बढीको मतान्तरसहित निर्दलीय पक्षलाई पराजित गरेको थियो। २०४२ सालको सत्याग्रह आन्दोलनमा चितवनबाट ५ सय ५३ जना गिरफ्तारीमा परेका थिए। जुन सबैभन्दा बढी हो। २०४६ सालको जनआन्दोलनमा चितवनका गणेश पौडेल पहिलो शहिद बनेका थिए। संस्थापक नेता गणेशमान सिंह चितवनबाटै राणाविरोधी संघर्षका क्रममा २००७ असोज २१ मा पक्राउ परेका थिए। २०६२÷०६३ सालको जनआन्दोलनमा समेत चितवनले ठूलो योगदान गर्यो। 

तर, कांग्रेसको सात दशक लामो इतिहासमा चितवनबाट केन्द्रीय समितिमा प्रतिनिधत्व शून्य छ। ‘सबै खाले परिवर्तनमा चितवनले ठूलो योगदान गरेको छ। पार्टीले गर्ने आन्दोलन होस् वा गतिविधि चितवन सँधै अग्रस्थानमा छ। तर, योगदानको कदर भने हुन सकेको छैन,’ चितवन कांग्रेसका सभापति जित नारायण श्रेष्ठले भने, ‘अहिलेसम्म केन्द्रीय समितिमा चितवनको प्रतिनिधित्व नहुनु विडम्बना हो।’  

कांग्रेसका ठूला नेता हुन् वा दलिय तालमेल कांग्रेसका लागि चितवन भरपर्दो जिल्ला हो। २०१५ सालमा होस् वा ७० सालको निर्वाचन नै किन नहोस्, अन्य जिल्लाका कांग्रेस नेता चितवन आएर निर्वाचन लडे र जिते पनि। २०७४ सालको स्थानीय चुनाव र भरतपुर महानगरपालिकाका कसले पो भुलेको होला र? जहाँ माओवादी नेतृ रेणु दाहाललाई कांग्रेस कार्यकर्ताले हसियाँ हथौडामा मत हालेर जिताइदिए। चितवन कांग्रेससँग अन्य दलको चुनाव चिन्हमा मतदान गर्नुपर्ने दुःख मात्रै छैन। आफ्नै पार्टीका पर्यटक नेतालाई जिताउनुपर्ने बाध्यता पनि छ। 

२०१५ सालमा विराटनगरबाट राजनीति गरेका  र विश्वबन्धु थापालाई चितवनले जिताएको थियो। २०७० सालको संविधान सभा निर्वाचनमा तत्कालिन सभापति सुशील कोइरालालाई चितवनले जिताएको थियो। जबकी कोइराला बाँकेका हुन्। तत्कालिन सभापति कोइरालाई जिताएको चितवनले उनकै कार्यकालमा समेत केन्द्रीय समितिमा अवसर पाउन सकेन। 

‘आफ्नै पार्टीका अन्य जिल्लाबाट राजनीति गर्ने नेताहरुलाई त जिताइएकै थियो। तालमेलका नाममा कांग्रेस कार्यकर्ताले अन्य दलका नेतालाई समेत जिताउनु परेको छ। तर, अवसर पाउने बेला चितवनलाई वेवास्ता गरिएको छ,’ श्रेष्ठले भने। 

आन्दोलन र निर्वाचन जिताउने कुरामा मात्रै होइन, संगठनका हिसाबले समेत चितवन कांग्रेस बलियो छ। १३ औं महाधिवेशनमा सबैभन्दा धेरै चितवनमा २० हजार ३०४ क्रियाशील सदस्य थिए। त्यो संख्या बढेर अहिले २७ हजार ८५५ पुगेको छ। ती मध्ये १७ हजार ४८ नविकरण तर्फका हुन् भने १० हजार ८०७ नयाँ सदस्य थपिएका छन्।  

केन्द्रको मनमा बसेन, नेता मिलेनन्

२०६४ सालमा भएको संविधानसभाको निर्वाचनमा टिकट नपाएपछि तत्कालिन सभापति गिरिजाप्रसाद कोइरालाले तत्कालिन जिल्ला पार्टी सभापति कृष्णलाल सापकोटालाई आमन्त्रित केन्द्रीय सदस्यमा मनोनित गरेका थिए। त्यस बाहेक नेतृत्वको मनमा चितवन पर्न सकेको छैन। नेतृत्वले वेवस्ता गर्दा मनोनित भएर केन्द्रीय समितिमा प्रतिनिधित्व गर्ने कुरै भएन। निर्वाचित भएर केन्द्रीय समितिमा पुग्ने अवसरको बाधक नेताहरुको किचलो भइदियो। 

नेतृत्वको वेवस्ता र नेताहरुको बेमेलको कै कारण केन्द्रीय समितिमा प्रतिनिधित्व गर्न असफल भएको नियती चितवन कांग्रेसले भोगिरहेको छ। चितवनबाट ११ औं महाधिवेशनमा ८ जना, १२ औं महाधिवेशनमा १९ जना र १३ औं महाधिवेशनमा ११ जनाले केन्द्रीय सदस्यमा उम्मेदवारी दिएका थिए। तर, कसैले तीन अकंको माथिको मत ल्याउन सकेनन्। 

‘नेतृत्वको नजरमा त चितवन परेन नै। हाम्रो आफैं भित्रको वेमेलको स्थितीले पनि हाम्रो केन्द्रमा प्रतिनिधित्व हुन सकेन,’ श्रेष्ठ भन्छन्, ‘केन्द्रीय सदस्य नहुँदा साह्रै दुःख पाइयो। केन्द्रीय सदस्य बोलाएर एयरपोर्टमा स्वागत गर्न जाने मात्रै काम भयो।’ 

यो पटक भने पार्टी भित्र छलफल गरेर सहमतिकै आधारमा केन्द्रीय समितिमा लड्ने तयारी नेताहरुले गरेका छन्। सभापति श्रेष्ठ आफैं पनि केन्द्रीय सदस्य लड्ने तयारी गरिरहेका छन्। उनी बाहेकका नेताहरुले पनि अकांक्षा देखाएका छन्। ‘अहिले आकांक्षी छैनन्। मिलेरै अघि बढ्नुपर्ने अधिकांशको राय छ,’ उनले भने, ‘म १२ औं माहाधिवेशनमा नेविसंघको अध्यक्ष थिएँ। जिल्ला कार्य समिति सदस्य जितेँ, जितेपछि राजिनामा राजिनामा दिएँ। १३ औं महाधिवेशनमा जिल्ला सभापति जितेँ। अब केन्द्रमा आउने इच्छा। मसँगै अरु साथीहरुको पनि आकांक्षा छ। तर मिलेर बढ्छौं।’ 

कांग्रेसले रुखमा भोट हाल्नै नपाउने? 

अहिले कांग्रेस, माओवादी केन्द्र, जसपा लगायतका दल मिलेर सरकार बनेको छ। त्यसको नेतृत्व कांग्रेस सभापति शेरबहादुर देउवाले गरेका छन्। यो गठबन्धन बन्ने बित्तिकै झस्को पसेको छ चितवनमा। २०७३ मा कांग्रेस–माओवादीको सत्ता गठबन्धन बनेको र २०७४ मा माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड पुत्री रेणुलाई मतदान गर्नुपरेको चस्का चितवन कांंग्रेसलाई परेको छ। अहिले पनि ठिक २०७३ सालकै अवस्थामा कांग्रेस–माओवादी गठबन्धन बनेको छ। आगामी फागुनमा स्थानीय तहको निर्वाचन गर्नु हुनेछ। र, यो गठबन्धन आम निर्वाचनसम्म कायम रहने चर्चा समेत भइरहेको छ। 

कतै आगामी निर्वाचनमा फेरी माओवादीलाई मतदान गर्नुपर्ने हो कि? माओवादी अध्यक्ष प्रचण्डलाई नै जिताउनुपर्ने अवस्था आउने हो कि? चितवन कांग्रेसका नेता–कार्यकर्ताको मनमा प्रश्न उठेको छ। तर, सभापति श्रेष्ठ भने अब कुनै पनि हालतमा रुख बाहेक अन्य चुनाव चिन्हमा चितवन कांग्रेसले मतदान नगर्ने बताउँछन्। ‘गठबन्धन कायमै रह्यो भने पनि प्रचण्डलाई चितवन नै दिनुपर्छ भन्ने के छ? प्रचण्डको चितवन के हो र त्याहिँबाट लड्नुपर्ने। जन्मको कास्कीबाट लडे भो। आधार इलाका रुकुम रोल्पाबाट लडे भो,’ उनले भने, एकपटक सहयोग गरियो त। छोरीलाई बनाइदिएकै छ त। सँधै हामीले अरुलाई सहयोग गर्नुपर्ने। त्यहाँका जनताले कहिलै रुखमा भोट हाल्न नपाउने?’

उनले अन्य पार्टीसँग तालमेल भयो भने र रुख बाहेक भोट हाल्नुपर्ने स्थिति आयो भने चितवन कांग्रेसले स्विकार नगर्ने दाबी गरे। 


प्रकाशित: August 10, 2021 | 21:06:36 काठमाडौं, मंगलबार, साउन २६, २०७८

तपाईं को प्रतिक्रिया

ट्रेंडिंग

सकियो समानुपातिक मतगणना, तीन दिनमा सिट बाँडफाँट हुने

निर्वाचन आयोगका अनुसार आज साँझ प्रत्यक्ष र समानुपातिक दुवैको गणना सकिएको हो। प्रत्यक्षतर्फको गणना हिजै सकिएको थियो भने समानुपातिक गणना भइरहेको थियो।

जनैसुपारी फिर्ता भएपछि युवतीले त्यागिन् प्राण, परिवारको जाहेरीमा युवक पक्राउ

युवतीको मृत्यु भएसँगै परिवारका सदस्यले घटना शंकास्पद रहेको भन्दै प्रहरीमा जाहेरी दिएका छन्। बुद्धनगर घर भएकी २७ वर्षीया पुष्पा न्यौपानेले सुधन संग्रौलाको घरबाहिर पुगेर साँझ सवा ७ बजे आफूलाई आगो लगाएकी थिइन्। सख्त घाइते भएको अवस्थामा युवतीलाई अस्पताल लगिएको थियो।

सत्ताको राइँदलोमा माओवादी, प्रचण्डलाई प्रधानमन्त्रीको अफर दिएर कांग्रेसबाट छुट्याउने एमाले रणनीति

पार्टी सभापति देउवादेखि महामन्त्री गगन थापासहित आधा दर्जन प्रधानमन्त्रीको आकांक्षी रहेका बेला माओवादीले कांग्रेसभित्रको घरझगडाको फाइदा उठाउन खोजेको राजनीतिक वृत्तमा चर्चा छ।

समानुपातिकको मतगणना मंगलबार सकिने, त्यसपछि के हुन्छ प्रक्रिया?

प्रतिनिधिसभामा सो प्रणालीतर्फ हालसम्म एक करोड चार लाख ३० हजार चार सय ३९ मतगणना सकिएको छ।

आफूलाई निर्णायक दाबी गर्ने माओवादीका तीन दाउ

शनिबार र आइतबार माओवादी मुख्यालय पेरिसडाँडामा बसेको पदाधिकारी बैठकले दुईथरी कुरा बाहिर ल्यायो। पहिलो दिन अर्थात् शनिबारको बैठकमा माओवादीले एमालेसहितका अन्य दलसँग पनि सहकार्य गर्न सकिने कुरा बाहिर ल्यायो। तर आइतबारको बैठकमा भने सो कुरालाई ढाकछोप गरेर वर्तमान सत्ता गठबन्धनकै नेतृत्वमा सरकार बन्नेबारे छलफल भएको बताइयो।

न निर्णय न टेन्डर ! आफ्नै शोरुमबाट वडाध्यक्षका लागि भनेर मेयरले किनिन् १० मोटरसाइकल

करिब ४० लाख रुपैयाँ सरकारी बजेट दुरुपयोग गरी नगर कार्यपालिकामा प्रस्ताव नै नलगी स्वमर्जी मोटरसाइकल किनेपछि मेयर शाही विवादमा तानिएकी छन्।

कांग्रेस केन्द्रीय समिति बैठक बोलाउन नेता महरको माग

नेपाली कांग्रेसका केन्द्रीय सदस्य नैनसिंह महरले कांग्रेसले तत्काल केन्द्रीय समिति बैठक बोलाएर आम निर्वाचनको समीक्षा र गठबन्धन तथा दलभित्र भएका घात-अन्तरघातको छानबिन गर्न माग गरेका छन्।

नेपाल–भारत सीमामा ढुंगा हानाहान

दार्चुलास्थित नेपाल–भारत सीमामा तनाव भएको छ। भारतीय नागरिकले नेपाली नागरिकमाथि ढुंगा प्रहार गरेको बताइएको छ।

संसद्‍मा हुने १२ मध्ये ५ वटाले राष्ट्रिय दलको मान्यता नपाउने

७ वटा दलले समानुपातिकको थ्रेसहोल्ड कटाएर राष्ट्रिय दलको मान्यता पाउने भएका छन् भने पाँच वटा राष्ट्रिय दल नहुने भएका छन् ।

विश्वकपमा मेस्सीले तोडे म्याराडोनाको रेकर्ड

त्यसै क्रममा टिमका लागी एक गोल गरेका अर्जेन्टिनाका कप्तान लियोनेल मेस्सीले आफ्ना देशका लिजेन्ड खेलाडी डिएगो म्याराडोनाको किर्तीमान तोडेका छन्।

थप समाचार

नेपाल समय
राजनीति

पार्टीमा विवाद हुनु गज्जब छ : सभापति लामिछाने

भरतपुर विमानस्थलमा पत्रकारसँग कुराकानी गर्दै सभापति लामिछानेले सांसद छनोटलाई लिएर पार्टीमा विवाद भए पनि पार्टी प्रणाली र विधिबाट दायाँबायाँ नहुने बताए।
नेपाल समय
राजनीति

पार्टी प्रणाली र विधिबाट दायाँबायाँ नहुने लामिछानेको प्रतिबद्धता

कम मत आएकालाई समानुपातिक सांसदमा बनाउन लागेको सुइँको पाएपछि बन्दसूचीमा रहेकाले रास्वपा कार्यालय घेराउ
नेपाल समय
राजनीति

एमाले सरकार गठनको दौडमा छैन : उपाध्यक्ष पाण्डे

प्रेस चौतारी नेपाल, चितवन शाखाले आज यहाँ आयोजना गरेको पत्रकार सम्मेलनमा उनले एमालेले अहिले आफ्नो नेतृत्वमा सरकार बनाउने विषयबारे नसोचेको उल्लेख गरे।
नेपाल समय
राजनीति

सीके राउतले भेटे उपेन्द्र, मधेसका मुद्दामा मिलेर जान सुझाव

मधेसीलगायत उत्पीडनमा परेका समुदायको हकहितका लागि मिलेर अगाडि बढ्न सहमत भए राउत, यादव।
नेपाल समय
राजनीति

कांग्रेसमा 'बीपीजी' समूह उदयको सम्भावना

कांग्रेसभित्र ‘बीपीजी’ अर्थात् विश्वप्रकाश शर्मा, गगन थापा, प्रदीप पौडेल समूहगत रूपमा स्थापना भए भने संस्थापन पक्षलाई बलियो चुनौती दिन सक्छ। यद्यपि, विश्वप्रकाशले गगनप्रति समर्थन जनाइसके पनि प्रदीपले हालसम्म आफ्नो कित्ताकाँट गरिसकेका छैनन्।

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६

सम्पर्क

House -138, Suruchi Marg, New Baneshwor, Kathmandu, Nepal
फोन : +977-1-4790242 / +977-1-4790040
इमेल : nepalsamayanews@gmail.com
  • प्रबन्ध निर्देशक
    तरुणप्रताप शाह
  • प्रधान सम्पादक
    नारायण अमृत
  • महाप्रबन्धक
    जीवन तिम्सिना