काठमाडौं- ४० दिन म्यादी प्रहरीका रूपमा सेवा गरेकाहरूलाई बिदाइ गरिएको छ। कार्यालयले प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचन सुरक्षाका लागि भर्ना भएका म्यादी प्रहरीलाई देशभरका जिल्ला प्रहरी कार्यालयमा बिहीबार कदर तथा प्रशंसा-पत्रसहित बिदाइ गरिएको हो।
काठमाडौंमा प्रदर्शनीमार्गस्थित प्रहरी कार्यालय मातहतबाट खटिएका म्यादी प्रहरीलाई बिदाइ गरिएको थियो।
गृह मन्त्रालयले तयार पारेको विशेष सुरक्षा योजनाअन्तर्गत निर्वाचन सुरक्षाका लागि म्यादी प्रहरी भर्ना गरिएको थियो। नेपाल प्रहरीले गत असोज ३० गते ७७ वटै जिल्लाबाट १ लाख १५ हजार म्यादी प्रहरी भर्ना गरेको थियो।
निर्वाचन सुरक्षा योजनाअन्तर्गत नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल तथा राष्ट्रिय अनुसन्धान विभागलाई संयुक्त रूपमा परिचालन गरिएको थियो। नेपाल प्रहरीका जवानले पाएसरहको सेवा-सुविधा पाउने सर्तमा म्यादी प्रहरीका लागि भर्ना खुला गरिएको थियो।
बिदाइ कार्यक्रममा म्यादी प्रहरीका रूपमा निर्वाचनमा पुर्याएको सहयोगप्रति धन्यवाद व्यक्त गरिएको थियो।
बिदाइ कार्यक्रमका झलक
-1669367096.jpg?p=768&s=f3968dae0b74e89281456d448d90bce5)
-1669367095.jpg?p=768&s=ef0e94eb6044212e4504f9bdc7f2d069)
-1669367095.jpg?p=768&s=27570d7c5199dd84bf1295e12fcb391e)
-1669367096.jpg?p=768&s=12fa8dd0510320636ca7e419b7f442f6)
-1669367096.jpg?p=768&s=6d2f355d21f8911abcbd42947f12851d)
-1669367095.jpg?p=768&s=26737b884e10ce92008069b3759cf439)
-1669367095.jpg?p=768&s=a2081b409e204dbcd91e8f66fe4be936)