जावलाखेल- तिहारलाई लक्षित गरेर आजदेखि गोदावरी फूल मेला तथा प्रदर्शनी सुरु भएको छ। ललितपुरको जावलाखेल मैदानमा सुरु भएको १५औँ गोदावरी फूलको प्रतियोगितात्मक प्रदर्शनीको बिहान ११ बजे उद्घाटन भएको हो।
प्रतियोगितामा ४९ व्यावसायिक स्टल, २ प्रतियोगितात्मक स्टल र ४ सूचनामूलक गरी ५५ वटा प्रदर्शनी कक्ष रहेको फ्लोरी कल्चर एसोसिएसनले जनाएको छ। मेलाको ३७ हजार बढीले प्रत्यक्ष अवलोकन गर्नुका साथै ८० लाख रुपैयाँ बराबारको फूलको कारोबार हुने एसोसिएसनको अनुमान छ।
फ्लोरी कल्चर एसोसिएसन नेपालका अध्यक्ष मिन बहादुर तामाङले फूलमा मुलुक आत्मनिर्भर उन्मुख भएको बताएका छन्। नेपाली मागको ९० प्रतिशत फूल स्वदेशी उत्पादनले धानेको दाबी बताए। फूलको हाईब्रिड बिउ उत्पादन गर्ने प्रविधि र जग्गाको अभावले बाँकी १० प्रतिशत फूल उत्पादन गर्न नसकिएको एसोसिएसनले जनाएको छ।
मेला कात्तिक ६ गतेसम्म चल्नेछ।
-1666274617.jpg?p=768&s=4e3f86d5a93629ce442e9efa89ebdc27)
-1666274617.jpg?p=768&s=9621eea31b471fc2ce7190d8308d9a3c)
-1666274617.jpg?p=768&s=ab5aa2a8a52e3e70f38e2f43af1a20eb)
-1666274617.jpg?p=768&s=5cb9a6af928f916e31274e6c496a9f39)
-1666274619.jpg?p=768&s=9d788140611a43117bebda7166d1165f)
-1666274620.jpg?p=768&s=b84377d9883631a9285670d36ce4e008)
-1666274618.jpg?p=768&s=be49d34326058489da710de7788a4c8a)
-1666274619.jpg?p=768&s=3acd6f31b7183823265f25fd3a3a07e5)
-1666274620.jpg?p=768&s=e88b2d8c4ebad22c624bade621c0a48d)