सोमबार, माघ १६, २०७९

तालिममा म्यादी प्रहरी [तस्बिरहरू]

दिनेश श्रेष्ठ  |  काठमाडौं, सोमबार, असोज ३१, २०७९

दिनेश श्रेष्ठ

दिनेश श्रेष्ठ

सोमबार, असोज ३१, २०७९, काठमाडौं

नेपाल समय

काठमाडौं– मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन सुरक्षाका लागि म्यादी प्रहरीको तालिम सुरु भएको छ। एकै चरणमा चुनाव गर्न स्थानीय निर्वाचनमा भन्दा बढी म्यादी प्रहरी राख्ने तयारी सरकारको छ। पूर्वप्रहरी र पूर्वम्यादी प्रहरीलाई निर्वाचनमा म्यादी प्रहरीको रुपमा खटाउन सरकारलाई प्रस्ताव गरेको छ।

गत वैशाखको स्थानीय निर्वाचनमा सरकारले एक लाख म्यादी प्रहरी खटाएको थियो। यो निर्वाचनमा भने बढी म्यादी प्रहरीको आवश्यकता पर्ने भएको छ। मतदाताको संख्या बढ्ने भएकाले यसपटक निर्वाचन मतदान केन्द्र पनि थपिने भएको छ।