सोमबार, मंसिर १२, २०७९

प्लटिङमा पहिरो (फोटोफिचर)

नेपाल समय  |  काठमाडौं, शनिबार, भदौ ४, २०७९

नेपाल समय

नेपाल समय

शनिबार, भदौ ४, २०७९, काठमाडौं

नेपाल समय

काठमाडौं- शहरमा खाली ठाँउ छैन। जग्गा व्यावसायीले  काठमाडौंको काँठका कुना काप्चा र पहाडका कान्लामा समेत जग्गा प्लटिङ गरिसकेका छन्।

पहाडका भिरमा सरकारी मापदण्ड र अनुमति बीना बनाइएको यी प्लटिङ वर्षाको पहिरोले बगाएको छ। वर्षे भेल पस्दा सबैजसो प्लटिङ काम नलाग्ने भएर बगेको छ।

पहिरोका कारण सबैजसो प्लटिङमा बसोवास गराउँदा ठूलो क्षति हुने सम्भावना छ। निजी क्षेत्रलाई व्यवस्थित बसोवासका लागि जग्गा टुक्रा पारेर प्लटिङ गरेर बिक्री वितरण गर्न दिने कानूनी व्यवस्था छैन। स्थानीय सरकारसँग जग्गा सम्याउने अनुमति लिएर व्यावसायीले मालपोतसँग साँठगाँठ गरेर जग्गा कित्ताकाट गरेर प्लटिङ गर्दै आइरहेका छन्।

अव्यवस्थित रूपमा गरिएको प्लटिङका कारण वर्षेनी बाढीले बबन्डर मच्चाउने गरेको छ। बर्खायाम शुरु भएपछि बस्तीहरु अव्यवस्थित प्लटिङकै कारण जोखिममा परिरहेका छन्।

काठमाडौंका सिमित क्षेत्र मात्र होइन, प्लटिङको समस्या उपत्यकाभर नै छ। काठमाडौं उपत्यकाका मुख्य नदी र खोलाको नै अवस्था उही हो। अव्यवस्थित प्लटिङका कारण भौतिक संरचनासँगै स्थानीयवासीको अन्नबालीमा पनि ठूलो क्षति पुगेको छ।

प्लटिङ गर्नलाई खोलाको बगरसमेत छोडिएको छैन। प्लटिङले जथाभावी समस्या सिर्जना गरिरहेपनि स्थानीय सरकार मौन छ। साथमा स्थानीयहरु पनि मौन बस्न बाध्य छन्। खेतीयोग्य जमिनमा जथाभावी खण्डीकरण रोक्न सरकारले वि.सं.२०७४ साउन २६ मा कृषियोग्य जग्गा कित्ताकाट गरी घडेरीका रूपमा बिक्रीवितरण गर्न/गराउन नपाउने निर्णय गरेको थियो।

उक्त निर्णयले सर्वसाधारणलाई समस्या भएको र भूमाफियासमेत मौलाएको भन्दै भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले २०७५ पुस २७ मा भूमिको वर्गीकरण र उपयोगसम्बन्धी कानून तर्जुमा नहुन्जेल फर्म, संस्था वा कम्पनीले स्थानीय तहको स्वीकृति लिएर कित्ताकाट गर्न पाउने व्यवस्था गरेको थियो।

मन्त्रालयको नयाँ निर्देशनमा स्थानीय तहबाट खेतीयोग्य जग्गा होइन भन्ने लेखी आए कित्ताकाट गर्न सकिने व्यवस्था छ। जथाभावी प्लटिङका कारण अहिले धेरै समस्या सिर्जना भएका छन्। प्लटिङ गरिएका जग्गामा पहिरो गएको छ भने बस्ती नै जोखिममा परिरहेको छ। 

न्युज एजेन्सी नेपालले तयार पारेको फोटो फिचर


प्रकाशित: August 20, 2022 | 10:08:41 काठमाडौं, शनिबार, भदौ ४, २०७९

तपाईं को प्रतिक्रिया

ट्रेंडिंग

चितवनका तीन क्षेत्रमा कसको अवस्था कस्तो?

प्रतिनिधिसभामा तीनवटा निर्वाचन क्षेत्र रहेको चितवनमा तीनवटै क्षेत्रको मतगणना भइरहेको छ।

काठमाडौं-९ मा एमालेका कृष्णगोपाल श्रेष्ठ विजयी

यो एमालेको दोस्रो जित हो। यसअघि एमालेले ललितपुर २ मा जित निकालेको थियो।

गुल्मी-२ मा ठूलो मतान्तरले पछि परिन् झाँक्री

गुल्मी क्षेत्र नम्बर २ मा सत्ता गठबन्धनकी उम्मेदवार रामकुमारी झाँक्रीलाई भारी मतले पछि पार्दै नेकपा एमालेका गोकर्ण विष्टले अग्रता कायम राखेका छन्।

समानुपातिक मतमा स्वतन्त्र पार्टी तेस्रो, एमालेलाई पछ्याउँदै कांग्रेस

प्रत्यक्षतर्फ चार वटा निर्वाचन क्षेत्रको अन्तिम मतपरिणाम सार्वजनिक भएको छ भने समानुपातिकतर्फ पनि मतगणना भइरहेको छ।

गुल्मी-२ मा झाँक्रीलाई पछि पार्दै विष्टको अग्रता

आइतबार भएको निर्वाचन जारी मतगणनामा विष्ट ६७२ मतसहित अगाडि छन्।

युथ युनेस्को क्लब युएसएको इन्टरनेशनल मिडिया एडभाइजरमा बस्नेत

अमेरिकाको क्यालिफोर्नियामा युवा केन्द्रित रचनात्मक कार्यहरू सञ्चालन गर्दै आएको युथ युनेस्को क्लब युएसएले सञ्चारकर्मी मनोज बस्नेतलाई अन्तर्राष्ट्रिय सञ्चार सल्लाहकारमा मनोनयन गरेको छ।

दुई क्षेत्रमा स्वतन्त्र पार्टी अगाडि, दुई-दुईमा कांग्रेस र एमाले

काठमाडौं हिजो आइतबार सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन अन्तर्गत आज बिहानदेखि केही क्षेत्रमा मतगणना सुरु भएको छ।

बाजुरामा गोली लागेका एक जनाको मृत्यु

कांग्रेस र एमालेका कार्यकर्ताबीच विवाद भएपछि मतदान सकिनै लाग्दा झडप भएको हो।

जेलबाट मतदान गरेपछि रेशम चौधरीले भने– बडा मज्जा आयो

कैदीबन्दीले पनि निर्वाचनमा सहभागी हुन पाउने भएपछि उनीहरु उत्साहित भएका थिए। काठमाडौं उपत्यकामा १८२ जना कैदीबन्दी मतदान गर्न योग्य भएको निर्वाचन अयोगको तथ्यांक छ।

थप समाचार

नेपाल समय
फोटो

धन्यवाद म्यादी प्रहरी [फोटो फिचर]

नेपाल प्रहरीले गत असोज ३० गते ७७ वटै जिल्लाबाट १ लाख १५ हजार म्यादी प्रहरी भर्ना गरेको थियो।
नेपाल समय
फोटो

ललितपुरमा मतदान केन्द्र बनाउन धमाधम [फोटो फिचर]

निर्वाचन अधिकृतसहित निर्वाचन सामग्री लिएर सुरक्षाकर्मी मतदानस्थलमा परिचालन गरिएको छ। मतदान स्थल र मतदान केन्द्र निर्माणमा कर्मचारीहरू खटिएका छन्। आज साँझसम्ममा सबै स्थल र केन्द्र तयार हुने उनले बताए।
नेपाल समय
फोटो

निर्वाचनको मुखमा सरकारलाई सुकुम्बासीको प्रश्न– उठिबासको त्रास कहिलेसम्म?

काठमाडौं उपत्यकाका विभिन्न क्षेत्रमा बसोबास गर्ने भूमिहीन तथा सुकुम्बासीहरूले बिहीबार माइतीघर मण्डलाबाट सरकारलाई खबरदारी गरेका छन्।
नेपाल समय
फोटो

रवीन्द्र मिश्रसँग घरदैलोमा मनीषा [तस्बिरहरू]

काठमाडौं क्षेत्र नम्बर १ मा राप्रपाबाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार रवीन्द्र मिश्रलाई भोट माग्दै अभिनेत्री मनीषा कोइराला घरदैलोमा पुगेकी छन्।
नेपाल समय
फोटो

साताका सात तस्बिर

साताका सात तस्बिर

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६

सम्पर्क

House -138, Suruchi Marg, New Baneshwor, Kathmandu, Nepal
फोन : +977-1-4790242 / +977-1-4790040
इमेल : nepalsamayanews@gmail.com
  • प्रबन्ध निर्देशक
    तरुणप्रताप शाह
  • प्रधान सम्पादक
    नारायण अमृत
  • महाप्रबन्धक
    जीवन तिम्सिना