बिहीबार, भदौ २, २०७९

काठमाडौंका धराप फुटपाथमा जोखिमपूर्ण पैदलयात्रा [फोटो फिचर]

नेपाल समय  |  काठमाडौं, शनिबार, साउन १४, २०७९

नेपाल समय

नेपाल समय

शनिबार, साउन १४, २०७९, काठमाडौं

नेपाल समय

काठमाडौं- काठमाडौं उपत्यकामा ६० लाख माथि जनसंख्या छ। त्यसमध्ये २० लाख मानिसले आफ्नै सवारीसाधन प्रयोग गर्ने गर्छन् तर ४० लाख मानिसले अझैपनि प्रयोग गर्ने भनेको फुटपाथ नै हो। 

त्यही फुटपाथ पनि अतिक्रमणको लागि हानाथाप हुन्छ। दृष्टि भएकाहरूलाई त प्रयोग गर्न कठिन हुने सडकपेटी दृष्टिविहीनका लागि कस्तो होला? यो मननयोग्य विषय हो। समग्रमा भन्दा काठमाडौं उपत्यकाका सडकपेटीहरू सुरक्षित भइ ढुक्कसँग हिँड्न योग्य छैनन्। 

देशको संघीय राजधानी शहर काठमाडौंमा चिल्ला सडक, सफा  अनि ह्विलचियर र दृष्टिविहीनहरूका लागि आरामले हिँड्न मिल्ने सुविधासम्पन्न फुटपाथ हुनुपर्ने हो। तर संघीय राजधानीको अवस्था त्यस्तो छैन। यहाँका फुटपाथमा पाइला पाइलामा अनगिन्ती अवरोध छन्। खाल्डोखुल्टी,फोहोर र अपूर्ण निर्माण यत्रतत्र भेटिन्छन्। 

धेरै ठाँउमा फुटपाथ नहुँदा सडकबाटै हिँड्नुपर्ने बाध्यता छ। सडकमा भएका फुटपाथ पनि साँघुरा छन्। तिनै साँघुरा फुटपाथमा बिजुली, इन्टरनेटलगायतका तार झुन्डाइने र पोलदेखि हुलाकका पत्र मञ्जुसा समेत राखिएको देख्न सकिन्छ। यी साँघुरा सडकमा रुख रोपेपछि त झनै हिँड्नै मुस्किल भएको छ। 

फोहोरको उचित व्यवस्थापन नुहँदा सडक गन्धमय बनेको छ, नाक थुनेर पनि हिँड्न नसक्ने अवस्था छ भने ढलको व्यवस्थापन हुन नसक्दा ढल सडकमै ढल बहन्छ। हिँड्दा हिँड्दै ढल ढाकिएको ठाउँ कहाँ नाङ्गो हुन्छ पत्तै हुँदैन। 

त्यस्तै अव्यवस्थित पार्किङले पनि सडकपेटीहरू भरिभराउ हुन्छन्, महानगरले सडक पेटीमा राखिएका सवारी उठाएर त जान्छ तर कहिल्यै पार्किङ स्थलको बारेमा सोच्न सकेको देखिँदैन। कतिपय सडकपेटीमा नै बालुवा, तार गिटी अर्थात निर्माणका सामग्री छरपस्ट हुन्छन्।


प्रकाशित: July 30, 2022 | 13:30:00 काठमाडौं, शनिबार, साउन १४, २०७९

तपाईं को प्रतिक्रिया

तपाईं को प्रतिक्रिया

ट्रेंडिंग

कांग्रेस केन्द्रीय समितिमा थपिँदै आठ महिला

संविधानअनुसार अहिले कांग्रेसको केन्द्रीय समितिमा महिलाको संख्या ३३ प्रतिशत नपुगेका कारण ३३ प्रतिशत पु¥याउन आठ जनालाई केन्द्रीय समितिमा मनोनयन गर्न लागिएको हो।

पञ्चायती व्यवस्थाका हार्डलाइनर मरीचमानको अविचलित राष्ट्रवाद

तीन दशक लामो पञ्चायती व्यवस्थाका अन्तिम प्रधानमन्त्री मरीचमान सिंह २०४६ को बहुदलीय व्यवस्थाका कारण राजा वीरेन्द्रबाट बर्खास्तीमा परे। त्यो समय कसैसँग नझुक्ने अडान लिएर बसेका मरीचमान भारतको नाकाबन्दी, जनआन्दोलनको उभारलगायत यिनै र यस्तै घटनाक्रमले कतै नायक बने, कतै खलनायक।

आरजुबारे देउवाको त्यो वचन तर यो प्रयास!

पार्टी सञ्चालनका सन्दर्भमा होस् वा सरकार सञ्चालनमै पनि किन नहोस्, आरजु हावी भइरहेकी छन्। यसलाई राजनीतिक जानकारहरुले देउवाको उत्तराधिकारी हुने प्रयासका रुपमा बुझेको देखिन्छ।

प्रचण्डसामु बाबुरामको 'बाध्यात्मक शरण'

सात वर्षअघि माओवादी विचारधाराको औचित्य समाप्त भएको घोषणा गरेर कम्युनिस्ट विचारधारा पूर्ण रूपमा त्यागेको बताएका बाबुराम नयाँ पार्टी खोलेर पनि राजनीति उँभो लाग्ने छनक नदेखिएपछि प्रचण्डतिरै लहसिनुपर्ने बाध्यतामा पुगेका छन्।

२०७४ मा जसले जिताए, तिनै बन्नेछन् विष्णु पौडेलको तगारो

रुपन्देहीको निर्वाचन क्षेत्र नम्बर २ बाट लगातार पछिल्ला ३ निर्वाचन जितेका विष्णु पौडेल नै एमालेबाट निर्विकल्प उम्मेदवार हुन्। पौडेलले २०६४, २०७० र २०७४ को निर्वाचनमा क्रमशः भक्ति पाण्डे, डा. बाबुराम भट्टराई र युवराज गिरीलाई हराएका थिए।

राष्ट्रपतिद्वारा नागरिकता विधेयक फिर्ता : अब के हुन्छ?

यसअघि तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले ल्याएको नागरिकता अध्यादेश भने जारी गरेकी थिइन्। असंवैधानिक रुपमा संसद् विघटन गर्दै ल्याएको नागरिकता अध्यादेश जारी गरेकी राष्ट्रपति भण्डारीले संसद्‌बाट पारित गरेको विधेयक भने फिर्ता गरेकी हुन्।

तालाबन्दी र तोडफोडले बिगारेको त्रिवि : माग एउटा, नियत अर्कै!

पछिल्लो समय भने तालाबन्दी राजनीतिक पाटोसँग भन्दा पनि लेनदेनको पाटोसँग जोडिएको उपप्राध्यापक रेशम थापा बताउँछन्। ‘पहिला राजनीतिक कारण हुन सक्थ्यो। तर, हिजोआज यो बिल्कुल आर्थिक पाटोसँग जोडिएको छ। लनेदेनको कुरा मिले ताला खुल्छ। नत्र लागिबस्छ,’ थापाले भने।

नयाँ तलबमान र ग्रेड लागू गर्ने मन्त्रिपरिषद्को निर्णय

सरकारले सबै राष्ट्र सेवक कर्मचारीहरूको नयाँ तलबमान र ग्रेड स्वीकृत गरेको छ।

यी ३२ निर्वाचन क्षेत्र, जहाँ गठबन्धनलाई पर्न सक्छ सिट बाँडफाँटमा सकस

२०७४ मा बाम गठबन्धन बनाएर संघीय सांसद भएकाहरू दल बदल र पाँच दलीय गठबन्धनभित्र समेटिएपछि आउँदो चुनावमा कांग्रेसका आकांक्षी उम्मेदवार र सत्ता साझेदार दलका नेताहरू आ–आफ्नो दाबीसहित टिकटका लागि दौडधुप गर्दै छन्।

यी कांग्रेस नेता जो अहिले गुमनाम छन्

गुमनाम नेताको अग्रपंक्तिमा छन्- पूर्वमहामन्त्री तारानाथ रानाभाट, केबी गुरुङ, पूर्वमन्त्री बलदेब शर्मा मजगैया, विनयध्वज चन्द।

थप समाचार

नेपाल समय
फोटो

बालबालिकाको स्वास्थ्यका लागि नरसिंह जात्रा [तस्बिरहरू]

बच्चाहरुको स्वास्थ्यको कामना गर्दै पाटनमा मंगलबार नरसिंह जात्रा मनाइएको छ।
नेपाल समय
फोटो

जताततै फोहोरको थुप्रो [तस्बिरहरू]

विसर्जन गर्ने ठाउँमा भइरहेको अवरोधका कारण केही सातायता काठमाडौं उपत्यकामा फोहोर थुप्रिएको छ।
नेपाल समय
फोटो

संसद् भवनभित्रका ‘रोचक’ दृश्य [फोटो फिचर]

संसदीय मर्यादालाई संसारभर उच्च गरिमाका साथ हेरिन्छ। सासंदहरूले​ अमर्यादित क्रियाकलाप गर्नुलाई देशकै लज्जाको विषय मानिन्छ।
नेपाल समय
फोटो

शर्वेश्वर महादेवको मूर्ति राखेर कुम्भेश्वर मेला सुरु [तस्बिरहरू]

ललितपुरस्थित कुम्भेश्वर महादेव मन्दिरसँगै सर्वेश्वर महादेवको मूर्तिलाई राखेर कुम्भेश्वर मेला सुरु भएको छ।
नेपाल समय
फोटो

कुम्भेश्वरमा जनै पूर्णिमा मेलाको तयारी [तस्बिरहरू]

यस वर्षको जनै पूर्णिमा २७ साउन (शुक्रबार) परेको छ।

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६

सम्पर्क

House -138, Suruchi Marg, New Baneshwor, Kathmandu, Nepal
फोन : +977-1-4790242 / +977-1-4790040
इमेल : nepalsamayanews@gmail.com
  • प्रबन्ध निर्देशक
    तरुणप्रताप शाह
  • प्रधान सम्पादक
    नारायण अमृत
  • महाप्रबन्धक
    जीवन तिम्सिना