बिहीबार, भदौ २, २०७९

प्रदेश खारेजीदेखि महँगी नियन्त्रणसम्मका माग राखेर राप्रपा नेपाल सडकमा [तस्बिरहरू]

नेपाल समय  |  काठमाडौं, शुक्रबार, साउन ६, २०७९

नेपाल समय

नेपाल समय

शुक्रबार, साउन ६, २०७९, काठमाडौं

नेपाल समय

काठमाडौं– कमल थापा नेतृत्वको राप्रपा नेपाल विरोधका लागि सडकमा ओर्लिएको छ। पार्टीका जनवर्गिय संगठनहरुले शुक्रबार विभिन्न माग राख्दै काठमाडौंमा प्रदर्शन गरेका छन्। 

प्रदेश संरचना खारेज हुनुपर्ने, धर्मनिरपेक्षता खारेज गरी सनातन हिन्दू राष्ट्रको पहिचान कायम हुनुपर्ने, भ्रष्टाचारको अन्त्य गरी भ्रष्टाचारीलाई कार्बाही गरिनुपर्ने, रोजगारीको सुनिश्चितता हुनुपर्ने, महँगी र कालोबजारी नियन्त्रण गरिनुपर्ने, वैदेशिक हस्तक्षेप अन्त्य हुनुपर्ने माग गर्दै माइतीघर मण्डलाबाट जुलुस निकालिएको छ।