काठमाडौं- पूर्वराष्ट्रपति डा रामवरण यादव, प्रधानमन्त्री शेरबहादुर देउवा, पूर्वप्रधानमन्त्री केपी शर्मा ओली, पुष्पकमल दाहाल, डा बाबुराम भट्टराईलगायतले विभिन्न दलका नेताहरुले मतदान गरेका छन्।
निर्वाचन आयोगका प्रमुख आयुक्तसहित आयुक्तहरूले पनि मतदान गरेका छन्। विभिन्न स्थानमा नागरिकहरूले उत्साहपूर्वक मतदान गरिरहेको आयोगको भनाइ छ।
निर्वाचनमा खटिएका कर्मचारी भने मतदानबाट बञ्चित भएका छन्।
बिहान ७ बजे सुरु भएको मतदान अझसम्म पनि जारी छ। दिउँसो १२ बजेको अपडेटअनुसार करिब ३५ प्रतिशत मत दसेको छ।
विभिन्न दलका नेताले गरेको मतदानका तस्बिरहरू
प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा डडेल्धुराको गन्यापधुरा–१, रूवाखोलास्थित असिग्राम माविमा मतदान गर्दै । तस्बिरः रोशन सापकोटा/रासस
भक्तपुरको मध्यपुर थिमि नगरपालिका –१ स्थित उपस्वास्थ्य चौकीमा रहेको मतदान केन्द्रबाट स्थानीय तह निर्वाचनको उम्मेदवारलाई मतदान गर्दै प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलिया । तस्बिरः नवीन पौडेल/रासस
नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले सूर्यविनायक नगरपालिका–२ बालकोटस्थित महेन्द्र शान्ति माध्यमिक विद्यालय मतदान केन्द्र ‘क’ बाट आफ्नो मताधिकार प्रयोग गरी मतदान गर्दै । तस्वीर: रमेश गिरी/रासस
नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ भरतपुर महानगरपालिका– १४ मा रहेको नेपाल पुलिस स्कुल मतदान केन्द्रमा स्थानीय तह निर्वाचनको उम्मेदवारलाई मतदान गर्दै । तस्बिरः नारायण अधिकारी÷रासस
नेपाली कांग्रेसका नेता प्रकाशमान सिंह काठमाडौँ महानगरपालिका–१६, पकनाजोलस्थित नेपाल युवक माध्यामिक विद्यालयमा रहेको मतदान केन्द्रमा मतदान गर्दै । तस्बिरः रत्न श्रेष्ठ/रासस
गृहमन्त्री बालकृष्ण खाँण रुपन्देहीको तिलोत्तमा — ८ स्थित ज्योति आधारभूत विद्यालयमा रहेको मतदान केन्द्रमा मतदान गर्दै । तस्बिर ः निरा गौतम/रासस
सूर्यविनायक नगरपालिका–१ सिरुटार मतदान केन्द्रमा स्थानीय तहको निर्वाचनमा मतदानका गर्दै वागमती प्रदेश सभाका सांसद शशीजंग थापा । तस्वीर: रमेश गिरी/ रासस
काठमाडौँ महानगरपालिकाको प्रमुखका उम्मेदवार सिर्जना सिंह काठमाडौँ महानगरपालिका–१६, पकनाजोलस्थित नेपाल युवक माध्यामिक विद्यालयमा रहेको मतदान केन्द्रमा मतदान गर्दै । तस्बिरः रत्न श्रेष्ठ/रासस
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसाल स्थानीय तह निर्वाचनका उम्मेदरवारलाई ललितपुर महानगरपालिका वडा नं २ को रामन्दिरस्थित राजतीर्थ ‘ख’ मतदान केन्द्रमा मतदान गर्दै । तस्बिर ः रत्न श्रेष्ठ÷रासस
पोखरा महानगरपालिका लागि नेकपा एमालेका प्रमुख पदका उम्मेदवार कृष्ण थापाले बिहान पोखरा महानगरपालिका वडा नं १६ बाटुलेचौरस्थित बिन्दवासिनी माध्यमिक विद्यालयको मतदात केन्द्रमा मतदान गर्दै । तस्वीर ः राधिका कँडेल, रासस
ललितपुर महानगरपालिकाका प्रमुख पदका उम्मेदवार चिरीबाबु महर्जन ललितपुर महानगरपालिका–३ स्थित मोडल आइडल विद्यालयमा रहेको मतदान केन्द्रमा मतदान गर्दै । तस्बिरः नवीन पौडेल÷रासस
स्थानीय तह निर्वाचनमा अटेरी अभियानका तर्फबाट पोखरा महानगरको प्रमुख पदका उम्मेदवार गणेश पौडेल पोखराको मmझेरीपाटनस्थित रामेश्वरी माध्यमिक विद्यालयमा मतदान गर्दै । तस्वीर ः राधिका कँडेल, रासस
भरतपुर महानगरपालिका–१४ मा रहेको आधारभूत विद्यालय सुन्दरबस्तीको मतदान केन्द्रबाट मतदान गर्दै भरतपुर महानगरपालिकाको प्रमुख पदका उम्मेदवार रेनु दाहाल । तस्बिरः नारायण अधिकारी÷रासस
नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्मा झापाको गृहनगर मेचीनगर नगरपालिकास्थित कविशिरोमणि मावि मतदान केन्द्रमा मतदान गर्दै। तस्बिरः चन्द्रकला भण्डारी÷ रासस
स्थानीय तह निर्वाचनका लागि शुक्रबार तनहुँको व्यास नगरपालिका–२ स्थित सत्यवती मावि मतदान केन्द्रबाट मतदान गर्दै नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल । तस्बिरः कृष्ण न्यौपाने÷रासस
स्वतन्त्रका प्रमुख पदका उम्मेदवार बालेन्द्र साह, काठमाडौँ– ९, अन्नपुर्ण इ. इस्कुल गैरिगाँउ मतदान केन्द्रमा मतदान गर्दै । तस्वीर ः नवीन पौडेल÷रासस
नेकपा एमालेका उपाध्यक्ष बिष्णुप्रसाद पौडेल स्थानीय तहको निर्वाचन २०७९ का लागि शुक्रबार बुटवल उपमहानगरपालिका वार्ड नं ८ स्थित मतदान केन्द्रमा मतदान पश्चात मतपेटिकामा मतपत्र खसाल्दै । तस्वीर ः भरत केसी,
सभामुख अग्निप्रसाद सापकोटा स्थानीय तह निर्वाचनमा गृहजिल्ला सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी नगरपालिका– ४, कुविण्डेस्थित श्री सेतीदेवी पञ्चकन्या माध्यमिक विद्यालयमा रहेको मतदान केन्द्रबाट मतदान गर्दै । तस्वीर ः देवराज सुवेदी÷रासस
लमजुङ क्व्होलासोथर गाउँपालिका– ९ गिलुङको वुद्धोदय माध्यमिक विद्यालयको मतदान केन्द्रमा मतदान गर्दै गण्डकी प्रदेशका पूर्व मुख्यमन्त्री तथा नेकपा (एमाले) उपमहासचिव पृथ्वीसुब्बा गुरुङ । तस्वीर ः जनक श्रेष्ठ÷रासस
लमजुङ सुन्दरबजार नगरपालिका–२ परेवाडाँडास्थित महेन्द्रदेव माध्यमिक विद्यालयको मतदान केन्द्र शुक्रबार ७ बिहान बजे मतदान गर्दै जानकीकुमारी तुलाधार । यस केन्द्रमा एक हजार ३४८ जना मतदाता रहेका छन् । तस्वीर ः जनक श्रेष्ठ÷रासस
जनार्दन शर्मा।
पालुङटार नगरपालिका–१ अन्नपूर्ण मावि मतदान केन्द्रमा मतदान गरेपछि डा बाबुराम भट्टराईले आफूले कुन पार्टीलाई मत दिएको हो भन्ने देखिने गरी तस्बिर फेसबुकमा सार्वजनिक गरेका हुन्। तस्बिर : डा बाबुराम भट्टराई
प्रकाशित:
May 13, 2022 | 14:09:21
काठमाडौं,
शुक्रबार, वैशाख ३०, २०७९