शुक्रबार, मंसिर १६, २०७९

भोट हाल्न काठमाडौं छाड्नेको भीड : बसपार्कदेखि थानकोटसम्म जे देखियो [तस्बिरहरू]

दिनेश श्रेष्ठ  |  काठमाडौं, बुधबार, वैशाख २८, २०७९

दिनेश श्रेष्ठ

दिनेश श्रेष्ठ

बुधबार, वैशाख २८, २०७९, काठमाडौं

नेपाल समय

काठमाडौं– यही शुक्रबार देशभर एकै चरणमा हुन लागेको स्थानीय निर्वाचनका लागि आजदेखि मौन अवधि सुरु भएको छ। मतदानका लागि सम्पूर्ण तयारी पूरा भइसकेको निर्वाचन आयोगले जनाएको छ। 

पाँच वर्षमा हुन लागेको निर्वाचनमार्फत जनप्रतिनिधि चुन्न मतदाता आतुर देखिन्छन्। आफ्नो मतदाता नामावली भएको ठाउँबाट मात्रै भोट हाल्न पाइने भएकोले काठमाडौं उपत्यकाबाट बाहिरिनेहरुको संख्या बढेको छ।

उपत्यकाबाट बाहिरिने नाकाहरुमा मानिस र सवारीसाधनको भीड छ। नयाँ बसपार्क, कोटेश्वर, बल्खु, कलंकीलगायत स्थानमा बसको टिकट काट्नेहरुको लाम देख्न सकिन्छ।