मंगलबार, असोज ११, २०७९

भूस्वर्ग तिलिचो

महेश्वर आचार्य  |  काठमाडौं, सोमबार, वैशाख १३, २०७८

महेश्वर आचार्य

महेश्वर आचार्य

सोमबार, वैशाख १३, २०७८, काठमाडौं

नेपाल समय

काठमाडौं – उपल्लो मनाङमा रहेको तिलिचो विश्वमै उचाइमा रहेको हिमताल हो। चार हजार ९ सय ४९ मिटर उचाइमा रहेको यस तालमा कुनै जैविक अस्तित्व भेटिएको छैन।

तालको लम्बाइ चार किलोमिटर, चौडाइ १.२ किलोमिटर र गहिराइ ८५ मिटर छ।

तिलिचोको वरपर खाङसार, मुक्तिनाथ, नीलगिरी र लिचित शिमशिखर छन्। तिलिचो तालबारे धेरै पुस्तकमा वर्णन गरिएको छ। त्यसमध्ये माउरिस हर्जोगको ‘अन्नपूर्ण’ पुस्तकमा तिलिचो तालबारे गजबको वर्णन छ। 

रामायणमा ‘काक भुसुण्डी’ का रूपमा वर्णन गरिएको ताल तिलिचो भएको विश्वास गरिन्छ। ऋषि काक भुसुण्डीले पहिलोपटक रामायणको कथा पन्छीहरूका राजा गरुडलाई यही तालको किरानामा सुनाएको पुराणमा उल्लेख छ। गरुडलाई रामायणको कथा भन्दै गर्दा ती ऋषि कागमा परिवर्तित भए। संस्कृतमा ‘काक’ भनेको काग हो।

कसरी पुग्ने तिलिचो?

लमजुङको बेसीसहरसम्म मोटरमा जान सकिन्छ। त्यहाँबाट फुर्सद भएमा दुई दिनको पैदलमा मनाङको केन्द्र चामेसम्म पुग्नु उत्तम हुन्छ। नत्र पिकअप गाडीमा एक दिनको यात्रामा चामेसम्म पुगिन्छ।

चामेपछिको अर्को गन्तव्य हो, खाङसार। चामेबाट करिब तीन घण्टा पैदल यात्रामा खाङसार पुगिन्छ। खाङसार जाने क्रममा मस्र्याङ्दी नदी र खाङसार खोलाले बनाएको समथर मैदान, काँडे सल्ला र हरिया फाँटको मनमोहक दृश्यले जोकोहीको पनि मन लोभ्याउँछ।

खाङसारबाट हिमाली पदयात्रा सुरु हुन्छ। खाङसार तीन हजार ७ सय ५६ मिटरमा अवस्थित छ। त्यसैले खाङसारदेखि यात्रामा विचार पुर्‍याउनुपर्छ। शरीरलाई ‘एक्लमटाइज’ गर्दै अघि बढ्नुपर्छ। हतार गर्दा लेक लाग्न सक्छ। 

उच्च हिमाली क्षेत्रमा अघिल्लो दिनभन्दा ३ सयदेखि ६ सय मिटरभन्दा बढी यात्रा गर्नु हुँदैन। यसो गर्दा शरीरले अक्सिजनको अवस्था सन्तुलन गर्न सक्दैन र लेक लाग्न सक्छ।

नेपालीलाई लेक लाग्दैन भन्ने भ्रम छ। लेक लाग्नु भनेको शरीरमा आवश्यक अक्सिजनको मात्रा अपुग हुनु हो। अक्सिजन कम हुने उच्च हिमाली क्षेत्रमा जोसुकैलाई लेक लाग्न सक्छ।

होसियार हुने हो भने लेक लाग्नबाट बचिन्छ। पदयात्रा गर्ने झन्डै ६० हजार जनामा एक दुईजनाको मात्र लेक लागेर मृत्यु हुन्छ। तसर्थ यात्रामा सावधानी अपनाउनुपर्छ। 

शरीरमा पानीको मात्रा कम हुन नदिन तुम्लेट आफ्नो साथमै राखेर बेलाबेला पानी खाइरहनुपर्छ। पानीले पनि शरीरमा अक्सिजन आपूर्ति गर्छ।

अन्नपूर्ण क्षेत्रमा मौसम चाँडोचाँडो परिवर्तन भइरहने भएकाले न्याना लुगा पनि उत्तिकै आवश्यक हुन्छ।

खाङसारबाट जति माथि चढ्दै गयो उति नै हिमाली दृश्य आँखै अगाडि आउँछन्। अन्नपूर्ण दोस्रो हिमशिखर र आश्चर्य लाग्ने गरी फैलिएको ढुंगेनी पहरा देखिन्छ।

खाङसारदेखिको बाटोमा खासै धेरै मान्छे भटिँदैनन्। बाटोमा एकनासे वातावरण हुन्छ। बेला–बेला हावाको सुसेली र आफ्नै हिँडाइको आवाज मात्र सुनिन्छ।

जति उकालो चढ्दै गयो मनाङदेखि छुट्दै आएका बिरुवा र पोथ्रापोथ्री कम कम हुँदै जान्छन्। खाङसारबाट बाटो श्रीखर्क हुँदै अघि बढ्छ। श्रीखर्क चार हजार ४५ मिटरको उचाइमा छ। श्रीखर्कमा स्याँठले अँठ्याउन सक्छ।

यसपछिको तीनवटा बाटो देखा पर्छन्। माथ्लो बाटो धेरै लामो र गाह्रो छ। तल्लो बाटो त्यत्ति चल्तीको बाटो होइन। चल्तीको भनेको बीचको बाटो हो। अधिकांश पदयात्री बीचकै बाटो हिँड्छन्। 

आकाश सफा भएको अवस्थामा सो क्षेत्रबाट देखिने तिलिचो पिकको मनोहारी दृश्य हो। अघि बढ्दै जाँदा देखिने अद्भूत पर्वत हो, खाङसार खाङ। जुन पर्वत कालो वर्णको शिलाले युक्त छ।

खाङसार खाङ उत्तरी पाखोमा बढ्दै गएर अन्नपूर्ण पहिलो हिमालमा मिसिन पुगेको छ, जुन अन्नपूर्ण क्षेत्रको उच्च हिमाल हो। खाङसार खाङ र तिलिचो पिकको बीचमा ढुंगेनी पर्वतमाला तेर्सिएका छन्।

बाटोको एक खण्ड साह्रै भिरालो र सानाठूला ढुंगाका गिर्खाले युक्त छ। एकदुई स्थानका घुम्तीमा बार र भर्‍याङ पनि बनाइएको छ। यद्यपि उच्च क्षेत्र, थकान र बाटोको अवस्थाले गर्दा बिस्तारैबिस्तारै पाइला चाल्दै अघि बढ्नुपर्छ। माथिबाट ढुंगा गुड्दै आइरहेको पनि हुन सक्छ। 

खाङसारबाट एकाबिहानै हिँड्ने हो भने सो ढुंगेनी बाटो घामले नतात्दै पार गर्नु पनिसुरक्षित मान्न सकिन्छ। घामले तातेपछि ढुंगा गुड्दै तलतिर आउँदो रहेछन्।

हामी तीन बजेतिर त्यहाँ पुग्दा पनि मसिना गिर्खा निरन्तर गुडेर आइरहेका थिए। ठूलै ढुंगा गुडेर आउने हो कि भनेर सासै रोकेर चुपचाप बाटो पार गर्‍यौं हामी पनि।

यो धराप बाटो पार गर्न ३०/४० मिनेट लाग्छ। जसै यो बाटो पार गरिन्छ तब संकटको एउटा चरण पार भएको अनुभूति हुन्छ।

तिलिचो बेस क्याम्पसम्मको बाटो तेर्सो छ। आँखाले देखुन्जेल तेर्सिएको पैदल मार्ग अर्को पहाडको कुइनेटोमा पुगेर बिलाउँछ। र, त्यसपछि पनि अर्को त्यस्तै बाटो देखिन्छ।

एकलासझैं लाग्ने ढुंगेनी बाटोको पारिपट्टि भएको पहाडी दृश्यले आनन्द दिन्छ। यदाकदा उडेको देखिने चिलबाहेक अरु कुनै प्राणी अस्तित्व देख्न मुस्किल पर्छ।

खाङसारबाट एक दिन हिँडाइमा तिलिचो बेस क्याम्प पुगिन्छ। तिलिचो बेस क्याममा रहेको तुलनात्मक रूपमा ठूला तीनवटा लजमध्ये एउटामा बास बस्न सकिन्छ।

सोलार प्यानलले गर्दा तातोपानी पनि उपलब्ध छ। तातोपानीका लागि छुट्टै पैसा तिर्नुपर्छ। लजमा बिजुलीको अनावश्यक खपत गर्न पाइँदैन। मोबाइल, क्यामरा लगायतका सबै विद्युतीय सामग्री काउन्टरमै चार्ज गर्नुपर्छ।

बेस क्याम्पबाट बिहानै उठेर झन्डै चार घण्टामा तिलिचो पुगिन्छ भने फुर्सदले झरेर फेदीमा आउन सकिन्छ।

तिलिचो पुगेपछि मनमा उत्पन्न हुने भाव र आनन्दा शब्दमा वर्णन गर्न सकिन्न। नीलो आकाशमुनिको नीलो पानीको दह हेर्दै रमाउँदा सारा थकान बिर्सिइन्छ। नेपालको एउटा पुग्नेपर्नै ठाउँ हो, तिलिचो।


प्रकाशित: April 26, 2021 | 00:56:00 काठमाडौं, सोमबार, वैशाख १३, २०७८

तपाईं को प्रतिक्रिया

ट्रेंडिंग

चीनमा सैन्य 'कू' को हल्ला, राष्ट्रपति सी नजरबन्दमा छन् त?

सोसल मिडियामा भने सीबारे अनेकन 'हल्ला' भइरहेका छन्। चीनियाँ राष्ट्रपति सीलाई वास्तवमा के भएको भन्‍ने कुरालाई सहजै भन्‍न सकिँदैन।

समान अवसरको मागसहित शेखर समूहले खवरदारी सभा गर्ने

नेपाली कांग्रेसको डा. शेखर कोइराला समूहले पार्टीभित्र समान अवसर र न्यायका लागि खवरदारी सभा आयोजना गर्ने भएको छ।

लेखक केशव दाहालको 'माधवी ओ माधवी' सार्वजनिक

'मोक्षभूमि' उपन्यासका लेखक केशव दाहालको गैरआख्यान निर्बन्ध लेखन संगालो 'माधवी ओ माधवी' शुक्रबार विमोचन गरिएको छ।

काठमाडौंका १० निर्वाचन क्षेत्र : पुराना दललाई स्वतन्त्र र नयाँ दल चुनौती

स्वतन्त्रदेखि झिनामसिनाका पार्टीबाट उम्मेदवारी घोषणा गरिएपछि संघीय राजधानीसमेत रहेको काठमाडौंका १० निर्वाचन क्षेत्रमा ठूला दलहरूलाई चुनाव जित्न गठबन्धनको भर। गठबन्धन गर्दा कांग्रेसको सुरक्षित किल्ला अन्य दललाई सुम्पिनुपर्ने बाध्यता।

वित्तीय संघीयता मजबुत बनाउन राजनीतिक र प्रशासनिक इच्छाशक्ति आवश्यक

राजस्व बाँडफाँटका कतिपय मुद्दामा केन्द्र, प्रदेश र स्थानीयबीच समन्वय अभाव देखिन्छ। यसका लागि वित्तीय हस्तान्तरण ऐनमा केही संशोधन गरेर अगाडि बढ्न आवश्यक छ।

कार्यकालपछि राष्ट्रपति भण्डारीले राजनीतिक नेतृत्व गरे अति राम्रो : गोकुल बाँस्कोटा

बिहीबार ट्विट गर्दै बाँस्कोटाले पूर्वराष्ट्रपतिले राजनीति गर्नु हुँदैन भन्ने कानुनी व्यवस्था नरहेको उल्लेख गर्दै राष्ट्रपतिलाई राजनीतिक नेतृत्व लिन सुझाव दिएका हुन्।

ब्याजदर बढेपछि व्यापारी र बैंकर्सबीच द्वन्द्व, हस्तक्षेप नगर्ने पक्षमा राष्ट्र बैंक

बैंक तथा वित्तीय संस्थाले ब्याजदर बढाएको विषयमा निजी क्षेत्रका उद्योगी र व्यापारी असन्तुष्ट छन्। निक्षेपको ब्याज बढाउँदा कर्जाको पनि ब्याज बढ्ने भएकाले त्यसले उद्योग र व्यापार सञ्चालनमा नकारात्मक असर पार्ने भन्दै उनीहरू असन्तुष्ट बनेका हुन्।

निधिले छोडे पनि धनुषा-३ मा गठबन्धनको हानाथाप, को बन्ला जुलीको प्रतिस्पर्धी?

उता २०७४ सालमा धनुषा ३ बाट निर्वाचित सांसद एंव लोसपाका वरिष्ठ नेता राजेन्द्र महतोले यही क्षेत्रबाट चुनावी मैदानमा उत्रने तयारीमा छन् भने लालकिशोर साह, जितेन्द्रकुमार यादव, विजयकुमार भगत र सर्वजित ठाकुरको नाम सिफारिस गरेको छ।

प्रेमगीत–३ लाई लिएर किन आयो चलचित्र क्षेत्रमा हलचल?

‘प्रेमगीत–३’लाई लिएर नेपाली फिल्मकर्मीहरू विभाजित भएका छन्। कोही हिन्दी भर्सनलाई नेपाली फिल्मसरह कर छुट दिनुपर्ने र कोही दिन नहुने पक्षमा उभिएका छन्।

सरकारको आग्रह लत्याउँदै सीपीसीको सुरक्षा रणनीति बैठकमा राष्ट्रपति भण्डारी सहभागी

चिनियाँ कम्युनिस्ट पार्टीले बुधबार आयोजना गरेको भर्चुअल सम्मेलनमा राष्ट्रपति भण्डारीले रेकर्डेड भिडियो सन्देश पठाएको राष्ट्रपति कार्यालयले पुष्टि गरेको छ।

थप समाचार

नेपाल समय
फोटो

एकै छानामुनि बिजुली गाडी, टेस्लादेखि टेरोसम्म सहभागी [फोटो फिचर]

मेलामा दर्शकले विद्युतीय सवारीसाधन अवलोकन तथा खरिद गर्न पाउनेछन्। ५१ वटा स्टल रहेको नाडा अटो एक्स्पोमा ९ वटा ४ पांग्रे र १ वटा ३ पांग्रेका साथै १६ वटा २ पांग्रे सवारीका स्टल रहेका छन्।
नेपाल समय
फोटो

बौद्धस्थित सेतो गुम्बामा भिक्षुहरूले सम्झिए महारानी एलिजाबेथलाई [तस्बिरहरु]

सोमबार काठमाडौंको बौद्धस्थित सेतो गुम्बामा भिक्षुहरूले महारानीको तस्बिरमा माल्यार्पण गरी समवेदना प्रकट गरेका छन्।
नेपाल समय
फोटो

महिलाले ताने कुमारी, गणेश र भैरवको रथ (तस्बिरहरु)

इन्द्रजात्राको अन्तिम दिन बुधबार राजधानीका महिलाले रथ तानेका छन्। वसन्तपुर क्षेत्रका स्थानीय महिलाले ‘नानीचायाः’ भन्दै कुमारी, गणेश र भैरवको रथ तानेका हुन्।
नेपाल समय
फोटो

पशुपतिमा पितृको सम्झना [तस्बिरहरू]

आज आइतबारबाट सोह्रश्राद्ध शुरु भएको छ।
नेपाल समय
फोटो

यसरी मनाइयो इन्द्रजात्रा [८ तस्बिर]

भाद्र शुक्ल द्वादशीका दिन ठड्याइएको लिङ्गोलाई ‘इन्द्रध्वजोत्थान’ पनि भनिन्छ। लिङ्गोको फेदमा भैरवको पूजा गरिन्छ। शत्रु पराजय भएपछि विजय मनाउने पर्वका रुपमा इन्द्रजात्रा मनाउने गरिएको हो। इन्द्रध्वजको पूजा गरी शक्ति प्राप्त गरेर प्रदर्शन गर्ने पर्वका रुपमा पनि इन्द्रजात्रालाई लिइन्छ।

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६

सम्पर्क

House -138, Suruchi Marg, New Baneshwor, Kathmandu, Nepal
फोन : +977-1-4790242 / +977-1-4790040
इमेल : nepalsamayanews@gmail.com
  • प्रबन्ध निर्देशक
    तरुणप्रताप शाह
  • प्रधान सम्पादक
    नारायण अमृत
  • महाप्रबन्धक
    जीवन तिम्सिना