सोमबार, मंसिर १९, २०७९

अन्य दलका नेता भित्र्याउन 'अनलिमिटेड कम्पनी' बन्दै एमाले

भानु बोखिम  |  काठमाडौं, बिहीबार, असोज १३, २०७९

भानु बोखिम

भानु बोखिम

बिहीबार, असोज १३, २०७९, काठमाडौं

नेपाल समय

नेकपा एमाले अहिले सबै दलबाट आएका नेता अटाउने पार्टी भएको छ। यसले कतिलाई स्थान दिन सक्छ भन्ने सीमा छैन। यो अहिले समुद्र बनेको छ, जसले पृथ्वीभरिको पानी थेग्ने सामथ्र्य राख्छ। आएकालाई ग्रहण गर्नु समुद्रको बाध्यता हो, भलै त्यो स्वच्छ र निर्मल नहोस्। 

तेस्रो विश्वको राजनीति सत्ता र शक्तिमा केन्द्रित छ। राजनीति आफैंमा सत्ता र शक्तिको खेल हो। शक्ति र स्वार्थका लागि राजनीतिक दर्शन र सिद्धान्तलाई नै तिलाञ्जली दिने काम तेस्रो विश्वको राजनीतिमा बढी हुन्छ। गरिब र अविकसित नेपालमा राजनीति गर्न मुद्दाको कमी छैन। मुद्दालाई किनारा लगाउन आफ्नो दर्शन र सिद्धान्तप्रतिको निष्ठामा राम्रैसँग खडेरी लागेको छ। यस्तोमा आफ्नो व्यक्तिगत लाभहानि तथा स्वार्थका लागि राजनीतिज्ञले दल परिवर्तन गर्नु ठूलो विषय होइन। तर यसले राजनीतिक दल स्वयंलाई भने घाटा बनाइरहेको हुन्छ। यस्ता क्रियाकलापले अन्ततः राजनीतिलाई प्रदूषित गर्ने हो। कालान्तरमा यसको परिणाम देश र नागरिकको जीवनमा देखिन थाल्नेछ। 

अवसरका लागि दल बदल्नु नेपाली राजनीतिज्ञ तथा दलका कार्यकर्ताका लागि नौलो घटना हैन। यस्ता घटना निरन्तर चलिरहेकै हुन्छन्। यद्यपि यी घटना निर्वाचन नजिकिएसँगै बढी हुने गर्छन्। प्रतिनिधिसभा निर्वाचन नजिकिँदै गर्दा आफ्नो दल छाडेर अर्काे दल प्रवेश गर्ने क्रम तीव्र छ। दल प्रवेशको कामलाई चुनावी गठबन्धनले पनि प्रभावित पारेको छ।

अहिले सत्ता गठबन्धनमा भएका दलका नेताहरू एमाले प्रवेश गरिरहेका छन्। एमालेका नेता÷कार्यकर्ता अन्य दलमा प्रवेश गरेको समाचार विरलै सुनिन्छ। एमालेको कार्यकर्ता सिद्धान्तनिष्ठ भएर यस्तो भएको भने हैन। उनीहरू आफ्नो पार्टीप्रति प्रतिबद्ध छन् भन्ने पनि हैन।

पाँच दलीय गठबन्धन बनेपछि आफूले स्पेस नपाउने ठानेर नेकपा एमालेमा अन्य पार्टीका नेता, कार्यकर्ताहरू प्रवेश गर्ने क्रम बढेको छ। आउँदो चुनावमा टिकट कट्ने संकेत पाएपछि सत्तालोभले पार्टी प्रवेश गर्नेहरूको व्यवस्थापन गर्न एमालेलाई कालान्तरमा सकस पर्ने देखिन्छ। 

यथार्थचाहिँ अहिले सत्ता गठबन्धनमा लागेर कुनै अवसर पाइँदैन भन्ने हो। अर्काेतिर सत्ता गठबन्धनमा आबद्ध दलका कार्यकर्तालाई चुनावी प्रतिस्पर्धा गर्न पाउने अवसर कम छ। जितहारको कुरा पछि तय हुने भयो। त्यस अर्थमा अहिले एमाले नै त्यस्तो पार्टी हो, जहाँ अन्य दलका नेताले अवसर देखिरहेका छन्। देख्नु र प्राप्त हुनु अलग कुरा हुन्। केपी ओलीजस्ता चलाख नेताले एमाले प्रवेश गरेकालाई विराट भविष्य देखाइदिन सक्छन्। तर एमालेमा भविष्य हुन ओली निगाहबक्सको खाँचो हुन्छ। प्रयोग गर्न माहिर ओलीबाट सबैलाई निगाहबक्स हुन्छ भन्ने छैन। 

बलियो सत्ता गठबन्धनका अगाडि, सत्ता गठबन्धनकै नेता, कार्यकर्ता आफूमा भित्र्याएर एमाले बलियो हुन खोजिरहेको छ। अहिले एमाले समुद्र जत्तिकै विशाल छ। अन्य दलका जस्ता नेता पनि एमालेमा ठाउँ पाइरहेका छन्। एमाले अहिले असीमित भएको छ। यहाँ अरूलाई असीमित अवसर देखिएका छन्। पञ्चायत ढलेर प्रजातन्त्र आएपछि नेपाली कांग्रेसमा यस्तै आकर्षण थियो। कांग्रेसमा तिनै पञ्चहरू पनि अटाएका थिए। यसको मतलव पञ्चहरूको मनोविज्ञान वा सोच रातरात बदलिएको थिएन। सत्ता स्वार्थ वा राजनीतिमा अघि बढ्न गतिलो छहारी खोजेका थिए। उनीहरूमा नेपाली कांग्रेसको रुखले छहारी प्रदान गर्छ भन्ने विश्वास थियो। यस्तै उभार पहिलो संविधानसभापछि तत्कालीन नेकपा माओवादीमा देखिन्थ्यो । संविधानसभाको पहिलो निर्वाचन अगाडिसम्म माओवादीसँग टाढिन खोज्ने धेरै थिए।

निर्वाचनबाट ठूलो दल भएपछि माओवादीसँग नजिकिने धेरै भए। यी नजिकिएकाहरू अन्य दलमा आबद्ध नेता, कार्यकर्ता मात्र थिएनन्। बुद्धिजीवी तथा व्यापारी पनि थिए। यस्ता कार्यकर्ता तथा व्यक्ति भित्रिँदा सम्बन्धित दल खुसी नै हुन्छन्। तर तिनको आगमन दलको दर्शनप्रतिको विश्वासले हँुदैन। दलले आर्जन गरेको शक्तिको आडमा स्वार्थ पूर्ति गर्नेहरूको झुन्ड मात्र हो। 

राजनीतिक दलका नेता, कार्यकर्ताका लागि एमाले अहिले अनलिमिटेड कम्पनी हो। यहाँ असंख्य नेताहरू अटाइरहेका छन्। तर अहिले अन्य दलबाट एमाले भित्रिइरहेका नेताहरूको उद्देश्य एमाले हुनु हैन। माक्र्सवाद तथा लेलिनवादको दर्शन पक्डेर देश तथा नागरिकको हित चाहनु हैन। एमाले प्रवेशलाई मात्र एकाध राजनीतिक रंग दिएर आफ्नो स्वार्थ पूर्ति गर्नु हो। आफ्नो स्वार्थ पूर्ति नभए एमालेबाट उनीहरूको वहिर्गमन पनि तीव्र गतिमा हुनेछ। यसको ज्वलन्त उदाहरण हो, दोस्रो संविधानसभा निर्वाचनपछिको नेकपा माओवादी केन्द्र।

राजनीतिक दलका नेता, कार्यकर्ताका लागि एमाले अहिले अनलिमिटेड कम्पनी हो। यहाँ असंख्य नेताहरू अटाइरहेका छन्। तर अहिले अन्य दलबाट एमाले भित्रिइरहेका नेताहरूको उद्देश्य एमाले हुनु हैन। माक्र्सवाद तथा लेलिनवादको दर्शन पक्डेर देश तथा नागरिकको हित चाहनु हैन। एमाले प्रवेशलाई मात्र एकाध राजनीतिक रंग दिएर आफ्नो स्वार्थ पूर्ति गर्नु हो।

माओवादीले खुला राजनीतिमा आएपछि एक पटक परीक्षण हुने मौका पायो। एक पटक गर्छु भनिरहेको नयाँलाई जाँचेर हेरौं भन्ने मतदाताको मनोविज्ञानले माओवादीलाई अत्यधिक लाभ मिल्यो। तर यो मनोविज्ञान स्थायी थिएन। यसका लागि पाएको मौकालाई सदुपययोग गर्दै माओवादीले नागरिकको हितमा काम गर्नुपथ्र्याे। तर अन्य दलसँग पैठेजोरी खेल्दै समय बिताएको माओवादीले विकासका काममा खासै ध्यान दिएन। ठूलो दलको हिसाबले संविधान निर्माणको काममा पनि चुक्यो। केही स्वार्थी पढालेखा, व्यवसायी तथा अन्य दलका नेता भित्र्याउँदा पार्टी भने कमजोर हुँदै गयो। परिणाम, दोस्रो संविधानसभा निर्वाचनमा माओवादी तेस्रो दल हुन पुग्यो। यो परिणाम आफैंमा माओवादी कमजोर भएको संकेत थियो। माओवादी कमजोर भएपछि अन्य दलबाट आएका नेताहरू फर्किन थाले। केही पाउन आएका बुद्धिजीवीहरू अर्कैको छहारी खोज्न थाले। 

अहिले एमाले भित्रिइरहेका नेता, कार्यकर्ताको स्वार्थ पनि आफ्नो समृद्धि हो। उनीहरूलाई माक्र्सवादको आलोकमा जनता र देशको हित सोच्नु छैन। जनताको बहुदलीय जनवाद के हो भनेर बुझ्ने चाहना पनि छैन। यद्यपि अहिले आफ्नो स्वार्थका लागि एमाले जिन्दावाद भन्न तयार छन्, जो भोलिका दिनमा एमालेलाई नै प्रत्युत्पादक हुनेछ। 

गाउँघरमा एउटा उखान छ, वन साङ्ले (साङ्लो)ले घर साङ्ले खेद्छ। यसको प्रतीकात्मक असर राजनीतिक दलभित्र पनि देखिँदै आएको छ। अन्य दलका नेता, कार्यकर्ता भित्र्याएपछि दलभित्र धेरै असन्तुष्टिका गतिविधि र क्रियाकलाप हुन्छन्। यसले पार्टीभित्र आन्तरिक द्वन्द्व बढाउँछ। परिणामतः यसले पार्टी कमजोर बनाउँछ। पार्टी कमजोर हुनु भनेको घर कमजोर हुनु हो। कमजोर घर रुँघेर वन साङ्लेहरू बस्दैनन्। अहिले गठबन्धनको भयले अन्य दलका स्वार्थी नेता, कार्यकर्ता भित्र्याउने वा तिनलाई भित्र्याउन लोभलालच देखाउने दुवै काम एमालेका लागि प्रत्युत्पादक हुन्छ।

राजनीतिका लागि व्यक्तिको निष्ठा र आदर्श महत्त्वपूर्ण हुन्छ। यो स्वार्थलाई सर्वोपरि ठान्ने राजनीतिज्ञको सोच विपरीत हो। अहिले आफू बलियो हुन अन्य दलका नेता भित्र्याउनु तत्कालका लागि एमाले र दल बदल्ने नेता दुवैलाई फाइदाजनक होला। तर यस्ता प्रयास र अभ्यासले राजनीतिक संस्कारको विकास भने हुँदैन।


प्रकाशित: September 29, 2022 | 08:01:11 काठमाडौं, बिहीबार, असोज १३, २०७९

तपाईं को प्रतिक्रिया

ट्रेंडिंग

काठमाडौं महानगरको प्रस्टीकरण : तीन निकायको सहकार्यमा अनधिकृत सुकुम्बासी बस्ती हटाउँछौं

राष्ट्रिय भूमि आयोगले काठमाडौं नगरभित्रका सुकुम्बासीको समस्या समाधान गर्न ढिलाइ गरेपछि आफैं अगाडि सर्नुपरेको प्रस्टीकरण काठमाडौं महानगरले दिएको छ।

समानुपातिकतर्फ १ करोड मतगणना हुँदा कुन दललाई कति?

निर्वाचन आयोगका अनुसार आज बिहान ९ बजेसम्म एक करोड आठ लाख दुई हजार ९०७ मतगणना भएको छ।

देशव्यापी सांगीतिक यात्रामा निस्किँदै नेपथ्य

देशको पूर्वी कुनादेखि पश्चिम कुनासम्म आफ्ना लोक–रक धुन सुनाउने योजनाका साथ नेपथ्य यसै साता काठमाडौंबाट बाहिरिने भएको हो।

असुरक्षित सडकको सिकार भएका महावीर

वैज्ञानिक समाजवादी पार्टीमा जोडिएपछि सेलिब्रेटी छविप्रतिको मोह घट्दै गएको थियो। समानता र विभेदको अन्त्य उनका अर्जुन दृष्टि थिए। उनको उद्देश्य र काम जात व्यवस्था अन्त्य गर्नेमा केन्द्रित थियो।

के हो रामकुमारीको सन्देश?

खुलेको मुस्कानसहित उक्त तस्बिर सार्वजनिक भएपछि बाम एकताको आकलन धेरैले गरे। हुन पनि चुनावी मतपरिणाम आउँदै गर्दा बाम एकता गरेर नयाँ सरकार बनाउनुपर्ने धारणा एमाले र नेकपा एसका धेरै नेताको देखिन्छ।

धनुषा ४ मा कांग्रेसका यादवले ६८६ मतले लिए अग्रता

मतगणना जारी रहँदा नेपाली कांग्रेसका महेन्द्र यादवले आफ्नो अग्रता बढाउँदै लगेका छन्। मतगणनाको सुरुदेखि नै नेकपा (एमाले) रघुवीर महासेठले अग्रता लिएका थिए।

सरकार गठनको पहिलो प्रयास गठबन्धनले गर्ने, प्रधानमन्त्रीको दौडमा को–को?

सत्ता गठबन्धनकै सरकार बने प्रधानमन्त्री को? कांग्रेसभित्र कम्तीमा ५ आकांक्षी देखिँदा माओवादी अध्यक्ष प्रचण्ड पनि यसैको दौडधूपमा छन्।

धनुषा ४ मा रघुवीर महासेठलाई पछि पार्दै कांग्रेस उम्मेदवारको अग्रता

धनुषा ४ मा नेपाली कांग्रेसका उम्मेदवार महेन्द्र यादवले अग्रता लिएका छन्। आइतबार साँझबाट पछि परेका उनले पछिल्लो अपडेटअनुसार अग्रता कायम गरेका हुन्।

कर्जा-निक्षेप अनुपातमा राष्ट्र बैंक लचक

तोकिएको कर्जा–निक्षेप अनुपात नपुगे बैंक तथा वित्तीय संस्थालाई लाग्ने जरीवानालाई तरलता जोखिममा समेत आधारित हुने गरी पुनरवलोकन गर्न सकिने व्यवस्था गरी लचकता अपनााएको हो।

थप समाचार

नेपाल समय
विचार

घरजग्गा कारोबार, आयात र रेमिट्यान्स वित्तीय अस्थिरताका कारक

रेमिट्यान्सले जनताको जीवनस्तर उकास्न राम्रो भूमिका निर्वाह गरेको छ। गरिबी निवारण, शिक्षा र स्वास्थ्यमा रेमिट्यान्सको ठूलो योगदान छ। म्याक्रो लेभलमा सम्भावना हुँदाहुँदै पनि खासै ठूलो योगदान दिन सकेन।
नेपाल समय
विचार

किन उत्साहित भएनन् मतदाता?

निर्वाचन आयोगका अनुसार यस निवार्चनमा ६१ प्रतिशत मत खसेको छ, जुन गत स्थानीय चुनावको भन्दा ४.०७ प्रतिशतले कम हो भने २०४८ सालदेखिकै कम मत हो। मतदान प्रतिशतको अध्ययन गर्दा २०७० सालमा ७८.७४ प्रतिशत र २०७४ को निर्वाचनमा ६८.६७ प्रतिशत मत खसेको इतिहास छ।
नेपाल समय
विचार

मतदानमा नराखौं विवेक बन्धक

निर्वाचनमा व्यक्तिगत लेनदेनमा उत्रिएका मतदाताले नेतालाई जिम्मेवारी बोध गराउने हैसियत गुमाइसकेका हुन्छन्। पैसाको बलमा जितेका उम्मेदवारको जनतासँग भावनात्मक सम्बन्ध पनि हुँदैन। भलै, उनीहरूले यो कुरा सार्वजनिक रूपमा भन्दैनन्।
नेपाल समय
विचार

राजनीतिक दल, निर्वाचन आयोग र स्वतन्त्रहरू

सामाजिक मनोविज्ञान सार्वजनिक रूपमा प्रस्फुटन हुन्छ भने व्यक्तिगत मनोविज्ञान भोट खसाल्ने बेला। सोही कारण सार्वजनिक रूपमा भनेका र व्यक्तिगत व्यवहारमा फरक पर्न जान्छ। व्यक्ति आफूले मन नपराए पनि पुरानो पार्टी र नेताप्रति रहेको आस्था मार्न चाहन्न।
नेपाल समय
विचार

'नो नट अगेन' र शक्तिपूजक मनोविज्ञान

नो नट अगेन अभियान चलाएर शेरबहादुर देउवा, पुष्पकमल दाहाल र केपी ओलीहरूले चुनाव हार्दैमा राजनीति सही वा सङ्लो होला भन्ने लाग्दैन। यो सन्दर्भमा नो नट अगेन अभियान मूल फोहोर भएको ठाउँमा घाट सफा गर्ने काम मात्र हो। घाट सधैंलाई सङ्लो बनाउन मूल नै सफा गर्नुपर्छ।

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६

सम्पर्क

House -138, Suruchi Marg, New Baneshwor, Kathmandu, Nepal
फोन : +977-1-4790242 / +977-1-4790040
इमेल : nepalsamayanews@gmail.com
  • प्रबन्ध निर्देशक
    तरुणप्रताप शाह
  • प्रधान सम्पादक
    नारायण अमृत
  • महाप्रबन्धक
    जीवन तिम्सिना