सोमबार, असोज १०, २०७९

भारतीय कूटनीतिको ७५ वर्ष : उस्तै छन् चुनौती

शिवशंकर मेनन  |  काठमाडौं, बुधबार, भदौ १, २०७९

शिवशंकर मेनन

शिवशंकर मेनन

बुधबार, भदौ १, २०७९, काठमाडौं

नेपाल समय
स्केच द इन्डियन एक्सप्रेसबाट

सन् १९७२ मा भारतको २५औं स्वतन्त्रता दिवसका अवसरमा ‘फरेन अफेयर्स’मा ‘भारत र विश्व’ शीर्षकमा लेख लेख्दै तत्कालीन प्रधानमन्त्री इन्दिरा गान्धीले भारतका दुई वटा ‘स्थायी चासो’– ‘हाम्रो स्वतन्त्रताको रक्षा र गरिबीको अभिशापमाथिको विजय’बारे ध्यानाकर्षण गराएकी थिइन्। त्यतिबेला भारतीय समाज भारतीय व्यक्तित्व नगुमाईकन आधुनिक हुनुपर्ने अवस्थामा थियो। 

सन् १९७१ मा बंगलादेशको जन्मसँगै यस उपमहाद्वीपको भूराजनीतिको पुनर्निर्माण गर्न सकेको विजयको रापमा गान्धीले उक्त निबन्ध लेखिरहेकी थिइन्। त्यसैले उनको त्यो निबन्ध दक्षिण एसियामा बढी केन्द्रित छ। विजयको त्यो क्षणमा उनले सिंगो विश्वलाई पाकिस्तानशासित काश्मिरलाई बलपूर्वक हत्याउने भारतको कुनै मनसाय नभएकामा विश्वस्त गराएकी थिइन्। साथै, बंगलादेश संकट र युद्धमा चीनको जे–जस्तो भूमिका भए पनि भारतले उसँग सुमधुर सम्बन्ध बनाइराख्न चाहेको पनि उनले उल्लेख गरेकी थिइन्। 

उनले त्यतिबेला के भनिनन् भन्नेतर्फ पनि ध्यान दिनुपर्छ। आन्तरिक स्थिरता र त्यससँग जोडिएको बाह्य सुरक्षाबारेको चिन्ता, ध्रुवीकरणले बाह्य शक्तिलाई भारतको आन्तरिक सुरक्षामा दिन सक्ने खेल्ने अवसर र भारतले बाह्य जगत् खेल्ने अवसर कसरी कम गर्न सक्छ भन्नेबारे उनले उल्लेख गरेकी छैनन्। त्यतिबेला नक्सलवादी आन्दोलनबाहेक आन्तरिक स्थिरताबारे उनले स्थायी रूपमा ध्यान दिनुपर्ने विषय नै सम्भवतः कम थिए। 

त्यसयता हामीले निकै लामो यात्रा गरिसकेका छौं। भारत र विश्व दुवै परिवर्तन भएका छन्। तथापि पाकिस्तान, चीन र यस उपमहाद्वीपसँगका हाम्रा चासो फेरिएका छैनन्। ती दुई स्थायी चासो यथावतै छन्। यिनै आधारमा विवचेना गरौं, भारतीय विदेश नीति कसरी सञ्चालन भइरहेछ?

चिनियाँ घुसपैठले भौगोलिक अखण्डतालाई चुनौती दिएको छ 
पहिलो चासो, हाम्रो स्वतन्त्रताको रक्षालाई ध्यान दिँदा आफ्नो वरिपरि सोभियत संघको विघटन, विश्वव्यापीकरण, शक्तिशाली चीनको उदय, बहुपक्षीय अवधारणा र संस्थाको घट्दो भूमिकालगायत आमूल परिवर्तन हुँदा पनि भारत सफल नै भएको देखिन्छ। फराकिलो आयाममा हेर्दा भारतले केवल आफ्नो स्वतन्त्रताको रक्षा मात्र गरेको छैन, बरु अन्तर्राष्ट्रिय व्यवस्थामा आफ्ना विकल्प र भूमिका पनि बढाएको छ। शीतयुद्धकालमा असंलग्नता र त्यसपछि ‘रणनीतिक स्वायत्तता’को नीति अपनाएर भारतले आफ्नो बढ्दो क्षमतालाई अन्तर्राष्ट्रिय रूपमा तुलनात्मक रूपले राम्रो प्रभाव पार्न उपयोग गर्यो। 

संसार फेरि अर्को कुइनेटोमा उभिएको छ। पहिलेका नीति र प्रवृत्तिको प्रभावकारिता कमजोर हुँदै गइरहेका छन्। निकट विगतभन्दा फरक, सन् २०२० मा पश्चिमी क्षेत्रमा पटक–पटक सीमारेखा (लाइन अफ एक्चुअल कन्ट्रोल, एलएसी)मा भएका चिनियाँ घुसपैठ संगठित भइरहेछन्। भारतले कूटनीतिक र सैन्य पहल गर्दा पनि चीनले ती भूभाग छाड्ने कुनै संकेत दिएको छैन। त्यसैले भारतीय स्वतन्त्रताप्रति कुनै शंका नभए तापनि उसको भौगोलिक अखण्डता अहिले पनि चुनौतीमै छ। कतिसम्म भने हालै नेपालले नयाँ भौगोलिक दाबी गरेको छ। 

नेपाल समय
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी।

आर्थिक रुपान्तरणको गति सुस्त भएको छ 
दोस्रो चासो, गरिबीको अभिशापमाथिको विजयलाई ध्यान दिँदा भारतको विदेश नीतिले आन्तरिक नीतिलाई लक्ष्यमा पुग्न सहजीकरणको र सक्षम बनाउने भूमिका खेल्यो। यस मामिलामा तथ्यांकहरू मिश्रित छन्। कसैकसैले अवसर गुमाएको गुनासो गरे पनि सन् १९७० को दशकदेखि भारतीय विदेश नीतिले भारतलाई आन्तरिक रुपान्तरणमा जोड लगाउन आवश्यक सुरक्षा र शान्ति प्रदान गरेको छ। उच्च आर्थिक वृद्धिका वर्षमा आएका नतिजाहरू उल्लेखनीय छन्।

यस शताब्दीको पहिलो दशकमै १४ करोड मानिसलाई गरिबीबाट उकास्न भारत सक्षम भएको छ। पछिल्लो ४० वर्षमा भारतले हरेक महत्त्वपूर्ण देशको तुलनामा आफ्नो स्थितिमा सुधार गरेको छ। चीन भने यसको अपवाद हो। उसले अझ उन्नति हासिल गरेको छ। यद्यपि सन् २०१२ पछि भने भारतको रुपान्तरणको गति सुस्त भएको छ। विगतका अनेकौं सफलताका बाबजुद गरिबीको अभिशाप उन्मूलन गर्यौं र हरेक नागरिकको आवश्यकता पूरा गर्न सक्ने समावेशी र बहुल समाज बनायौं भन्न सक्ने हुनका लागि हामीले लामो यात्रा गर्नै बाँकी छ। 

आज अन्तर्राष्ट्रिय माहोल भारतको आर्थिक स्वार्थका लागि धेरै अनुकूल छैन यद्यपि विश्व अर्थतन्त्रमा जोडिएकाले भारतका लागि बाह्य क्षेत्र यस अघिभन्दा झन् धेरै महत्त्वपूर्ण बन्न पुगेको छ। स्रोत परिचालनलगायतका विभिन्न कामका लागि भारतलाई विश्वको ऊर्जा र सामग्री वितरण, प्रविधि र पुँजी, बजारमा पहुँच र खुला अन्तर्राष्ट्रिय व्यापार प्रणाली चाहिन्छ। त्ब मात्र हामी गरिबीको अभिशाप उन्मूलन गर्न र हरेक भारतीयलाई आफ्नो पूर्ण शक्ति आर्जन गर्न सक्ने आधुनिक, आत्मविश्वासी समाज बनाउन सक्षम हुनेछौं।

अधुरा काम 
भारतका चासोहरू स्थिर छन् र फराकिलो मात्रामा हामीले तिनको समाधानमा केही सफलता पनि हासिल गरेका छौं। विदेश नीतिलाई विस्तृतमा नियाल्दा भने अरू केही थप कमीको महसुस हुन्छ । 

जे–जस्ता कारण भए पनि हामीले अहिलेसम्म पाकिस्तानसँग त्यस्तो अल्पकालीन सम्झौता तय गर्न सकेका छैनौं, जसले विवाद र असहमतिलाई थाँती राखोस् वा जिन्नाले परिकल्पना गरेजस्तो, अमेरिकाका लागि क्यानडा भएजस्तो भारतका लागि पाकिस्तान हुने सम्बन्ध बनाओस् । 

अर्कोतर्फ उपमहाद्वीपमा भने हामीले विकसित र अनुकूल हुन सक्ने क्षमता प्रदर्शन गरेका छौं। अमेरिका र चीनबीचको महाशक्ति संघर्षमा दक्षिण एसिया तानिँदै जाँदा बाह्य स्वार्थ र प्रभावले यस उपमहाद्वीपको राजनीतिलाई जटिल बनाउँछन् भन्ने बुझ्नुपर्छ। त्यसैले भारतको निरन्तर रुपान्तरणका लागि नजिकको छिमेकी देश र हिन्द महासागर क्षेत्रमा शान्ति कायम गर्न कडा मिहिनेत गर्नुपर्नेछ। 

७५ वर्षदेखि चीनसँगको सम्बन्धमा हाम्रा तमाम सफलता र असफलताहरू छन्। यो विचित्रको अनुभव हिमालय क्षेत्रमा भएको युद्धदेखि तुलनात्मक स्थिरतासम्म छरिएको छ। आज हामी चिनियाँ पूर्वाधार र सैन्य इलाकाको निरन्तर निर्माणको साक्षी भएका छौं। तीमध्ये केही सीमारेखा (एलएसी)को भारतीय क्षेत्रमा पनि बनाइएका छन्। चीनसँगको हाम्रो सम्बन्धको भविष्य धेरै वर्षदेखिको भन्दा अझ बढी अनिश्चित बनेको छ। माथि उल्लिखित हरेक विषयमा दुवै हातले ताली बज्नुपर्छ। यी सबैमा सन्तोषजनक परिणामका लागि पनि भारतीय विदेश नीति एक्लै जिम्मेवार हुन सक्दैन। 

सफलताबाट पनि पाठ सिकौं 
गौरवशाली क्षणहरू कम नै किन नहुन्, भारतीय विदेश नीतिले अनुकूल हुन सक्ने र प्रतिक्रिया दिन सक्ने क्षमता प्रदर्शन गरेको छ। अनुभव र गल्तीबाट सिक्न र आफैंलाई सुधार्न सक्छ भन्ने देखाएको छ। चाहे त्यो सन् १९६२ मा सेनामा गरिएको रुपान्तरण होस् वा सन् १९६५ पछि बाह्य गुप्तचरीको बेग्लै व्यवस्था होस् वा सन् १९९१ पछि आर्थिक कूटनीतिका लागि नयाँ साधनको व्यवस्था होस् वा कार्गिल युद्धपछि राष्ट्रिय प्रविधिमा दिइएको जोड होस्, सबैले भारतीय राज्य बाह्य चुनौती सामना गर्न सक्षम छ भन्ने देखाएका छन्। शक्ति सन्तुलन द्रुत गतिमा परिवर्तन भइरहेको वर्तमान विश्वमा यो क्षमता अझ बढी आवश्यक छ।

असफलताबाट त हामीले सिक्छौं नै तर कहिलेकाहीँ सफलताबाट सिक्न कठिन भइदिन्छ। सम्भवतः यो सफलताबाट सिक्ने समय हो। उदाहरणका लागि, पछिल्लो डेढ दशकमा बंगलादेशसँग सम्बन्ध निर्माणमा हासिल गरेको सफलताबाट, चीनसँगको सम्बन्ध परिणाममुखी बनाएको समयबाट, आणविक कूटनीतिको समयमा भारत–अमेरिका सम्बन्धबाट। 

बृहत् रणनीति वा राज्य सञ्चालनको तहमा भारतीय कूटनीति साहसी, अभिनव र सफल हुँदै आएको छ। यहाँनेर दुईध्रुवीय शीतयुद्धको समयमा असंग्लनतालाई नीतिको रूपमा र शीतयुद्धपछिको विश्वव्यापीकृत संसारमा बहुध्रुवीय रणनीतिक स्वायत्तताको छनोटलाई मैले इंगित गरेको हुँ। 

तरल बनेको वर्तमान विश्व व्यवस्थामा सन् १९७२ मा इन्दिरा गान्धीले इंगित गरेको दुईटा स्थायी चासोलाई सम्बोधन गर्न राज्य सञ्चालनमा थप काम आवश्यक छ। चुनौती निरन्तर छन्। 

भारतको ७५औं स्वतन्त्रता दिवसको सन्दर्भमा द वायरमा प्रकाशित मेननको लेख लक्ष्मण श्रेष्ठले अनुवाद गरेका हुन्। मेनन सन् २०१० देखि २०१४ सम्म भारतका राष्ट्रिय सुरक्षा सल्लाहकार रहेका थिए। 



प्रकाशित: August 17, 2022 | 13:56:59 काठमाडौं, बुधबार, भदौ १, २०७९

तपाईं को प्रतिक्रिया

ट्रेंडिंग

चीनमा सैन्य 'कू' को हल्ला, राष्ट्रपति सी नजरबन्दमा छन् त?

सोसल मिडियामा भने सीबारे अनेकन 'हल्ला' भइरहेका छन्। चीनियाँ राष्ट्रपति सीलाई वास्तवमा के भएको भन्‍ने कुरालाई सहजै भन्‍न सकिँदैन।

समान अवसरको मागसहित शेखर समूहले खवरदारी सभा गर्ने

नेपाली कांग्रेसको डा. शेखर कोइराला समूहले पार्टीभित्र समान अवसर र न्यायका लागि खवरदारी सभा आयोजना गर्ने भएको छ।

लेखक केशव दाहालको 'माधवी ओ माधवी' सार्वजनिक

'मोक्षभूमि' उपन्यासका लेखक केशव दाहालको गैरआख्यान निर्बन्ध लेखन संगालो 'माधवी ओ माधवी' शुक्रबार विमोचन गरिएको छ।

काठमाडौंका १० निर्वाचन क्षेत्र : पुराना दललाई स्वतन्त्र र नयाँ दल चुनौती

स्वतन्त्रदेखि झिनामसिनाका पार्टीबाट उम्मेदवारी घोषणा गरिएपछि संघीय राजधानीसमेत रहेको काठमाडौंका १० निर्वाचन क्षेत्रमा ठूला दलहरूलाई चुनाव जित्न गठबन्धनको भर। गठबन्धन गर्दा कांग्रेसको सुरक्षित किल्ला अन्य दललाई सुम्पिनुपर्ने बाध्यता।

वित्तीय संघीयता मजबुत बनाउन राजनीतिक र प्रशासनिक इच्छाशक्ति आवश्यक

राजस्व बाँडफाँटका कतिपय मुद्दामा केन्द्र, प्रदेश र स्थानीयबीच समन्वय अभाव देखिन्छ। यसका लागि वित्तीय हस्तान्तरण ऐनमा केही संशोधन गरेर अगाडि बढ्न आवश्यक छ।

कार्यकालपछि राष्ट्रपति भण्डारीले राजनीतिक नेतृत्व गरे अति राम्रो : गोकुल बाँस्कोटा

बिहीबार ट्विट गर्दै बाँस्कोटाले पूर्वराष्ट्रपतिले राजनीति गर्नु हुँदैन भन्ने कानुनी व्यवस्था नरहेको उल्लेख गर्दै राष्ट्रपतिलाई राजनीतिक नेतृत्व लिन सुझाव दिएका हुन्।

ब्याजदर बढेपछि व्यापारी र बैंकर्सबीच द्वन्द्व, हस्तक्षेप नगर्ने पक्षमा राष्ट्र बैंक

बैंक तथा वित्तीय संस्थाले ब्याजदर बढाएको विषयमा निजी क्षेत्रका उद्योगी र व्यापारी असन्तुष्ट छन्। निक्षेपको ब्याज बढाउँदा कर्जाको पनि ब्याज बढ्ने भएकाले त्यसले उद्योग र व्यापार सञ्चालनमा नकारात्मक असर पार्ने भन्दै उनीहरू असन्तुष्ट बनेका हुन्।

निधिले छोडे पनि धनुषा-३ मा गठबन्धनको हानाथाप, को बन्ला जुलीको प्रतिस्पर्धी?

उता २०७४ सालमा धनुषा ३ बाट निर्वाचित सांसद एंव लोसपाका वरिष्ठ नेता राजेन्द्र महतोले यही क्षेत्रबाट चुनावी मैदानमा उत्रने तयारीमा छन् भने लालकिशोर साह, जितेन्द्रकुमार यादव, विजयकुमार भगत र सर्वजित ठाकुरको नाम सिफारिस गरेको छ।

प्रेमगीत–३ लाई लिएर किन आयो चलचित्र क्षेत्रमा हलचल?

‘प्रेमगीत–३’लाई लिएर नेपाली फिल्मकर्मीहरू विभाजित भएका छन्। कोही हिन्दी भर्सनलाई नेपाली फिल्मसरह कर छुट दिनुपर्ने र कोही दिन नहुने पक्षमा उभिएका छन्।

सरकारको आग्रह लत्याउँदै सीपीसीको सुरक्षा रणनीति बैठकमा राष्ट्रपति भण्डारी सहभागी

चिनियाँ कम्युनिस्ट पार्टीले बुधबार आयोजना गरेको भर्चुअल सम्मेलनमा राष्ट्रपति भण्डारीले रेकर्डेड भिडियो सन्देश पठाएको राष्ट्रपति कार्यालयले पुष्टि गरेको छ।

थप समाचार

नेपाल समय
विचार

संवैधानिक र राजनीतिक प्रणालीभित्र देखिएको अराजकता!

परिणामस्वरूप सात वर्षमै यो प्रणाली अराजकता उन्मुख देखिँदैछ। हिजोको व्यवस्थाभन्दा चरम राज्यशक्तिको दोहन र अपचलन आज खुलमखुल्ला भइरहेको छ। जसले जे गरे पनि हुने खालको अराजकतातर्फ राज्य प्रणालीका संयन्त्र उद्दत छन्।
नेपाल समय
विचार

सम्पादकीयः संविधान उल्लंघन गर्ने राष्ट्रपति राजीनामा देऊ

राष्ट्रपतिको अहिलेको कदमले विगतमा अधिनायकवादलाई काखी च्याप्न खोज्ने स्वार्थप्रेरित दलहरुको मुहारमा मुस्कान देखिएको भए पनि कालान्तरमा उनीहरुलाई नै पीर्ने निश्चित छ। त्यसकारण अहिलेको विकल्प भनेको राष्ट्रपतिले राजीनामा दिएर मार्ग प्रशस्त गर्नु नै उत्तम हुनेछ।
नेपाल समय
विचार

मोदीको सर्वशक्तिमान् छवि कहिलेसम्म रहला?

हरतरहले नागरिकमाथि प्रधानमन्त्री मोदीको तस्बिर, भिडियो र ब्यानरको वर्षा गरिइराखिएको छ। नागरिकले चाहे पनि नचाहे पनि यो विषयलाई अनदेखा गर्न सक्ने अवस्था छैन।
नेपाल समय
विचार

च्याँखे दाउमा अल्झिएको गठबन्धन

गठबन्धनमा आवद्ध सबै दललाई आफ्नो सपनाको खेती गर्नु छ। सपनाको निम्ति गठबन्धनमा रहेका नेपाली कांग्रेस र इतर दलका आ–आफ्नै दुःख छन्।
नेपाल समय
विचार

बीपीको बालमनोविज्ञान, जसले मलाई बनायो डाक्टर

‘पढ्न असाध्यै ग्राह्रो लाग्ने मलाई ज्योति दाइको खेती कर्मले खेतीपातीमा लाग्न हौसाएको थियो। तर बीपीले खेतीपाती गरेर पैसा कमाए पनि अरू दाजुभाइ, दिदीबहिनीहरूले पढेर ठूला मान्छे बन्ने र तँ तरकारी बोक्ने, किचनमा आमालाई सहयोग गर्ने हुनेछस् भनेपछि मेरो चेत खुल्यो। बीपीको सम्झाइले मलाई अध्ययन अगाडि बढाउन हौसाएको परिणाम अहिले आँखाको डाक्टर हुन सकें।

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६

सम्पर्क

House -138, Suruchi Marg, New Baneshwor, Kathmandu, Nepal
फोन : +977-1-4790242 / +977-1-4790040
इमेल : nepalsamayanews@gmail.com
  • प्रबन्ध निर्देशक
    तरुणप्रताप शाह
  • प्रधान सम्पादक
    नारायण अमृत
  • महाप्रबन्धक
    जीवन तिम्सिना