बिहीबार, भदौ २, २०७९

हिमाल नांगिएकै हो त?

डा‍. चन्द्र गिरी  |  काठमाडौं, शनिबार, साउन १४, २०७९

डा‍. चन्द्र गिरी

डा‍. चन्द्र गिरी

शनिबार, साउन १४, २०७९, काठमाडौं

नेपाल समय

चाँदीजस्तै टल्किने सुन्दर हिमाल केही वर्षयता नांगिएको खबर हिमाली भेगका गाउँलेदेखि विश्व प्रख्यात वैज्ञानिकहरुले पनि सुनाउँदै आएका छन्। भनिन्छ, विश्व जलवायु परिवर्तनका कारण यस्तो भएको हो। 

नांगो आँखाले हेर्दा एक वर्ष हिउँ घटेको र अर्को वर्ष हेर्दा बढेको देख्न सकिन्छ किनकि जलवायु हरेक वर्ष परिवर्तन भइरहेको हुन्छ। हाम्रो स्मरण शक्ति छोटो पनि हुन सक्छ, दुज्ई चार वर्षअघि के भयो भन्ने बिर्सिन सकिन्छ। कहिलेकाहीँ हाम्रो अवलोकन भ्रमपूर्ण पनि हुन सक्छ। प्रश्न यहाँ १-२ वर्षको मात्र हैन, दीर्घकालीन रुपमा हिमाल नांगिएको छ कि छैन भन्ने हो। वैज्ञानिकहरुले केही वर्षको मात्र नभएर धेरै वर्षको अवलोकनलाई विश्लेषण गरेका हुन्छन्। त्यसको लागि उनीहरुसँग भएका प्रविधिमध्ये एउटा सम्भावना भनेको विगत पाँच-छ दशकदेखि लगातार रुपमा लिइएका उपग्रहका डाटाहरुको प्रयोग हो। ती उपग्रहबाट लिइएका तथ्यांकहरुले र अध्ययनहरुले के बताउँछन् त? के नेपालका हिमालहरु साँच्चिकै नांगिएका वा नांगिन थालेका हुन् त? 

उपग्रहबाट लिइएका डाटाहरु सन् १९४० को दशकदेखि नै उपलब्ध भए पनि पहिलो सिभिलियन उपग्रह भने सन् १९७२ मा प्रक्षेपण गरिएको थियो। अमेरिकी सरकारको  'ल्याण्डसाट' नामक उपग्रहले  सन् १९७२ देखि अहिलेसम्म लगातार रुपमा संसारभरिको अवलोकन गरिराखेको छ। त्यसो त अहिले अमेरिकासहित ४० भन्दा बढी देशको आफ्नै उपग्रह छ, अनि यस्ता देशहरुको संख्या बढ्दो क्रममा छ। नेपालले पनि आफ्नै उपग्रह नेपालस्याट-१ प्रक्षेपण गरेको छ। सरकारी तवरमा मात्र हैन, निजी तवरमा पनि व्यापक रुपमा उपग्रह प्रक्षेपण गर्न थालिएको छ। साथै उपग्रहको प्रविधिमा पनि द्रूत गतिमा विकास भइरहेको छ।  

उपग्रहबाट लिइएका डाटाहरु सन् १९४० को दशकदेखि नै उपलब्ध भए पनि पहिलो सिभिलियन उपग्रह भने सन् १९७२ मा प्रक्षेपण गरिएको थियो। 

तिनै उपग्रहबाट लिएका डाटाहरु प्रयोग गरेर हिउँ, हिमताल र हिमनदीहरुको अवलोकन र निगरानी गरिएको छ वा गर्न सकिन्छ। त्यस अर्थमा अहिले हामीसँग ५० वर्षभन्दा बढी समयदेखिको तथ्यांक उपलब्ध छ। हरेक दिन नयाँ डाटाहरु थपिइरहेका छन् अनि नयाँ र अर्थपूर्ण डाटाको उपलब्धि दिनानुदिन बढिरहेको छ।  

५० वर्षभन्दा बढीको तथ्यांकले ढाँट्दैन, वैज्ञानिक प्रमाण स्पष्ट हुन्छ। त्यसमा पनि उपग्रहबाट लिएका फोटोहरु स्वतन्त्र र निष्पक्ष प्रवृत्तिका हुन्छन्। ती डाटाहरु हरेक दिन वा हरेक हप्ता लगातार रुपमा लिन सकिन्छ। फेरि ती डाटाहरुले ठूलो क्षेत्रफल ढाक्छन्। उदाहरणको लागि मेचीदेखि महाकालीसम्मको पूरै हिमालमात्र हैन कि विश्वकै हिमालहरु एकै दिनमा अवलोकन गर्न सकिन्छ। संसारको जुनसुकै कुनामा बसेर तथ्यांक विश्लेषण गर्न सकिन्छ।

परम्परागत प्रविधि प्रयोग गरेर दिनहुँ वा वर्षेनी हिमालयको स्थलगत सर्वेक्षण गर्नु त्यो पनि पूर्व मेचीदेखि पश्चिम महाकालीसम्म असम्भव जस्तै हो। हिमालमा जानै गाह्रो छ, कति ठाउँमा जानै सकिँदैन। जान सके पनि धेरै समय लाग्छ र धेरै महँगो पनि हुन्छ। स्मरण रहोस्, अन्टार्कटिका र आर्कटिकपछि हिमालयमा विश्वको तेश्रो ठूलो बरफ र हिउँको भण्डार छ, निकै ठूलो क्षेत्रफल ओगटेको छ।  

स्थलगत सर्वेक्षण गर्न सकियो भने अन्य प्रविधि जस्तै- बर्फ कोर (आइस कोर) हेरेर  धेरै वर्ष अगाडिसम्मको अध्ययन गर्न सकिन्छ। स्वचालित मौसमी केन्द्रहरु पनि स्थापित गर्न सकिन्छ र गरिएका पनि छन्। तसर्थ बर्फ कोर नमुना र स्वचालित मौसमी केन्द्रबाट उपलब्ध भएको तथ्यांकको विश्लेषण गरेर हिउँ र हिमतालहरुको अवलोकन गर्न सकिन्छ। तर पनि चाहिए जति नमुना संकलन गर्न र चाहिए जति स्वचालित मौसमी केन्द्रहरु स्थापना गर्न र सञ्चालन गर्न भने अत्यन्तै गाह्रो र महँगो हुन जान्छ। स्थापना गर्न सकिहाले पनि स्वचालित मौसमी केन्द्रहरुबाट पुराना डाटाहरु भने पाउन सकिँदैन। नयाँ डाटामात्र संकलन गर्न सकिन्छ।

नेपाल समय
कञ्चनजंघा क्षेत्र। तस्बिर: इसिमोड

हिउँले ढाकिएका हिमालको हिउँ पग्लिएर हिमताल र हिमनदी बनेका हुन्छन्। तिनै हिमताल वा हिमनदी नदीका श्रोत बन्छन्। हिउँ सुके वा कम भएमा हिमताल वा हिमनदी कम हुन्छन् अनि नदीहरुमा पानी कम हुन्छ। नदीमा पानी कम भएमा त्यसको गम्भीर प्रभाव तल्लो तटीय क्षेत्रका बासिन्दा, उनीहरूको जनजीविका तथा खानेपानी, सिँचाइ र जलवद्युत आदिमा पर्छ। कृषि उत्पादन घट्नु, खाद्य असुरक्षा बढ्नु, पानीको हाहाकार हुनु, वन र जैविक विविधताको नाश हुनु र भौतिक क्षति हुनुजस्ता समस्याहरु देखिन थाल्छन्। तसर्थ हिउँ र हिमताल पग्लिने समस्या नेपाल, भारत, बंगलादेशका करोडौं मानिसहरुको गाँस, बास र कपाससँग जोडिएको छ। त्यसो त नेपालको हिमाल मात्रै हैन पूरै हिमालय हेर्ने हो भने चीन, म्यानमार, पाकिस्तान र भुटान लगायतका देशका १३० करोड मानिसलाई असर पार्छ।  

संयुक्त राष्ट्रसंघको जलवायु परिवर्तनसम्बन्धी अन्तरसरकारी कार्यदलद्वारा प्रस्तुत विस्तृत प्रतिवेदनअनुसार जलवायु परिवर्तनको प्रभाव हिमालयमा अत्यधिक मात्रामा पर्छ। हिमालयको तापक्रम अन्य क्षेत्रभन्दा पाँच गुणा बढी (०.०६ डिग्री सेल्सियस प्रतिवर्ष) बढिरहेको छ। कार्बन डाइअक्साइड र अरु हरित गृह ग्यासहरु (ग्रिनहाउस ग्यासहरु) बढेर तापक्रम बढेको हो। वायु प्रदूषणसँगै कालो कार्बन (ब्लाक कार्बन) बरफ र हिउँमा टाँसिनाले हिउँ झन् छिटो पग्लिन थाल्छ अझ बढी सूर्यको ताप सोसेर। तसर्थ जलवायु परिवर्तनले हिउँको र हिमतालहरुको क्षेत्रफल र गहिराइ घट्न थाल्छ। त्यतिमात्र कहाँ हो र? कतिपय हिमालमा बर्खा सिजनमा हिउँ नै देखिन छोड्छ, हिमतालहरू सुक्न थाल्छन्, अनि ठूला ठूला हिमताल टुक्रिएर साना साना तर धेरै हुन थाल्छन्। करोडौं वर्ष लागेर बनेका हिउँ, बरफ र हिमतालहरु केही दशकमा नै पग्लिन सक्छन्। 

नेपाल हिमालयको सन्दर्भमा विगत ४०-५० वर्षका उपग्रह डाटालाई विश्लेषण गरिएका अध्ययनहरुले एउटै निष्कर्ष निकालेका छन्: हिमालको हिउँ कम भइरहेको छ, हिमताल र हिमनदीहरु सुकिरहेका छन् वा टुक्रिरहेका छन्। परिणामस्वरूप हिमनदी फुटेर आउने बाढी अर्थात् ग्लेसियर लेक आउटबर्स्ट फ्लडले गर्दा हिमाली भूभागका तल्लो तटीय क्षेत्रका बस्तीहरुमा जोखिम बढेको छ। यो निष्कर्ष विगत २० वर्षमा गरिएका एक दर्जनभन्दा बढी अध्ययनहरुले निकालेका हुन्।  

संयुक्त राष्ट्रसंघको जलवायु परिवर्तनसम्बन्धी अन्तरसरकारी कार्यदलद्वारा प्रस्तुत विस्तृत प्रतिवेदनअनुसार जलवायु परिवर्तनको प्रभाव हिमालयमा अत्यधिक मात्रामा पर्छ। हिमालयको तापक्रम अन्य क्षेत्रभन्दा पाँच गुणा बढी (०.०६ डिग्री सेल्सियस प्रतिवर्ष) बढिरहेको छ। 

हजारौं वर्षमा जम्मा भएको हिउँ १-२ दशकमा नै पग्लिन थालेको छ। यो क्रम सन् १९७० को दशकदेखि हरेक दशकमा बढ्दो क्रममा छ। अहिले ७० को दशकको तुलनामा हिमालयमा करिब १० प्रतिशत हिउँ र हिमताल घटिसकेका छन्। सन् २०२० मा प्रकाशित अन्तर्राष्ट्रिय एकीकृत पर्वतीय विकास केन्द्र (इसिमोड) र संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम (यूएनडीपी)को प्रतिवेदनमा पनि ती हिमतालहरू फुट्न सक्ने जोखिम देखाOएको छ। उक्त प्रतिवेदनले नेपालमा सन् २०२० मा १ हजार ४६६ वटा हिमताल रहेको र तीमध्ये २१ वटा जोखिममा रहेको तथ्य सार्वजनिक गरेको थियो।  

नेपाल हिमालयमा मात्र हैन, संसारभरि नै हिमनदी पग्लिने क्रम जारी छ अनि यो बढ्दो क्रममा छ। औद्योगिक क्रान्तिपछि सुरु भएको जलवायु प्रदूषण आजसम्म लगातार रुपमा बढिरहेको छ। विगत २० वर्षमा हिउँ र हिमताल पग्लिने क्रम दोब्बरले बढेको छ। यो क्रम जारी भएमा सन् २०५० सम्ममा संसारका ८०-९० प्रतिशत हिमताल पग्लिनेछन् भनेर वैज्ञानिकहरुले अनुमान गरेका छन्। 

अलिकति खुशीको कुराचाहिँ के हो भने हिमालयको हिउँ र हिमतालहरु संसारको अन्य ठाउँ जस्तै- आइसल्याण्ड, ग्रिनल्यान्ड, उत्तरी क्यानाडा, अलास्का, दक्षिणी एन्डिज र एन्टार्कटिकाभन्दा कम दरमा घटिरहेको छ। तैपनि सबैभन्दा ठूलो चिन्ता हिमालयकै छ किनकी ब्रम्हपुत्र जस्ता नदी सुकेमा नेपाल, भारत र बंगलादेशका करोडौं मानिसलाई यसले प्रत्यक्ष रुपमा असर पार्छ। गंगामा वर्षेनि सुकिरहेको पानीले लाखौं मानिसहरुलाई असर पार्न थालेको खबर पनि आइरहेका छन्। अन्य मुख्य नदीहरु मेकोङ र याङ्ग्जी (चीन) आदिले पनि करोडौं मानिसलाई प्रत्यक्ष रुपमा असर पार्छन्।  

सरकारी र निजी तवरमा भएको  रिमोट सेन्सिङको विकासले आज दिनदिनै विस्तृत रुपमा हिमालयको अवलोकन र निगरानी राख्न सकिन्छ। उपग्रहबाट लिइएका डाटाहरु विश्लेषण गर्न अत्यन्तै शक्तिशाली कम्प्युटर र सफ्टवेरको विकास भएको छ। यस्तो अध्ययन गर्ने वैज्ञानिकहरु विकसित देशमा मात्र हैन, नेपालमा पनि उपलब्ध छन्। तसर्थ, हिमालयको लगातार रुपमा अवलोकन र निगरानी राख्नु जरुरी छ र त्यो सम्भव छ। त्यसैगरी बाढीबाट बच्न हिमतालहरुलाई आवधिक रूपमा अद्यावधिक गरिनुपर्छ र सम्भावित खतरनाक हिमनदी, तालहरू नियमित रूपमा अनुगमन गरिनुपर्छ। निरन्तर रुपमा निगरानी राखेमा हिमताल फुट्नु अगावै यसको समस्या समाधानतर्फ ध्यान दिन सकिन्छ। यो समस्या समाधान गर्न सकियो भने जोखिममा रहेका गाउँहरु र क्षेत्रलाई बचाउन सकिन्छ।  

समग्रमा भन्नुपर्दा विगत ५० वर्षमा संकलन गरिएको उपग्रहको डाटा र अध्ययनले हिमाल नांगिँदै गएको तथ्यलाई स्पष्ट रुपमा प्रमाणित गरेको छ। हिउँ र हिमताल पग्लिनबाट बचाउन भने जलवायु संकट, जैविक विविधताको हानि र प्रदूषणलाई जित्न आवश्यक हुन्छ। मुख्यतया हरितगृह ग्यासको उत्सर्जन द्रूत र ठूलो मात्रामा कटौती गर्नुपर्ने हुन्छ।

- वातावरणविद् डा. गिरी अमेरिकी सरकारको वातावरण मन्त्रालयका विशिष्ट सल्लाहकारका साथै कोलम्बिया विश्वविद्यालयका प्रोफेसर हुन्। 


प्रकाशित: July 30, 2022 | 07:05:00 काठमाडौं, शनिबार, साउन १४, २०७९

तपाईं को प्रतिक्रिया

तपाईं को प्रतिक्रिया

ट्रेंडिंग

कांग्रेस केन्द्रीय समितिमा थपिँदै आठ महिला

संविधानअनुसार अहिले कांग्रेसको केन्द्रीय समितिमा महिलाको संख्या ३३ प्रतिशत नपुगेका कारण ३३ प्रतिशत पु¥याउन आठ जनालाई केन्द्रीय समितिमा मनोनयन गर्न लागिएको हो।

पञ्चायती व्यवस्थाका हार्डलाइनर मरीचमानको अविचलित राष्ट्रवाद

तीन दशक लामो पञ्चायती व्यवस्थाका अन्तिम प्रधानमन्त्री मरीचमान सिंह २०४६ को बहुदलीय व्यवस्थाका कारण राजा वीरेन्द्रबाट बर्खास्तीमा परे। त्यो समय कसैसँग नझुक्ने अडान लिएर बसेका मरीचमान भारतको नाकाबन्दी, जनआन्दोलनको उभारलगायत यिनै र यस्तै घटनाक्रमले कतै नायक बने, कतै खलनायक।

आरजुबारे देउवाको त्यो वचन तर यो प्रयास!

पार्टी सञ्चालनका सन्दर्भमा होस् वा सरकार सञ्चालनमै पनि किन नहोस्, आरजु हावी भइरहेकी छन्। यसलाई राजनीतिक जानकारहरुले देउवाको उत्तराधिकारी हुने प्रयासका रुपमा बुझेको देखिन्छ।

प्रचण्डसामु बाबुरामको 'बाध्यात्मक शरण'

सात वर्षअघि माओवादी विचारधाराको औचित्य समाप्त भएको घोषणा गरेर कम्युनिस्ट विचारधारा पूर्ण रूपमा त्यागेको बताएका बाबुराम नयाँ पार्टी खोलेर पनि राजनीति उँभो लाग्ने छनक नदेखिएपछि प्रचण्डतिरै लहसिनुपर्ने बाध्यतामा पुगेका छन्।

२०७४ मा जसले जिताए, तिनै बन्नेछन् विष्णु पौडेलको तगारो

रुपन्देहीको निर्वाचन क्षेत्र नम्बर २ बाट लगातार पछिल्ला ३ निर्वाचन जितेका विष्णु पौडेल नै एमालेबाट निर्विकल्प उम्मेदवार हुन्। पौडेलले २०६४, २०७० र २०७४ को निर्वाचनमा क्रमशः भक्ति पाण्डे, डा. बाबुराम भट्टराई र युवराज गिरीलाई हराएका थिए।

राष्ट्रपतिद्वारा नागरिकता विधेयक फिर्ता : अब के हुन्छ?

यसअघि तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले ल्याएको नागरिकता अध्यादेश भने जारी गरेकी थिइन्। असंवैधानिक रुपमा संसद् विघटन गर्दै ल्याएको नागरिकता अध्यादेश जारी गरेकी राष्ट्रपति भण्डारीले संसद्‌बाट पारित गरेको विधेयक भने फिर्ता गरेकी हुन्।

तालाबन्दी र तोडफोडले बिगारेको त्रिवि : माग एउटा, नियत अर्कै!

पछिल्लो समय भने तालाबन्दी राजनीतिक पाटोसँग भन्दा पनि लेनदेनको पाटोसँग जोडिएको उपप्राध्यापक रेशम थापा बताउँछन्। ‘पहिला राजनीतिक कारण हुन सक्थ्यो। तर, हिजोआज यो बिल्कुल आर्थिक पाटोसँग जोडिएको छ। लनेदेनको कुरा मिले ताला खुल्छ। नत्र लागिबस्छ,’ थापाले भने।

नयाँ तलबमान र ग्रेड लागू गर्ने मन्त्रिपरिषद्को निर्णय

सरकारले सबै राष्ट्र सेवक कर्मचारीहरूको नयाँ तलबमान र ग्रेड स्वीकृत गरेको छ।

यी ३२ निर्वाचन क्षेत्र, जहाँ गठबन्धनलाई पर्न सक्छ सिट बाँडफाँटमा सकस

२०७४ मा बाम गठबन्धन बनाएर संघीय सांसद भएकाहरू दल बदल र पाँच दलीय गठबन्धनभित्र समेटिएपछि आउँदो चुनावमा कांग्रेसका आकांक्षी उम्मेदवार र सत्ता साझेदार दलका नेताहरू आ–आफ्नो दाबीसहित टिकटका लागि दौडधुप गर्दै छन्।

यी कांग्रेस नेता जो अहिले गुमनाम छन्

गुमनाम नेताको अग्रपंक्तिमा छन्- पूर्वमहामन्त्री तारानाथ रानाभाट, केबी गुरुङ, पूर्वमन्त्री बलदेब शर्मा मजगैया, विनयध्वज चन्द।

थप समाचार

नेपाल समय
विचार

भारतीय कूटनीतिको ७५ वर्ष : उस्तै छन् चुनौती

अमेरिका र चीनबीचको महाशक्ति संघर्षमा दक्षिण एसिया तानिँदै जाँदा बाह्य स्वार्थ र प्रभावले यस उपमहाद्वीपको राजनीतिलाई जटिल बनाउँछन् भन्ने बुझ्नुपर्छ। त्यसैले भारतको निरन्तर रुपान्तरणका लागि नजिकका छिमेकी देश र हिन्द महासागर क्षेत्रमा शान्ति कायम गर्न कडा मिहिनेत गर्नुपर्नेछ।
नेपाल समय
विचार

जवाफदेहिता र आर्थिक पारदर्शिताबारे मौनता किन?

जवाफदेहिता र सुशासनको कुरालाई एकछिन पाखा लगाएर सार्वजनिक सरोकारका विषयको सूचना सम्प्रेषणको मात्र पनि कुरा गर्ने हो भने उस्तै अवस्था छ।
नेपाल समय
विचार

समाधान होइन 'राइट टु रिजेक्ट'

संविधान निर्माणका क्रममा सर्वोच्च अदालतले ‘राइट टु नो भोट’ व्यवस्था गर्न सरकार, निर्वाचन आयोग र व्यवस्थापिका संसद्को नाममा निर्देशनात्मक आदेश दिइसकेको अवस्थामा राजनीतिक दलहरू यो माग सम्बोधन गर्न उत्साहित देखिँदैनन्।
नेपाल समय
विचार

अध्येता हरि शर्माको मिडिया नजरः पत्रकार पत्रकारजस्ता छैनन्, सम्पादक व्यवस्थापक भए

पत्रकारिता सार्वजनिक क्षेत्रमा काम गर्ने जवाफदेहिता, जिम्मेवारसहितको मर्यादित पेसा भएकाले पत्रकारले रिपोर्टिङ गर्दा देश, जनताको हितमा सूचना प्रवाहित गर्नु अनिवार्य सर्त हो। पत्रकारको व्यक्तिगत स्वार्थको तह कति हो, त्यसको व्याख्या स्पष्ट गर्न आवश्यक छ।
नेपाल समय
विचार

किन त्रासद छ ताइवानको आसन्न संकट?

यद्यपि ताइवानमा आज बढेको तनावका लागि पेलोसी कमै मात्र जिम्मेवार छन्। एसिया भ्रमणका क्रममा उनी ताइपेइ नगएको भए पनि ताइवानप्रति चीनको विजिगिषा बढ्दै जाने थियो जसले निकट भविष्यमा अर्कोतर्फको ताइवान संकट निम्त्याउनेछ।

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६

सम्पर्क

House -138, Suruchi Marg, New Baneshwor, Kathmandu, Nepal
फोन : +977-1-4790242 / +977-1-4790040
इमेल : nepalsamayanews@gmail.com
  • प्रबन्ध निर्देशक
    तरुणप्रताप शाह
  • प्रधान सम्पादक
    नारायण अमृत
  • महाप्रबन्धक
    जीवन तिम्सिना