मंगलबार, असोज ११, २०७९

महिलामाथिको यौन हिंसाका अनेक स्वरूप

सुशीला शर्मा  |  काठमाडौं, बुधबार, जेठ १८, २०७९

सुशीला शर्मा

सुशीला शर्मा

बुधबार, जेठ १८, २०७९, काठमाडौं

नेपाल समय

पैदल यात्रा गर्दा प्रायः बाटोमा मजदुर महिला–पुरूषका संंवाद र क्रियाकलापमा आँखा र कान रोकिन्छन्। ती संवादमा बिग्रेको पारिवारिक सम्बन्ध, पति–पत्नीका झैझगडा र बाझाबाझ नै प्रमुख सुनिने कुराहरु हुन्।  फुटपाथमा एउटा ठेलामा चिया बेच्ने महिला र उनका श्रीमान् झगडा गरिरहेका थिए। श्रीमान् बिहानैदेखि रक्सीले धूत भएको देखिन्थ्यो। झगडा भन्दा पनि श्रीमान् चाहिँ श्रीमतीलाई तथानाम भनिरहेको थियो। ऊ श्रीमतीलाई बारम्बार प्रश्न गरिरहेथ्यो– हैन तँलाई सधैं पेट दुख्छ? तँ सधैं बिरामी किन हुन्छेस् हँ? यस्तै–यस्तै।  तिनीहरुको संवादमा यो बुझ्न सकिन्थ्यो कि ती महिला पाठेघर सम्बन्धी समस्याले ग्रस्त छिन् र बेला बेला उपचार गर्न पनि जाने गर्छिन्।

लोग्ने चाहिँ श्रीमतीलाई यौन सम्बन्धको लागि तयार नहुँदा र बारम्बार सन्चो छैन भन्ने कुरा सुनेर अन्यथा परपुरुषसँग पो उसकी श्रीमतीको सम्बन्ध रहेछ भन्ने हिसाबले तथानाम बक्दै थियो। पाठेघर महिलाको प्रजनन् अंग हो र यो संवेदनशील अंग पनि हो भन्ने बुझ्दै नबुझ्ने व्यक्तिहरुले नै महिलालाई बढी मानसिक र शारीरिक यातना दिने गर्छन्। पढेलेखेकै र सचेत परिवारभित्रकै श्रीमान् श्रीमतीबीच त यस्ता प्रजनन् अंगका समस्याहरुप्रति संवेदनशिलता पाइँदैन भने नितान्त ज्यालादारी, श्रमिक जीवन बिताइरहेका र साँझ परेपछि रक्सी या यौन सम्बन्धलाई नै आफ्नो जीवन ठम्याइरहेका कैयौं पुरुषले महिला यौन अंगलाई केवल उनीहरुको यौनेच्छा पूरा गर्नुपर्ने साधन नै मान्ने गर्छन् भन्नु पनि कुनै अनौठो भने होइन। 

आफ्ना प्रजनन् अंगबारे र यसका भूमिकाबारे नै अनभिज्ञ र प्रजनन् अंग, यौनका विषयमा अत्यन्त गोप्य व्यवहार गर्ने हाम्रो जस्तो समाजमा महिलाका तिनै यौनांगहरुमा पुरुषले कतिसम्म यातना दिँदा रहेछन् भन्ने उदाहरण गीता माझी प्रकरणबाट बुझ्न सकिन्छ। यो त अहिले बाहिर आएको घटना मात्र हो। गीताका श्रीमान् रामचन्द्रले गीताको मलद्वारबाट लौरो घुसाएर यातना दिएपछि मलद्वार र यौनांगबीचको भाग च्यातिएको थियो। घरेलु हिंसाभित्रका विभिन्न हिंसाका स्वरुपहरुमध्ये पनि यौन हिंसाले कतिपय बिकराल रुप लिएका उदाहरणहरु छन्। त्यसबाहेक पनि नभनिएका, लुकाईएका तर पीडित भएर बसेका महिलाका अव्यक्त यौन समस्याहरु पनि उति नै छन्। हामीले सुनेका हौंला कि कतिपय जेष्ठ पुरुषहरुले पनि आफ्नी श्रीमतीको अनिच्छा हुँदाहुँदै पनि जबर्जस्ती यौनसम्बन्ध राखिरहेको बारे।

जेष्ठता उन्मुख र अनेक शारीरिक मानसिक व्यवधानलाई बेहोरिरहँदा इच्छाबेगर पनि यौन सम्बन्ध राख्नुपरेको र यो कुरा उनका लोग्नेले बुझ्दै नबुझेको यो आफ्नो अधिकार सम्झने गरेको र श्रीमतीले पनि संसारको चलन नै यस्तै रहेछ भन्दै आज्ञा शिरोपर गरेकोबारे त आफ्ना अत्यन्त निकटका दिदिबहिनीसँग समस्या भोगेका जेष्ठ महिलाहरुले अनुभव बाँडेका पनि हामीले देखे सुनेकै छौं। यस्तै मनस्थिति, अभ्यास, चलनलाई निरन्तरता दिँदै आएका महिलाहरुलाई कुनै बेला यस्तो पनि लाग्न सक्छ कि यो यौन सम्बन्ध, लोग्नेस्वास्नीको सम्बन्ध पनि निकै कठिन र मन नपर्ने सम्बन्ध हो भन्ने। 

नेपालको कानुनले घरेलु हिंसाको परिभाषा यसरी गरेको छ– घरेलु सम्बन्ध भएको एक व्यक्तिले अर्को व्यक्तिलाई दिएको शारीरिक, मानसिक यौनजन्य या आर्थिक यातनालाई घरेलु हिंसा भन्ने सम्झनुपर्छ। घरेलु सम्बन्ध भन्नाले वंशज, विवाह वा धर्मपुत्र वा धर्मपुत्री भएको वा संयुक्त परिवारको सदस्य, आश्रित वा कामदारको रुपमा एकै परिवारमा बसेका व्यक्तिहरुका बीचमा भएको सम्बन्ध। यो कानुनका कुरा ती गीता जस्ता सर्वसाधारण पीडित महिलालाई जानकारी थियो होला अनि उनको अपराधी र रक्स्याहा श्रीमानलाई? यौनजन्य हिंसा केवल यौनसँग मात्र सम्बन्धित छैन। यो शक्तिसँग जोडिएको छ। कुनै पनि यौन व्यवहार यौनसाथीको सहमति बेगर बलजफ्ती राखिन्छ भने त्यो यौन हिंसा नै भइहाल्यो।

पाठेघर महिलाको प्रजनन् अंग हो र यो संवेदनशील अंग पनि हो भन्ने बुझ्दै नबुझ्ने व्यक्तिहरुले नै महिलालाई बढी मानसिक र शारीरिक यातना दिने गर्छन्।

महिला र पुरुषबीच हुने असमान शक्ति सम्बन्धका कारण समाजमा महिला दोश्रो दर्जाको रुपमा दरिनु नै महिला माथि गम्भीर अपराध र हिंसा हुनु हो। यथास्थितिमा रहेका सामाजिक, सांस्कृतिक र राजनीतिक सत्तामा पुरुष लिंगको महात्म्य स्थापित छ। महिलालाई  यौन आक्रमण गर्नु, महिलाको यौनिकतामा नियन्त्रण गर्नु भनेको पुरुषत्वको विजय हो भन्ने धार्मिक र सांस्कृतिक मान्यताले गर्दा महिलाहरु र किशोरीहरु माथि झन् पछि झन् हिंसाका गतिविधिहरु थपिने क्रम जारी छ।  हिंसा पीडित महिलाहरुलाई समाजले हेर्ने दृष्टिकोण, डर, लज्जाको कारणले हिंसाको रिपोर्ट गर्न या सहयोगको खोजी गर्न हिचकिचाउँछन्। लैंगिक हिंसाका पनि विभिन्न स्वरुपहरु छन्। घरेलु हिंसा जसमा लोग्नेले दुईचार थप्पड हान्नुलाई सामान्य नै मान्नुपर्छ। लोग्ने स्वास्नीको झगडा परालको आगो जस्ता मान्यता।

विश्व स्वास्थ्य संगठनले सार्वजनिक गरेको एक तथ्यांकले भन्छ– विश्वभर प्रत्येक ३ जनामध्ये १ महिला आफ्नै नजिकको पुरुष साथीबाट शारीरिक र यौनजन्य हिंसाबाट ग्रसित छन्। हिंसामध्ये १५ देखि ४९ वर्षभित्रका महिला २७ प्रतिशत प्रभावित छन्। विश्व स्वास्थ्य संगठनका अनुसार महिला हिंसाका कारण महिलाको शारीरिक, मानसिक, यौनजन्य र प्रजनन सम्बन्धी समस्याबाट ग्रसित हुन्छन्। 

हिंसापीडित महिलाहरु विस्तारै खुुल्न थालेका छन्। यो एउटा सकारात्मक सन्देश हो। तर ती पीडित महिलाहरुलाई नै अनेक लाञ्छना लगाउने र पुनः महिलालाई आफ्ना न्यायको लडाइँबाट फिर्ता पठाउने कार्य पनि थपिइ नै रहेका छन्। हाम्रा सामाजिक संरचनाहरु र यस संरचनाबाट उत्पादित पितृसत्तात्मक सोचका मानिसहरु नै महिला न्याय, स्वतन्त्रताका बाधक पनि बनिरहेका छन्। विभिन्न आवरणहरुले छोपेर दैनन्दिन हुने महिला हिंसाहरु जस्तै– परिवारमा लोग्ने भएको आधारमा श्रीमतीलाई गरिने हिंसा जुन शारीरिक, मानसिक, भावनात्मक, आर्थिक अनेक हुन सक्छन्। अर्को धार्मिक आवरणभित्र रहेर गरिने हिंसा। अनेक संस्कृति धर्म र ती धर्मका प्रमुख तथा अनुयायी बनेर गरिने हिंसा लगायत घर बाहिर कार्यस्थलहरुमा गरिने हिंसाहरु अझै पनि विद्यमान नै छन्। 

राज्यले हिंसा विरुद्धको कानुन त बनाएको छ तर यसको प्रचारप्रसार र उचित कार्यान्वयन भने गरेको पाइँदैन। हिंसा पीडित महिलालाई सुरक्षा र आत्मनिर्भरताको बाटोहरु अझै खुल्न सकेका छैनन्। महिला सुरक्षा र संरक्षणमा नितान्त गरिबीको रेखामुनि रहेका महिलाहरुलाई के गर्ने भन्ने कुनै योजना नै छैनन् या भएका योजनाहरु भुइँमान्छेसम्म पुग्न नै सकेको छैन। जसको उदाहरण गीतादेवी आफ्नै लोग्नेले दिएको  हिंसामा परेर बितिन् तर उनको किरिया गर्ने खर्च, बालबच्चा अब के गर्छन्? यस्तै खालका अन्योल चिर्नुपर्ने छ। 

यौनजन्य हिंसा र दुर्व्यवहारबिरुद्ध तत्काल के गर्न सकिन्छ? सबैभन्दा पहिले त भन्ने स्थानबारे जानकार भैराख्नुपर्छ। त्यो स्थान भनेको महिला आयोगको खबर गरौं भन्ने ११४५ को हटलाइन सेवा होस् या आफ्नो नजिकको प्रहरी चौकी। व्यक्तिको यौनिक कृयाकलापलाई अनिच्छामा नाइँ भन्ने अधिकारको प्रयोग र सम्मान गर्नु पनि प्रमुख पक्ष हो। घटना घटिसकेको अवस्थामा पीडितको पक्षमा लबि गर्दै कानुनी उपचारको लागि सहयोग गर्ने। हिंसाका सबै स्वरुपविरुद्ध बोल्ने। नभई नहुने कुरो चाहिँ समस्याहरुबारे आफैंलाई शिक्षित र सचेत बनाउने। यो भन्न सजिलो छ तर पिछडिएका, लेखपढ गर्ने हैसियत नभएका गरिब, सिमान्तकृत परिवारका बालबालिका, अभिभावक, किशोरकिशोरी यो चेतसम्म पुगेका छन् त भन्ने प्रश्न पनि गम्भिर भएर तेर्सिन सक्छन्। तर जिम्मेवार तहले यो विषयमा गम्भिर भएर आवश्यक योजना बनाउनैपर्ने हुन्छ।

यौनजन्य आपराधिक घटनाहरु हाम्रै समुदायमा पनि घट्न सक्छन् भन्ने कुरालाई स्वीकार्नुपर्छ। अनि यदि यौन दर्व्यवहारको घटनाको प्रत्यक्षदर्शी भएमा त्यसविरुद्ध हस्तक्षेप गर्ने। प्रत्येक सचेत मान्छे महिलाविरुद्ध हुने यौनजन्य हिंसाको विरुद्ध लाग्नु पर्नेछ। एक्काइसौं शताब्दीसम्म आइपुग्दा पनि महिलामाथिको बर्बरतापूर्ण अत्याचारविरुद्ध आन्दोलित हुँदै महिला हिंसालाई निमिट्यान्न नपारे महिला कहिले स्वतन्त्र मानव हुने? यस्ता गम्भिर विषय र मुद्दामा हस्तक्षेपकारी हातेमालो गरौं। सामाजिक संरक्षण नीतिभित्र जोखिम समूहमा रहेका र पीडित महिलाहरुको लागि आवश्यक कार्यक्रमहरु ल्याउन या थप्न राज्यलाई पनि घचघच्याऔं।


 



प्रकाशित: June 1, 2022 | 12:34:00 काठमाडौं, बुधबार, जेठ १८, २०७९

तपाईं को प्रतिक्रिया

ट्रेंडिंग

चीनमा सैन्य 'कू' को हल्ला, राष्ट्रपति सी नजरबन्दमा छन् त?

सोसल मिडियामा भने सीबारे अनेकन 'हल्ला' भइरहेका छन्। चीनियाँ राष्ट्रपति सीलाई वास्तवमा के भएको भन्‍ने कुरालाई सहजै भन्‍न सकिँदैन।

समान अवसरको मागसहित शेखर समूहले खवरदारी सभा गर्ने

नेपाली कांग्रेसको डा. शेखर कोइराला समूहले पार्टीभित्र समान अवसर र न्यायका लागि खवरदारी सभा आयोजना गर्ने भएको छ।

लेखक केशव दाहालको 'माधवी ओ माधवी' सार्वजनिक

'मोक्षभूमि' उपन्यासका लेखक केशव दाहालको गैरआख्यान निर्बन्ध लेखन संगालो 'माधवी ओ माधवी' शुक्रबार विमोचन गरिएको छ।

काठमाडौंका १० निर्वाचन क्षेत्र : पुराना दललाई स्वतन्त्र र नयाँ दल चुनौती

स्वतन्त्रदेखि झिनामसिनाका पार्टीबाट उम्मेदवारी घोषणा गरिएपछि संघीय राजधानीसमेत रहेको काठमाडौंका १० निर्वाचन क्षेत्रमा ठूला दलहरूलाई चुनाव जित्न गठबन्धनको भर। गठबन्धन गर्दा कांग्रेसको सुरक्षित किल्ला अन्य दललाई सुम्पिनुपर्ने बाध्यता।

वित्तीय संघीयता मजबुत बनाउन राजनीतिक र प्रशासनिक इच्छाशक्ति आवश्यक

राजस्व बाँडफाँटका कतिपय मुद्दामा केन्द्र, प्रदेश र स्थानीयबीच समन्वय अभाव देखिन्छ। यसका लागि वित्तीय हस्तान्तरण ऐनमा केही संशोधन गरेर अगाडि बढ्न आवश्यक छ।

कार्यकालपछि राष्ट्रपति भण्डारीले राजनीतिक नेतृत्व गरे अति राम्रो : गोकुल बाँस्कोटा

बिहीबार ट्विट गर्दै बाँस्कोटाले पूर्वराष्ट्रपतिले राजनीति गर्नु हुँदैन भन्ने कानुनी व्यवस्था नरहेको उल्लेख गर्दै राष्ट्रपतिलाई राजनीतिक नेतृत्व लिन सुझाव दिएका हुन्।

ब्याजदर बढेपछि व्यापारी र बैंकर्सबीच द्वन्द्व, हस्तक्षेप नगर्ने पक्षमा राष्ट्र बैंक

बैंक तथा वित्तीय संस्थाले ब्याजदर बढाएको विषयमा निजी क्षेत्रका उद्योगी र व्यापारी असन्तुष्ट छन्। निक्षेपको ब्याज बढाउँदा कर्जाको पनि ब्याज बढ्ने भएकाले त्यसले उद्योग र व्यापार सञ्चालनमा नकारात्मक असर पार्ने भन्दै उनीहरू असन्तुष्ट बनेका हुन्।

निधिले छोडे पनि धनुषा-३ मा गठबन्धनको हानाथाप, को बन्ला जुलीको प्रतिस्पर्धी?

उता २०७४ सालमा धनुषा ३ बाट निर्वाचित सांसद एंव लोसपाका वरिष्ठ नेता राजेन्द्र महतोले यही क्षेत्रबाट चुनावी मैदानमा उत्रने तयारीमा छन् भने लालकिशोर साह, जितेन्द्रकुमार यादव, विजयकुमार भगत र सर्वजित ठाकुरको नाम सिफारिस गरेको छ।

प्रेमगीत–३ लाई लिएर किन आयो चलचित्र क्षेत्रमा हलचल?

‘प्रेमगीत–३’लाई लिएर नेपाली फिल्मकर्मीहरू विभाजित भएका छन्। कोही हिन्दी भर्सनलाई नेपाली फिल्मसरह कर छुट दिनुपर्ने र कोही दिन नहुने पक्षमा उभिएका छन्।

सरकारको आग्रह लत्याउँदै सीपीसीको सुरक्षा रणनीति बैठकमा राष्ट्रपति भण्डारी सहभागी

चिनियाँ कम्युनिस्ट पार्टीले बुधबार आयोजना गरेको भर्चुअल सम्मेलनमा राष्ट्रपति भण्डारीले रेकर्डेड भिडियो सन्देश पठाएको राष्ट्रपति कार्यालयले पुष्टि गरेको छ।

थप समाचार

नेपाल समय
विचार

संवैधानिक र राजनीतिक प्रणालीभित्र देखिएको अराजकता!

परिणामस्वरूप सात वर्षमै यो प्रणाली अराजकता उन्मुख देखिँदैछ। हिजोको व्यवस्थाभन्दा चरम राज्यशक्तिको दोहन र अपचलन आज खुलमखुल्ला भइरहेको छ। जसले जे गरे पनि हुने खालको अराजकतातर्फ राज्य प्रणालीका संयन्त्र उद्दत छन्।
नेपाल समय
विचार

सम्पादकीयः संविधान उल्लंघन गर्ने राष्ट्रपति राजीनामा देऊ

राष्ट्रपतिको अहिलेको कदमले विगतमा अधिनायकवादलाई काखी च्याप्न खोज्ने स्वार्थप्रेरित दलहरुको मुहारमा मुस्कान देखिएको भए पनि कालान्तरमा उनीहरुलाई नै पीर्ने निश्चित छ। त्यसकारण अहिलेको विकल्प भनेको राष्ट्रपतिले राजीनामा दिएर मार्ग प्रशस्त गर्नु नै उत्तम हुनेछ।
नेपाल समय
विचार

मोदीको सर्वशक्तिमान् छवि कहिलेसम्म रहला?

हरतरहले नागरिकमाथि प्रधानमन्त्री मोदीको तस्बिर, भिडियो र ब्यानरको वर्षा गरिइराखिएको छ। नागरिकले चाहे पनि नचाहे पनि यो विषयलाई अनदेखा गर्न सक्ने अवस्था छैन।
नेपाल समय
विचार

च्याँखे दाउमा अल्झिएको गठबन्धन

गठबन्धनमा आवद्ध सबै दललाई आफ्नो सपनाको खेती गर्नु छ। सपनाको निम्ति गठबन्धनमा रहेका नेपाली कांग्रेस र इतर दलका आ–आफ्नै दुःख छन्।
नेपाल समय
विचार

बीपीको बालमनोविज्ञान, जसले मलाई बनायो डाक्टर

‘पढ्न असाध्यै ग्राह्रो लाग्ने मलाई ज्योति दाइको खेती कर्मले खेतीपातीमा लाग्न हौसाएको थियो। तर बीपीले खेतीपाती गरेर पैसा कमाए पनि अरू दाजुभाइ, दिदीबहिनीहरूले पढेर ठूला मान्छे बन्ने र तँ तरकारी बोक्ने, किचनमा आमालाई सहयोग गर्ने हुनेछस् भनेपछि मेरो चेत खुल्यो। बीपीको सम्झाइले मलाई अध्ययन अगाडि बढाउन हौसाएको परिणाम अहिले आँखाको डाक्टर हुन सकें।

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६

सम्पर्क

House -138, Suruchi Marg, New Baneshwor, Kathmandu, Nepal
फोन : +977-1-4790242 / +977-1-4790040
इमेल : nepalsamayanews@gmail.com
  • प्रबन्ध निर्देशक
    तरुणप्रताप शाह
  • प्रधान सम्पादक
    नारायण अमृत
  • महाप्रबन्धक
    जीवन तिम्सिना