शुक्रबार, असार १७, २०७९
प्रेममा युवा पुस्ताको मनोविज्ञान

युवा पुस्ता प्रेममा गम्भीर छैन

गोपाल ढकाल  |  काठमाडौं, सोमबार, फागुन २, २०७८

नेपाल समय

गोपाल ढकाल

सोमबार, फागुन २, २०७८, काठमाडौं

नेपाल समय

हप्ता दिनअघि सुनिता (नाम परिवर्तन) लाई भेटेको थिएँ। उनका श्रीमानले मानसिक परामर्शका लागि चावहिल स्थित मनोसेवा केन्द्रमा लिएर आएका थिए। ३५ वर्षकी सुनिता कमजोर र शारीरिक रूपमा असक्त थिइन्। उनका कुराहरु सुन्दै जाँदा मानसिक रोग बढ्नुको कारण उनकै श्रीमान भएको थाहा पाएँ।

आफूप्रति श्रीमानको रुची घट्दै गएको सुनिताले थाहा पाइन्। श्रीमान आफूबाट टाढिँदै गएको महशुस गरिन्। अनि सुरु भयो पारिवारिक द्वन्द्व र विभेद।

एकदिन माइतबाट घर फर्किएको दिन घरमा नौलो केटी देखिन् उनले। श्रीमानले चिनजान पनि गराए। आफ्नो श्रीमानसँग खुुसीखुसी बसेकी युवती देखेर सुनितालाई औडाहा भयो। खप्नै सकिनन्। आफ्नो श्रीमानले अरुलाई नै मन पराउन थालेको महशुस भयो उनलाई। उनको एउटै असन्तुष्टि थियो, ‘उसले मलाई समय दिँदैन। मलाई प्रेम गर्दैन। सोधखोज गर्दैन। म बिरामी र कमजोर भएपछि उसले हेर्र्नै छोड्यो।’

बिस्तारै श्रीमती सुनिता डिप्रेसनमा गएपछि उपचार गर्न थालेकी रहिछन्। सम्बन्ध राम्रो बनाउने भनेको प्रेमले हो तर, आजका युवाहरुमा प्रेम केवल आकर्षणको माध्यम बन्यो। मानिस सामाजिक प्राणी हो, त्यसैले सम्बन्धमा रहन चाहन्छ र सम्बन्ध बिनाको संसार चल्दैन पनि ।

प्रेम समर्पण हो, त्याग हो, सहयोग हो, भावनाको आदानप्रदान हो, धैर्यता हो। यति हुँदाहुँदै पनि प्रेमको नाममा दिने–लिने प्रचलन भयो, जस्तै फूल दिनु–लिनु, गिफ्ट लिनु–दिनु। पैसाले दिने–लिने चिज पाउन थालेपछि प्रेम विकृत हुन थाल्यो। प्रेम धमिलो हुँदै गयो।

प्रेम विश्वव्यापी भाषा हो। यतिसम्म कि प्रकृतिका पशुपंक्षीले समेत प्रेमको भाषा बुझ्छन्, जुन मनबाट उब्जिएको सकारात्मक भाव हो। प्रेममा उर्जा हुन्छ। उमङ्ग हुन्छ। सहयोगी भाव आउँछ। विश्वमा शान्ति कायम गर्ने भनेको नै प्रेमले हो तर आजको प्रेम युवापुस्ताको मनोविज्ञानमा केवल यौन आकर्षण र लेनदेनसँग जोडियो। राधाकृष्णको प्रेम, रोमियो जुलियटको प्रेम, मुनामदनको प्रेम आजको युवापुस्तामा सम्भव छैन।

एक्लोपन बढ्यो

युवाहरु प्रेममा गंभीर छैनन्। प्रेममा परेको मान्छे अत्यधिक उत्साहित हुन्छन् किन कि प्रेम घामजस्तै उर्जावान छ। प्रेम गर्ने मानिसको सक्रियता पनि बढी हुन्छ किन कि ऊ खुशी हुन्छ। तर, पछिल्ला पुस्ताका युवाहरुमा एक्लोपनको समस्या बढ्दै गयो। एक्लोपनलाई चिर्ने त प्रेमले नै हो। एक्लोपन भएको बेला सबैभन्दा बढी प्रेमकै आवश्यकता हुन्छ र, एक्लोपनमा मानिसले प्रेम पाएन भने क्रुर हुनसक्छ। अपराधिक क्रियाकलापमा संलग्न हुनपुग्छ। आफूलाई माया गर्दैन र राष्ट्रियताका बारेमा सोच्दैन।  

प्रेम भाव आमाको ममताबाट सुरु हुन्छ तर आजका युवा पुस्ताले परिवारमा भन्दा पनि सडक, पार्क, रिसोर्ट तथा होटलहरुमा मात्रै प्रेम हुन्छ भन्ने बनाइदिए। प्रेमलाई मान्छेहरुले फेसनको रूपमा प्रयोग गर्न थाले। अथवा ‘भ्यालेनटाइन डे’लाई चाडको रूपमा मनाउन थाले। युवाहरु केवल ‘भ्यालेनटाइन डे’कै दिन प्रेम प्रस्ताव राख्नुपर्छ भन्ने सोच्न थाले।

प्रेम समर्पण हो, त्याग हो, सहयोग हो, भावनाको आदानप्रदान हो, धैर्यता हो।

विश्वमा एक्लोपन बढ्दै गएको छ। निराशा बढिरहेको छ। मान्छे अति नै निराश छ। जहाँ प्रेम हुन्न त्यहाँ निराशा हुन्छ। २०३० सम्ममा विश्वमा निराशा एक नम्बर रोगमा पुग्ने छ। ४५ मिलियन मान्छे रोगी छन्। डिप्रेसन चुनौती हुँदै गएको छ। आत्महत्याको दर बढिरहेको छ। संसारमा घायल बनाएको प्रेमले हो। जति आनन्द दिन्छ त्यति पिडा हुन्छ। चर्चाको विषय नै बढी हुन्छ। कुराहरु नै बढी चल्छ। किताबदेखि फिल्मसम्म प्रेमका कुरा हुन्छ। लोककथादेखि विज्ञानसम्म प्रेमकै चमत्कार छ।

प्रेमलाई भौतिक सुखसँग जोड्दै लगे। साथीसाथीमा जमघट हुनु, मदिरा पिउनु, तास खेल्नु, पिकनिक जानु, घुम्न जानु, हात समाएर बसको अन्तिम सिटमा गफिनु, मन्दिर, स्तुपा, विविध सम्पदा र धरोहरको कुनाकाप्चामा बसेर प्रेम गर्नु नै प्रेम हो जस्तो हुनथाल्यो। यी सबै देखावटी प्रेम हुन्। मान्छेहरु देखावटी प्रेमतिर लागे। यसरी प्रेम गर्नुको मुख्य कारण सामाजिक अवरोध हो।

प्रेममा बाधा अवरोध बढ्दै गयो

तेस्रो शताब्दीमा रोमका तत्कालिन शासक क्लोडियसले प्रेम गर्न प्रतिबन्ध लगाए। राज्यको गोप्य सूचना स्त्री मार्फत बाहिर जाने, शत्रुले प्रेमको बहानामा राज्य प्रवेश गरी धोका दिने सक्ने, बिहे गरेपछि बुद्धि नष्ट हुने सक्छ भन्ने लागेर क्लोडिसले कुनै पनि अधिकारी तथा सैनिकले बिहे गर्न नपाउने गरी प्रेममा अवरोध सृजना गरे। सम्राटले प्रेममाथि अंकुश लगाएको कुरा सन्त भ्यालेनटाइनलाई चित्त बुझेन। उनले त्यसको घोर बिरोध गरे। जनतालाई जागरुक गराए। केही अधिकारी र सैनिकको विवाह नै गरिदिए। तर, एकदिन यस्तो दिन आयो सम्राटले आफ्नो मान्यता विपरित गएका भ्यालेटाइनलाई बन्दी बनाए र कालकोठरीमा थुने। आज उनैको नाममा विश्वले १४ फेब्रुअरीका दिन भ्यालेनटाइन डे मनाउँदै आएको छ।

तेस्रो शताब्दीमा सम्राट क्लोडियसले प्रेममा गरेको अवरोध यो २१ शौं शताब्दीमा पनि निरन्तरता पाएको छ। उदाहरणको रुपमा जातका कारण रुकुमका नवराज विक सहितका ६ जना युवाको हत्यालाई लिन सकिन्छ। जातका कारण, वर्गका कारण र समुदायका कारण ती युवाहरुले ज्यान गुमाउनु पर्यो।

दलित युवतीसँग सकेसम्म गैरदलित युवा प्रेम गर्न खोज्दैनन्। कथमकदाचित प्रेम भइहाले त्यो आकर्षण या आर्थिक सम्पन्नतासँग जोडिन पुग्छ। गैरदलित युवाले प्रेमका खातिर दलित युवतीसँग विवाह गरेमा ऊ समाजबाट बहिस्कार हुन पुग्छ। घरबाट निष्कासित हुन्छ। उसलाई होच्याइन्छ।

यदि गैरदलित युवतीलाई दलित युवाले प्रेम गर्छ भने युवतीका परिवारमा ठूलो भूकम्प जान्छ। उनीहरु आफ्नो छोरीलाई सकेसम्म जात मिल्ने केटासँग विवाह गर्न हतारिन्छन्। यदि युवतीले प्रेमका खातिर दलित युवासँग विवाह गरिन् भने युवकलाई नै धम्काई मानसिक यातना दिने गरिन्छ। अथवा अनेक षडयन्त्रमा पारेर ज्यान समेत लिइन्छ। कि युवतीलाई माइत आउने बाटोहरु बन्द गरिन्छ।

दलित युवतीसँग सकेसम्म गैरदलित युवा प्रेम गर्न खोज्दैनन्। कथमकदाचित प्रेम भइहाले त्यो आकर्षण या आर्थिक सम्पन्नतासँग जोडिन पुग्छ। गैरदलित युवाले प्रेमका खातिर दलित युवतीसँग विवाह गरेमा ऊ समाजबाट बहिस्कार हुन पुग्छ। घरबाट निष्कासित हुन्छ। उसलाई होच्याइन्छ।

यसरी हेर्दा आजको समाजमा जातको कारण प्रेममा अवरोध सृजना गरिन्छ। यो अमानविय व्यवहार हो भन्ने थाहा पाउँदा–पाउँदा पनि प्रेम विरोधीहरु एक हुन्छन्।

प्रेममा अवरोध सृजना गर्ने वैदेशिक रोजगार पनि हो। देशभित्रै पर्याप्त रोजगार नभएका कारण परिवार र प्रेमिका छोडेर विदेशिनु परेको छ। यसो हुँदा युवायुवती विचको प्रेमले निरन्तरता पाउन सकेको छैन। मदन पनि मुनालाई छोडेर कमाउन हिँडेका थिए। प्रेममा अवरोध सृजना गर्ने वैदेशिक रोजगार वर्गिय अवरोध हो। गरिबी र अभाव पनि प्रेमका अवरोध हुन्।

२१ शौं शताब्दीमा प्रेम कमजोर हुँदै जानुमा ‘करियर’को कारण पनि हो। पछिल्लो समय बढ्दो महँगीले मान्छेलाई आत्मनिर्भर हुन सिकाइरहेको छ। आत्मनिर्भर हुन आफ्नो बारे मात्रै सोच्नु पर्यो। करियर बनाउनु पर्यो। किन कि करियरसँग विवाह जोडिएको छ। अथवा विवाह सम्बन्धले करियरलाई जोडेको छ। करियर नबनाइ प्रेम गर्दिन, करियर नबनाई विवाह गर्दिन भन्दै उज्वल भविष्यको चक्करमा युवाहरु आफ्नो प्रेमलाई विर्सिएका छन्।

प्रेममा अर्को अवरोध हो, प्रतिपर्धा। पछिल्लो समय मानिसमा तिब्र प्रतिस्पर्धा छ। कसले कति धन कमाउने। कसले कति काम गर्ने। सहरमा कसरी स्थापित हुने यस्तै यस्तै कारणले प्रेमलाई समय दिन सकेका छैनन्। काम–काम भनिरहेका छन्। कमाउनुपर्छ भन्ने सोच लिएर कुदिरहेका छन्। तर, खुशी बनाउन सक्ने प्रेम भने टाढिँदै गयो। प्रतिस्पर्धाले मानिसलाई स्वार्थी बनाउँछ। त्यसले एउटा स्तर सृजना गर्छ र अनेकथोक माग गर्छ। जस्तै– विवाहको कुरा गर्दा दुबै परिवारको प्रतिष्ठा हेरिन्छ। पुँजी हेरिन्छ। पारिवारिक चरित्र हेरिन्छ र करियर हेरिन्छ। तर कसैले हेर्दैनन् युवकयुवतीको प्रतिभा, अनुशासन र प्रेम।

प्रेम छुट्दै जानुको मुख्य कारण आजको युवाले पुँजीबादी समाजको चरित्र बुझेको छ। पाइला–पाइलामा चाहिने पैसाको महत्व बुझेको छ। तर पैसा प्रेमजति महत्वपूर्ण भने होइन। आजका युवाहरु प्रेमलाई पैसासँग किन्न थाले। प्रेमलाई पैसासँग साट्न थाले। प्रेम खर्चालु हुन थाल्यो। पैसाले प्रेमलाई ‘गाइड’ गर्न थाल्यो। प्रेम जस्तो पवित्र चिजलाई पनि भौतिक पुँजीबादसँग जोडिन थाल्यो। गुलाब दिनु पर्ने, गिफ्ट दिनु पर्ने, होटल, रेष्टुरेन्टमा बसेर रमाउनु पर्ने।

प्रेममा अर्को अवरोध हो, प्रतिपर्धा। पछिल्लो समय मानिसमा तिब्र प्रतिस्पर्धा छ। कसले कति धन कमाउने। कसले कति काम गर्ने। सहरमा कसरी स्थापित हुने यस्तै यस्तै कारणले प्रेमलाई समय दिन सकेका छैनन्।

प्रेम मनको भाषा भएर पनि मस्तिष्कबाट परिचालन हुन थाल्यो। प्रेमप्रति हेर्ने दृष्टिकोण फेरियो। प्रेमसँग डराउँदै गए मानिसहरु। कतै फसिन्छ कि, बलात्कृत भइन्छ कि, बलात्कारको आरोप लाग्छ कि, घरमा गाली गर्छन् कि, यस्तै यस्तै मन बनाएर विचलित भए युवाहरु।

प्रेममा विवाह सम्बन्ध हावी

विवाह गर्न डराउँदै गए युवाहरु किनकि विवाह बन्धनमा बाँधिएपछि जिम्मेवारी पूरा गर्नुपर्यो। जिम्मेवारी पूरा गर्न आर्थिक बलियो हुनुपर्यो। आर्थिक बलियो बनाउन काम गर्नुपर्यो। प्रेम सम्बन्धलाई स्थायी बनाउने विवाह हो तर प्रेममा अवरोध भयो। मानसम्मान र प्रतिष्ठाका दौडमा मानिसले प्रेमलाई शारीरिक सम्बन्धका लागि मात्रै लिन थाल्यो। एकछिनको यौन सुखपछि प्रेम घट्न थाल्यो। धेरै कमाउने मान्छे बन्ने होडमा प्रेम कम हुँदै गयो। सम्बन्धहरु चपेटामा परेसँगै प्रेम ओझेलमा पर्दैगयो।

केटाकेटीले प्रेम गर्छन् तर अभिभावकले अवरोध गर्छन्। नाता र उमेरले समेत प्रेम गर्न अवरोध सृजना गरेको छ। प्रेममा परिवारको अवरोध भनेको अर्थ प्रतिष्ठासँग मात्रै होइन। उमेर, वर्ण, इत्यादि जोडिएको हुन्छ। पारिवारिक पृृष्ठभूमि हेरिन्छ। आर्थिक सम्पन्न कति छ भनेर हेरिन्छ।

विवाह हुने उमेरको केटाकेटीलाई पैसाले नै जोडेको छ। यसको उदाहरण दाइजोलाई लिन सकिन्छ। ‘पैसा भएपछि त केटी कति कति, लाइन लगाइन्छ’ यस्तो भन्न थाले युवाले। प्रेम भन्ने चिज बजारमा किन्न पाइन्छ जस्तो भयो। प्रेम बिक्न थाल्यो। रूप, रङ र बैंश अनुसार प्रेम टिक्न थाल्यो। सम्बन्धलाई राम्रो बनाउने भनेको प्रेमले हो। जब प्रेममा पैसा आउँछ तब त्यो कमजोर हँुदै जान्छ। टुक्रिन थाल्छ। पैसाले ठाउँ लिन थालेपछि प्रेम हलुका हुन थाल्छ।

प्रेममा आवेग

अहिलेको युवा पुस्तामा भड्किलो प्रेम हुन थाल्यो। कुनै योजना नबनाई नसोची मात्रै प्रेम गर्न कुदिहाल्छन्। प्रेम गरेपछि धेरैथोक पाइने सोचमा परेका छन् आजका युवा। तर प्रेम ‘अनकण्डिशनल’ हुन्छ अर्थात प्रेमले केही अपेक्षा राख्दैन। शर्त राख्दैन। स्वच्छ प्रेम निःस्वार्थ भावको हुन्छ, जुन मन र मष्तिस्कबाट उब्जिएको हुन्छ।

तर पछिल्लो पुस्ताले प्रेम छिटोछिटो गर्ने र छिटो समयमै ब्रेकअप हुनुको कारण मष्तिस्कबाट प्रेम गर्नाले हो। मनको आवेगलाई नियन्त्रण गर्ने भनेको मष्तिस्कले हो। आजका किशोराकिशोरीहरु मनबाट मात्रै प्रेम गर्दैछन्। भावनामा बग्दैछन्। गम्भीरपन कम छ। अलिकति परिपक्व युवाहरु भने मष्तिस्कबाट प्रेम गर्छन्। आर्थिक पाटो सोच्छन्। प्रेमलाई मन र मष्तिस्क बराबरी सोच्नुपर्ने हो तर मनको आवेगले प्रेमलाई आकर्षणतिर ढल्किएको छ। र, मस्तिष्कले सोचेको प्रेम चाहिँ अर्थसँग जोडिएको छ।

‘यत्रो बुढो भइसकिस्, बिहे गर्नु पर्दैन? पछि सक्दैनस् त।’ अविवाहित युवायुवतीलाई भन्ने गर्छन्। त्यो किन भनियो भने शरीरको सम्बन्ध यौनसँग छ मनको सम्बन्ध प्रेमसँग। र समाजले प्रेमलाई भन्दा पनि यौनलाई सोच्छ। यौन क्षमता युवा समयमै बढी हुने समेत बुझाउन खोज्छ तर प्रेमको बारेमा खुल्न सक्दैन। शारीरिक सम्बन्धसँग जोडिएको सामाजिक मनोविज्ञानले प्रेम केवल विवाह सम्बन्धलाई मात्रै लियो। भौतिक सुख पनि चाहियो भन्ने हुन्छ। प्रेमचाहिँ शारीरिक सुखसँग तुलना गर्ने हाम्रो समाज छ। प्रेममा शारीरिक सम्बन्ध त गौण हुन्छ।

सन्तुलित प्रेम

संसारमा धेरैथोकको बारेमा पढाइ हुन्छ तर प्रेमको पढाइ हुँदैन। हामीले प्रेम नबुझेको भएरै सम्बन्धहरु टुक्रिँदै गए। एसियाली मुलुकमा मात्रै होइन पश्चिमा मुलुकहरुमा प्रेम क्षणिक भयो। बिहे गरेको केही समयमै डिभोर्स हुनु प्रेमलाई सामान्य लिनु हो। एकअर्काबिच प्रेम कम हुनु हो। प्रेमको सम्मान नगर्नु हो। संसारमा प्रेमकै कारण बढी भन्दा बढी आत्महत्या भएका छन्। प्रेमकै कारण घरबार बिग्रिएको छ। प्रेमकै कारण मान्छे मदिरा र लागुपदार्थ दुर्व्यसनीमा फसेको छ। त्यसैले प्रेम बुझाउन आवश्यक छ । पढाउन आवश्यक छ।

प्रेमको आशय गलत परिभाषित हुँदै गयो। प्रेमकै कारण मान्छे खुशी हुन सक्छ प्रेमकै कारण मान्छे दुःखी हुन सक्छ। हाम्रो समाजमा प्रेम हुन्छ तर प्रेमको बारेमा न अध्ययन छ न जानकारहरु खुलेर बुझाउन सक्छन्।

प्रेम सबै उमेरका मानिससँग सम्मान गरिने भाव हो। जो मनबाट उब्जिन्छ। जो कल्याणकारी हुन्छ। प्रेममा हार्दिकता हुन्छ। त्याग हुन्छ। सकारात्मक भाव हुन्छ। त्यसैले सन्तुलित प्रेम हुनुपर्छ।

(नेपाल समयका लागि राज सरगमसँगको कुराकानीमा आधारित)


प्रकाशित: February 14, 2022 | 13:58:39 काठमाडौं, सोमबार, फागुन २, २०७८

तपाईं को प्रतिक्रिया

तपाईं को प्रतिक्रिया

ट्रेंडिंग

नाबालिगविरुद्ध २७ वर्षीया विवाहित महिलाको बलात्कार मुद्दा, तर अदालतले पत्याएन

बलात्कृत भएकी भनिएकी महिलाको घरमा टिभी मर्मत गर्न पुगेका नाबालिगले सहमतिमै शारीरिक सम्पर्क गरेको बयान दिएपछि जबर्जस्ती करणीको मुद्दामा न्यायाधीशले सुनाए अचम्मको फैसला।

श्रीमतीलाई भीरबाट लडाएर हत्या गर्ने निर्दयी श्रीमान्

गत असार ५ गते भएको घटना १० गते मात्र थाहा भएको थियो। लेकबहादुरले गत असार ५ गते बिहान घरमा कोही नभएको मौका छोपी श्रीमतीलाई कुटपिट गदै लखेट्दै जंगलतिर लगेको प्रहरी अनुसन्धानबाट खुलेको छ।

चन्द्रागिरिको जंगलमा हराएका तीन विदेशी भीरमा भेटिए

उक्त स्थान थानकोटबाट करिब सात किलोमिटर टाढा थानकोट–चित्लाङ सडकखण्ड नजिक रहेको प्रहरीले जनाएको छ।

...अनि पटक-पटक मर्ने प्रयास गरेकी थिइन् दिलमायाले

‘त्यसबेला मेरो छोरो पाँच वर्षको थियो। म माइतीको शरणमा गएको थिएँ। तर माइतीले पनि नहेरेपछि मर्छु भनेर बाबुलाई घरमै छोडेर जंगलभित्र गा'को थिएँ। तर जंगलमा ३ घन्टा रुँदैरुँदै बिताएर घर फर्किएँ। बच्चाले दुःख पाउँछ भनेर मर्न सकिनँ...

गायिका सुनार मृत्यु प्रकरण : प्रेमीले फालेको सल नालीमा भेटियो, पोस्टमार्टम रिपोर्ट कुर्दै प्रहरी

प्रहरीको प्रारम्भिक अनुसन्धानले गायिका सुनारको डिभोर्सपछि उनी श्रेष्ठसँग करिब डेढ वर्षयता ‘लिभिङ टुगेदर’मा बस्दै आएको देखिएको छ। नेपालटारस्थित उनको डेरामा श्रेष्ठको आउजाउ बाँक्लै थियो।

कांग्रेसभित्र यसरी 'फ्रन्ट डोर' ढकढक्याउँदैछन् विनोद चौधरी

म कांग्रेस एकदमै कमजोर भएको अवस्थामा प्रवेश गरेको हुँ। मेरो बाँकी राजनीतिक जीवन कांग्रेसमै बित्छ। कांग्रेसमै रहेर पार्टी र देशका लागि केही गर्ने हो। परिवर्तन ल्याउन भूमिका खेल्ने हो। म मेरो योजनामा असफल भएँ भने राजनीतिमा विश्राम लिएर आराम गरेर बस्छु।

गोर्खा सैनिकको सम्झनामा त्यो फोकल्यान्ड युद्ध

‘बिहानको १० बजेसम्म घाम देखिँदैन। जताततै तिखा चट्टान, ढुंगा र घासे मैदान। चार मोजा र बुट लगाउँदा सम्म नथेगिने चिसो। घरिपानी, घरि असिना, घरि हिउँ। रुखपात छैन, झारपात मात्र कस्तो ठाउँ होला!’

बालुवाटार पुगे नेकपा एसका तीन मन्त्री

स्वाथ्य तथा जनसंख्यामन्त्री विरोध खतिवडा, शहरी विकासमन्त्री रामकुमारी झाँक्री र श्रम, रोजगार तथा समाजिक सुरक्षा मन्त्री कृष्ण कुमार श्रेष्ठ आफूहरुको माग र अडान पुरानै भएको दोहोर्‍याउन बालुवाटार पुगेको स्रोतको दाबी छ। उनीहरुसँग निरा जैरुसहित केही सांसद पनि रहेको बताइएको छ।

नेपालबाट बेलायत जाने मौसमी कामदार बढे, सरकार भन्छ- ऐनले चिन्दैन

कोराना महामारीपछिको अर्थतन्त्रलाई ट्रयाकमा ल्याउन बेलायत सरकारले विभिन्न मुलुकबाट मौसमी रोजगारका लागि आवेदन मागिरहेको छ। तर नेपालको श्रम ऐनमा मौसमी रोजगारसम्बन्धी व्यवस्था नहुँदा नेपाली श्रमिकलाई अप्ठेरो पारिरहेको छ।

साडियो माने : धुलाम्य मैदानदेखि लिभरपुलको लोभलाग्दो रवाफसम्म

बाल्यावस्थादेखि बलसँगै लडिबुडी गरेका मानेले फुटबलमा पाएको जादूयी सफलतापछि जन्मथलो बम्बालीमा उम्रिँदै छन् सयौं मानेहरू।

थप समाचार

नेपाल समय
विचार

राजनीतिमा युवा चेत र सुझबुझ

राजनीतिमा युवाको सहभागिताको मात्र अर्थ छैन। अर्थपूर्ण सहभागिता हुनुपर्छ। राजनीति सुधार्नको लागि राजनीतिक दलमै आबद्ध हुनुपर्छ भन्नु अतिशयोक्ति हो।
नेपाल समय
विचार

निजगढ समस्याको मध्यमार्गी समाधान

ठूला र महत्वाकांक्षी योजनालाई अंकुश लगाउनु र कार्यपालिकासँग मुठभेडमा उत्रनुभन्दा सबै पक्षको आवाज सुनेर मुद्दालाई पुनरवलोकन गर्दै देश र जनतालाई स्वीकार्य हुने गरी मध्यमार्गी फैसला दिन सके सुनमा सुगन्ध हुनेछ।
नेपाल समय
विचार

पहिचानको आन्दोलनः सहअस्तित्वको खोजी कसरी गलत हुन्छ?

सिर्जनशील अराजकता पहिचानको आन्दोलनको एक रुप हो। कुनैपनि आन्दोलन उत्पीडित, उपेक्षित र किनाराकृतको अधिकार वा उन्नतिको लागि हुन्छ। कुनै पनि सम्भ्रान्त वर्गको हितको लागि आन्दोलनको जरुरी हुँदैन। किनभने राज्यको शक्ति यहि वर्गसँग हुन्छ।
नेपाल समय
विचार

महिलामाथिको यौन हिंसाका अनेक स्वरूप

महिला र पुरुषबीच हुने असमान शक्ति सम्बन्धका कारण समाजमा महिला दोश्रो दर्जाको रुपमा दरिनु नै महिलामाथि गम्भीर अपराध र हिंसा हुनु हो। यथास्थितिमा रहेका सामाजिक, सांस्कृतिक र राजनीतिक सत्तामा पुरुष लिंगको महात्म्य स्थापित छ।
नेपाल समय
विचार

पाँचौं वार्षिकोत्सवमा हाम्रो प्रण

नेपाल समय मिडियाको यस पाँचौं वार्षिकोत्सवको शुभ अवसरमा नेपाल समय डटकम अनलाइन न्युज पोर्टल लोकतन्त्र, राष्ट्रियता, प्रेस र अभिव्यक्ति स्वतन्त्रताको वकालत गर्दै सत्य–तथ्य सूचना सम्प्रेषणमा निर्भीकतापूर्वक सक्रिय रहिरहने विश्वास दिलाउन चाहन्छु। साथै गणतन्त्र दिवसका अवसरमा सम्पूर्ण नेपाली दिदीबहिनी दाजुभाइमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछु।

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६

सम्पर्क

House -138, Suruchi Marg, New Baneshwor, Kathmandu, Nepal
फोन : +977-1-4790242 / +977-1-4790040
इमेल : nepalsamayanews@gmail.com
  • प्रबन्ध निर्देशक
    तरुणप्रताप शाह
  • प्रधान सम्पादक
    नारायण अमृत
  • महाप्रबन्धक
    जीवन तिम्सिना