मंगलबार, मंसिर १३, २०७९

यस कारण विवादमा छ नेपाली वर्णविन्यासको मानकीकरण

रवीन्द्र भट्टराई  |  काठमाडौं, शनिबार, माघ २९, २०७८

रवीन्द्र भट्टराई

रवीन्द्र भट्टराई

शनिबार, माघ २९, २०७८, काठमाडौं

नेपाल समय

देवनागरी लिपिमा नेपाली भाषाको लेखिने वर्णविन्यास सर्वसम्मत र सर्वमान्य भएर स्थिर हुन सकेको छैन। वर्ण र शब्दहरू कसरी लेख्ने भन्ने विषयमा व्याकरणिक नियम र प्रचलनका नाममा प्रयोग भएका प्रतिमानहरूका बारेमा शास्त्रीय भाषाका लेखकहरू विभाजित छन्। वर्णविन्यास र पदयोग तथा पदवियोगका नियम निर्धारण गरी मानकीकरण गर्ने प्राधिकार कुन हो भन्नेबारे पनि अन्योलै छ।

२०३४ सालमा श्री ५ को सरकार, नेपाल राजकीय प्रज्ञाप्रतिष्ठान र त्रिभुवन विश्वविद्यालय (नेपाली विभाग) को सामूहिक निर्णयबाट नेपाली भाषा लेखनका व्याकरणिक नियम तथा वर्णविन्यासका मानक रूपको निर्धारण भएको थियो, त्यसलाई मान्यता नदिँदै आफ्नै पारामा लेख्नेहरू पनि छँदै थिए। यति हुँदाहुँदै पनि नेपाल राजकीय प्रज्ञाप्रतिष्ठानबाट २०४० सालमा निकालिएको नेपाली बृहत् शब्दकोश र त्यसका अद्यावधिक संस्करणहरूमा दिएका शब्दप्रविष्टिको वर्णवैन्यासिक प्रबन्धलाई धेरैले मानक मानी आत्मसात् गर्दै आएका थिए।

सबैका आआफ्ना आग्रह छन् र यस्ता आग्रहलाई ठाउँ रहने किसिमले नै प्राधिकारहरूले सिफारिस गरेका नियम र प्रतिमानहरू पनि छन्। यसरी एउटै भाषाको लिखित रूपमा  विभिन्न परिप्रेक्ष्य र अभिवृत्तिहरूको तानातान छ।

प्रज्ञाप्रतिष्ठानको सो शब्दकोशको सातौँ संस्करणदेखि नवौँ संस्करणसम्मका कोशका प्रकाशनमा परिवर्तित प्रतिमान आए। यसले कोशको मानकत्व ह्वात्तै खस्क्यो। देवनागरी लिपिका नेपालीमा लेखिएँदै आएका ङ्क–द्य–द्व–द्धजस्ता संयुक्त वर्णलाई छुट्याई यस्ता वर्णमा रहेका अगिल्ला वर्णलाई हलन्त लेखेर कोशमा प्रविष्टि दिने कुराले कोशको मानकत्वलाई खस्काएन मात्र चर्को विवादमा पनि ल्यायो। नेपाली भाषाको वर्णविन्यास यसरी किन बरालिइरहेको र स्थिर हुन नसकेको? मानक रूपबारे तानातान किन भइरहेको? मानकीकरणमा केकस्ता समस्या छन्? यस लेखमा तिनका केही पक्षका बारेमा विमर्श गर्ने जमर्को गरिएको छ। 

भाषा एक अभिमान अनेक

लिखित नेपाली भाषालाई कार्यमूलक रूपले प्रयोग गर्ने मानिसहरू पढेलेखेकै छन्। शिक्षक/प्राध्यापक (नेपाली पढाउने विशेषतः), पत्रकार/सञ्चारकर्मी, सरकारी तथा सार्वजनिक निकायमा काम गर्ने अधिकारी/कर्मचारी र कानुनको तर्जुमादेखि पुनर्बलन (रिइन्फोर्समेन्ट) गर्नेसम्म काम गर्ने वकिल, न्यायप्रशासन/अधिकारी र न्यायाधीशहरू भाषाको माध्यमबाट काम गर्छन्। यी सबै फाँटमा काम गर्नेहरूको अभिमुखीकरण तीन किसिमको छ। एउटा पङ्ति नेपालीको पनि जननी मानिएको संस्कृत भाषाका जानकार छन् र उनीहरूले नेपाली भाषामा यथासम्भव बढी नै संस्कृतका नियम र तत्सम शब्दहरूको बाहुल्यमा नेपाली भाषाको कार्यव्यापार भइदेओस् भन्ने चाहन्छन्।

अर्का थरी नेपाली भाषा पढेको पृष्ठभूमिबाट उठेर अगाडि आएका छन् तिनले सकेसम्म झर्रो नेपालीलाई केन्द्रमा राखेर तत्सम र विप्रेषित (आगन्तुक) शब्दहरूको प्रयोग पनि सकेसम्म कम भइदिए हुन्थ्यो भन्ने चाहन्छन्। तेस्रो थरीचाहिँ नेपालीभन्दा पनि अङ्रेजी भाषाका माध्यमबाट विषयक्षेत्रको ज्ञान ल्याउनेछन्। तिनले पूरै अङ्रेजी भाषाबाटै काम चलाऊँ त भन्दैनन् तर नेपालीमा बढी नै अङ्रेजी घुसाएर नेपालीलाई गौण र अङ्रेजीलाई प्रधान बनाउँदै अगाडि बढ्न चाहन्छन्। अर्को एक थरीचाहिँ परम्परागत रूपमा प्रचलन हुँदै आएका (शिष्ट प्रचलन, चलन, धेरैले प्रयोग गरेका) ढाँचाका अनुरागी र पक्षपाती छन्। सबैका आआफ्ना आग्रह छन् र यस्ता आग्रहलाई ठाउँ रहने किसिमले नै प्राधिकारहरूले सिफारिस गरेका नियम र प्रतिमानहरू पनि छन्। यसरी एउटै भाषाको लिखित रूपमा  विभिन्न परिप्रेक्ष्य र अभिवृत्तिहरूको तानातान छ।

मुख्य विवाद केमा छ?

यी परिप्रेक्ष्य र अभिवृत्तिहरूका तानातानका कारण विशेष गरी तत्सम र तद्भव रूपहरूको वर्णवैन्यासिक मान्यताहरू टक्कराउने गरेका छन्। अर्को संस्कृतेतर अन्य भाषाबाट नेपालीमा भित्रिएका/भित्रिँदै गरेका र भित्र्याइँदै गरेका शब्दहरूको वर्तनी लेख्ने बारेमा मतभेद छ। यी विवाद र मतभेदको जड भनेको चाहिँ मानकीकरणमा वैज्ञानिक र व्याकरणिक नियमभन्दा बहुप्रचलन वा रूढ भएको चलनको वर्चस्व नै हो।

तत्सम र तद्भवका कुरा

संस्कृतबाट जस्ताको तस्तो नेपालीमा आएका/ल्याइएका शब्द तत्सम हुन्। तिनलाई संस्कृतमा जसरी लेखिन्छ त्यसरी नै लेख्ने भन्ने कुरामा कुनै मतभेद रहेको देखिँदैन। खालि शिरविन्दुबाट संस्कृतमा काम चल्ने ठाउँमा नेपालीमा लेख्दा कचटतप वर्णसमूहभित्र तिनको पञ्चम वर्ण हलन्त किन गर्नुपर्ने भन्ने हिसाबले कतिपयले शिरविन्दुले नै काम चलाउने (अङ्क नलेखेर अंक लेख्ने) किसिमको प्रयुक्ति अन्तर देखिन्छ। तद्भवलाई नेपाली व्याकरणिक नियम र उच्चारणका आधारमा वर्तनी लेख्ने नियम स्वीकार गरिएको छ तर तत्सम र तद्भव खालि रूपले मात्र भिन्न हुन् एकै अर्थका हुन्छन् भन्ने गरी भ्रमित पारिएको छ। 

‘घण्ट/घण्टा’ तत्सम हो यसको लघुरूपबोधक तत्सम ‘घण्टिका’ हो। नेपाली नियमले घण्ट/घण्टिकाबाट बनेको तद्भव ‘घन्टी’ लेख्न निर्देश गर्दछ तर ‘घन्टी’ होइन ‘घण्टी’ लेख्नुपर्छ त्यो मानक रूप हो भन्नेहरूको कमी हुँदैन। 

तत्सम शब्दले संस्कृतमा जे अर्थ दिन्छन् त्यही अर्थ नेपालीमा पनि दिन्छन् भनिँदै आएको छ। केही शब्दहरूमा यो कुरा साँचो पनि हो – ज्येष्ठबाट जेठ, आषाढबाट असार, श्रावणबाट साउन भएजस्तै। तर तद्भव एउटै बन्नुपर्छ भन्ने हुँदैन।त्यही ज्येष्ठबाट जेठो/जेठा/जेठान/जेठानी शब्द बनेका र विशिष्ट अर्थ दिइरहेका छन्।  अपभ्रंश भएका वा तद्भवीकरण भएका शब्दहरूले तिनका तत्सम रूपको हुबहु अर्थ दिँदै दिँदैनन्। तद्भव हुनु भनेको रूप मात्र बदलिनु होइन अर्थ पनि बदलिनु हो  र यस्तो बदलाउ अर्थको सङ्कोच, विस्तार, अन्तर, विपर्यय, उन्नति, अवनति आदि विभिन्न किसिममा हुन्छ। यसो भए पनि नेपालीका शास्त्रीय भाषा प्रयोक्ताहरूले यस्ता कुरालाई न्यून अनुमान गर्दै आएका छन् र आफ्ना आग्रहका आधारमा त्यसलाई अस्वीकार गर्ने ढिपी गर्दै आएका छन्। तत्सम र तद्भव कतिपय अवस्थामा उस्ताउस्तै लाग्छन्। तर तत्सम शब्दको स्रोतबाट हुने व्याकरणिक कोटीको रूप परिवर्तन र तद्भवबाट हुने रूप परिवर्तन नै भिन्न किसिमको हुन्छ।  

केही उदाहरण– ‘योगी’को तद्भव ‘जोगी’ ले योगीकै अर्थ कहिल्यै दिँदैन। ‘यज्ञ’ र ‘जग्गे’ कुरो एकै हो तर जग्गेको अर्थ साँघुरिएर बिहे गर्दा गरिने यज्ञविशेषमा सीमित भएको छ। हामी समृद्धिका लागि धेरै ‘यत्न’ गरौँला तर पुर्ख्यौली सम्पदाको ‘जतन’ गर्न सकिएन भने हाम्रो प्रयत्न निरर्थक बन्न सक्छ। ‘बाह्य’ र ‘बाहिर’ एकै हुन जस्तो लाग्छ तर बाह्यका रूप बदलेर ‘बाह्यिन’ जस्तो क्रिया रूप नेपालीमा बन्दैन तर बाहिरिनु, भित्रिनुजस्ता क्रियापद नेपालीमा मनग्गे बनेको र चलेको पाइन्छ। पण्डितबाट ‘पाण्डित्य’ संस्कृत नियमानुसार बन्छ र पाण्डित्य तत्सम नेपालीको रूपमा ग्राह्य बन्छ तर सोहीबाट बनेको पँडित शास्त्रीय लेखनमा त्यति ग्राह्य मानेको देखिँदैन तर त्यसको रूपबाट पाँडित्याइँ/पँडित्याइँ शब्द तद्भवको रूपमा बन्दछ। हाम्रामा यस्तै रूप नेपाली नियमले लेख्ने कि संस्कृत नियमले लेख्नेमा मतान्तर रहेको देखिन्छ। ‘घण्ट/घण्टा’ तत्सम हो यसको लघुरूपबोधक तत्सम ‘घण्टिका’ हो। नेपाली नियमले घण्ट/घण्टिकाबाट बनेको तद्भव ‘घन्टी’ लेख्न निर्देश गर्दछ तर ‘घन्टी’ होइन ‘घण्टी’ लेख्नुपर्छ त्यो मानक रूप हो भन्नेहरूको कमी हुँदैन। 

नेपाली बृहत् शब्दकोश (दसौँ संस्करण) मा प्रविष्टि दिइएका शब्दहरूबाट अनेक तद्भव शब्दहरूमाथि अन्याय गरिएको छ। उदाहरणका लागि माथि चर्चा गरिएको घण्टको तत्भव रूप घन्ट निर्देश गरिएको छ अनि ‘घण्टी’ लाई संस्कृत स्रोतको देखाइएको छ, हुनुपर्ने ‘घन्टी’ (तद्भव) लाई प्रविष्टि नै दिइएको छैन। अझ घन्टी भनेको विद्यालयमा पढ्नपढाउनका लागि निर्धारित गरिएको समयावधि (पिरियड) पनि हो तर कोशले दिँदैन। कति घन्टी पढेपढाएकाहरू प्राज्ञ बन्छन् हौ?  कोशमा छायाँ≈मायाँजस्ता तद्भव रूपलाई प्रविष्टि दिइएको छैन तर अर्थ दिइएका कतिपय पेटबोली वा सोही शब्दबाट भनेका तद्भव (दोछायाँ) जस्ता ठाउँमा छायाँलाई पनि स्वीकार गरिएको भेटिन्छ।

नेपाली बृहत् शब्दकोशले तत्सम र तद्भव रूपहरूलाई न्याय गर्न नसकेका कारणले यसलाई मानक मान्न राजी हुने प्रयोक्ता नै पनि अन्योलमा पर्नुपरेको अवस्था छ। 

‘माया’ बाट तद्भव बनेको ‘मायाँ’ ले मायाका तत्सम रूपका अनेक अर्थ दिँदैन त्यो त ‘प्रेमपिरती’ वा दयाभावको अर्थमा छ सीमित भइसकेको छ। मायाँ र मायाँलुलाई कोशमा ठाउँ छैन। कोश अञ्जली/कैलाशजस्ता शब्दलाई संस्कृत स्रोतका तत्सम भनेर प्रविष्टि दिन्छ तर संस्कृतमा अञ्जलि/कैलास जस्ता शब्द तत्सम रूपमा रहेका छन् र तिनको विकल्पमा अञ्जली/कैलाशजस्ता शब्द संस्कृतमा चलेको पाइँदैन। सिँच्नुंआइ – सिँचाइ गरेर प्रविष्टि दिने कोशले मिठोआइ – मिठाई भनेर शब्द प्रविष्ट गर्छ। यस्तै संस्कृतको वर्धापनम् शब्दबाट तद्भवित बधाइ (भाववाची नाम) लाई बधाईका रूपमा प्रविष्ट गर्छ। यसरी नेपाली बृहत् शब्दकोशले तत्सम र तद्भव रूपहरूलाई न्याय गर्न नसकेका कारणले यसलाई मानक मान्न राजी हुने प्रयोक्ता नै पनि अन्योलमा पर्नुपरेको अवस्था छ। 

आगन्तुक शब्दको वर्तनी अर्को चर्को झगडाको विषय

नेपाली भाषाको मानकीकरणतर्फ अभिमुख देवकोटा, सम, पौडेललगायतका शास्त्रीय लेखकहरूले संस्कृतेतर स्रोतभाषा तुर्की, उर्दू, फारसी, अरबी भाषाका शब्दहरूलाई देवनागरीमा लिप्यान्तर गर्नमा हिन्दी लेख्य रूपहरूको अनुसरण गरे। उनीहरूले लेख्दै ल्याएका हिन्दीभाषामा देवनागरी लिपिमा लिप्यान्तरित रूपलाई नै आधिकारिक र सम्मानजनक वर्णविन्यासका रूपमा लिइनुपर्छ भन्नेको सङ्ख्या पनि ठूलो छ। यसअनुसार ‘कानून/शाह/शहीद/गरीव/शुवाह’ जस्ता रूप नै नेपालीमा व्यवहृत यस्ता विप्रेषित शब्दका मानक वर्तनी हुन् र रहनुपर्छ भन्ने तिनको अडान छ। यता नेपाली भाषावैज्ञानिक पाटो (ध्वनिविज्ञान र अर्थविज्ञान विशेषत) ले चाहिँ नेपालीमा श ध्वनि उच्चरित नहुने र दीर्घता पनि नेपाली उच्चारणमा नरहेको कारण शब्दादि र मध्यमा दीर्घ नलेख्ने र त्यस्ता शब्द नेपाली वक्ता (विशेष गरी मातृभाषी र सम्पर्क भाषा नेपाली ने प्रयोग गर्ने) ले जसरी उच्चारण गरेअनुसार वर्तनी लेख्ने नियम निर्दिष्ट गरेको छ। यसअनुसार नुन/कानुन/साह/सहिद/गरिब/सुब्बा मानक वर्तनी हुन पुग्छन्। 

अब लेख्ने मानक नियममा चाहिँ नेपाली उच्चारणअनुसार नै हुनुपर्छ भन्ने कोशको सिफारिस उचित नै हो तर पनि कोशले यस्ता शब्दमा थर, पदवी र मानका रूपमा रहेका शब्दलाई यथावतै लेख्ने निर्देश गरेर प्रयोक्तालाई अन्योल थपिदिएको छ। 

खासमा हिन्दी, भोजपुरी, मैथिलीजस्ता भारोपेली परिवारकै मौलिक शब्द भएका भए तिनलाई उनीहरूले लेखेसरह लेख्ने प्रतिमान स्वीकार्य नै हुने हो तर यी शब्द त उर्दू फारसी आदिबाट नेपालीमा ध्वन्यान्तर हुँदै भित्रिएका हुन्। नेपालीले तिनको तत्सम उच्चारण गर्दैनन् यसैले तिनको लिप्यान्तर हिन्दीमा कसरी गरियो भन्ने कुरा नेपालीका लागि महत्त्वको र सार्थक आधार बन्ने कुरा होइन। खालि, हिजो लेख्नेहरूले लेखेका स्वरूपहरू नेपाली वाङ्मयका अन्योन्य निधि भएकाले तिनको सम्मान हुनुपर्छ र कोशमा तिनको प्रविष्टि रहनुपर्छ। अब लेख्ने मानक नियममा चाहिँ नेपाली उच्चारणअनुसार नै हुनुपर्छ भन्ने कोशको सिफारिस उचित नै हो तर पनि कोशले यस्ता शब्दमा थर, पदवी र मानका रूपमा रहेका शब्दलाई यथावतै लेख्ने निर्देश गरेर प्रयोक्तालाई अन्योल थपिदिएको छ। 

लोकभाषाविरुद्ध शास्त्रीय अहम्

नेपालमा नेपाली भाषाको पनि लोक र शास्त्रीय दुई रूप छन्। साहित्यमा शास्त्रीय र लोक साहित्य भनेजस्तै भाषामा पनि शास्त्रीय ढाँचा कि लोकढाँचा भन्ने कुरा छँदैछ। व्याकरणबाट निर्दिष्ट भएर बोल्नुरलेख्नु शास्त्रीय भाषाको विशेषता हो। पहिले  संस्कृत शास्त्रीय भाषा रहेका समयमा पाली भाषा लोक भाषाका रूपमा प्रचलित थियो नै। यो भाषाको कथ्य र लेख्य रूपका मानकीकरण र वक्ताको प्राकृतिक भाषायोग्यता आर्जनमा रहने अन्तरको परिणाम हो। नेपालमा दुई प्रकारका नेपाली मातृभाषी छन्– संस्कृत मूलका भाषाहरू (खस, मैथिली भोजपुरी) आदि सांस्कृतिक–भाषिक परम्पराबाट नेपाली मातृभाषी बनेकाहरू  र भोटबर्मेली परिवारको सांस्कृतिक(भाषिक पृष्ठभूमिबाट नेपाली मातृभाषी बनेकाहरू। यसैले नेपाली मातृभाषीकै बीचमा कथ्यमा  पूरापूर समानता सम्भव नै छैन। यसैले लोकभाषामा लेख्य शास्त्रीय भाषाका नियमले ठ्याक्कै मेल खाने अवस्था नै हुँदैन।  यसो भए पनि अहिलेसम्म नेपाली लोकभाषाको बारेमा अध्ययनअनुसन्धान नै भएको छैन र भएको भए पनि अत्यन्तै कम भई त्यो सार्वजनिक बहसमा आउन सकेको छैन। 

कानुनतः नेपालको राजधानी काठमाडौँ हो तर भाषामा हाम्रो राजधानी काठमाडौँ/काठमान्डु/काठमाण्डौ/काठमान्डू/काठमाडौं कुनचाहिँ हो यकिन हुन सकेजस्तै लाग्दैन। 

लोकभाषाको यो पक्ष (कथ्य भाषा प्रधान हो र लेख्यले त्यसैलाई पछ्याउनुपर्छ भन्ने मान्यताअनुसार) अझै ओझेलमा छ। तथापि, माथि वर्णन गरिएका नेपाली भाषाका व्यावसायिक प्रयोक्ता र शास्त्रीय भाषा पद्धतिको लेखन अँगाल्ने लेखकहरूले नेपाली लोकभाषालाई ग्राम्यरअसभ्य तथा सम्मानहीन मान्छन्। तर कतिपय औपचारिक लेखन (जस्तो साक्षी बकपत्र गराउँदा) मा वक्ताले जसरी बोल्छ त्यसरी नै लेख्नुपर्ने अवस्था हुने र कथ्य नै लेख्यको स्रोत हुने कारणले कथ्यमा प्रचलित शब्दका विविध रूपलाई शब्दभण्डारका रूपमा ग्रहण गर्नै पर्ने अवस्था हुन्छ। कार्यमूलक लेखनमा मात्र होइन साहित्यिक लेखनमा पनि कथ्यअनुसार नै लेखन नगरे कतिपय अवस्थामा त्यसको साहित्यिक ओज वा चमक नै उड्छ। यसैले कथ्यमा रहेका शब्द वा ध्वनिका औचार्य विविधतालाई लेख्यमा खास गरी शब्दकोशले समावेश गर्नै पर्छ तर हाम्रो वर्णविन्यासको मानक रूप एउटै मात्र हुनुपर्छ र एक भन्दा बढी हुनु हुँदैन भन्ने मान्यतामा नेपालीलाई संस्कृततर्फ ढल्केको वा बहुप्रचलनमा रहेकोलाई जस्ताको तस्तो राख्नुपर्छ भन्ने र अङ्रेजीबाट नेपालीलाई थिच्दै लाने सबैको अडान रहेको देखिन्छ। कानुनतः नेपालको राजधानी काठमाडौँ हो तर भाषामा हाम्रो राजधानी काठमाडौँ/काठमान्डु/काठमाण्डौ/काठमान्डू/काठमाडौं कुनचाहिँ हो यकिन हुन सकेजस्तै लाग्दैन। 

अन्त्यमा,

भाषा भाषामात्र नभएर समाजको बहुमूल्य सम्पत्ति/सम्पदा हो। नेपालका मातृषभाषाहरूमा पुर्खाका अनन्त ज्ञान र दर्शनका चेतना सुरक्षित रहँदै आएका छन्। ती सबै भाषामाथि राज्यले संरक्षकीय न्याय कसरी गर्छ? प्रश्न गम्भीर नै छ। तिनै मातृभाषामध्येको नेपाली भाषालाई माध्यम बनाएर काम गर्नेहरूका त कम्तीमा साझा र सर्वसम्मत नियम र प्रतिमान बनून् र अवलम्बन होऊन् – लेखकको यो लेखमार्फतको चाहनाचाहिँ त्यति हो। विशेषतः नेपाल प्रज्ञाप्रतिष्ठान संवेदनशील होस्– फराकिलो दृष्टिकोणका साथ धेरैले सजिलो गरी अवलम्बन गर्न सक्ने प्रतिमानको निर्धारण र स्थिरीकरणका लागि। भाषाका मानक नियम जतिजति छिटोछिटो बदलिँदै फेरिँदै जान्छन् – प्रयोक्ताको बँुताले त्यो थेग्न गाह्रो हुँदै जान्छ र भाषाप्रयोगको लठिभद्रता अरू असरल्ल हुँदै जान्छ भन्ने कुरामा अब अलिक गम्भीर नै हुनुपर्ने हो कि?


प्रकाशित: February 12, 2022 | 08:01:00 काठमाडौं, शनिबार, माघ २९, २०७८

तपाईं को प्रतिक्रिया

ट्रेंडिंग

चितवनका तीन क्षेत्रमा कसको अवस्था कस्तो?

प्रतिनिधिसभामा तीनवटा निर्वाचन क्षेत्र रहेको चितवनमा तीनवटै क्षेत्रको मतगणना भइरहेको छ।

काठमाडौं-९ मा एमालेका कृष्णगोपाल श्रेष्ठ विजयी

यो एमालेको दोस्रो जित हो। यसअघि एमालेले ललितपुर २ मा जित निकालेको थियो।

गुल्मी-२ मा ठूलो मतान्तरले पछि परिन् झाँक्री

गुल्मी क्षेत्र नम्बर २ मा सत्ता गठबन्धनकी उम्मेदवार रामकुमारी झाँक्रीलाई भारी मतले पछि पार्दै नेकपा एमालेका गोकर्ण विष्टले अग्रता कायम राखेका छन्।

समानुपातिक मतमा स्वतन्त्र पार्टी तेस्रो, एमालेलाई पछ्याउँदै कांग्रेस

प्रत्यक्षतर्फ चार वटा निर्वाचन क्षेत्रको अन्तिम मतपरिणाम सार्वजनिक भएको छ भने समानुपातिकतर्फ पनि मतगणना भइरहेको छ।

गुल्मी-२ मा झाँक्रीलाई पछि पार्दै विष्टको अग्रता

आइतबार भएको निर्वाचन जारी मतगणनामा विष्ट ६७२ मतसहित अगाडि छन्।

युथ युनेस्को क्लब युएसएको इन्टरनेशनल मिडिया एडभाइजरमा बस्नेत

अमेरिकाको क्यालिफोर्नियामा युवा केन्द्रित रचनात्मक कार्यहरू सञ्चालन गर्दै आएको युथ युनेस्को क्लब युएसएले सञ्चारकर्मी मनोज बस्नेतलाई अन्तर्राष्ट्रिय सञ्चार सल्लाहकारमा मनोनयन गरेको छ।

दुई क्षेत्रमा स्वतन्त्र पार्टी अगाडि, दुई-दुईमा कांग्रेस र एमाले

काठमाडौं हिजो आइतबार सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन अन्तर्गत आज बिहानदेखि केही क्षेत्रमा मतगणना सुरु भएको छ।

बाजुरामा गोली लागेका एक जनाको मृत्यु

कांग्रेस र एमालेका कार्यकर्ताबीच विवाद भएपछि मतदान सकिनै लाग्दा झडप भएको हो।

जेलबाट मतदान गरेपछि रेशम चौधरीले भने– बडा मज्जा आयो

कैदीबन्दीले पनि निर्वाचनमा सहभागी हुन पाउने भएपछि उनीहरु उत्साहित भएका थिए। काठमाडौं उपत्यकामा १८२ जना कैदीबन्दी मतदान गर्न योग्य भएको निर्वाचन अयोगको तथ्यांक छ।

थप समाचार

नेपाल समय
विचार

घरजग्गा कारोबार, आयात र रेमिट्यान्स वित्तीय अस्थिरताका कारक

रेमिट्यान्सले जनताको जीवनस्तर उकास्न राम्रो भूमिका निर्वाह गरेको छ। गरिबी निवारण, शिक्षा र स्वास्थ्यमा रेमिट्यान्सको ठूलो योगदान छ। म्याक्रो लेभलमा सम्भावना हुँदाहुँदै पनि खासै ठूलो योगदान दिन सकेन।
नेपाल समय
विचार

किन उत्साहित भएनन् मतदाता?

निर्वाचन आयोगका अनुसार यस निवार्चनमा ६१ प्रतिशत मत खसेको छ, जुन गत स्थानीय चुनावको भन्दा ४.०७ प्रतिशतले कम हो भने २०४८ सालदेखिकै कम मत हो। मतदान प्रतिशतको अध्ययन गर्दा २०७० सालमा ७८.७४ प्रतिशत र २०७४ को निर्वाचनमा ६८.६७ प्रतिशत मत खसेको इतिहास छ।
नेपाल समय
विचार

चुनावमा पैसाको प्रतिस्पर्धा छ, आयोग गम्भीर छैन

निष्ठा र आस्थाले राजनीति गर्नेहरू साह्रै कम छन्। पैसावाल राजनीतिमा हावी छन्। पैसावालले टिकट पाउने, राजनीति गर्न सक्ने अवस्था आएको छ। हामीले नै कति सुनेका छौँ कि मसँग जुनाव लड्न पुग्ने पैसा नभएर टिकटलाई दाबी नै गरिनँ।
नेपाल समय
विचार

मतदानमा नराखौं विवेक बन्धक

निर्वाचनमा व्यक्तिगत लेनदेनमा उत्रिएका मतदाताले नेतालाई जिम्मेवारी बोध गराउने हैसियत गुमाइसकेका हुन्छन्। पैसाको बलमा जितेका उम्मेदवारको जनतासँग भावनात्मक सम्बन्ध पनि हुँदैन। भलै, उनीहरूले यो कुरा सार्वजनिक रूपमा भन्दैनन्।
नेपाल समय
विचार

राजनीतिक दल, निर्वाचन आयोग र स्वतन्त्रहरू

सामाजिक मनोविज्ञान सार्वजनिक रूपमा प्रस्फुटन हुन्छ भने व्यक्तिगत मनोविज्ञान भोट खसाल्ने बेला। सोही कारण सार्वजनिक रूपमा भनेका र व्यक्तिगत व्यवहारमा फरक पर्न जान्छ। व्यक्ति आफूले मन नपराए पनि पुरानो पार्टी र नेताप्रति रहेको आस्था मार्न चाहन्न।

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६

सम्पर्क

House -138, Suruchi Marg, New Baneshwor, Kathmandu, Nepal
फोन : +977-1-4790242 / +977-1-4790040
इमेल : nepalsamayanews@gmail.com
  • प्रबन्ध निर्देशक
    तरुणप्रताप शाह
  • प्रधान सम्पादक
    नारायण अमृत
  • महाप्रबन्धक
    जीवन तिम्सिना