सोमबार, असोज १७, २०७९

शिक्षक र शिक्षा प्रशासक जिम्मेवार नबन्दा खस्किएको विद्यालय शिक्षा

डा‍.शोभाखर कँडेल  |  काठमाडौं, आइतबार, माघ २३, २०७८

डा‍.शोभाखर कँडेल

डा‍.शोभाखर कँडेल

आइतबार, माघ २३, २०७८, काठमाडौं

नेपाल समय

नेपालमा शिक्षाको विकास र विस्तारका लागि धेरै बहस हुँदै आएको छ। विद्यालय शिक्षाअन्तर्गत शिक्षण सिकाइ प्रणालीमा सुधार,  मूल्यांकनमा अक्षरांकन पद्धति, निरन्तर मूल्यांकन र विद्यालय तहको अन्तिम मूल्यांकन तह कक्षा १२ लाई बनाउने विषयमा धेरै अघिदेखि बहस हुँदै आएको हो। यी विषय व्यवहारमा लागू गर्न थालिए पनि विभिन्न कारणले गर्दा अपेक्षित उपलब्धि हासिल हुन नसकेको यथार्थ छ। पाठ्यक्रम तथा पाठ्यपुस्तकमा समयानुकूल सुधार गर्ने प्रयास भइरहेका छन्। साथै विश्वविद्यालयलाई विद्यालय शिक्षासँग कसरी जोड्न सकिन्छ भन्ने अर्को पक्ष छलफलको विषय बनेको छ।

अब प्रश्न उठ्छ विद्यालय तहको शिक्षामा कसरी सुधार गर्न सकिन्छ त? यसको उत्तर केलाउँदा विद्यालय शिक्षाको वर्तमान प्रणालीमा शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयअन्तर्गत विभिन्न निकाय जस्तै - शिक्षा तथा मानव विकास स्रोत केन्द्र, पाठ्यक्रम विकास केन्द्र, शिक्षक सेवा आयोग र राष्ट्रिय परीक्षा बोर्डबीचको समन्वय अनिवार्य देखिन्छ। अर्थात् शिक्षाको नीति निर्माण, कार्यान्वयन तथा अनुगमन, पाठ्यक्रम तथा पाठ्यपुस्तक निर्माण, शिक्षक दरबन्दी सिर्जना तथा शिक्षक नियुक्ति र मापन तथा मूल्यांकन बेग्लाबेग्लै संस्थाबाट हुने गरेका छन्। तर यी निकायबीच समन्वय अभावमा शिक्षण सिकाइ तथा मापनको गुणस्तरमा प्रभाव पर्ने र समयमा कार्यसम्पादन नहुने यथार्थ मूल समस्या हो। 

सिकाइलाई व्यक्तिको दैनिक व्यवहारसँग जोड्नुपर्दछ। उसको घर, भान्सा, समुदाय, समाज, राष्ट्र र विश्वसँग जोड्न सक्नुपर्दछ अनि मात्र व्यक्तिको सम्पूर्ण पक्षको विकास हुन्छ र त्यसको सही मापन हुन्छ।

शिक्षण सिकाइलाई एक्काइसौं शताब्दी अनुकूल बनाउने एउटा उपाय तीनघन्टे परीक्षा प्रणालीमा सुधार गरी सैद्धान्तिकभन्दा प्रयोगात्मक परीक्षालाई बढावा दिनु हो। साथै निरन्तर मूल्यांकन प्रणालीको विकास गर्नुपर्दछ। शिक्षण सिकाइ, पाठ्यक्रम तथा पाठ्यपुस्तकका साथै परीक्षा तथा मूल्यांकन विधि, प्रक्रिया तथा साधनमा आन्तरिक र अन्तिम मूल्यांकन प्रणालीलाई एकीकृत गर्नुपर्दछ। आलोचनात्मकता, एकआपसमा समन्वय, आपसी सहयोग, रचनात्मक सोच आदिको व्यवस्थित अभिलेखीकरण गर्न सक्ने क्षमताको शिक्षण सिकाइ र त्यसको सही मापन गर्न सक्नु नै मूल्यांकनको मूल ध्यय हुनुपर्छ। विद्यार्थीले सिन्द्धान्त होइन व्यवहार सिक्नुपर्दछ। सिकाइलाई व्यक्तिको दैनिक व्यवहारसँग जोड्नुपर्दछ। उसको घर, भान्सा, समुदाय, समाज, राष्ट्र र विश्वसँग जोड्न सक्नुपर्दछ अनि मात्र व्यक्तिको सम्पूर्ण पक्षको विकास हुन्छ र त्यसको सही मापन हुन्छ।

शिक्षकलाई जिम्मेवार बनाएर परीक्षा बोर्डहरूबाट लिइने अन्तिम वा बाह्य परीक्षालाई बिस्तारै विस्थापित गर्नुपर्दछ। यसका लागि शिक्षा प्रशासनलाई भरपर्दो र जिम्मेवार बनाउनुपर्छ। शिक्षक र शिक्षा प्रशासकमा जिम्मेवारीबोध, योग्यताको कदर, उत्तरदायित्व निर्वाह र नैतिकता ख्याल गर्ने परिपाटीको विकास नभएकै कारण विद्यालय शिक्षाको गुणस्तर खस्कँदो छ। राज्यका तर्फबाट शिक्षक तालिमका लागि मनग्य खर्च गरेको गर्दै आएको छ। शिक्षकको दक्षता वृद्धिका लागि तालिम, सेमिनार, पुनर्ताजगी तालिमका साथै पाठ्यक्रम र पाठ्यपुस्तकमा समयानुकूल सुधार तथा शिक्षण सामग्री निर्माण र परीक्षाका साधनको विकासमा प्रशस्तै लगानी गरेको पनि छ तर किन शिक्षण सिकाइ तथा मापन प्रणालीमा सुधार आएन? यो गम्भीर सवाल हो। यसो हुनुमा शिक्षा क्षेत्रका पदाधिकारी तथा शिक्षकमा जिम्मेवारीबोध, योग्यताको कदर, उत्तरदायित्व निर्वाह र नैतिकता ख्याल गर्ने परिपाटीको विकास नहुनु मुख्य कारण हो। यी कुराहरू अभाव हुनुमा फितलो अनुगमन हो। 

शिक्षकलाई जिम्मेवार बनाएर परीक्षा बोर्डहरूबाट लिइने अन्तिम वा बाह्य परीक्षालाई बिस्तारै विस्थापित गर्नुपर्दछ। यसका लागि शिक्षा प्रशासनलाई भरपर्दो बनाउनु पहिलो सर्त हो 

शिक्षा तथा मानव विकास स्रोत केन्द्र, पाठ्यक्रम विकास केन्द्र, शिक्षक सेवा आयोग, प्राविधिक तथा व्यावसायिक तालिम केन्द्र र राष्ट्रिय परीक्षा बोर्डबीचको समन्वय जरूरी देखिन्छ। या त परीक्षा बोर्डलाई विद्यालय शिक्षण सिकाइ तथा मापन केन्द्रका रूपमा विकास गर्नुपर्दछ। ऐन, नियम, विनियममा समयानुकूल परिमार्जन तथा परीक्षाको स्तरीकरणसम्बन्धी अध्ययन तथा अनुसन्धानात्मक कार्यको आयोजना गर्ने र दीर्घकालीन कार्ययोजना निर्माण गर्नुका साथै शिक्षण सिकाइ तथा परीक्षाको समन्वयात्मक क्यालेन्डर तयार गरी निश्चित समयमा शिक्षण सिकाइ क्रियाकलाप सम्पन्न गर्ने र परीक्षा सञ्चालन, मूल्यांकन र परिणाम सार्वजनिक गर्ने ग्यारेन्टी गर्न सक्नुपर्दछ।

राष्ट्रिय परीक्षा बोर्डलाई विद्यालय शिक्षण सिकाइ तथा मापन केन्द्रका रूपमा विकसित गरी एउटा पारदर्शी मापदण्ड बनाई मानवीय स्रोतको व्यवस्थापन गरी मनोबल उच्च पार्ने व्यवस्था मिलाउनुपर्छ। शिक्षक सेवा आयोग तथा सम्बन्धित निकायसँग समन्वय गर्ने, मानवीय संशाधन र व्यवस्थापन सम्बन्धी सूचना प्रविधि प्रणालीको व्यवस्था गर्नुपर्छ। शिक्षण सिकाइ तथा परीक्षा सूचना प्रणाली अनलाइन नेटवर्किङ, सफ्टवेर सिस्टम र शक्तिशाली सर्वर सिस्टमको पूर्ण व्यवस्थापन गर्नुपर्दछ। त्यसैगरी जिओग्राफिकल इन्फरमेसन सिस्टम (जीआईएस) को व्यवस्था गरी सम्पूर्ण विद्यालय तथा परीक्षा केन्द्रहरूको पुनः नक्सांकन गरिनुपर्दछ। पूर्ण रूपमा सूचना प्रविधि प्रणालीको स्थापना तथा सूचना प्रविधिमैत्री शिक्षण सिकाइ र मापन प्रणालीको विकास गरिनुपर्दछ।

भौतिक पूर्वाधार तथा सूचना प्रविधिले पूर्ण बनाई अन्तर्राष्ट्रिय स्तरको बनाउने, शिक्षण सिकाइ तथा परीक्षा प्रणालीलाई आईएसओ स्ट्यान्डर्ड कायम गरी परीक्षालाई मापन तथा मूल्यांकनका हिसाबले स्तारीकृत बनाउनुपर्छ। यस्तै आवश्यक मूल प्रमाणपत्रबाहेक सम्पूर्ण काम कागजविहीन बनाउने र कागजी खर्च घटाएर ठूलै रकम बचत गर्न सकिन्छ। बरु बचत रकमले समावेशी शिक्षा तथा परीक्षाका साधन खरिद गरी फरक क्षमता भएका बालबालिकाहरूका लागि शिक्षण सिकाइ तथा परीक्षा प्रणालीको विकास गर्न सकिन्छ।  

अर्को अत्यन्त आवश्यक तथा ध्यान नदिई नहुने कुरा नेपालका विश्वविद्यालय र विद्यालय शिक्षालाई लम्बीय र क्षितिजीय रूपमा एकाकार गर्नु हो। शिक्षा प्रशासन र शिक्षकका रूपमा रहेका मानवीय स्रोतको उत्पादन गर्ने संस्था विश्वविद्यालय हुन्। समग्र शिक्षाका बारेमा अनुसन्धान गर्ने शिक्षा विकास तथा अनुसन्धान केन्द्र लगायत विश्वविद्यालयका तमाम अनुसन्धान केन्द्रहरूबीचको समन्वय अभाव खड्किएको विषय हो। जबसम्म विश्वविद्यालय र विद्यालय शिक्षाको नीति निर्माण, शिक्षण सिकाइ तथा मूल्यांकन गर्ने निकायबीच समन्वय हुँदैन तबसम्म उत्पादित जनशक्तिले विद्यालय शिक्षा तथा मूल्यांकन प्रणालीलाई एकाकार गर्न सक्दैन। 

अन्त्यमा शिक्षण सिकाइ र परीक्षासँग सम्बन्धित ऐन, नियम तथा विनियममा समयानुकूल परिमार्जन गरी मानवीय र व्यवस्थापकीय पक्षमा साधनस्रोत सम्पन्न बनाउनु आवश्यक छ। शिक्षण संस्था, परीक्षा नियन्त्रण कार्यालय तथा तिनको नियमन तथा अनुगमन गर्ने निकायमा नवीनतम सूचना प्रणालीलाई स्थापित गरी अन्तर्राष्ट्रिय स्तरको बनाउन सकेमा प्रभावकारी हुन्छ। मूल्यांकनमा आईएसओ स्ट्यान्डर्ड कायम गरी आवश्यक मूल प्रमाणपत्रहरूबाहेक सम्पूर्ण काम कागजविहीन बनाउने कार्य सम्पन्न गर्नुका साथै भौतिक पूर्वाधार, मानवीय स्रोतको विकास, शासकीय व्यवस्थापन तथा सूचना प्रविधिको एक्काइसौँ शताब्दी अनुनुकूल सुधार पनि आवश्यक भएको छ। विद्यार्थीले सिन्द्धान्त होइन व्यवहार सिक्नुपर्दछ। सिकाइलाई व्यक्तिको दैनिक व्यवहारसँग जोड्नुपर्दछ। उसको घर, समुदाय, समाज, राष्ट्र र विश्वसँग जोड्न सक्नुपर्दछ अनि मात्र व्यक्तिको सम्पूर्ण पक्षको विकास हुन्छ र त्यसको सही मापन हुन जान्छ।


प्रकाशित: February 6, 2022 | 12:35:00 काठमाडौं, आइतबार, माघ २३, २०७८

तपाईं को प्रतिक्रिया

ट्रेंडिंग

युक्रेनका ४ क्षेत्र गाभेको औपचारिक घोषणा गर्दै रुस

युक्रेनका लुहान्स्क, दोनत्स्क, जापोरिज्जिया र केरसन क्षेत्रलाई रुसमा गाभ्ने घोषणा गर्न लागिएको छ। 'क्रेमलिन दरबारमा स्थानीय समयअनुसार दिउँसो ३ बजे ती ४ क्षेत्र रुसमा गाभिएको घोषणा हुनेछ,' क्रेमलिन प्रवक्ता दिमित्री पेस्कोभले भनेका छन्।

पाँच दलको सिट भागबण्डा अन्तिम चरणमा [सूचीसहित]

लामो समयको गृहकार्यपछि धेरैजसो निर्वाचन क्षेत्रको भागबण्डा मिलेको छ तर केहीमा भने किचलो कायमै छ।

सोलुको सकस: कांग्रेस नछाड्ने, माओवादी नमान्ने

२०७४ को चुनावमा जितेकाले आफैंले पाउनुपर्ने माओवादीको अडान छ। यस पटक गठबन्धनले चुनाव लड्ने हुँदा सोलुखुम्बु आफूले पाउनुपर्ने दाबी कांग्रेसले गरिरहेको छ।

समानुपातिक सूची परिवर्तन नभए आफैँ संघर्षमा उत्रने शेखर-गगनको चेतावनी

समान अवसर र न्यायका लागि विरोध र संघर्षका कार्यक्रम गर्दै आएका आफूनिकट नेताहरूसँग छलफल नेता कोइराला र महामन्त्री थापाले यस्तो बताएका हुन्। बत्तिसपुतलीस्थित अनुपम फुडल्यान्डमा असन्तुष्ट नेताहरुसँग उनीहरूले छलफल गरेका हुन्।

भीम रावल पार्टी सम्पर्कमा नआएपछि ओलीको सोधीखोजी

४ मंसिरमा हुने निर्वाचनका लागि एमाले जिल्ला कमिटीले अछाम क्षेत्र–१ बाट रावललाई मात्र सिफारिस गरे पनि पछिल्लो समय पार्टी सम्पर्कमा नआएपछि के भएको हो भनेर बुझ्न सुदूरपश्चिम एमाले नेताहरु पुगे ओली निवास।

सिभिल र हिमालयन मर्ज भएपछि ६ महिनामा 'सिनर्जी' आउँछ : सुनील पोखरेल [अन्तर्वार्ता]

हिमालय बैंक लिगेसी बोकेको पुरानो बैंक हो। हामीसँग साना तथा मझौला प्रकृतिको बिजनेस छ। हिमालयनको ठूला र कर्पोरेट बिजनेस छ। हाम्रा स-साना ग्राहक छन् तर उसका ठूला ग्राहक छन्।

आजदेखि निर्वाचन आचारसंहिता लागु : के गर्न पाइन्छ, के पाइँदैन?

आगामी मंसिर ४ गते हुने प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनका लागि आचारसंहिता बुधारदेखि लागु गरिएको छ।

अलमुताइरीप्रति कप्तान किरणको अझै गुनासो, भने - व्यक्तिका लागि भन्दा पनि देशका लागि खेल्छौं

नेपाल राष्ट्रिय फुटबल टोलीका कप्तान किरण चेम्जोङले प्रशिक्षक अबदुल्ला अलमुताइरीले आफूलाई टिमबाट निकालेकोमा दुखेसो पोखेका छन्। व्यवसायिक फुटबलका क्रममा भारतमा रहेका किरण बंगलादेशसँगको मैत्रीपूर्ण खेलका लागि नेपाल आएका हुन्।

मोरङ-३ : चुनावमा प्रभाव पार्ने यस्तो छ मेडिकल कलेज कनेक्सन

सुनिल शर्माले आफ्नो नोबेल मेडिकल कलेजमार्फत राजनीतिक प्रभाव बढाएका छन्। निर्वाचन क्षेत्रमा नागरिकको निःशुल्क र कम शुल्कमा उपचारको व्यवस्था मिलाएर उनले मतदाताको प्रभाव बढाएका हुन्। उता राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बाट उम्मेदवार बन्ने तयारीमा रहेकी रेखा थापाले पनि अभियान तीव्र बनाएकी छिन्।

मधेसवादी दलको कमजोरीमा 'जाल' थाप्दै एमाले!

मधेसवादी दलका एजेन्डाहरू पहिलेभन्दा कमजोर बन्दै गएपछि सत्ताको लोभ गर्नेहरू राजनीतिक सुरक्षाका निम्ति एमाले प्रवेश गरिरहेका छन् भने एमालेले पनि मधेसवादी दलको कमजोरीको फाइदा उठाएको राजनीतिक विश्लेषण गरिँदै छ।

थप समाचार

नेपाल समय
विचार

अन्य दलका नेता भित्र्याउन 'अनलिमिटेड कम्पनी' बन्दै एमाले

पाँच दलीय गठबन्धन बनेपछि आफूले स्पेस नपाउने ठानेर नेकपा एमालेमा अन्य पार्टीका नेता, कार्यकर्ताहरू प्रवेश गर्ने क्रम बढेको छ। आउँदो चुनावमा टिकट कट्ने संकेत पाएपछि सत्तालोभले पार्टी प्रवेश गर्नेहरूको व्यवस्थापन गर्न एमालेलाई कालान्तरमा सकस पर्ने देखिन्छ।
नेपाल समय
विचार

संवैधानिक र राजनीतिक प्रणालीभित्र देखिएको अराजकता!

परिणामस्वरूप सात वर्षमै यो प्रणाली अराजकता उन्मुख देखिँदैछ। हिजोको व्यवस्थाभन्दा चरम राज्यशक्तिको दोहन र अपचलन आज खुलमखुल्ला भइरहेको छ। जसले जे गरे पनि हुने खालको अराजकतातर्फ राज्य प्रणालीका संयन्त्र उद्दत छन्।
नेपाल समय
विचार

सम्पादकीयः संविधान उल्लंघन गर्ने राष्ट्रपति राजीनामा देऊ

राष्ट्रपतिको अहिलेको कदमले विगतमा अधिनायकवादलाई काखी च्याप्न खोज्ने स्वार्थप्रेरित दलहरुको मुहारमा मुस्कान देखिएको भए पनि कालान्तरमा उनीहरुलाई नै पीर्ने निश्चित छ। त्यसकारण अहिलेको विकल्प भनेको राष्ट्रपतिले राजीनामा दिएर मार्ग प्रशस्त गर्नु नै उत्तम हुनेछ।
नेपाल समय
विचार

मोदीको सर्वशक्तिमान् छवि कहिलेसम्म रहला?

हरतरहले नागरिकमाथि प्रधानमन्त्री मोदीको तस्बिर, भिडियो र ब्यानरको वर्षा गरिइराखिएको छ। नागरिकले चाहे पनि नचाहे पनि यो विषयलाई अनदेखा गर्न सक्ने अवस्था छैन।
नेपाल समय
विचार

च्याँखे दाउमा अल्झिएको गठबन्धन

गठबन्धनमा आवद्ध सबै दललाई आफ्नो सपनाको खेती गर्नु छ। सपनाको निम्ति गठबन्धनमा रहेका नेपाली कांग्रेस र इतर दलका आ–आफ्नै दुःख छन्।

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६

सम्पर्क

House -138, Suruchi Marg, New Baneshwor, Kathmandu, Nepal
फोन : +977-1-4790242 / +977-1-4790040
इमेल : nepalsamayanews@gmail.com
  • प्रबन्ध निर्देशक
    तरुणप्रताप शाह
  • प्रधान सम्पादक
    नारायण अमृत
  • महाप्रबन्धक
    जीवन तिम्सिना