बिहीबार, असोज २०, २०७९

यसकारण कम्युनिस्टसँग चुनावी गठबन्धन गर्न हुँदैन

गुरुराज घिमिरे  |  काठमाडौं, बुधबार, माघ १९, २०७८

गुरुराज घिमिरे

गुरुराज घिमिरे

बुधबार, माघ १९, २०७८, काठमाडौं

नेपाल समय
गुरुराज घिमिरे।

राजनीतिक दलहरुका बीचमा हुने गठबन्धनको विशेष पृष्ठभूमि र धरातल हुन्छ। राजनीतिक शक्तिको सहयकार्य, पृष्ठभूमि र धरातल विना गठबन्धन सम्भव हुँदैन। राष्ट्रिय राजनीति र अन्तर्राष्ट्रिय अभ्यास हेर्दा पनि विभिन्‍न विचारधारा भएका राजनीतिक दलहरु मिलेको देखिन्छ र मिल्छन् पनि। संसारभर त्यस्तो हुने गरेको छ। 

राजनीतिक दलहरु किन मिल्छन् भन्ने विषयलाई पनि गहिरिएर हेर्नुपर्ने हुन्छ। राष्ट्रियता, देशको अस्मिता, स्वत्रन्त्रता राष्ट्रिय अखण्डता वा सार्वभौमसत्तामाथि खतरा उत्पन्न भएको अवस्थामा सबै शक्ति एक हुनुपर्छ। त्यस्तो बेला सबै दलको एउटै स्वार्थ हुन्छ– देश जोगाउने। 

बीपी कोइराला निर्वासनमा भएका बेला यही धरातलमा उभिएर राष्ट्रिय एकता र मेलमिलापको नीति लिएर नेपाल फर्किनुभएको थियो। सम्भावित जोखिमलाई सामना गर्न तयार भएर उहाँ नेपाल फर्कनुभएको थियो। आफ्नो जीवनमाथि आइपर्नसक्ने खतराको मूल्यांकन गरेरै उहाँ आउनु भएको थियो। 

प्रधानमन्त्री भएकै बखत बीपी राजाबाट प्रताडित भएर जेल गएको कांग्रेसको नेता हो। तर, राष्ट्रियताको जगेर्ना गर्न उहाँ तीनै राजासँग मेलमिलापको नीति लिएर आउनुभएको थियो। चीनमाथि जापानले आक्रमण गर्दा चीनका राजनीतिक शक्ति एकै ठाँउमा आएर जापानविरुद्ध लडेका थिए। 

छिमेकी देश भारतको उदाहरण हेर्दा पनि जबजब संकट आइपर्छ, राजनीतिक शक्ति एकठाउँमा आएको देखिन्छ। बेलायतले भारतमा ‘फुटाउ र राज गर’को नीति लिएको थियो। त्यही नीतिका कारण उसले लामो समय भारतमा राज गरेको हो। तर, सबै राजनीतिक शक्तिहरु मिलेपछि मात्रै भारतबाट अंग्रेज हटाउने अभियान सफल बनेको हो।

नेपालकै उदाहरण हेर्ने हो भने पनि संकटका बेला भिन्न विचार र सिद्धान्त भएका राजनीतिक शक्ति एक ठाउँमा आएका छन्। २०४६ सालको जनआन्दोलनमा कांग्रेस र संयुक्त वाममोर्चा मिलेर आन्दोलन गरे। त्यही आन्दोलनले ३० बर्से पञ्चायती शासन व्यवस्थाको अन्त्य भएर प्रजातन्त्र पुनःस्थापित भएको हो। २०६२/०६३ सालको जनआन्दोलनमा तत्कालीन सात दल र माओवादी मिलेका हुन्। त्यही आन्दोलनले निरंकुश राजतन्त्रको अन्त्य गरेको हो।

यी सबै उदाहरण हेर्दा र त्यसको पृष्ठभूमि केलाउँदा राष्ट्रको इतिहासमा कहिलेकाहीँ सहकार्य र गठबन्धनको आवश्यकता पर्छ। तर, अहिले भिन्न राजनीतिक विचार र सिद्धान्त भएका दलहरुबीच चुनावी गठबन्धन आवश्यक छ त? या चुनावी गठबन्धन अहिलेको आवश्यकता हो त? स्पष्ट छ- होइन। अहिलेको पाँचदलीय गठबन्धन कसरी बन्यो, त्यसको पृष्ठभूमि के हो? यसको उद्देश्य के हो? यी प्रश्नको उत्तर केलाएर हेर्ने हो भने चुनावी गठबन्धन आवश्यक भए/नभएको दुविधाको उत्तर सहजै भेटिन्छ। 

तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले त्यसबखत संविधान र संसद्माथि आक्रमण गरेका थिए। प्रधानमन्त्रीले नै संविधानमाथि आक्रमण गर्दा संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थ माथि नै प्रश्न उठ्न थालेका थियो। तत्कालीन नेकपाभित्र ठूलो बिग्रह थियो। त्यो बिग्रहले नेकपालाई सग्लो राख्‍न सकेन। ओली, प्रचण्ड र नेपाल एकै ठाउँमा बस्‍न सकेनन्। त्यही बिग्रहको कारण ओली प्रमुख भए पनि प्रचण्ड र नेपाल पनि उत्तिकै दोषी छन्। त्यसैको जगमा अहिलेको गठबन्धन निर्माण भएको हो। 

कांग्रेस कसैको बैसाखीमा टेकेर उभिनुपर्ने अवस्था छैन। कांग्रेस आफ्नै खुट्टामा आफैंले निर्माण गरेको जगमा उभिनुपर्छ। हामीसँग अघिल्लो निर्वाचनमा गुमेको शाख फर्काउने सुनौलो मौका पनि छ।

यो गठबन्धन निर्माण हुनासाथ कांग्रेसका लागि ओलीसँगको झगडा र तिक्तता सकियो। उनी सत्ताबाट बहिर्गमित भए। अदालतको फैसला अनुसार आफू नेतृत्वको बहुमतीय सरकार गुमाउनु भनेको उनले गरेका तत्कालीन दुष्कर्मको सजाय हो। ओलीले सजाय पाइसकेका छन्। अदालतको व्याख्याका कारण अबका कुनै पनि प्रधानमन्त्रीले ओलीले गरेको दुष्कर्म दोहोर्‍याउने आँट गर्ने छैनन्।

यसको अर्थ पाँचदलीय गठबन्धनले उद्देश्य प्राप्त गरिसकेको छ। यस्तो अवस्थामा चुनावी गठबन्धन किन आवश्यक पर्‍यो? माओवादीसँग कांग्रेसको विचार र सिद्धान्त मिल्दैन। माधव नेपाल नेतृत्वको पार्टीसँग पनि हाम्रो न विचार मिल्छ, न सिद्धान्त नै। अहिले राष्ट्रियताको रक्षा गर्न मिलेर लड्नुपर्ने अवस्था छैन, भलै छिमेकी देशहरुले सीमामा अतिक्रमण गर्ने गरेका छन्। त्यो फरक विषय हो। तर, अहिले नेपालमा राष्ट्रिय विपत्ति पनि देखिँदैन।

त्यसकारण कांग्रेस कसैको बैसाखीमा टेकेर उभिनुपर्ने अवस्था पनि छैन। कांग्रेस आफ्नै खुट्टामा आफैंले निर्माण गरेको जगमा उभिनुपर्छ। हामीसँग अघिल्लो निर्वाचनमा गुमेको शाख फर्काउने सुनौलो मौका पनि छ। स्थानीय, प्रदेश र संसद्को निर्वाचन एक्लै लडेर गुमेको शाख फर्काउने हिम्मत कांग्रेसले किन नराख्ने? तीन तहका निर्वाचन एक्लै लडेर शाख फर्काउने अवसर हामीले गुमाउनु हुँदैन।

अहिलेको राजनीतिक परिदृश्यलाई हेर्ने हो भने कांग्रेसले प्रमुख प्रतिपक्षीसँग धेरै दूरी बढाउन हुँदैन। संसद खुलाउने सन्दर्भमा होस् वा अन्य राष्ट्रिय महत्वका मुद्दामा नै किन नहोस् ओलीसँग दूरी बढाएर कसैलाई फाइदा पुग्दैन। हिजो ओलीले सत्ताको नेतृत्व गर्दा हाम्रो गुनासो थियो– उनी एकलकाँटे शैलीमा अघि बढे, विपक्षी दलमाथि राजनीतिक दुर्व्यवहार गरे। कांग्रेसप्रति वैरभाव राखे। हिजो हामीले ओलीमाथि राखेको गुनासो आज उनै ओलीले हामीमाथि गर्ने अवस्था आउन दिनहुँदैन। सबै दलसँग समदूरीको सम्बन्ध राखेर अघि बढ्दा नै कांग्रेस र देशका लागि हितकर हुनेछ। 

राजनीतिक विचार र सिद्धान्तको कुरा मात्रै होइन, प्रचण्डको पार्टीले कांग्रेसको भलो चाहँदैन। न माधव नेपाल वा अन्य क्षेत्रीय दलले नै कांग्रेसको हित चाहन्छन्। उनीहरुले घुमाइफिराइ कांग्रेसलाई मात्रै तारो बनाउँदै आएका छन् र बनाउने नै छन्। यो सत्यलाई हामीले किन नबुझ्‍ने? त्यसो भए चुनावी गठबन्धन किन गर्ने? प्रश्न उब्जिएको छ। अहिले प्रचण्ड, माधव नेपालहरु किन कांग्रेससँग गठबन्धन गर्ने अवस्थामा आइपुगे? उनीहरु केपी ओलीसँग केही उपाय नचलेपछि कांग्रेसको शरणमा आइपुगेका होइनन् र? त्यतिबेला शेरबहादुर देउवा प्रधानमन्त्री बन्न चाहेको हो र? देउवालाई प्रधानमन्त्री हुन मन लागेर नेकपा फुटाएर सरकार गठन गरेको हो र? नेकपाभित्रको अन्तरकलह चर्किएर पार्टी विभाजन हुने अवस्था आइपरेर प्रचण्ड-नेपाल शरणमा आइसकेपछि देशलाई कांग्रेसले सम्हालेको होइन र?

हाम्रो बाटो 'सेन्टर टु द लेफ्ट' हो। हामी 'सेन्टर टु द राइट' होइनौं। न हामी कम्युनिस्ट हौं, न दक्षिणपन्थी हौं। 'सेन्टर टु द लेफ्ट' भनेको यथास्थितिवादी पनि होइन, कम्युनिस्ट पनि होइन। 

राजनीतिक परिस्थितिले देउवालाई प्रधानमन्त्री बन्ने ठाउँमा पुर्‍याएको हो। र, उहाँले गठबन्धनको नेतृत्व गर्नुभएको हो। यो गठबन्धन नेपाली राजनीतिको सम्पूर्ण भाग होइन, अंश मात्रै हो। संसदभित्र र बाहिर पनि अन्य तागत छन्। सम्पूर्ण तागतलाई पनि एकताबद्ध बनाउने जिम्मेवारी वर्तमान प्रधानमन्त्रीको हो। ओली छुट्टै तागत हुन्। उनीसँगको पुरानो तिक्तता राख्‍न हुँदैन, मेटाउनुपर्छ। भोलि निर्वाचनमा मित्रवत् प्रतिस्पर्धा गर्नुपर्ने नै छ। त्यसैले ओलीसँगको दूरीलाई मेट्नुपर्छ। अब कांग्रेस बांगोटिंगो बाटो हिँड्न हुँदैन। विगत केही वर्ष यता हामीले हिँडेको बाटो बांगोटिंगो थियो। अब आफ्नो मौलिकता, पहिचान, विचार र सिद्धान्तको बाटो हिँड्नुपर्छ। 

विचार र सिद्धान्त मिल्नेसँग निर्वाचनमा गठबन्धन गर्न सकिन्छ। प्राथमिकता मिल्ने दलसँग गठबन्धन गर्दा कसैले आपत्ति जनाइरहन पर्दैन। हालको सत्ता गठबन्धनमै रहेका अरु दलले विचार/सिद्धान्त मिल्नेहरूले मोर्चाबन्दी गर्दा हुन्छ। माधव नेपाल र प्रचण्डले मोर्चाबन्दी गर्दा वा पार्टी एकता नै गरे पनि हुन्छ। ओलीले पनि कोहीसँग पनि गर्लान्। हाम्रो विचारसँग मेल खाने र हाम्रो लिडरसिपमा बस्ने शक्तिसँग हामीले पनि गठबन्धन गर्दा हुन्छ। 

हामीसँग हाराहारीमा बस्नेहरूसँग या सँगसँगै एउटै हैसियतामा उभिएर चुनावी गठबन्धन गर्नु मुर्खता मात्रै हुनेछ। गठबन्धन गर्नुको कुनै औचित्य छैन। हामीसँग नीति, विचार र सिद्धान्त मिल्ने शक्तिसँग चुनावी गठबन्ध गर्न सकिन्छ। तर, कम्युनिस्ट पार्टीसँग गठबन्धन गर्न आवश्यक छैन। अहिलेको गठबन्धनको मुख्य दायित्व स्थानीय र आम निर्वाचन सफलतापूर्वक सम्पन्न गर्ने हो। अहिलेलाई यतिमात्रै सोच्‍न सकिन्छ। वर्तमान गठबन्धनले तीनै तहको निर्वाचन गराउने छ। निर्वाचन जसले जित्छ, उसलाई सत्ता हस्तान्तरण गर्ने हो। 

कांग्रेसले गैरलोकतान्त्रिक शक्तिसँग चुनावी गठबन्धन गर्नुपर्ने तार्किक र सैद्धान्तिक आधार केही पनि देखिँदैन। नेपाली कांग्रेसको पहिचान, छवि, चिनारी र मौलिकता जे हो, त्यसलाई जोगाएर अघि बढ्नुपर्ने आवश्यकता अहिले छ। कांग्रेस एक्लै हिड्न सक्छ, एक्लै उभिन सक्छ र मुलुकका चुनौती सामना गर्न सक्छ भनेर अघि बढ्नुपर्ने अहिलेको आवश्यकता हो। कठिन घडी आयो भने सबै शक्तिलाई समेटेर अघि बढ्न कांग्रेस सक्षम छ। त्यो रणनीति कांग्रेस अख्तियार गर्नुपर्छ।

अहिलेको हाम्रो प्राथमिकता के हो? हामीले भारत र चीनसँग गर्ने व्यवहार र राख्‍ने सम्बन्ध कस्तो हो? अन्य दलले भारत र चीनसँग गर्ने व्यवहार कस्तो छ? उनीहरुको हिँड्ने बाटो के हो? प्रष्ट छ- हामी वर्गवादी विचार राख्दैनौं। समन्वयको सूत्रले सबैलाई एकताबद्ध बनाएर अघि बढ्न चाहन्छौं। 

 पार्टीको नीति, विचार, सिद्धान्त र एजेन्डा लिएर निर्वाचनमा होमिनुपर्छ। गठबन्धनको बैसाखी टेकेर पार्टीको भविष्य दाउमा लगाउन हुँदैन। 

तराईलाई हेर्ने ओलीको दृष्टिकोण एउटा छ, माओवादीको अर्कै छ। मधेशकेन्द्रित दलको नीति अर्कै छ। नीति र सिद्धान्तले हामी एकै हुँदै होइनौं। उनीहरु र हामीबीच मौलिक अन्तर छ। हाम्रो धरातल पूर्णप्रजातान्त्रिक हो। र, हामी समन्वयकारी बाटो हिड्न चाहन्छौं। हामी प्रगतिशील र अग्रगामी पनि हौं। बीपी कोइरालाले भन्नुभएको छ– हाम्रो बाटो 'सेन्टर टु द लेफ्ट' हो। हामी 'सेन्टर टु द राइट' होइनौं। न हामी कम्युनिस्ट हौं, न दक्षिणपन्थी हौं। 'सेन्टर टु द लेफ्ट' भनेको यथास्थितिवादी पनि होइन, कम्युनिस्ट पनि होइन। धर्म र राजाको अपरिहार्यताको आधारमा नेपालको राजनीति अघि बढाउनुपर्छ भन्ने दक्षिणपन्थी पनि हामी होइन। हामी समय र परिस्थितिका आधारमा नीतिगत गतिशीलताको अपरिहार्यताका आधारमा अघि बढ्छौं। २०६३ सालको जनआन्दोलनमा गरिएको गठबन्धन तत्कालीन आवश्यकता थियो। संविधान बनाउन गरिएको सहकार्य पनि तत्कालीन राष्ट्रिय आवश्यकता थियो। ०४६ सालको जनआन्दोलन कांग्रेसले एक्लै थालेको हो। वाममोर्चा पछि जोडिन आएको हो।

अहिले नेविसंघले कुनै आन्दोलन गर्दा अन्य दलका भातृसंगठनसँग जोडिन जरुरी छ र? आफ्नो मौलिकता जगेर्ना गर्नुपर्छ। नेविसंघले आन्दोलन गर्दा अन्य भातृसंस्थासँग किन मिसिने? एउटै ब्यानरमा आउन जरुरी छैन। मौलिक धरातलमा उभिएर आगमी बाटो 'क्लियर' गर्दै जानुपर्छ। 

अहिले गठबन्धन गरेर अघि बढ्ने हो भने कांग्रेस एक्दै हिँड्न सक्छ भन्ने आत्मविश्वास नयाँ पुस्तासँग रहन्न। जो नयाँ पुस्ताका साथीहरु पार्टीमा आउनुभएको छ, आउँदै हुनुहुन्छ उहाँहरुको आत्मविश्वास गुम्‍न दिन हुँदैन। कांग्रेस एक्लै निर्वाचन लड्न सक्छ, जित्न सक्छ र सरकार पनि बनाउन सक्छ भन्ने विश्वास पैदा गर्नुपर्छ। २०५६ सालदेखि कांग्रेसको एकल सरकार बनेको छैन। २०७४ सालको निर्वाचनमा वाम गठबन्धन गरेर र पछि पार्टी एकता गरेर केपी ओलीले एकल सरकार बनाएका थिए।

के कांग्रेसले अब एकल बहुमतको सरकार बनाउन नसक्ने नै हो? त्यो जनमत ल्याउन नसक्ने हो? त्यसका लागि सामर्थ्य बनाउनै नसक्ने हो त? हामीसँग त्यो सामर्थ्य छ र हामीले सक्नुपर्छ। निर्वाचनमा एक्लै जाने हिम्मत गर्नुपर्छ। पार्टीभित्रका केही साथीहरुलाई लागेको हुनसक्छ– एक्लै निर्वाचन लडेर जित्न सकिन्नँ। त्यो आत्मविश्‍वास गुमेको संकेत हो। हामीले आत्मविश्वास र हिम्मत गुमाउन हुँदैन। पार्टीको नीति, विचार, सिद्धान्त र एजेन्डा लिएर निर्वाचनमा होमिनुपर्छ। गठबन्धनको बैसाखी टेकेर पार्टीको भविष्य दाउमा लगाउन हुँदैन। 


प्रकाशित: February 2, 2022 | 13:33:03 काठमाडौं, बुधबार, माघ १९, २०७८

तपाईं को प्रतिक्रिया

ट्रेंडिंग

युक्रेनका ४ क्षेत्र गाभेको औपचारिक घोषणा गर्दै रुस

युक्रेनका लुहान्स्क, दोनत्स्क, जापोरिज्जिया र केरसन क्षेत्रलाई रुसमा गाभ्ने घोषणा गर्न लागिएको छ। 'क्रेमलिन दरबारमा स्थानीय समयअनुसार दिउँसो ३ बजे ती ४ क्षेत्र रुसमा गाभिएको घोषणा हुनेछ,' क्रेमलिन प्रवक्ता दिमित्री पेस्कोभले भनेका छन्।

पाँच दलको सिट भागबण्डा अन्तिम चरणमा [सूचीसहित]

लामो समयको गृहकार्यपछि धेरैजसो निर्वाचन क्षेत्रको भागबण्डा मिलेको छ तर केहीमा भने किचलो कायमै छ।

सोलुको सकस: कांग्रेस नछाड्ने, माओवादी नमान्ने

२०७४ को चुनावमा जितेकाले आफैंले पाउनुपर्ने माओवादीको अडान छ। यस पटक गठबन्धनले चुनाव लड्ने हुँदा सोलुखुम्बु आफूले पाउनुपर्ने दाबी कांग्रेसले गरिरहेको छ।

समानुपातिक सूची परिवर्तन नभए आफैँ संघर्षमा उत्रने शेखर-गगनको चेतावनी

समान अवसर र न्यायका लागि विरोध र संघर्षका कार्यक्रम गर्दै आएका आफूनिकट नेताहरूसँग छलफल नेता कोइराला र महामन्त्री थापाले यस्तो बताएका हुन्। बत्तिसपुतलीस्थित अनुपम फुडल्यान्डमा असन्तुष्ट नेताहरुसँग उनीहरूले छलफल गरेका हुन्।

भीम रावल पार्टी सम्पर्कमा नआएपछि ओलीको सोधीखोजी

४ मंसिरमा हुने निर्वाचनका लागि एमाले जिल्ला कमिटीले अछाम क्षेत्र–१ बाट रावललाई मात्र सिफारिस गरे पनि पछिल्लो समय पार्टी सम्पर्कमा नआएपछि के भएको हो भनेर बुझ्न सुदूरपश्चिम एमाले नेताहरु पुगे ओली निवास।

सिभिल र हिमालयन मर्ज भएपछि ६ महिनामा 'सिनर्जी' आउँछ : सुनील पोखरेल [अन्तर्वार्ता]

हिमालय बैंक लिगेसी बोकेको पुरानो बैंक हो। हामीसँग साना तथा मझौला प्रकृतिको बिजनेस छ। हिमालयनको ठूला र कर्पोरेट बिजनेस छ। हाम्रा स-साना ग्राहक छन् तर उसका ठूला ग्राहक छन्।

आजदेखि निर्वाचन आचारसंहिता लागु : के गर्न पाइन्छ, के पाइँदैन?

आगामी मंसिर ४ गते हुने प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनका लागि आचारसंहिता बुधारदेखि लागु गरिएको छ।

अलमुताइरीप्रति कप्तान किरणको अझै गुनासो, भने - व्यक्तिका लागि भन्दा पनि देशका लागि खेल्छौं

नेपाल राष्ट्रिय फुटबल टोलीका कप्तान किरण चेम्जोङले प्रशिक्षक अबदुल्ला अलमुताइरीले आफूलाई टिमबाट निकालेकोमा दुखेसो पोखेका छन्। व्यवसायिक फुटबलका क्रममा भारतमा रहेका किरण बंगलादेशसँगको मैत्रीपूर्ण खेलका लागि नेपाल आएका हुन्।

मोरङ-३ : चुनावमा प्रभाव पार्ने यस्तो छ मेडिकल कलेज कनेक्सन

सुनिल शर्माले आफ्नो नोबेल मेडिकल कलेजमार्फत राजनीतिक प्रभाव बढाएका छन्। निर्वाचन क्षेत्रमा नागरिकको निःशुल्क र कम शुल्कमा उपचारको व्यवस्था मिलाएर उनले मतदाताको प्रभाव बढाएका हुन्। उता राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बाट उम्मेदवार बन्ने तयारीमा रहेकी रेखा थापाले पनि अभियान तीव्र बनाएकी छिन्।

मधेसवादी दलको कमजोरीमा 'जाल' थाप्दै एमाले!

मधेसवादी दलका एजेन्डाहरू पहिलेभन्दा कमजोर बन्दै गएपछि सत्ताको लोभ गर्नेहरू राजनीतिक सुरक्षाका निम्ति एमाले प्रवेश गरिरहेका छन् भने एमालेले पनि मधेसवादी दलको कमजोरीको फाइदा उठाएको राजनीतिक विश्लेषण गरिँदै छ।

थप समाचार

नेपाल समय
विचार

अन्य दलका नेता भित्र्याउन 'अनलिमिटेड कम्पनी' बन्दै एमाले

पाँच दलीय गठबन्धन बनेपछि आफूले स्पेस नपाउने ठानेर नेकपा एमालेमा अन्य पार्टीका नेता, कार्यकर्ताहरू प्रवेश गर्ने क्रम बढेको छ। आउँदो चुनावमा टिकट कट्ने संकेत पाएपछि सत्तालोभले पार्टी प्रवेश गर्नेहरूको व्यवस्थापन गर्न एमालेलाई कालान्तरमा सकस पर्ने देखिन्छ।
नेपाल समय
विचार

संवैधानिक र राजनीतिक प्रणालीभित्र देखिएको अराजकता!

परिणामस्वरूप सात वर्षमै यो प्रणाली अराजकता उन्मुख देखिँदैछ। हिजोको व्यवस्थाभन्दा चरम राज्यशक्तिको दोहन र अपचलन आज खुलमखुल्ला भइरहेको छ। जसले जे गरे पनि हुने खालको अराजकतातर्फ राज्य प्रणालीका संयन्त्र उद्दत छन्।
नेपाल समय
विचार

सम्पादकीयः संविधान उल्लंघन गर्ने राष्ट्रपति राजीनामा देऊ

राष्ट्रपतिको अहिलेको कदमले विगतमा अधिनायकवादलाई काखी च्याप्न खोज्ने स्वार्थप्रेरित दलहरुको मुहारमा मुस्कान देखिएको भए पनि कालान्तरमा उनीहरुलाई नै पीर्ने निश्चित छ। त्यसकारण अहिलेको विकल्प भनेको राष्ट्रपतिले राजीनामा दिएर मार्ग प्रशस्त गर्नु नै उत्तम हुनेछ।
नेपाल समय
विचार

मोदीको सर्वशक्तिमान् छवि कहिलेसम्म रहला?

हरतरहले नागरिकमाथि प्रधानमन्त्री मोदीको तस्बिर, भिडियो र ब्यानरको वर्षा गरिइराखिएको छ। नागरिकले चाहे पनि नचाहे पनि यो विषयलाई अनदेखा गर्न सक्ने अवस्था छैन।
नेपाल समय
विचार

च्याँखे दाउमा अल्झिएको गठबन्धन

गठबन्धनमा आवद्ध सबै दललाई आफ्नो सपनाको खेती गर्नु छ। सपनाको निम्ति गठबन्धनमा रहेका नेपाली कांग्रेस र इतर दलका आ–आफ्नै दुःख छन्।

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६

सम्पर्क

House -138, Suruchi Marg, New Baneshwor, Kathmandu, Nepal
फोन : +977-1-4790242 / +977-1-4790040
इमेल : nepalsamayanews@gmail.com
  • प्रबन्ध निर्देशक
    तरुणप्रताप शाह
  • प्रधान सम्पादक
    नारायण अमृत
  • महाप्रबन्धक
    जीवन तिम्सिना