सोमबार, असोज १७, २०७९

रोटीभन्दा भोक जेठो

संकेत कोइराला  |  काठमाडौं, आइतबार, माघ १६, २०७८

संकेत कोइराला

संकेत कोइराला

आइतबार, माघ १६, २०७८, काठमाडौं

नेपाल समय

स्वागतका लागि मानिसको लाइन लागेको थियो। विदेशीले स्वामी विवेकानन्दतर्फ हात फैल्याउँदै भने– ‘हेल्लो।’ स्वामीको उत्तर थियो– ‘नमस्ते।’ स्वामीलाई अंग्रेजी भाषा कठिनाइ भएको सम्झिएर एक शिष्यले हिन्दी भाषामा जिज्ञासा राखे– ‘आप कैसे हें?’ स्वामीले मुस्कुराउँदै जवाफ दिए– ‘आईएम फाइन, थ्यांक यू।’ स्वामीको जवाफ दिने शैलीबाट चकित शिष्य सोध्छन्– ‘अंग्रेजीमा सोध्दा हिन्दी, हिन्दीमा जिज्ञासा राख्दा अंग्रेजीमा जवाफ दिनुभयो। यसको रहस्य के हो गुरुदेव?’ 

शिष्यलाई शान्त पार्दै गुरुले जवाफ दिए– ‘जब तिमीले आफ्नी आमाको सम्मान गर्‍यौ, मैले पनि मेरी आमाको सम्मान गर्नु आफ्नो कर्तव्य सम्झिएँ। जब तिमीले मेरी आमाको सम्मान गर्‍यौ, मैले पनि तिम्री आमाको सम्मान गरेको हुँ। यसमा अन्यथा लिनुपर्ने अरु कुनै कारण  छैन।’ 

नेपालीले लगाउने सजिलो भित्री बस्त्र गन्जी, कट्टु जुनसुकै मुलुक पुगे पनि भारतमा बनेको बाहेक अरु उत्पादनमा कसैको विश्वास छैन। झुम सरावीको रमाइलोमा होस् या टेन्सनको पारो घटाउन हिन्दी गीतगजलको थेरापी नै अन्तिम उपचार हुने गर्छ।

स्कुले ठिटोदेखि विश्वविद्यालय पढेको कुनै नेपाली नागरिकको बायोडाटा हेर्ने हो भने नेपाली भाषापछि लेख्ने, पढ्ने, बुझ्ने भाषाको महलमा हिन्दी उल्लेख भएको हुन्छ। भगवानलाई खुसी पार्ने श्लोक, शंख, घन्ट, तस्बिर उतैबाट आयातीत हुने सबैले बुझेको सत्य हो। हरेक नेपालीले रामायणको अरुण कोविल र दीपिकालाई राम र सीताको स्वरुपमा पूजा गर्छन्। नेपालीले लगाउने सजिलो भित्री बस्त्र गन्जी, कट्टु जुनसुकै मुलुक पुगे पनि भारतमा बनेको बाहेक अरु उत्पादनमा कसैको विश्वास छैन। झुम सरावीको रमाइलोमा होस् या टेन्सनको पारो घटाउन हिन्दी गीतगजलको थेरापी नै अन्तिम उपचार हुने गर्छ। घरमा कोही बिरामी भए भने औषधोपचार र केबुलको किस्ताबन्दीमध्ये केबुलको पैसा पहिलो प्राथमिकतामा पर्छ। हिन्दी सिरियलका कलाकारलाई १३ दिने परिवार र रगतको साइनोलाई मिथकको पात्र बनाउने पुस्ता समाजमा अझ सशक्त हुँदैछ। 

हिन्दी च्यानल हेर्न पारिवारिक सन्तुलन मिलाउन नसक्दा एउटै घरमा चार पाँचवटा टेलिभिजन सेट खरिद गर्ने परिवारको संख्या हजारौं पुग्न सक्छ। केबुल व्यवसायीले हिन्दी टेलिभिजन च्यानलको प्रसारण शुल्क वर्ष दिनअघि नै अग्रिम भुक्तान गर्छन् तर नेपाली टीभी च्यानल उल्टो अदालतको तारिख धाएजस्तै धाइरहेका हुन्छन्। टोलमा खाली सिसी पुराना कागज बटुल्ने देखि साइकलमा तरकारी बोकेर हिँड्ने सामान्य व्यापारीसँग ब्रोकन हिन्दीमा कुरा मिसाउनु आमगृहिणी र बच्चाको सोखजस्तै बनेको छ। वास्तवमा भारत देश नभएर भारतीय सभ्यता र संस्कृतिको नाम हो। 

भारतसँग नजिकिनु कुनै राजनीतिक दल, नेता, शक्तिकेन्द्र या कलासँगको आग्रहपूर्ण मिसावट हुँदै होइन। भारतीयलाई घृणा गरेर अमेरिकीसँगको समीकरण शतप्रतिशत अप्राकृत हुन्छ। एउटा नेपाली र भारतीयको जिब्रोले खोज्ने मिठास एउटै हो। पुज्ने भगवान् एकै हुन्। देख्ने सपना उस्तै हो। बाआमाप्रतिको भक्तिभावदेखि पितृकर्मका बाटाहरु समान हुन्। धाम एउटै हो, कामको तौरतरिका उही हो। मानिसको जीवनमा तीन महत्वपूर्ण निर्णायक घडी हुन्छ– जन्म, विवाह र मृत्यु। यसको व्याकरण एउटै हो। यी सत्य जान्दाजान्दै पनि आग्रहको पहाड ठड्याएर कुन स्वाभिमानको धरहरा बनाउँदैछौं? 

फलाम बाहिरी दबाब र प्रभावमा सकिने होइन। उसको अन्त्य उभित्रकै खियामा निर्भर रहन्छ। जब घरभित्रको समस्या मिलाउन छिमेकी गुहार्छौं भने राष्ट्रिय स्वाभिमानको मृत्यु त्यहाँबाट सुरु हुन्छ। मानिसको जीवनमा सबैभन्दा ठूलो अँधेरी रात भनेको अज्ञान हो। बुद्धि, चिन्ता र अहंकारको सन्तुलन मिलाउन नसक्दा मानिस असफल हुने हो। भारतीय नेतालाई गाली गर्नु कि देवत्वकरण गर्नु नै राष्ट्रप्रेमी नेपाली नागरिक हुनुको कसी अन्तिम सत्य होइन। पाँचपटक प्रधानमन्त्री भएका शेरबहादुर देउपाको शुद्ध थर देउवा भनेर थाहा पाउन जनताले दशकौं कुर्नपर्‍यो। आफ्नै भूगोलमा हाम्रै नेताको नाम थर यति दुर्लभ छ। जापानी कहावत छ– ‘सात पटक खस र आठ पटक उठ।’ तर हाम्रा हरेक गतिविधि धारेहातमा सीमित हुँदा गुनासाका आयातन खुम्चिनु साटो बढ्दै गएका छन्।

हामी दिनप्रतिदिन यस्तो बैंकको खोजीमा हिँडेको ग्राहक भएका छौं, जहाँ आँसु धरौटी राखेर दुई थोपा खुसी ऋण लिन पाइयोस्। यो संसारमा आजसम्म यस्तो प्लम्बर जन्मिएको छैन, जसले आँखाको डिलबाट झरेको आँसु फेरि आँखामै सार्न सकेको होस्। भारतीयलाई गाली गर्नुअघि त्रियानब्बे रुपियाँको सामान किनेर सात रुपियाँको माल बेच्ने आफ्नो औकात हेर्न जरुरी छ। माटो खोस्रेर अन्न रोप्न नदिएर खाडीको बाटो रोज्ने पुस्ता नेपालमा जन्माएको कसले? विकासका नाममा दशकौं सडक खाल्डो पारेर धुलो, धुवाँमार्फत दीर्घरोग उपहार बाँड्न अरुको कति हात छ? आफ्नै दाजुभाइसँग दर्ता, चलानी, राजस्व असुल्दासमेत घुस नखाई मसी नचोब्ने कर्मचारीबाट विदेशीले कति प्रतिशत लिन्छन्? 

 रोटीभन्दा भोक जेठो भयो भने बासी रोटी पनि साजी हुन्छ। नेपालीको चरित्र त्यो एम्बुलेन्स जस्तो भएको छ, जो दुःखी आत्मा लिएर साइरन बजाउँदै सडकमा भड्किरहन्छ।

मासुभातमा अनुदान दिएर एउटा स्वस्थ जनशक्ति तयार गर्नु सट्टा ओखती बाँड्न आतुर हुने नीति निर्माता नेपाली हुन् कि भारतीय? आमाको गर्भमै सीप बोकेर आएका विश्वकर्मा सन्तानलाई शोषणको नाम दिएर सहरमा लगी भरिया बनाएको कुन राजनीतिक दर्शनले हो? सायद ती कर्मवीरलाई सन्काएर पथभ्रष्ट नगरिदिएको भए आज सहरमा न श्रेष्ठ टेलरिङ जन्मन्थ्यो, न क्षेत्रीबाहुनका छोरीबुहारी बुटिक मालिक भएर देखा पर्थे। रोटीभन्दा भोक जेठो भयो भने बासी रोटी पनि साजी हुन्छ। नेपालीको चरित्र त्यो एम्बुलेन्स जस्तो भएको छ, जो दुःखी आत्मा लिएर साइरन बजाउँदै सडकमा भड्किरहन्छ। मान्छेहरू आफ्नो प्रगतिका लागि यो भएन, त्यो भएन भन्ने गर्छन्, तर कमल दलदल हिलोकै बीचमा फुल्छ, सफा माटो चाहियो भन्दैन। पीपलले कहिल्यै रूखो चट्टान भनेर गुनासो गर्दैन। त्यसलाई फोरेरै उम्रन्छ। मनैदेखि नआँट्नेहरूले मात्र बाहना देखाउने हुन्। अरुको अग्लाइको हिसाव गर्दागर्दै आफू होचिएको पत्तै नपाउने अवस्था आइसक्यो। मोदीले उत्पादन गरेर पठाएको कोदोको रक्सी धोकेर मोदीलाई गाली गर्दा उनकै आयु थपिने हो।    

मार्टिन लुथर किङ भन्छन्– ‘जहाँ सज्जन जान डराउँछन, त्यहाँ मूर्खहरुको ठेलमठेल हुन्छ। यदि तिमी उड्न सक्दैनौ भने दौड, दौड्न सक्दैनौ भने हिँड, हिँड्न असमर्थ भयौ भने घस्र। चाहे जेसुकै गर तिमी अघि बढ्नुपर्छ।’ हो, ओछ्यान लागेका, चार बीस काटेकाहरुमा कुर्सी मेनिया लागेको छ। विश्वको राजनीतिक ढाँचा कायाकल्प हुँदा एउटै व्यक्ति ढ्याक बनेर उपस्थित छ। सात दशकको अविराम संघर्षपछि प्राप्त संविधान उनीहरुका लागि कपाली तमसुकजस्तो भएको छ। राष्ट्रको जीवनमा गरिएको सानो भूल कति घातक हुन्छ भन्ने हेक्का उनीहरुले एकरत्ति राखेका छैनन्। उनीहरुलाई थाहा छैन लाखौंको ज्यान गएको क्रिमियाको युद्ध निम्त्याउने जड एउटा ताल्चा थियो। जेरुसेलमको एक कुनामा रहेको गिर्जाघरको ढोकामा ताल्चा लगाएर साँचो राखेपछि त्यही साँचो खोस्न विभत्स युद्धको बीउ रोपिएको थियो। त्यस्तै फ्रान्सेली क्रान्तिमा राजपरिवार ढल्नुको कारण सम्राट लुई फिलिपका छोरा ड्युक अफ अर्लियन्स बढी मदिरा खाएर लठ्ठ हुनु मानिएको थियो। 

जात, क्षेत्र, भाषा, भूगोलका नाममा छरिएका सलाईका काँटी बाल्न जति रमाइलो थियो, अब त्यसको व्यवस्थापनको भाउँतोले नेताहरुको ओठतालु सुकेको छ। अहिले देखाइएका समस्या खास समस्या नभएर त्यसप्रति अन्त्यहीन सीमा र अन्तरीक्षमा झण्डा गाड्नु नभएर चेतन मानव मस्तिष्कको युग हो। त्रिशूल, गाईको फोटो, धनुकाँड, जामा बोकेर संविधानमा अधिकारको सवाल उठाउनु भनेको असभ्यताको पराकाष्ठा हो। धर्म, संस्कृति भनेको व्यक्तिभित्रको सन्तुलन हो। आत्मअनुशान हो। यो खैंजडी बनाउने विषय होइन। हिमाली भेगका जनता तराईमा जन्मेका बुद्धका अनुयायी छन्। तराईबासी हिमालय पर्वतमा विराजमान महादेवको पूजाआराधना गर्छन्। प्रकृतिले मिलाएको सन्तुलन बिगार्न खोज्नेहरु आफैं खरानी हुने निश्चित छ। 

सत्य के हो? इतिहासकार जानून्। तर आवश्यकताका नाममा एकपेट अन्नभन्दा माथिको सपना नदेखेका नेपालीका लागि राजनीतिको अनावश्यक प्रयोग किन हुन्छ? बुझिनसक्नु छ। यो यही देश हो, जहाँ ०७ सालदेखि संविधानसभाको दुन्दुभी बजाइयो। यसै नाममा हजारौं मान्छे मारिए। नभन्दै त्यो घडी पनि आयो। तर अपेक्षा गरिएअनुसार त्यसले समाजको प्रदूषण छान्न सकेन फलस्वरुप राजनीति धोका शिवाय केही ठहरिएन्। 


प्रकाशित: January 30, 2022 | 10:45:31 काठमाडौं, आइतबार, माघ १६, २०७८

तपाईं को प्रतिक्रिया

ट्रेंडिंग

युक्रेनका ४ क्षेत्र गाभेको औपचारिक घोषणा गर्दै रुस

युक्रेनका लुहान्स्क, दोनत्स्क, जापोरिज्जिया र केरसन क्षेत्रलाई रुसमा गाभ्ने घोषणा गर्न लागिएको छ। 'क्रेमलिन दरबारमा स्थानीय समयअनुसार दिउँसो ३ बजे ती ४ क्षेत्र रुसमा गाभिएको घोषणा हुनेछ,' क्रेमलिन प्रवक्ता दिमित्री पेस्कोभले भनेका छन्।

पाँच दलको सिट भागबण्डा अन्तिम चरणमा [सूचीसहित]

लामो समयको गृहकार्यपछि धेरैजसो निर्वाचन क्षेत्रको भागबण्डा मिलेको छ तर केहीमा भने किचलो कायमै छ।

सोलुको सकस: कांग्रेस नछाड्ने, माओवादी नमान्ने

२०७४ को चुनावमा जितेकाले आफैंले पाउनुपर्ने माओवादीको अडान छ। यस पटक गठबन्धनले चुनाव लड्ने हुँदा सोलुखुम्बु आफूले पाउनुपर्ने दाबी कांग्रेसले गरिरहेको छ।

समानुपातिक सूची परिवर्तन नभए आफैँ संघर्षमा उत्रने शेखर-गगनको चेतावनी

समान अवसर र न्यायका लागि विरोध र संघर्षका कार्यक्रम गर्दै आएका आफूनिकट नेताहरूसँग छलफल नेता कोइराला र महामन्त्री थापाले यस्तो बताएका हुन्। बत्तिसपुतलीस्थित अनुपम फुडल्यान्डमा असन्तुष्ट नेताहरुसँग उनीहरूले छलफल गरेका हुन्।

भीम रावल पार्टी सम्पर्कमा नआएपछि ओलीको सोधीखोजी

४ मंसिरमा हुने निर्वाचनका लागि एमाले जिल्ला कमिटीले अछाम क्षेत्र–१ बाट रावललाई मात्र सिफारिस गरे पनि पछिल्लो समय पार्टी सम्पर्कमा नआएपछि के भएको हो भनेर बुझ्न सुदूरपश्चिम एमाले नेताहरु पुगे ओली निवास।

सिभिल र हिमालयन मर्ज भएपछि ६ महिनामा 'सिनर्जी' आउँछ : सुनील पोखरेल [अन्तर्वार्ता]

हिमालय बैंक लिगेसी बोकेको पुरानो बैंक हो। हामीसँग साना तथा मझौला प्रकृतिको बिजनेस छ। हिमालयनको ठूला र कर्पोरेट बिजनेस छ। हाम्रा स-साना ग्राहक छन् तर उसका ठूला ग्राहक छन्।

आजदेखि निर्वाचन आचारसंहिता लागु : के गर्न पाइन्छ, के पाइँदैन?

आगामी मंसिर ४ गते हुने प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनका लागि आचारसंहिता बुधारदेखि लागु गरिएको छ।

अलमुताइरीप्रति कप्तान किरणको अझै गुनासो, भने - व्यक्तिका लागि भन्दा पनि देशका लागि खेल्छौं

नेपाल राष्ट्रिय फुटबल टोलीका कप्तान किरण चेम्जोङले प्रशिक्षक अबदुल्ला अलमुताइरीले आफूलाई टिमबाट निकालेकोमा दुखेसो पोखेका छन्। व्यवसायिक फुटबलका क्रममा भारतमा रहेका किरण बंगलादेशसँगको मैत्रीपूर्ण खेलका लागि नेपाल आएका हुन्।

मोरङ-३ : चुनावमा प्रभाव पार्ने यस्तो छ मेडिकल कलेज कनेक्सन

सुनिल शर्माले आफ्नो नोबेल मेडिकल कलेजमार्फत राजनीतिक प्रभाव बढाएका छन्। निर्वाचन क्षेत्रमा नागरिकको निःशुल्क र कम शुल्कमा उपचारको व्यवस्था मिलाएर उनले मतदाताको प्रभाव बढाएका हुन्। उता राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बाट उम्मेदवार बन्ने तयारीमा रहेकी रेखा थापाले पनि अभियान तीव्र बनाएकी छिन्।

मधेसवादी दलको कमजोरीमा 'जाल' थाप्दै एमाले!

मधेसवादी दलका एजेन्डाहरू पहिलेभन्दा कमजोर बन्दै गएपछि सत्ताको लोभ गर्नेहरू राजनीतिक सुरक्षाका निम्ति एमाले प्रवेश गरिरहेका छन् भने एमालेले पनि मधेसवादी दलको कमजोरीको फाइदा उठाएको राजनीतिक विश्लेषण गरिँदै छ।

थप समाचार

नेपाल समय
विचार

अन्य दलका नेता भित्र्याउन 'अनलिमिटेड कम्पनी' बन्दै एमाले

पाँच दलीय गठबन्धन बनेपछि आफूले स्पेस नपाउने ठानेर नेकपा एमालेमा अन्य पार्टीका नेता, कार्यकर्ताहरू प्रवेश गर्ने क्रम बढेको छ। आउँदो चुनावमा टिकट कट्ने संकेत पाएपछि सत्तालोभले पार्टी प्रवेश गर्नेहरूको व्यवस्थापन गर्न एमालेलाई कालान्तरमा सकस पर्ने देखिन्छ।
नेपाल समय
विचार

संवैधानिक र राजनीतिक प्रणालीभित्र देखिएको अराजकता!

परिणामस्वरूप सात वर्षमै यो प्रणाली अराजकता उन्मुख देखिँदैछ। हिजोको व्यवस्थाभन्दा चरम राज्यशक्तिको दोहन र अपचलन आज खुलमखुल्ला भइरहेको छ। जसले जे गरे पनि हुने खालको अराजकतातर्फ राज्य प्रणालीका संयन्त्र उद्दत छन्।
नेपाल समय
विचार

सम्पादकीयः संविधान उल्लंघन गर्ने राष्ट्रपति राजीनामा देऊ

राष्ट्रपतिको अहिलेको कदमले विगतमा अधिनायकवादलाई काखी च्याप्न खोज्ने स्वार्थप्रेरित दलहरुको मुहारमा मुस्कान देखिएको भए पनि कालान्तरमा उनीहरुलाई नै पीर्ने निश्चित छ। त्यसकारण अहिलेको विकल्प भनेको राष्ट्रपतिले राजीनामा दिएर मार्ग प्रशस्त गर्नु नै उत्तम हुनेछ।
नेपाल समय
विचार

मोदीको सर्वशक्तिमान् छवि कहिलेसम्म रहला?

हरतरहले नागरिकमाथि प्रधानमन्त्री मोदीको तस्बिर, भिडियो र ब्यानरको वर्षा गरिइराखिएको छ। नागरिकले चाहे पनि नचाहे पनि यो विषयलाई अनदेखा गर्न सक्ने अवस्था छैन।
नेपाल समय
विचार

च्याँखे दाउमा अल्झिएको गठबन्धन

गठबन्धनमा आवद्ध सबै दललाई आफ्नो सपनाको खेती गर्नु छ। सपनाको निम्ति गठबन्धनमा रहेका नेपाली कांग्रेस र इतर दलका आ–आफ्नै दुःख छन्।

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६

सम्पर्क

House -138, Suruchi Marg, New Baneshwor, Kathmandu, Nepal
फोन : +977-1-4790242 / +977-1-4790040
इमेल : nepalsamayanews@gmail.com
  • प्रबन्ध निर्देशक
    तरुणप्रताप शाह
  • प्रधान सम्पादक
    नारायण अमृत
  • महाप्रबन्धक
    जीवन तिम्सिना