सोमबार, माघ ३, २०७८
  • गृहपृष्ठ
  • विचार
  • थाल खाऊँ कि भात खाऊँको अवस्थामा विश्वका शक्तिशाली नेताहरू

थाल खाऊँ कि भात खाऊँको अवस्थामा विश्वका शक्तिशाली नेताहरू

संकेत कोइराला  |  काठमाडौं, मंगलबार, पुष २७, २०७८

संकेत कोइराला

संकेत कोइराला

मंगलबार, पुष २७, २०७८, काठमाडौं

नेपाल समय

अलेक्जेन्डर महान् विश्व विजय गर्दै भारत वर्ष पुगेका थिए। भारतबाट फर्कन लाग्दा चिनोका रुपमा एकजना सन्त लैजाने विचार गरेर आफ्ना सैनिकलाई सन्त खोज्न निर्देशन दिए। सैनिकहरु सन्त खोज्दै डन्डामिसको झुपडी पुगे। उनीहरुले कडिकडाउपूर्वक सम्राटले बोलाएको बताए। डन्डामिस त्यसबेलाका ठूला ज्ञानी सन्त थिए। उनलाई कुनै कुराको लोभ थिएन। सिकन्दरको नाम सुन्नासाथ थर्कमान हुने त्यो समयमा सम्राटको प्रस्ताव सीधै इन्कार गरिदिए। सैनिकहरुले धेरै प्रयास गर्दा पनि उनी टसको मस भएनन। सारा प्रयास विफल भएपछि स्वयं सिकन्दरका लागि प्रतिष्ठाको सवाल बन्यो। उनी स्वयं कुटी पुगेर रवाफपूर्वक भन्न थाले– ‘म आधा राज्यको सम्राट हुँ। मसँग हिँड्नुस्।’ कति पनि नहिच्किचाई डन्डामिसले जवाफ फर्काए– ‘सम्राट रे, हेर्दा त भिखारीजस्तो देखिनुहुन्छ।’ सन्तको अकल्पनीय तेजोबध गर्ने खालको बचन वाण सुनेर रन्थनिएका सम्राट भन्छन्– ‘म कसरी भिखारी भएँ प्रमाणित गरेर देखाउनुस्।’ 

सन्त मन्द मुस्काउँदै भन्छन्– ‘सोच्नुस तपाईं र म मरुभूमिमा हरायौं। तपाईंको सैन्यदस्ताले बाटो बिरायो। कयौं दिनसम्म खान पाइएन। पानीसमेत दुर्लभ हुँदै गयो। त्यस्तो अवस्था जहाँ अर्को एक घण्टा पानी पिउन पाउनु भएन भने तपाईंको अन्त्य हुँदैछ। पानी पानी भन्दै तड्पिनुभएको छ। त्यो खराव स्थितिमा मैले एक लोटा पानी लिएर दिएँ भने त्यसको बदलामा मलाई के दिनुहुन्छ ?’

सिकन्दरले सोच मग्न भएर जवाफ दिए– ‘म सम्राट हुँ। जे पनि दिन सक्छु। तर त्यहाँ एक लोटा पानी भनेको पानी नभएर जिन्दगी थियो।’ उनले हाँस्दै भने– ‘म आधी राज्य दिन्छु।’ ‘समय घर्किंदो छ। अब तपाईंसंग मात्र आधा घण्टा जीवन बाँकी छ। मैले आधी राज्यले पानी दिन इन्कार गरें भने त्यसको बदलामा के दिनुहुन्छ ?’ सन्त थप आक्रामक बन्दै सोध्छन्। 

सम्राटले सोचेर जवाफ फर्काए, ‘मेरो जीवन बराबर राज्य हुन सक्दैन। त्यसैले  एक लोटा पानीका लागि मेरो जीवनभर कमाएको सारा राज्य कबोल गर्छु।’ विजयभावमा सन्त बोले– ‘महाराज मैले अघि नै भनेको होइन, तपाईं भिखारी हुनुहुन्छ। आखिर जीवनभर कमाएको सम्पत्ति एक लोटा पानी प्रमाणित भएन र ?’ राजाहरुका राजा सिकन्दर अनायास एउटा सन्तको खुट्टा समाउन पुगे। त्यही घट्नाको प्रभाव उनले उर्दी लगाए– ‘मेरो मृत्युपछि मेरा दुवै हात कात्रो बाहिर निकालिदिनु। विश्वले थाहा पाओस, सम्पूर्ण संसार जितेर पनि मर्दा सम्राट सिकन्दर खाली हात जाँदैछ।’ 

विना हतियार विश्वमा आतंक छ। बाहिर हेर्दा ठीकठाक, भित्रभित्रै धमिराले सिध्याएको काठजस्तोे अवस्था छ। सडक छ, मान्छे छैनन्। जहाज छ, यात्रु शून्य। 

कोरोना भाइरसको आतंकले मानव सभ्यतामा एउटा संगीन प्रश्न उठेको छ– ज्यान ठूलो कि धन? विश्वका सिकन्दरजस्तै शक्तिशाली नेताहरुको अवस्था यतिबेला सिकन्दर महानको जस्तै थाल खाऊँ कि भात खाऊँ जस्तो भएको छ। विना हतियार विश्वमा आतंक छ। बाहिर हेर्दा ठीकठाक, भित्रभित्रै धमिराले सिध्याएको काठजस्तोे अवस्था छ। सडक छ, मान्छे छैनन्। जहाज छ, यात्रु शून्य। एप्रोन लगाएका डाक्टर छन, उपचार लाग्दैन। मान्छेसँग मान्छे डराएको छ। नयाँ वर्ष लागेको कसैलाई पत्तो छैन। पात्रो फेर्ने जाँगर कसैमा छैन। नयाँ वर्षको मादकताले मान्छेको मन तानेको छैन। त्यसैले संगीतको सात सुरभन्दा मान्छे जीवन गीतमा अल्मलिएको छ।  

समय बदलिएपछि मान्यता स्वतः बदलिन्छ। हामीले शिक्षक फेर्न जान्यौं, कोर्स फेर्न जानेनौं। पोहोरको वसन्त ऋतुमा पनि मौरीले फूलको रस नै बटुलेको थियो। झिंगा फोहोरमै घुमेको हो। गाईको पेटमा घाँस नै आहारा परेको थियो। काँडाले फूलमाथि हस्तक्षेप गरेको छैन। बाघले आहारामा मृग छोडेको छैन। बिरालाको नजरमा मुसा नै परिरहेको छ। जस्तोसुकै परिस्थितिमा पनि पानीले छिट्टै आकार बनाउने आफ्नो शिल्पी छोडेको छैन। झरी असारसाउनमै बर्सिने हो। ठिहीको सामथ्र्य पुस, माघमै देखिने हो।  यी सबै देख्दादेख्दै हामी भन्छौं– समय बदलियो। अहँ, बदलिएको समय हैन, हामी हो। समय बेइमान हुन्न, फितलो त हामीले लिएको संकल्प हो। विश्वका झण्डै अर्ब मानिसका लागि घडीले बजाउने त्यही चौबीस घण्टा त हो। मिलको फित्ताजस्तो एउटै गति र एकै ठाउँ घुमेका हामी दम्भ गर्दै भनिदिन्छौं– मैले संसार फन्को लगाएको छु। 

हामीलाई हाम्रा बाउ बाजेको अनुभव सुन्ने फुर्सद भएन। सन्तानलाई डाक्टर, इन्जिनियर पाइलट बनाउनमा सोख राख्यौं। एउटा प्रतिनिधि पात्र यस्तो जन्मिएन, जसले भनोस्– म आफ्नो बाउ जस्तो बन्छु। समस्या यहीँ छ। यही बाटो हिँड्दाहिँड्दैको पठ्ठो भोलि हजुरबा बन्छ। अर्थात् बाटोले बुढ्याउँछ। पोहोरको वसन्तमा फुलेको फूल मुर्झाएको कथा बन्दैन। पोहोर सुस्वास्थ्यको कामना गरेको ज्यान कारोना संक्रमणले दैवको प्यारो बनेको हुन्छ। तर त्यसको लेखाजोखा छैन। 

समय वित्नका लागि मात्र बित्दैन। यो नयाँ कामको लागि उत्तोलक पनि हो। नागरिकता विना पनि मानिसको आफ्नै अलग परिचय हुन्छ। कागजी पढाइविना पनि ज्ञानका अजस्र स्रोत भेटिन्छन्। माटो र बाटोको जस्तो शक्तिशाली सिकाइ अरुको के हुन्थ्यो र ? स्कुल, कलेजले दिने कागज त फि तिरेको प्रमाण मात्र हो। बाहिरी आँखाले देखेको भन्दा अन्तरचक्षुले देखेको दृश्य कञ्चन हुन्छ। बाहिरी आँखाले रङ खुट्याउँछ। भित्री आँखाले गुण दोष। 

एकैछिन बखान गरौं सौन्दर्यको। यही राजधानी हो, जहाँ गोलीगाँठो देखाएर हिँड्ने किशोरी भानुभक्तका नजरमा ‘बेश्या’ दरिए। समयको उडान अर्कैतिर मोडिएको छ। अब मौसमले पोसाक नभएर पोसाकले मौसम बद्ल्छ। फाटेको लुगामा फेसनको लेपन लगाएपछि त्यो आधुनिकतामा अनुवाद हुन पुग्छ। परिवर्तन आत्मसात् नगर्ने हो भने डाइनोसरको नियति सबैको भाग्यमा लेखिने निश्चित छ। 

वसन्तलाई मौसममा नभई मनमा भित्र्याउनुपर्छ। मौसम र भावना एकसाथ तरंगिएको प्रेममा नै हार्दिकता हुन्छ। नत्र त्यो चुँडिएको गिटारबाट आउने आवाजजस्तो कर्णकटु हुन पुग्छ।

भनिन्छ, संसारमा तीन किसिमका मानिस हुन्छन्। एकथरी जीवनलाई सराप्छन्। अर्कोथरी आशीर्वाद दिन्छन्। तेस्रोथरी जीवनबारे चिन्तन मनन गर्छन्। भौतिकताले उत्कर्षमा पुगेको युरोप, अमेरिका आजसम्म पनि सुन्दरीहरुको सनकमा सञ्चालित हुने गरेको छ। त्यहाँका राजनेताहरुको व्यक्तित्व उठाउने या रसातलमा पु¥याउने कुराको निधो उनीहरुको गतिविधिमा भर पर्छ। एउटा सुन्दर मोडल म्याडोनाको व्यक्तित्वले त्यहाँका पुरुषहरुको व्यक्तित्व नै निरिह बनाएको विगत छ। 

एकपटक इतिहासको आँखीझ्यालबाट चिहाएर हेर्नुभयो भने त्यहाँ फ्लोरेन्स, युपी साद्रे, क्लियोपेट्रा र मार्लिन मुनरोजस्ता विश्व प्रसिद्ध अप्सराहरुको वर्णन पाउनु हुनेछ। जसका अगाडि शासकहरुसमेत नतमस्तक बनेका थिए। माक्र्स–एंगेल्सका विश्व प्रसिद्ध कृति पनि म्याडोनाको ‘सेक्स’ पुस्तकका अगाडि सयौं कोस पर छोडिए। सुन्दरतालाई यसैको सामथ्र्यमा स्वीकार्ने हो भने यो प्राकृतिक शक्ति पनि हो। अझ यो भन्दा पर गएर भन्दा सन्तुलन पनि हो। 

समयअनुकूल आफूलाई उभ्याउनुपर्छ। समयलाई सापेक्ष रुपमा स्वीकार्नु पर्छ। वसन्तलाई मौसममा नभई मनमा भित्र्याउनुपर्छ। मौसम र भावना एकसाथ तरंगिएको प्रेममा नै हार्दिकता हुन्छ। नत्र त्यो चुँडिएको गिटारबाट आउने आवाजजस्तो कर्णकटु हुन पुग्छ। मिलनको धड्कन र विरहको वेदना प्रेमको जमिन हो। यसमा चैतन्य र प्रज्ञा दुवै हुन्छ। यो दुवै मिसिएको चास्नी कसलाई प्रियकर नहोला? 



प्रकाशित: January 11, 2022 | 11:25:48 काठमाडौं, मंगलबार, पुष २७, २०७८
संकेत कोइराला

संकेत कोइराला

काठमाडौं, मंगलबार, पुष २७, २०७८

थप समाचार

हाम्रो राजनीतिक प्रणाली : न न्यायोचित न बहुजनमतको शासन

हामीसँग राज्य र दलसँग लड्न कुनै हतियार नै छैन। हाम्रा आगामी कति आवधिक निर्वाचनहरू यसरी अल्पमतको शासनका लागि समर्पित भैरहने होलान्?

दलीय महाधिवेशनको आँखीझ्यालबाट हेर्दा संकटपूर्ण अर्थतन्त्रको आसन्न तस्बिर

नेपालको अर्थतन्त्रसामु आगामी १० वर्षपछि अभूतपूर्व बाह्य चुनौती आउँदै छन्। यी महाधिवेशनमा नेतृत्वले ती चुनौतीबारे आआफ्ना राजनीतिक दस्तावेजमा उल्लेख गर्नेछन्, र त्यसको सामना गर्ने उपयुक्त उपायबारे छलफल गर्नेछन् भन्ने अपेक्षा थियो।

राष्ट्रिय महाधिवेशनहरूको दलीय दिशा र दशा

तुलनात्मक रुपमा नेपाली कांग्रेसको नेतृत्व चयन प्रक्रिया बढी लोकतान्त्रिक र पारदर्शी छ। त्यसैले त्यहाँ नयाँ नेतृत्वको विकास र सम्भावना पनि धेरै छ।

अब कांग्रेस नेतृत्वको कार्यशैलीमा रूपान्तरणको खाँचो

गाउँदेखि केन्द्रका तहसम्म कार्यकर्ताको कामको फाइल राख्ने, गाउँमा नजाने र सधैं नेताको घर चाहर्ने र नजिक हुन खोज्ने कार्यकर्ताप्रति नजरअन्दाज गर्ने, पार्टीको हितविपरीत जाने जोकोहीप्रति पनि निर्मम कारबाहीको व्यवस्था मिलाउनुपर्छ|

स्वदेशमै बिजुली खपत बढाउने सम्भावना हुँदाहुँदै किनिदेऊ भनेर किन गुहार्नु?

बिजुलीको प्रयोग गर्दाको फाइदा वातावरण मैत्री हुनुका साथै आफ्नै देशको उत्पादनको खपत पनि हो। बिजुली पेट्रोलजस्तो आयात गर्नु पर्दैन, यहीं उत्पादन हुन्छ।

ट्रेंडिंग

नेपाल समय
राजनीति

गगन र विश्वप्रकाशः संघर्ष कि सहकार्य?

यसअघि प्रश्न गर्ने ठाउँमा रहेका उनीहरु अब उत्तर दिने ठाउँमा आइपुगेका छन्। त्यसकारण अबको चार वर्ष उनीहरुको अग्निपरीक्षा हुनेछ।
नेपाल समय
शिक्षा

आयोगको परीक्षामा उमेर हद हटाउन राहत शिक्षकको माग

नेपाल राहत शिक्षक केन्द्रीय कार्यसमितिले शिक्षक सेवा आयोगले खुलाएको विज्ञापनमा राहत शिक्षकका लागि उमेरहद हटाउन माग गरेका छन्।
नेपाल समय
समाज

भत्क्यो मण्डला : त्यो घर जहाँबाट दयाहाङ 'स्टार' बने

‘कला र सिर्जनामा सिंगो शक्ति खर्चिएका थियौं। कलाकारको सपनामात्रै होइन मण्डलासँग जोडिएको इतिहास पनि भत्केझैं लाग्छ।’
नेपाल समय
संवाद

एमसीसीमा परराष्ट्रलाई बाइपास गरियो, नेताहरूले नै जनतालाई भ्रमित पारे : प्रा.डा. खड्ग केसी [अन्तर्वार्ता]

एमसीसीमा परराष्ट्र मन्त्रालयलाई बाइपास गरिएको छ भनेपछि कति गैरजिम्मेवार रुपमा यसलाई अघि बढाइएको होला त? एमसीसी हस्ताक्षर हुने समयमा परराष्ट्रलाई सोध्‍नु पर्दैन? अर्थ मन्त्रालयमा मात्रै त्यो विज्ञता थियो?
नेपाल समय
श्रृंखला

पेन्सनपट्टासँगै विगत बन्यो सैनिक हिरासतमा मैले पाएको यातनाको कथा [भिडियोसहित]

नेपाल समयले उनका विषयमा ‘गनले अन्याय, गनले न्याय’ शीर्षकमा श्रृंखलाबद्ध रिपोर्टिङ गरेको थियो। लवकुमार गुरुङले जागिर छाडेपछि हाम्रा सहकर्मी अनिल यादवसँग सुनाएको आफ्नो यातनाको कथा जस्ताको तस्तैः

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६

सम्पर्क

House -138, Suruchi Marg, New Baneshwor, Kathmandu, Nepal
फोन : +977-1-4790242 / +977-1-4790040
इमेल : info@nepalsamaya.com nepalsamayanews@gmail.com
  • प्रबन्ध निर्देशक
    तरुणप्रताप शाह
  • सम्पादकीय निर्देशक
    मुमाराम खनाल
  • प्रधान सम्पादक
    नारायण अमृत
Copyright © 2022. Design & Development by Cn’C