शनिबार, मंसिर १८, २०७८
  • गृहपृष्ठ
  • विचार
  • हृदयाघातको कहालीलाग्दो वृद्धिदर, चुरोट त्यागे कम गर्न सकिन्छ जोखिम

हृदयाघातको कहालीलाग्दो वृद्धिदर, चुरोट त्यागे कम गर्न सकिन्छ जोखिम

डा चन्द्रमणि अधिकारी  |  काठमाडौं, बिहीबार, मंसिर ९, २०७८

डा चन्द्रमणि अधिकारी

डा चन्द्रमणि अधिकारी

बिहीबार, मंसिर ९, २०७८, काठमाडौं

नेपाल समय

मुटुरोग विश्वमा सबैभन्दा बढी मानिसको ज्यान लिने रोगको शीर्ष स्थानमा छ। सन् २००७ को तथ्यांकअनुसार नेपालमा पनि हृदयाघात मृत्युको प्रमुख कारणमध्ये एक हो। सन् २००७ देखि २०१७ सम्म तथ्यांक हेर्दा मुटुरोगको अवस्था झन् विकराल बन्दै गइरहेको छ। यो १० वर्षको अवधिमा हृदयाघातका कारण मृत्यु हुनेको संख्या ४६ गुणाले वृद्धि भएको छ। 

सहिद गंगालाल राष्ट्रिय हृदयरोग केन्द्रमा मात्र विभिन्न अस्पतालबाट रिफर भएर हप्तामा ३ जना युवा हृदयाघात भएर आउने गर्छन्। सन् २०११ देखि २०१५ को अवधिमा हृदयाघातका कारण अस्पताल आउनेको संख्या ४० प्रतिशतले बढेको देखिन्छ। मुटुसम्बन्धी रोगमध्ये हृदयाघात एक हो। 

सन् २०१२ को अध्ययनअनुसार ४९५ जना हृदयाघात भएर बिरामी अस्पताल आएका थिए। सन् २०१८ मा यो संख्या १४६० पुग्यो। यसरी ६ वर्षमा ३ गुणाले बढेको छ। यो अनुपातमा नेपालमा मुटुरोगी बढीरहेका छन्। यो त गंगालाल हृदयरोग केन्द्रको मात्रै तथ्यांक हो। 

नेपालको एक तथ्यांक अनुसार प्रत्येक वर्ष १५ हजार मानिस हृदयाघातका थपिने गरेका छन्।  हृदयाघात वास्तवमै ठूलो मृत्युको कारण बन्दै आएको छ तर यसप्रति चासो भने बढ्न सकेको छैन। 

गंगालाल अस्पताल भर्ना भएका हृदयाघातका बिरामीमध्ये ७ प्रतिशतको मृत्यु भएको देखिन्छ। यो अध्ययनलाई आधार मान्ने हो भने हृदयाघात भएका ३० प्रतिशत मानिसको मृत्यु हुन्छ भन्न सकिन्छ। 
एक अध्ययन अनुसार पहिलोपटक हृदयाघात हुने बिरामीमध्ये २३ प्रतिशत बिरामीको मृत्यु अस्पताल पुग्नुअगावै हुन्छ। अस्पताल र घरको बीचमा २३ प्रतिशतको मृत्यु हुन्छ। अस्पतालमा भर्ना भएकामध्ये १३ प्रतिशत हृदयाघातका बिरामीको मृत्यु हुन्छ। यो अन्तराष्ट्रिय तथ्यांक हो। 

गंगालाल अस्पताल भर्ना भएका हृदयाघातका बिरामीमध्ये ७ प्रतिशतको मृत्यु भएको देखिन्छ। यो अध्ययनलाई आधार मान्ने हो भने हृदयाघात भएका ३० प्रतिशत मानिसको मृत्यु हुन्छ भन्न सकिन्छ। 

हृदयाघात भइसकेपछि अस्पताल जाने र उपचार गर्नेभन्दा पनि रोग लाग्न नै नदिनु सबैभन्दा उत्तम विकल्प हो। हृदयाघात भएकामध्ये ३० प्रतिशतको मृत्यु हुनु भनेको धेरै ठूलो तथ्यांक हो। नेपालमा भौगोलिक विकटता र विशेषज्ञ सेवासहितको अस्पतालमा सबै बिरामी पुग्न गाह्रो छ। अर्को कुरा, हृदयाघात भएका बिरामीको उपचार निकै महँगो छ। हुन त नेपाल सरकारले ७० प्रतिशत शल्यक्रियाको खर्च व्यहोर्ने निर्णय गरेको छ, तर बिरामीले जिन्दगीभर औषधि खानुपर्छ। एकचोटि हृदयाघात भएको मानिसको आयु कम नै हुन्छ। 

त्यसो भए प्रश्न उठ्छ हृदयाघात हुने कारण केके हुन्? मुख्यतया यसका दुईवटा कारक तत्व छन्। एक, नन-मोडिफाएबल (परिवर्तन गर्न नसकिने) र अर्को मोडिफाएबल। ननमोडिफाएबलमा उमेरलाई राख्ने गरिन्छ किन भने यसलाई कसैले चाहेर परिवर्तन गर्न सकिन्न। मानिसको उमेर वृद्धि भएसँगै हृदयाघात हुनसक्ने सम्भावना बढी हुन्छ। यसमा लिंगलाई पनि लिन सकिन्छ। महिलाको तुलनामा हृदयाघातबाट पीडित हुने पुरुषको संख्या बढी देखिन्छ। यसका साथै परिवारमा कसैलाई भएको छ भने वंशाणुतग रूपमा पनि यो रोग अर्को व्यक्तिलाई हुन सक्ने संभावना हुन्छ। समग्रमा भन्नुपर्दा, उमेर, लिंग, र वंशाणुलाई हामी परिवर्तन गर्न सक्दैनौं। 

हामीले चाहे परिवर्तन गर्न सकिने विषयलाई भने 'मोडिफाएबल' भन्छौँ। हृदयाघातलाई रोक्न गर्न सकिने परिवर्तनका पक्ष पनि छन्। सबैभन्दा महत्वपूर्ण कुरा सूर्तीजन्य पदार्थको सेवनको पूर्ण नियन्त्रण गर्नु एउटा परिवर्तन गर्न सकिने काम हो। सहिद गंगालाल अस्पतालले सन् २०१२ मा गरेको अध्ययनअनुसार हृदयाघात भएर आएका ४९५ बिरामीहरुमध्ये ९७.८ प्रतिशतले चुरोटको सेवन गर्ने गरेको पाइएको थियो। यस्तै तौल नियन्त्रण, खानपान र आहारविहारलगायत जीवनशैलीका विविध पक्षमा परिवर्तन गर्न सके हृदयाघातको जोखिम कम गर्न सकिन्छ। सन् २०१२ को जुनदेखि २०१३ को जुनसम्मको अस्पतालको तथ्यांक हेर्दा हृदयाघात भएर आएका बिरामीमध्ये अधिकांशले सूर्तीजन्य पदार्थ सेवन गर्ने गरेका थिए। यीमध्ये ६४.३ प्रतिशतले नियमित रूपमा चुरोट सेवन गर्ने गरेका थिए।

सबैभन्दा नराम्रो पक्ष के छ भने हृदयाघात हुने बिरामीको आयु दक्षिण एसियामा १० वर्षले घटिरहेको छ। पहिला ४० वर्षभन्दा कम उमेरका मानिसहरु हृदयाघात भएर आउँदैनन् भन्ने अवस्था थियो, तर अहिले त्यो अवस्था छैन। ४० वर्ष वा त्यो आसपासका केही त त्यो भन्दा पनि कम उमेर समूहका मानिसको संख्या बढिरहेको छ। सन् २०१५ देखि २०१६ सम्मको एक वर्ष अवधिको अध्ययन गर्दा ४५ वर्षभन्दा कम उमेरमा हृदयाघात भएर आएका बिरामी १२ प्रतिशत थिए। ती १२ प्रतिशतमध्ये ८३ प्रतिशत पुरुष थिए। उनीहरुमध्ये ७० प्रतिशतले चुरोटको सेवन गर्ने गरेका थिए। त्यसमध्ये २० प्रतिशतको कारक तत्त्व चुरोटको सेवन मात्रै नै थियो। नेपालमा चुरोट खानेको संख्या घटेको छैन। बाल्यास्थामा नै चुरोट सेवन सुरु गर्नेको संख्या पनि ठूलो छ। 

एउटा मानिसले सुर्ती/चुरोट सेवन त्यागेको २० मिनेटमा रक्तचाप नर्मल हुन्छ। ३ दिनमा सास फेर्न सजिलो अनुभव गर्न सक्छ भने एक वर्षमा हृदयाघात हुने सम्भावनालाई ५० प्रतिशत कम हुन्छ।

चुरोट खानेलाई हृदयाघात सम्भावना बढी हुन्छ भन्ने कुरा प्रमाणित भइसकेको छ। यदि ५० वर्षभन्दा कम उमेर समूहका मानिसले चुरोटको सेवन गर्छन् भने उनीहरुलाई हृदयाघात हुने सम्भावना चुरोट सेवन नगर्ने मानिसलाई भन्दा ८ गुणा बढी हुन्छ। त्यस्तै ५० देखि ६५ वर्ष उमेर समूहका मानिसलाई ५ गुणा बढी र ६५ वर्षभन्दा माथिकालाई ३ गुणा बढी हृदयाघात हुने सम्भावना हुन्छ। जति कम उमेरमा चुरोटको सेवन हुन्छ, त्यति नै हृदयाघात हुने जोखिम बढी हुन्छ।

चुरोटले पुरुषलाई भन्दा महिलालाई बढी जोखिम हुने गरेको पाइएको छ। १८ देखि ३९ वर्ष उमेरका महिला र सोही उमेरका पुरुषको तुलनात्मक अध्ययन गर्दा चुरोट सेवन गर्ने महिलालाई चुरोट नखाने पुरुषको तुलनामा १३ गुणा बढी हृदयाघात हुने जोखिम हुन्छ। त्यसमा पनि परिवार नियोजनको चक्की खाने महिलालाई हृदयाघात हुने जोखिम बढी हुन्छ। हामीले स्कुलदेखि नै सुर्तीजन्य पदार्थको सेवनलाई निरुत्साहित गर्नुपर्छ। ती विषयमा विद्यालयको पाठ्यक्रममा समावेश गर्नुपर्छ। जसरी हुन्छ, सुर्तीजन्य पदार्थको सेवन नियन्त्रण गर्नैपर्छ, नगरे हृदयाघातको जोखिम अत्यधिक रूपमा बढ्दै जान्छ, जान्छ। 

एउटा मानिसले सुर्ती/चुरोट सेवन त्यागेको २० मिनेटमा रक्तचाप नर्मल हुन्छ। ३ दिनमा सास फेर्न सजिलो अनुभव गर्न सक्छ भने एक वर्षमा हृदयाघात हुने सम्भावनालाई ५० प्रतिशत कम हुन्छ। ५ वर्षमा प्यारालाइसिस हुने सम्भावना चुरोट नखाने मानिसको बराबर हुन्छ भने १५ वर्षमा हृदयाघात हुन सक्ने सम्भावना चुरोट नखाने मानिसको बराबर हुन्छ।

(अधिकारी सहिद गंगालाल राष्ट्रिय हृदय केन्द्रका कार्यकारी निर्देशक हुन्)


प्रकाशित: November 25, 2021 | 06:24:20 काठमाडौं, बिहीबार, मंसिर ९, २०७८
डा चन्द्रमणि अधिकारी

डा चन्द्रमणि अधिकारी

अधिकारी सहिद गंगालाल राष्ट्रिय हृदय केन्द्रका कार्यकारी निर्देशक हुन्।
काठमाडौं, बिहीबार, मंसिर ९, २०७८

थप समाचार

संविधानमै छ न्यायालयको संकट समाधान गर्ने सूत्र

दलहरुले आइन्दा आफ्ना अनुकूल हुने व्यक्तिलाई न्यायाधीश सिफारिस बन्द गर्नुपर्छ। न्यायाधीशको नियुक्तका लागि स्पष्ट आधार बनाउनुपर्छ। राजनीतिक गन्ध नआउने, राजनीतिक दलमा प्रत्यक्ष सम्बद्ध नभएका व्यक्तिलाई न्यायाधीश नियुक्ति गर्नुपर्छ।

कांग्रेसमा आन्तरिक लोकतन्त्र र पार्टी एकता मजबुत पारौं

कम्युनिष्टहरूको फूटलाई नै अवसरको रूपमा हेर्नु पर्ने अवस्था कांग्रेसको निमित्त गर्वको कुरा कदापि होइन। लोकतन्त्रप्रति प्रतिबद्ध भएका कारण कांग्रेस पार्टी विधि र विधानअनुरूप चलोस् र अन्य पार्टीहरूलाई पनि मार्ग निर्देशन गरोस् भन्ने जनअपेक्षा छ।

तथाकथित 'नागरिक पत्रकारिता', साइबर अपराध र विश्व-कानुनी बहस

केही सम्मानजनक पत्रकारहरुको अपवादबाहेक अधिकांश पत्रकारहरुले प्रतिपक्षी पत्रकारितालाई आफैं न्यायाधीश, आफैं जुरी वा आफैं प्रशासकका रूपमा व्यवहार गर्ने गलत परम्परा स्थापित हुँदै गरेको देखिन्छ।

धरापमा परेको न्यायप्रणाली र सम्हाल्न अनिच्छित राजनीतिक दल

प्रधानन्यायाधीश चोलेन्द्रले बोलाएको फुलकोर्टको बैठकमा १९ जना न्यायाधीश सामेल भएर यी तमाम समस्या किन राखेनन् र सुरुमै बन्दी प्रत्यक्षीकरण र तामेलीजस्ता मुद्दा हेर्ने सोच किन अगाडि सारेनन्?

कृषिमा आत्मनिर्भर नबनी सम्भव छैन खाद्य सुरक्षा

प्रधानमन्त्री कृषि कार्यक्रम अन्योल गराउने खालको छ। प्रविधिमा जोड दिने भनिएको छ तर झार उखेल्ने काममा साबेलको प्रयोग गरिएको छ। त्यसरी प्रविधिको प्रयोग भयो त?

ट्रेंडिंग

नेपाल समय
प्रदेश न. २

प्रदेश २ : पौडेल पक्ष चुनावी दौडबाटै 'आउट', निधि र देउवा गुट प्रतिस्पर्धामा

देउवा गुटबाट उम्मेदवार खुलेपछि प्रदेश २ मा सभापति देउवा र उपसभापति निधिको बाटो फरक भएको थप स्पष्ट भएको छ। २ आकांक्षीले देउवा निकटका उम्मेदवारलाई समर्थन जनाएपछि उपसभापति निधिका उम्मेदवार रामसरोज एक्लिएका हुन्।
नेपाल समय
राजनीति

देउवा-सिटौला सहकार्य महाधिवेशनमा कति सम्भव?

सिटौला पक्षीय नेता भीमसेनदास प्रधानले यसअघि दिँदै आएका अभिव्यक्ति र तल्लो तहमा बनेका समीकरण आधार हुन्। प्रधानले आगामी महाधिवेशनपछि सिटौला कांग्रेसको कार्यवाहक सभापति हुने बताउँदै आएका छन्।
नेपाल समय
स्वास्थ्य/जीवनशैली

ओमिक्रोनको जोखिम : ९ देशबाट नेपाल आउन रोक

पछिल्लो समय कोरोना भाइरसको ओमिक्रोन भेरियन्ट देखिएपछि सरकारले सजगताका लागि ती देशबाट आउने यात्रुमाथि प्रतिबन्ध लगाएको हो।
नेपाल समय
राजनीति

लिङ्देनसँग लड्न यसकारण सजिलो छैन कमल थापालाई

कठिन परिस्थितिहरुमा सतिसाल जसरी थापाको पक्षमा उभिएका यिनै लिङ्देन अहिले थापासँग लड्दैछन्।
नेपाल समय
शिक्षा

आन्तरिक प्रतिस्पर्धाबाट स्थायी गर्ने निर्णय तत्काल खारेज गर्न विद्यार्थी संगठनको माग

त्रिभुवन विश्वविद्यालयका कुलपति तथा प्रधानमन्त्रीसमेतको त्रिवि सभा बैठकले गत मंगलबार १० वर्षदेखि करारमा कार्यरत प्राध्यापकलाई आन्तरिक प्रतिस्पर्धाबाट स्थायी गर्ने निर्णय गरेको थियो।

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६

सम्पर्क

House -138, Suruchi Marg, New Baneshwor, Kathmandu, Nepal
फोन : +977-1-4790242 / +977-1-4790040
इमेल : info@nepalsamaya.com nepalsamayanews@gmail.com
  • प्रबन्ध निर्देशक
    तरुणप्रताप शाह
  • सम्पादकीय निर्देशक
    मुमाराम खनाल
  • प्रधान सम्पादक
    नारायण अमृत
Copyright © 2021. Design & Development by Cn’C