शनिबार, मंसिर १८, २०७८

प्रताप गुमाएका प्रतापीहरू

संकेत कोइराला  |  काठमाडौं, आइतबार, असोज १०, २०७८

संकेत कोइराला

संकेत कोइराला

आइतबार, असोज १०, २०७८, काठमाडौं

नेपाल समय

एक दिन शेरबहादुर देउवा र रामचन्द्र पौडेल कतै गइरहेका बेला अकस्मात् एउटा भालु देखा परेछ। भालु देख्नासाथ रामचन्द्रलाई कुनै छनक नै नदिई शेरबहादुर हत्त न पत्त एउटा रुख चढेर हाँगामा छेकिएर बसेछन्। हेर्दाहेर्दै भालु रामचन्द्र छेउमै आइसकेछ। त्यसै पनि संस्कृत पढेका नीतिज्ञानमा कौशल रामचन्द्रलाई सुझेछ– ‘भुइँमा मरे जसरी लम्पसार परेर सुत्यो भने भालुले केही गर्दैन।’ उनले त्यसै गरेछन्। भालु आएर तलदेखि माथिसम्म उनको शरीरका हरेक भाग सुँघेछ। सास पनि रोकेर सुतेका पौडेलको शरीर मृत ठानेर भालु केही नगरी बाटो लागेछ। 

भालु बाटो लागेपछि रुख चढेका देउवा तल ओर्लिएर सोधेछन्– ‘भालुले तपाईंको कानमा के साउती गर्‍यो रामचन्द्रजी?’ रिसले आगो भएका पौडेलले जवाफ दिएछन्– ‘भालुले भविष्यमा त्यस्ता साथीहरुसँग नहिँड्न सचेत गरायो, जसले आपतविपतमा सहयात्री, कुल, पितृ सबै बिर्सन्छन् र आफ्नो मात्र स्वार्थ हेर्छन्।’

नेपाल एउटा यस्तो देश हो, जहाँ जोकसैको इमानप्रति शंका गरिन्छ। हुन पनि भगवानको मूर्ति उपहार दिएर त्यही मन्दिरको गजुर उडाउने संस्कृति हामीले कमाएको स्वधर्म हो। आराध्यदेव पशुपतिनाथ मन्दिर संरक्षण गर्ने संस्थाको हाकिम सरकारले नभएर पशुपति हाताकै बालुवा उधिनेर धनी भएको ठेकेदारले बनाउँछ। बालुवा ठेकेदारले बनाउने हाकिमको असली पशुपतिनाथ को हुन्छ? आफैं स्पष्ट छ। आमाको स्याहारमा रहेको पखेटा पनि उम्रिनसकेको परेवाको बच्चा टुँडिखेलमा ठूला मान्छेको हातबाट उडाएर संविधान दिवसको उत्सव शुभारम्भ हुन्छ। त्यो अवोध बच्चा एकैछिनमा कागले आहारा बनाएको दृश्य कसैलाई बिझाउँदैन। सरकारी गरिबीको उपचार गाउँको नामुद जँड्याहालाई बाख्रा अनुदान दिएर सुरु हुन्छ। अर्कोपटक निरीक्षणमा जाँदा जाँडको सितनमा बाख्रा स्वाहा भइसकेको हुन्छ। अनुदान दिनेले आफ्नो जागिर बचाउन बाख्राले तीनपुस्ता सन्तान उत्पादन गरेको कागजी भपाई बनाउँछ। देशैभरि प्रगति प्रतिवेदनको ठेली बनेपछि कृषिमन्त्री ठाँटिएर संसदमा कुर्लन्छन– ‘नेपाल खसीको मासुमा आत्मनिर्भर भयो।’ ताली पड्काउनकै लागि नियुक्त सत्तारुढ ‘रोबट’हरु टेबल ठोक्छन्। पार्टी सभापतिले सरकारबाट वैध, अवैध कुत आर्जन गरिरहेका कारण प्रतिपक्षलाई यस्ता विषय बालै भएन। 

कार्यकर्ता भर्ती केन्द्र बनाउन घर एउटा प्रदेश, बारी अर्को प्रदेश र शौचालय तेस्रो प्रदेशमा पर्ने गरी संघीयताको बिउ रोपिन्छ। ती प्रदेशका मुखिया एकाघरका छोरी, ज्वाइँ, सालासाली, भाइभतिजा र भजनमण्डलीका सदस्य बनाइन्छन्।

स्वर्गद्वारी, राम, पशुपति मन्दिर, बालागुरुको बचेखुचेको गुठी कार्यकर्ताको नाममा दर्ता गराउन कथित भूमि आयोग गठन हुन्छ। कार्यकर्ता भर्ती केन्द्र बनाउन घर एउटा प्रदेश, बारी अर्को प्रदेश र शौचालय तेस्रो प्रदेशमा पर्ने गरी संघीयताको बिउ रोपिन्छ। ती प्रदेशका मुखिया एकाघरका छोरी, ज्वाइँ, सालासाली, भाइभतिजा र भजनमण्डलीका सदस्य बनाइन्छन्। यसैको परिणाम सरकारको नीति तथा कार्यक्रम आएको चार महिनामा विकास खर्च पाँच अर्ब, साधारण खर्च आधा खर्ब नाघ्छ। कोरोना त अत्तो थाप्ने सजिलो बाहाना मात्र हो। जे गर्छ तदर्थवादले गर्छ। 

मुलुकको हितका लागि तामोतुलसी छोएर कसम खानेहरु नै विद्यमान विधि खरानी बनाउने मतियार प्रमाणित हुँदै आएका छन्। बदमासी गर्न खेलाडी होइन, नियम सच्याइन्छ। आफूले चाहेको व्यक्ति ल्याउन वा मन नपरेको मानिस मिल्काउन ऐननियम तलमाथि गरिन्छ। सिंहदरबारले हात्ती दिने उद्घोष गर्छ, जनताको हातमा कुखुराको चल्ला पुग्छ। हिजो एमालेले मदन भण्डारीका नाममा सटर खोलेर व्यापार गर्‍यो। कांग्रेस आएपछि त झन् सोह्रश्राद्धमा आफ्नै शाखा सन्तानको तर्पण नपाएकाहरु राष्ट्रिय सम्मानका हकदार भए।  कर्मयोगीलाई अझ उत्प्रेरक बनाउन दिइने पदक दिवंगतका नाममा अर्पिएर ठट्टा गरियो।  क्रिस्चियनका चर्चले अपजस भोगे पनि साँचो अर्थमा दलका गुठीले समाज खण्डित गरेका छन्। सर्वहाराको फूलभित्र सर्वआहाराका झुसिलकिराहरु छ्यापछ्याप्ती छन्। कमाइका प्वाल बन्द भएपछि प्रधानमन्त्री भइसकेका झलनाथ खनाल आफ्नै नाममा प्रतिष्ठान खोलेर भात खाने खर्चको जोहो गर्छन्। उनलाई जन्माएकोमा मुलुक बिन्तीपत्र बनेर कृतज्ञ बन्दै पदक टक्र्याउँछ। देशको नेतालाई दुईछाक भात खान समस्या भएको हो भने राज्यले स्वविवेकीय निर्णय लिनुपर्छ। तर झलनाथ खनालले पालेको सर्पबाट निकालिएको विषले यो देशका जनता सर्पदंशबाट बाँच्छन् भन्ने विश्वास गरियो भने त्यो आफैंमाथिको धोका हो। काल्पनिक कथामा पनि यस्तो अपेक्षा हुँदैन। राज्यकोष पेवा ठान्ने, जे गर्‍यो त्यो सदर भन्ने मानसिकता हो भने प्रधानमन्त्री, प्रतिपक्षी, सरकार निर्माता सवै नेताका नाममा एक एकवटा प्रदेश लेखेर दिऊँ।

संसार डुबाउने क्षमता राख्ने समुद्रले एक थोपा तेल डुबाउन सक्दैन। जिन्दगी आइसक्रिमजस्तै हो, खाए पनि पग्लिएर सकिन्छ, नखाए पनि पग्लिएरै सकिने। नियमको समस्या सहायक, नियतको समस्या प्रधान हो। संसारमा खराबी हाबी हुनुको कारण खराब मानिसको आतंक होइन, असल मानिसको मौनता हो। भारतीय राजनीतिज्ञहरु पाकिस्तानलाई व्यंग्य गर्दै भन्ने गर्छन्– तिम्रो देशले रक्षा बजेटमा छुट्याउने पैसा त हाम्रा देशका केटाकेटीले नेट चार्जमा खर्च गर्छन्। अमेरिकी सरकार नेपालको बजेटभन्दा हजारौं गुना बजेट आइसक्रिम, कुकुरपालन र हिउँ पगाल्ने नुन खरिदमा खर्च गर्छ। यसो भनेर हामी पनि बत्तिन जरुरी छैन। मनमा आग्रह र दम्भ पालिरहनु भनेको अर्कामाथि फ्याँक्ने उद्देश्यले आगोको कोइला हातमा लिनु जस्तो हो। आखिर जल्ने त आफ्नै हात हो। त्यसैले प्रार्थनाअघि विश्वास गर, लेख्नुअघि सोच, बोल्नुअघि सुन, अन्त्यअघि प्रयास गर, खर्च गर्नुअघि कमाऊ र मर्नुअघि बाँच। शिक्षा स्कुलमा भए पनि दीक्षा घरमै सुरु हुने हो। शास्त्र भन्छ– ‘जुन ठाउँमा जीविकाको उपाय, दण्डको भय, लाज, चातुर्य तथा त्याग भाव छैन। त्यस्तो ठाउँमा बस्न उचित छैन।’ हाम्रो धर्तीलाई यही सत्यको नजिक पुर्‍याउन सबैको राष्ट्रिय समझदारी छ।   

जब सरकारी नुनमा नेताहरुको सम्झौता बाक्लिँदै जान्छ, त्यसपछि इमानका पखेटा काटिँदै जान्छन्। कार्यकर्तामा विग्रह बढ्दै जान्छ। जसरी फलामभित्रको खियाले फलाम सिध्याउँछ, त्यसरी नै कम्युनिस्ट पार्टीभित्रका धमिराले नै यसको इन्जिन स्वाहा पार्नेछन्। मुखियाहरुमा आलोचना खप्ने क्षमता कटौती हुँदै गएपछि असफलताका दिन धेरै टाढा हुँदैन। नेपालको इतिहासमा राजा ज्ञानेन्द्र, गिरिजाप्रसाद कोइराला, पुष्पकमल दाहाल र केपी ओलीलाई समयले राजनेता हुने मौका दिएको थियो। तर चारैजना पात्र रानो मौरी हुने अवसर छोप्न नसक्दा बारुलोमा सीमित भए।

तिलस्मी पात्र भएर यस धरामा ओर्लिएका पुष्पकमल दाहालले थितिको नजिर बसालिदिएको भए एक वर्षमा मुलुक अर्कै लयमा कुद्थ्यो। भाषणमा कम्युनिस्ट भएर के गर्नु केपी र पीकेको हिँडाइ, बोलाइ, खुवाइ, दम्भ सबै गिरिजाप्रसाद कोइरालासँग हुबहु मिल्छ।

इमानदारपूर्वक भन्दा गिरिजाप्रसाद र प्रचण्ड त राजनीतिक डनमा सीमित भए। एउटा समय थियो– गिरिजाप्रसाद नेपाली राजनीतिका डिलर थिए। कम्युनिस्टका नेता समेत उनीबाट थोकमा अलिकति किनेर आफ्नो राजनीतिक उद्यम चलाउँथे। तिलस्मी पात्र भएर यस धरामा ओर्लिएका पुष्पकमल दाहालले थितिको नजिर बसालिदिएको भए एक वर्षमा मुलुक अर्कै लयमा कुद्थ्यो। भाषणमा कम्युनिस्ट भएर के गर्नु केपी र पीकेको हिँडाइ, बोलाइ, खुवाइ, दम्भ सबै गिरिजाप्रसाद कोइरालासँग हुबहु मिल्छ। सक्षम र योग्य मानिस नजिकै नपार्ने, आलोचना फिटिक्कै मन नपराउने, अयोग्य तर आफ्नो दासलाई जहाँ पनि लैजाने गिरिजापथ यिनीहरुको अन्तिम गन्तव्य बनेको छ। 

यहुदी भएकै नाममा विश्वकै ब्रेन मानिने आइन्स्टाइन जर्मनीबाट लखेटिए। त्यो विराट मस्तिष्कले आर्जिएको सम्पत्ति सित्तंैमा बेलायतले विना लगानी आर्जन गर्‍यो। आइन्स्टाइनलाई लखेटेका दिन जर्मनले भनेका थिए– ‘आज जर्मनी विश्वयुद्धमा हारेको दिन हो।’ सत्ता, शक्ति र द्रव्यबाट आर्जित ऊर्जाबाट मान्छेले सर्वप्रथम गुमाउने भनेकै विवेक हो। पानीको छाल पनि आफ्नो अधीनमा हुनुपर्छ भन्ने उसको भित्री चाहना हुन्छ। जनतायोग्य आफू नभएर आफू योग्य जनता हुनुपर्ने अहंले घर गर्दै जान्छ।  

यही कर्मचारीतन्त्रले राजा ज्ञानेन्द्रलाई फुर्क्याएर टीभीमा समाचार पढ्ने अवस्थामा पुर्‍यायो। लोकमानसिंह प्रवृत्तिलाई सबै दलले जन्तर मानेर ग्रहण गर्दै गए। व्यक्तिले भ्रष्टाचार गर्छ गर्दैन त्यो कुनै सवाल हैन, उसका वरिपरि कस्ता मानिसको उपस्थिति छ, त्यो मुख्य कारक हो। त्यसैले नेपालका सरकारी पदाधिकारीहरुले आदर्शका क्विन्टल भाषण गर्नुभन्दा यथार्थको एक पाउ बाँडिदिए कल्याण हुनेछ।  देशका ठूला मानिसले कम्तीमा भाषण लिखित गर्ने परिपाटी बसालिदिनुस्। जिन्दगीभर सामन्तवादको विरोध गर्नुभयो तर विशुद्ध सामन्तवाद सरकारी प्रणालीमा छ भनेर कहिल्यै आत्मसात् गर्नुभएन। त्यहाँभित्रको रसरमाइलोमा चिप्लिएर दिन गएको कसैले पत्तै पाएन। त्यहाँ पुगेपछि अखिल, नेविसंघ, वाईसीएलको ठाउँ सेना, पुलिस, सशस्त्रले लिए। आफैंले आफैंलाई ठूलो बनाएको कानुनको धारा पढेर जथाभावी निर्देशन त दिनुभयो तर त्यो पालना गर्ने पियन, मुखिया, खरिदारलाई सन्काएर आफ्नो बुई चढाएको बिर्सनुभयो।

लोभीपापी र आफू अनुकूलका मानिस जम्मा गरेर दुईचार दिन रमाइलो त होला तर त्यसले कीर्तिमानी बनिँदैन। एउटा जाबो रेसमी किरोले त वर्षौंसम्म मानिसको शरीर सुरक्षा गरेर कीर्ति कायम गर्छ भने विवेकवान् मानिसले के गर्न सक्दैन? सिंहदरबारमा जानेहरु रंगहीन, ढंगहीन भएर खुइलिएर जानुको रहस्य यही हो। इतिहास पढ्ने हो। सुधार्ने त वर्तमान हो नि। 

sanketkoirala07@gmail.com


प्रकाशित: September 26, 2021 | 14:11:07 काठमाडौं, आइतबार, असोज १०, २०७८
संकेत कोइराला

संकेत कोइराला

काठमाडौं, आइतबार, असोज १०, २०७८

थप समाचार

संविधानमै छ न्यायालयको संकट समाधान गर्ने सूत्र

दलहरुले आइन्दा आफ्ना अनुकूल हुने व्यक्तिलाई न्यायाधीश सिफारिस बन्द गर्नुपर्छ। न्यायाधीशको नियुक्तका लागि स्पष्ट आधार बनाउनुपर्छ। राजनीतिक गन्ध नआउने, राजनीतिक दलमा प्रत्यक्ष सम्बद्ध नभएका व्यक्तिलाई न्यायाधीश नियुक्ति गर्नुपर्छ।

कांग्रेसमा आन्तरिक लोकतन्त्र र पार्टी एकता मजबुत पारौं

कम्युनिष्टहरूको फूटलाई नै अवसरको रूपमा हेर्नु पर्ने अवस्था कांग्रेसको निमित्त गर्वको कुरा कदापि होइन। लोकतन्त्रप्रति प्रतिबद्ध भएका कारण कांग्रेस पार्टी विधि र विधानअनुरूप चलोस् र अन्य पार्टीहरूलाई पनि मार्ग निर्देशन गरोस् भन्ने जनअपेक्षा छ।

तथाकथित 'नागरिक पत्रकारिता', साइबर अपराध र विश्व-कानुनी बहस

केही सम्मानजनक पत्रकारहरुको अपवादबाहेक अधिकांश पत्रकारहरुले प्रतिपक्षी पत्रकारितालाई आफैं न्यायाधीश, आफैं जुरी वा आफैं प्रशासकका रूपमा व्यवहार गर्ने गलत परम्परा स्थापित हुँदै गरेको देखिन्छ।

हृदयाघातको कहालीलाग्दो वृद्धिदर, चुरोट त्यागे कम गर्न सकिन्छ जोखिम

सन् २०१२ को अध्ययनअनुसार ४९५ जना हृदयाघात भएर बिरामी अस्पताल आएका थिए। सन् २०१८ मा यो संख्या १४६० पुग्यो। यसरी ६ वर्षमा ३ गुणाले बढेको छ। यो अनुपातमा नेपालमा मुटुरोगी बढीरहेका छन्। यो त गंगालाल हृदयरोग केन्द्रको मात्रै तथ्यांक हो।

धरापमा परेको न्यायप्रणाली र सम्हाल्न अनिच्छित राजनीतिक दल

प्रधानन्यायाधीश चोलेन्द्रले बोलाएको फुलकोर्टको बैठकमा १९ जना न्यायाधीश सामेल भएर यी तमाम समस्या किन राखेनन् र सुरुमै बन्दी प्रत्यक्षीकरण र तामेलीजस्ता मुद्दा हेर्ने सोच किन अगाडि सारेनन्?

कृषिमा आत्मनिर्भर नबनी सम्भव छैन खाद्य सुरक्षा

प्रधानमन्त्री कृषि कार्यक्रम अन्योल गराउने खालको छ। प्रविधिमा जोड दिने भनिएको छ तर झार उखेल्ने काममा साबेलको प्रयोग गरिएको छ। त्यसरी प्रविधिको प्रयोग भयो त?

ट्रेंडिंग

नेपाल समय
प्रदेश न. २

प्रदेश २ : पौडेल पक्ष चुनावी दौडबाटै 'आउट', निधि र देउवा गुट प्रतिस्पर्धामा

देउवा गुटबाट उम्मेदवार खुलेपछि प्रदेश २ मा सभापति देउवा र उपसभापति निधिको बाटो फरक भएको थप स्पष्ट भएको छ। २ आकांक्षीले देउवा निकटका उम्मेदवारलाई समर्थन जनाएपछि उपसभापति निधिका उम्मेदवार रामसरोज एक्लिएका हुन्।
नेपाल समय
राजनीति

देउवा-सिटौला सहकार्य महाधिवेशनमा कति सम्भव?

सिटौला पक्षीय नेता भीमसेनदास प्रधानले यसअघि दिँदै आएका अभिव्यक्ति र तल्लो तहमा बनेका समीकरण आधार हुन्। प्रधानले आगामी महाधिवेशनपछि सिटौला कांग्रेसको कार्यवाहक सभापति हुने बताउँदै आएका छन्।
नेपाल समय
स्वास्थ्य/जीवनशैली

ओमिक्रोनको जोखिम : ९ देशबाट नेपाल आउन रोक

पछिल्लो समय कोरोना भाइरसको ओमिक्रोन भेरियन्ट देखिएपछि सरकारले सजगताका लागि ती देशबाट आउने यात्रुमाथि प्रतिबन्ध लगाएको हो।
नेपाल समय
राजनीति

लिङ्देनसँग लड्न यसकारण सजिलो छैन कमल थापालाई

कठिन परिस्थितिहरुमा सतिसाल जसरी थापाको पक्षमा उभिएका यिनै लिङ्देन अहिले थापासँग लड्दैछन्।
नेपाल समय
शिक्षा

आन्तरिक प्रतिस्पर्धाबाट स्थायी गर्ने निर्णय तत्काल खारेज गर्न विद्यार्थी संगठनको माग

त्रिभुवन विश्वविद्यालयका कुलपति तथा प्रधानमन्त्रीसमेतको त्रिवि सभा बैठकले गत मंगलबार १० वर्षदेखि करारमा कार्यरत प्राध्यापकलाई आन्तरिक प्रतिस्पर्धाबाट स्थायी गर्ने निर्णय गरेको थियो।

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६

सम्पर्क

House -138, Suruchi Marg, New Baneshwor, Kathmandu, Nepal
फोन : +977-1-4790242 / +977-1-4790040
इमेल : info@nepalsamaya.com nepalsamayanews@gmail.com
  • प्रबन्ध निर्देशक
    तरुणप्रताप शाह
  • सम्पादकीय निर्देशक
    मुमाराम खनाल
  • प्रधान सम्पादक
    नारायण अमृत
Copyright © 2021. Design & Development by Cn’C